[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्बन्ध

[Please view other pages to see the rest of the postings. Total posts: 177]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 64251 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-25-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथाका बिषयबस्तु, पात्र र  घटना  सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।

बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्‍यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए।    
आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। 
 
जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो।
 
बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो। 

"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर।
सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार  सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन।
 
**************************************************************************************************************************************
 
सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो।  एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार  गर्ने मान्छे हुन्छ, कुबाटो  तिर लाग्ने डर हुँदैन  भन्ने उहाहरुको धारणा थियो।  सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ।
 
निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS  मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको  जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको  छ महिना भित्रै घर किन्यो।  अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्‍यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्‍यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो।
 
त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन।
 
"कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो।
भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्‍यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्‍यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्‍यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।

काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात  बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।

घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो  दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्‍यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।

क्रमश:

 
Last edited: 25-Jul-08 10:20 AM

 
Posted on 07-31-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

ल ल मज्जाको हुदै रे'छ , अन्तिममा झगडा चै नपार्नु है सिस


 
Posted on 07-31-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सलल बगेको छ कथा। तर झगडा किन पार्न लागेकी फेरी?
 
Posted on 07-31-08 1:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Must read this story full before getting married to a girl from Nepal. So hurry up dipika. Nice nice. good job Dipika.

That is why most guys prefer getting married to a nepali girl from USA. coz they know all the hardships of american life. Am I right?

 


 
Posted on 07-31-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Must read this story full before getting married to a girl from Nepal. So hurry up dipika. Nice nice. good job Dipika.

That is why most guys prefer getting married to a nepali girl from USA. coz they know all the hardships of american life. Am I right?


 
Posted on 07-31-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो गयो यो भाग दिपीका नानू!

कथाले अब लिने मोड पढ्न धेरै उत्सुकता जाग्यो!

"पछी पनि किन्नै पर्छ अहिलेनै किने भै हाल्यो नि"--- सपना जिद गर्थी। निरनको हरेक बिरामीको उपचार थियो सपना सँग। "

गजब!


 
Posted on 07-31-08 1:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

niran ta sarai ko lobhi raicha - - ali ali shopping garda pani tarsine :P - - bichari sapana

kura bujhda dipu le yeniharu ko jhagada parne bhai jasto cha hehe

on a serious note, dipu yo bhag sarai ramro rahech, arko bhag chittai thapa na hai .


 
Posted on 07-31-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

PART 3

थकित त ऊ छँदै थीइ, अब मुटु पनि जोडदारले उफ्रिदै थियो। त्यो उस्को विवाह पछीको पहिलो रात, निरन सँग को पहिलो मिलन, मनमा एक किसिमको डर सँगै रोमान्चित भावनाहरु पनि खेलिरहेका थिए...

Bihe gareko pahilo din ramailo hola jasto cha hai? hehe

PART 4

त्यही भिजेको परेली लिएर बाहिर गइ। निरनको छेउमा बसी र उस्को छातीमा टाउको राखी। निरनले सपनाको कपाल बिस्तारै सुम्सुमायो र सपनालाई अझ छातीमा टाँसेर टाउकोमा प्रेमपुर्बक चुम्यो। सपनाले टाउको उठाएर निरनको उदासी आँखाहरुमा हेरी।

what a romantic and sweet moment

 

can't wait until I read next episode..

Last edited: 31-Jul-08 01:39 PM

 
Posted on 07-31-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लोग्ने स्वास्नीको झगडा, परालको आगो।" मलाई त त्यस्तो लाग्यो यो भाग पढेर। अरु पनि लेख्नुस् दिपीका जि फुर्सद मिलाएर। आफ्नो काम काज नै छोडेर चै हैन है।

 


 
Posted on 07-31-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फकाउन उस्लाई कहिले आएन। आँखा बन्द गरेर सोफामै पल्टिरह्यो।

मनमा आँधी चल्न थाल्यो। थाम्ने प्रयत्न जती गर्‍यो आँधी झन झन उर्लदै थ्यो।

सम्बन्धमा चिसोपना? हुन त यस्तै तितामिठा घटना नै जिबनका प्रयाय होलान
सामान्य देखिने घटनाको पनि गहकिलो प्रस्तुती पढ्न पाउदा खुशी लाग्यो


 
Posted on 07-31-08 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Its verymuch similar to my experience the Buying furnitures and stuffs.. I spend almost $5,000 on furniture and stuffs after my sweetheart came from Nepal.

But it worth seeing her happy like Sapana..

Great writing, Dipika02, you are flawless....

Nepali Thita


 
Posted on 07-31-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीपू, प्रस्तूति सदा झैं उत्कृष्ट छ। घटनाहरुलाई असाध्यै सजीव रुपमा उतारेकी छौ। अघी बढाउ है त चौतारीलाई माया नमारिकन।     

 
Posted on 07-31-08 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु, बल्ल यो चोटी अली लामो लेखेछौ। यो भाग पनि उत्कृष्ट लाग्यो, लेखाइ मा जिबन्तता छ। कथा ले रोचक मोड लिदै छ। अब अर्को भाग मा के हुने हो कुन्नी? 
 
Posted on 07-31-08 3:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली धन्यवाद! पढ्दै छौ। ल खुशी लाग्यो।
 
दिप धन्यवाद! त्यही नै होला शायद सम्बन्ध पनि। धिप धिप आगो बलेको दुबैले देखेका छन कि छैनन कुन्नी?
 
deojupc, स्वागत गरे यो धागोमा। धन्यवाद पढिदिनु भएकोमा।
 
मिस दि, धन्यवाद! त्यही त झन झगडा गर्दैनन होला भनेको त के हो के हो? म नै रनभुल्लमा पेरिसके।
 
सान्नानी, धन्यवाद! मैले झगडा पारेको  होइन। सत्य। उनिहरु आँफै झगडा गरेका हुन।

 
mno स्वागत गरे यो धागोमा। धन्यवाद! ए हो र केटाहरु नेपालबाट बिहे गरेर लेराउन भन्दा यही कै केटी खोछन हो बिहे गर्न। बिचार पनि गलत त होइन होला।
 
माइला दाई धन्यवाद! कस्तो खुशी लाग्यो हजुरलाई यो भाग पनि मन परेछ। केही त्रुटी देख्नु भयो भने खुसुक्क भन्नु है बहिनिलाई :)  
 
प्रेरणा, सिसु मैले झगडा पारेको होइन। कस्सम होइन :(  उनिहरु आँफै झगडा गरेका हुन। अब नगर भन्छु है। मान्ने हो कि होइनन कुन्नी ? :)
 
साजन धन्यवाद! यो धागोमा स्वागत गरे। ल म अर्को भाग पनि छिट्टै टाँस्छु है।

 
नेत्र धन्यवाद! ए तेसो भए लोग्ने स्वास्नी को झगडा परालको आगो जस्तै हुन्छ । लौ कोही भुसमा आगो देख्छन कथामा कोही परालमा। आफुले आगो शब्द कतै प्रयोग गरेको जस्तो पनि लाग्दैन। के हो के हो? :) 

 
पर्बत्य ज्यु धन्यवाद! त्यही त सम्बन्धमा कहिले काही चिसो पना पनि आउने रहेछ जस्तो छ है।
 
नेपाली ठिटा धन्यवाद! ए हो यहाँ चै आँफैले भोगेको कुरा आयो। कहिले काही अफुले भोगेको कुरा अरुले लेख्दा उत्साहित भईन्छ नि है। त्यही मेरो प्रयास हो।
 
चिप्लु, धन्यवाद! बरु कथा लेख्न छोड्न सक्छु होला तर चौतारीको माया मार्न सक्दिन। एउटा न्यानो माया बसिसक्यो चौतारी सँग। फेरी हजुरहरुलाई भेट्न म कहाँ जाँउ चौतारीमा नआएर।
 
नेप्चु धन्यवाद! बल्ल लामो लागेछ तिमीलाई। खुशी लाग्यो। जहिले छोटो भयो भन्थ्यौ। अर्को भाग पनि छिट्टै आउछ है।
Last edited: 31-Jul-08 03:47 PM

 
Posted on 07-31-08 6:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahaha..reminded me of what my friend, who recently got hitched, is going through. the other day, when i went to visit him, as i entered the house, i was surprised to see her.....all tears ...carrying two packed suitcases - one  in each hand, ready to leave. Upon asked, she said she had had enough of him so she's going back to where she actually belongs to (her parent's place re)......reason was, he shouted at her for she forgot to turn on the indicator while taking a turn (he was teaching her how to "drive" hahahaha)......hubby bhanaudo complains she's one damn slow learner re and had to keep saying the same thing over and over again and she would still make mistakes re. i said, who's fast? don't sound as if you don't know girls hahahaha..

(i hope he/she is not reading this :P)


ramro chha.  kahani ghar ghar ki. :P i have this feeling that you wrote the first two parts in haste (probably not sure what to write:P) then when you came to the fourth part, you knew what you were going to write hahaha...that happens when you write stories in parts. you shined in the fourth part. hope you shine further...

...aru bhagko parkhaima :D
 
Posted on 07-31-08 8:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कस्तो राम्रो छ ल - सललल ललल
ललल ललल लललल ललल बग्दै छ
ठाक्ठुक त पारीहाल्छ नि अलिअली
तर त्यो कथा परेपछी चाँही बिहा गर्न होश
पुर्‍याउनु पर्ने जस्तो छ -

के गर्ने के गर्ने - कनफिउज पो भएँ त - लौ जा

ल अर्को छिट्टो लेखेर टाँस त - 
 
Posted on 07-31-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भाग टाँसेपछी मात्र एक्कै चोटि पढ्छु भनेर कुरेको तर त्यस्तो भएन ! चार वटै भाग एकै चोटि पढे !

कथा सलल बगेको छ ! उत्कृष्ट लेखाइ ! अब यस्पछी के हुन्छ जान्न हतार भयो ! धन्यवाद दीपीका !


 
Posted on 08-01-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपु,सधैं झै उत्कृष्ट छ्, निरेन र सपना को काहानी अहिलेका कतिपय नब जोडी हरु को जीवन काहानी सँग मिल्न आउछ। धेरै राम्रो छ् भान्जी अर्को भाग छिट्टै हाल ल।

 

 

Last edited: 01-Aug-08 09:49 AM

 
Posted on 08-01-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लुते, खुशी लाग्यो तिमीलाई यो धागोमा देख्दा। तिम्रो औरेजिमा भन्छन नि "व्हाट अ प्लेजेन्ट सर्प्राइज" हो त्यस्तै भयो :D धन्यबाद! आफ्नो प्रतिकृया जनाएकोमा :D  नेपाली बुझ्न त बुझ्छौ नि है?  बुझेनौ भने भन है म औरेजिमा उल्था गरिदिन्छु :P
 
यो कथा मैले सम्बन्धलाई सतह बाट हेर्दा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जे देखिन्छ र बुझिन्छ त्यस्को भरमा लेखेकी हुँ। यि कुराहरु मेरो भोगाइबाट टाढा भएको हुँदा कमी कम्जोरीहरु धेरै देखिन्छन होला। त्यो चै तिमीहरु जस्तो पाठकहरुले औलाइदेलाउ   भन्ने आशा राखेकी छु :D
 
"i have this feeling that you wrote the first two parts in haste (probably not sure what to write:P)" ---  :)
 
मैले सुरु गर्दा नै कथाको बिभाजन गरिसकेकी थिएँ। भाग १ केबल भूमिका मात्रै हो त्यसैले छोटो थियो। भाग २ सम्बन्धको परिचय। त्यसैले त्यो अली लामो थियो। भाग ३ सम्बन्धको परिचय र सुरुवात लाई जोड्ने भाग त्यसैले छोटो थियो र सम्बन्धको बारेमा खासै केही थिएन। भाग ४ सम्बन्धको सुरुवात हो। भाग ५ पनि त्यस्तै छ र भाग छ सम्बन्धको निस्कर्श। मैले लेख्दै जाँदा सोचेकी कुराहरु होइनन। मैले सोचेको कुराहरु लेख्दै गएकी हो र अन्त्य पनि जसरी सुरुमा सोचेकि थिए त्यसरी नै गर्छु। कथालाई अरु कुनै मोड दिन्न। भाग ४ कथाको मुटु हो र त्यो राम्रो लाग्यो भनेको सुन्दा आफु सफल भएको जस्तो लाग्यो ।  पुन: एकपटक धन्यवाद लुते, तिम्रो प्रतिकृया राम्रो लाग्यो :) 
 
लहरे धन्यवाद! किन त्यसरी बगाको मेरो कथालाई लौ न :O
लौ किन कन्फिउज हुने नि। धेरै कन्फिउज हुँदा दिमाग को फिउज उड्छ अनी देख्छौ ।  जुनसुकै सम्बन्धमा पनि उतार चडाब नै आएन भनेत त्यो सम्बन्ध देखावोटी हुन्छ साथी :) 
 
रिट्ठे धन्यवाद! लौन सबै एकैचोटी पढ्न बसेको। अर्को दुई हप्ता पछी बल्ल पढ्न पाउथ्यौ होला। हा हा हा जिस्केको मात्रै हो साथी। खुशी लाग्यो तिमीलाई देख्दा।
 
मामा धन्यवाद! नव जोडीहरुले चै मार्ने भए त्यसो भए भान्जिलाई।  काल्पनिक भन्दै हाम्रो कथा लेख्छौ भनेर :)  म अर्को भाग पनि छिट्टै टाँस्छु है।
Last edited: 01-Aug-08 10:28 AM

 
Posted on 08-01-08 10:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kathale climax lidai chha hai............!!! daami gayo yespali pani.......... Waitin for next part

Malai ta bichara Spanako maya lagyo.........tara Niran ko kura pani thikai ho.......Paisa pani ta save garnu paryo ni.. kaha 9-9 sayeko Leather jacket lagaunu tyo pani aajakal ko jamanama. Ma ta free ma diye pani laudina leather jacket hahahaha------5-6 barsha pahila  bhaye ta arkai kura :-) Aajkal ta old fashioned bhai sakyo ni----

Malai ta kata kata mero Boston ko sathi Anita Bhandari ko jastai case hune ta hoina bhanera darr lagna thalya ta ali bhayena chha..........

 
Posted on 08-01-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साथी धन्यबाद! यो कथा पुरै काल्पनिक हो साथी। मेरो दिमाग ले सोचेका कुराहरु प्रस्तुत गरेकी हुँ।   कसै सँग मिल्न गयो भनेत संयोग मात्रै हो। अनी तिमीले आफ्नो साथीको नाम लिदा उस्को वास्तविक नाम लिएको होइनौ होला भन्ने आशाका साथ विश्वाश पनि राखेकी कि छु। यदी वास्तविक नाम हो भने मेटाउन है। एउटा सानो अनुरोध हो साथी को तर्फ बाट। अन्यथा नलिउ है। 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
emergency donation needed
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters