[Show all top banners]

Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 63368 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 04-02-08 1:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo sajha ka dharawahik  lekhak haru ko eutai kamjori chha. Katha bich ma puge pachhi bistarai brake lagaundai jane. Suru ma 100 ko speed ma jane, tyaspachhi bistarai 20 ma. Khoi thuldai chandai prastut garna paryo arko bhag.
 
Posted on 04-02-08 7:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो हो चाडै ल्याउनु पर्‍यो
ठुल्दाइ लाई पनि त्यो सम्झाउनु पर्ने?
 
Posted on 04-02-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता र कबिता
भाग ६

"लम्बू पनि त्यस्तो चम्बू, भएकीलाई छोडेर अर्की ल्याए रे?"

"हो छोरी, लम्बूको बैबाहिक जीवन पनि छोटो नै रह्यो।" 

भाग्ने र भगाउने को होड चल्या हो कि जिन्दगीको मोड नै त्यस्तै ठाम् मा अल्झेको हो बुझ्न सकिन।  खेल सम्झे हुन् गाडिको तेल?

"अनि त्यसपछि?"
 
 लम्बू र सबिता दुबै संग कुनै सम्पर्क रहेन। कहाँ छन् के गर्दै छन्, बुझ्नको लागि सरोकारको बिषय नि रहेन। सम्पर्क मा रहेको भए हाम्रो बिहे मा नि निम्तो दिनु पर्थ्यो।

समय बित्दै गयो।

सबिताको यो बिबाह् भने लामो नै भयो यसमानेमा कि ४-५ बर्ष सम्म कुनै शुभ अशुभ समाचार् सुन्नु परेन।  लम्बूको पनि त्यस्तै कुनै आश्चर्यको सम्चार सुन्नु परेन। लाग्यो अब दुबैले चेते छ, भावाबेशमा आएर गरेको एक चरणको गल्ति सुधारे छ। गल्ति जो सुकैबाट हुन सक्छ, तर गल्ति महशुस् गरेर सच्याइ जीवनलाई अगाडी बढाउनु सक्नु पर्छ। एक गल्ति त भगवानले पनि माफ गर्छन् रे।


 धेरै बर्ष सम्म कुनै खबर् थिएन। तर अचानक ३ बर्ष अगाडी फेरि खबर् बन्यो सबिताको। सबिता फेरि अर्कै संग गई रे। कुर्तावाल साहुजी संगको अलि लामो सहकार्य नि टुट्यो रे। को संग किन गई भन्दा नि फेरि गल्ति गरिन् जस्तो लाग्यो। लोग्ने फेर्ने फेशन हो कि सेशन् हो यो। आफैमा रिस उठ्यो। जिन्दगीलाई के सम्झेछ त्यसले? बिबाह् जस्तो पबित्र बन्धनलाई तस्करको चन्दन्  बनाई। उसको जिन्दगी उसैले भोग्नु पर्ने हो ,  तै पनि एक जना मिल्ने साथीको यो गाइजात्रे जीवनशैलीले हाम्रो पनि शिर झुकायो भन्नै पर्छ।

"लम्बू ले पनि फेरि  अर्की ल्यायो कि?"

गूड् कोइशन। 

हो छोरी, लम्बूले दोस्रो पत्नी पनि  त्यागे रे। मानौं सबिता र लम्बूको कम्पिटिशन अनन्तकाल् सम्म को लागि जारी छ। अर्की ल्याए रे।

कसरी सक्दा हुन्, जीवनभरिको माया निमेषमै त्याग्न। मायाको चिन्हस्वरुप जन्माएका सन्तानहरुलाई बीच सडकमा लिलामी गर्न। मान्छेको मुटु छैनन् कि तिनीहरुमा जस्तो लाग्यो।

यसरी सबिता ३ चोटी भागिन्, लम्बूले तीनवटी ल्याए। यही अन्त्य भए बेस हुन्थ्यो।

"यही फूलस्टप भयो त ड्याडी?"

हाम्रो कामना यही थियो तर पछिल्लो जानकारी अनुसार, सबिता ले पछिल्लो लाई नै छोडेर अन्तै भागिन् रे। लम्बू को चाहि तेस्रो स्वास्नी संगै जीवन गाडी चलिराखेको छ रे।

लाग्छ, सबिता, जीवनको यथार्थता संग भाग्दै छे, एक पछि अर्को संग भागिरहेकी होइन।
भगवानले तिनलाई सदबुद्धि देउन्, हामीले कामना गर्न सक्ने त्यति मात्र हो।


लौ छोरी सबिता को कथा यति नै हो आज सम्मको लागि, भोलि अर्कै संग भागी भन्ने खबर आयो भने फेरि कथा जोड्नु पर्ला।

अनि कबिता को कथा कहिले भनिसिने नि?

लौ अब घर पुग्नै पाग्यो, १० मिनेटमा घर आइहाल्छ, त्यतिन्जेल जति सकिन्छ, त्यति भनुला। बाकी भाग क्रमश: भरे भोली भन्दै गरौला, हुन्न र?

"हुन्छ ड्याडी।"

कबिता सबिता जति कै च्वाँक थिई। अझ आँखा, अझ नशालु, हेराई बिषालु थियो रे। हामी भन्दा २ ब्याच जुनियर। कबिताकी दिदी रमिता एक ब्याच जुनियर। म संग कुनै औपचारिक चिनजान् थिएन। मलाई भने शायद चिन्थ्यो क्या रे।  स्कूल को हिरो जो परें।
हाहाहाहा हाहा हा।

४ कक्षा संगै पढेको हुर्केको मेरो साथी छ नि ज्ञान लाल् अन्कल्?

" ओह्,  सानेपा घर हुने अन्कल होइन?"

हो, ज्ञान लाल् अन्कलको जिन्दगी पनि हाम्रो जस्तै थियो। गरीबी अनि अभाव संगै खेल्दै हुर्केको। एकै खाले जीवन भोगाईबाट पनि होला हाम्रो मित्रता गहिरिदै गएको। तिनै ज्ञानलाल अन्कल  संग कबिता को सम्बन्ध रहेकोले यहाँ ज्ञानलाल अन्कलको बारेमा मैले भन्नै पर्ने हुन्छ।

पारिवरिक कलह, आर्थिक अभाव संगै हामी दुबैले एस  एल् सी पास गरे पछि अस्कल् भर्ना भयौं।  म बायोलोजीमा र उ फिजिकल् ग्रुपमा भए पनि संगै फर्किन्थ्यौ घर्। पुरानो घर उही तल पाखामा त हो। 

अस्कल जीवनको सुरुवाट मै फेरि ज्ञानलाल् को घरमा चर्को कलह भयो। बाउले रक्सी खाएर हैरान गर्ने। आमा संगै ज्ञानलाल मामा घरमा सर्‍यो। मामा घर पर्‍यो अस्कलको छेउमा।
संयोग  हो कि के भन्ने त्यही घरमा अर्थात मामा घरमा ज्ञानलाल् को नजर कबितामा पर्‍यो र ज्ञानलाल को कबि ह्रिदयमा कबिता फुर्‍यो।
कबिताकी सानीआमा ज्ञानलाल् को माइजु, साइनोमा।

"अनि त्यस पछि?"

लौ घरको दैलोमै आइपुगि सक्यौं। अन एक छिन् ब्रेक। लुगा फेरिवरी एक गिलास् फस् किलास् चिया खुवाउ ल। चिया संगै चिलिम् ब्रेक, अनि कथा ।
हुन्छ ड्याडी।

क्रमश:


 
Posted on 04-03-08 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-03-08 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल यो भाग पनि गजब गयो ठुल्दाइ। ल बल्ल कबिता को कथा सुरु भएछ। बाँकी भाग पनि चाडै पढ्न पाइयोस।
 
Posted on 04-04-08 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउडे जी,
टाउको मात्रै ?

नेपाल को छोरा जी,
यो भाग गजब होइन अजब भयो जस्तो छ, धेरैले मन पराएन जस्तो छ। सबिता को कथा सकियो, त्यसैले पनि होला।


 
Posted on 04-22-08 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता
भाग ७

 

ज्ञान् लाललाई मामा घरमा बस्नु बम्पर चिट्ठा परे जस्तो भयो। एक त अस्कल् छेउमा घर् समय बच्ने, अर्को ठुलो  मामा प्रोफेसर् साहेब्। त्यो भन्दा नि छप्पर् फाड्के त कबिताको सुमधुर उपस्थिति। एउटै घरमा बस्दा चिनजान हुनु, चिनजानबाट मन साटासाट् हुनु कुनै अस्वाभाबिक बिकास् मान्नु मिल्दैन। ज्ञान लाल् को मन मा कबिता फुरेछ, कबिता भित्र ज्ञानलाल्  बसे छ। हिजो अस्ति भन्दा प्रफुल्ल थियो ज्ञानलाल्। उनले सबै कुरा भन्थ्यो मलाई। तर मलाई अलिकति चित्त बुझेको थिएन कबिताको बारेमा। भर्खर ८-९ कक्षा पढ्ने केटीले ज्ञान् संग मन साट्नुको सट्टा ज्ञानलाल संग मन साट्नु अलि चाँडो प्रेमांकुरन हो जस्तो लागेको थियो। हुन त प्रेममा न अबेर हुन्छ न उमेर। तर पनि जिन्दगिको रुपरेखा कोर्ने काममा परिपक्व निर्णय हुनु पर्दछ। नत्र पछुताउन यो जिन्दगि अपुग हुन्छ।

प्रेम अंकुरायो, पात पलायो, फूल फुल्यो। त्यसैमा ज्ञानलाल् भुल्यो। तर पनि आफ्नो पढाइ लाई त्यतिकै रफ्तारमा अघि बढाउदै थियो।
ज्ञान लाल फेरि आफ्नै घरमा सरे, अर्थात फेरि रातको भात पछि हामी दुइ जनाको एक चक्कर असन इन्द्रचोक अनि न्यूरोड लगाउने पूर्बत कार्यक्रम सुचारु भयो। पढाई देखि राजनिति, राजमति, हुंदै कबिता सबिता को कुरा हुन्थ्यो। पहिलो लक्ष त हामी दुबैको सरकारी छात्रब्रित्तिमा बिदेशमा अध्ययन गर्नु नै थियो। बेला बेलामा कबिताको घर जाउं भन्थ्यो। तं आफै जा भन्थें म। ज्ञानलाल पनि कमताको छट्टु थिएन। घुम्न जाने, सिनेमा हेर्न जाने बेलामा पो एक्लै जाने, सबै जना हुने घरमा एक्लै जान मिल्दैन भनेर मलाई साथी लिएर जाने गर्थ्यो। लगौटिया यार् थियो, उनको प्रेममा सिंढि बन्दा नि खुशि नै लाग्थ्यो।

हामी कबिता को घर जान्थ्यौं। कबिताका दिदीहरुले मलाई राम्रो संग चिन्ने र आदर गर्ने गर्थे। म दिदीहरु संग गफ गर्थें , ज्ञानलाल् कबिता संग रोमान्टिक ज्ञान ज्ञान् साटासाट् गर्थे।

आइ एस्सि सकियो। बिएस्सी पनि ज्वाइन भैयो। उनको प्रेम झांगिएर फल दिने बेला भैसकेको थियो। छात्रब्रित्तिमा छनौट नि भैयो। किताबी ज्ञान  भन्दा प्रेमज्ञान धेरै भएछ क्या रे, कबिताको एस् एल् सी छन्दपूर्ण बनेन। कबिता एस् एल् सीमा गुल्टिनु र र यता ज्ञानलाल को छात्रब्रित्तिमा छनौट हुनु दैब संयोग भन्दा नि बढ्ता भो। घरबाट त्रिचन्द्र क्याम्पस निस्कने ज्ञानलाई असन हुंदै अर्कै चन्द्रमा पुग्थे। जे होस्, दुखका दिन अब गए ज्ञानलाल् को पनि भन्दै भारतमा अध्यायनको दिन गन्ति गर्न थालेउं।

 

कोलम्बो प्लानको कन्फर्मेशन आउने क्रम सुरु भयो। दोस्रो समूहमा नै मेरो कन्फर्मेशन आयो। ज्ञान लाल को अलि पछि मात्र आएछ।  सबैलाई सानो भोज खुवाई इलाहाबाद् हिडियो।
एक डेढ महिना पछि ज्ञानलाल् को नि आयो, कलकत्ता तिर। मेरो भोज खाए ज्ञानलाल ले  तर उनको भोजमा मोज गर्न पाइएन, क्या बोर् भाथ्यो।

 

त्यो जमाना हवाई पत्रको जमाना थियो। इमेल-सिमेलको जन्म न भा बेला। अझ कम्पुटर देख्यो कि रिस् उठ्ने बेला। ज्ञानलाल र मेरो पत्रको आदान प्रदान हुन्थ्यो, साप्ताहिक रुपमा।  पत्रमा कबिताको कुरा कोट्याउथे, उनले पनि सबै कुरा खुलस्त लेख्थे। सबै बुझ्दा र हेर्दा लाग्थ्यो, एउटा अनुपम प्रेम कहानी बनिदै छ, लेखिंदै छ। बिछोड, घात प्रतिघात, अपमान को कुनै स्थान न भएको, स्वर्गिय प्रेमको, सत्य प्रेम को, पबित्र प्रेमको ग्रन्थको चलचित्रमन्चन् हुंदै छ।


फस्ट् इअर कै मध्यभागमा इलाहाबादमा ठुलो दंगा भो। गुण्टा कसेर घर आउनु पर्‍यो, कम्तिमा ३५ दिनको लागि। एक मन त रमाइलो लाग्यो नै, घर छोडेर अन्त कतै बास बसेको मलाई सम्झना छैन। एकै चोटी इलाहाबाद को प्रचण्ड गर्मीमा सेकिएर्, पोलिएर बस्नु भन्दा त काठ्माडौको शितल छायाको  कत्ति उत्तम् कति।

 

घर बस्नु बिना काम् एक् दुइ दिन पो रमाइलो हुंदो हो। स्कोलरशिप पाउने जत्ति बिदेश् हिडि सके, न पाउने अब टुपी कसेर पढ्न थालि सके।  तै पनि पुराना साथीहरु संग गफसफ गर्न भनी त्रिचन्द्र कलेज जाने बिचार गरें।

 

त्रिचन्द्र गएं, साथी भाइ भेट भो, इलाहाबादि गफ गरियो। चिया टाइम भयो। साथीहरु संग चिया खाजा खान भनी बिश्वज्योति हल निरको खाजा पसल हिड्यौं। सिनेमा छुट्टी भाको टाइम परे छ, फिल्म हेरेर निस्कनेहरु अनि फिलिम कुरेर चिलिम् तानेर बस्नेहरुको भीड थियो। सिनेमा हलबाट निस्कने अनिगिन्ति अपरिचितहरु माझ एक जोडी चिने चिनेको जस्तो लाग्यो। अलि फोकस् गरेर हेरें। चिनेको मात्र होइन छिनेकै पर्‍यो। साजसज्जामा सजिएकी कबिता र तिनी संग हातेमालो गर्दै एक ह्यान्सी केटा। कबितामा कुन छन्द पर्‍यो भनेर यसो फेरि हेरें, त्यो छन्द पनि परिचित नै थियो। स्कूल को जुनियर पाक:चा भनिने प्रदीप रैछ।

 

राजाको खाजा पसल छिर्नै लागेका साथीहरुलाई एक छिन है भन्दै म उनीहरुको क्रियाकलापमा घुरान् दिन थालें। मानौं कुनै नव बिबाहित दम्पती जस्तो अथवा नितान्त वैयक्तिक सम्पति जस्तो जिस्कदै मस्कदै थिए। पाक:चा लाई म राम्रो संग चिन्छु, एक ब्याच जुनियर भलिबल खेल्ने खेलाडि। तिनको पनि एस् एल् सी मा बेहाल्, घर यट्खा बहाल्। भलिबलको मात्र होइन प्रेमको नि तकडा खेलाडी जस्तो देखियो। हैन होला, ज्ञानलाल संग त्यत्रो शान्दार प्रेम लीला चलिरेह्को बेला त्यो पाक:चाको प्रबेशको उद्देश्य अर्कै होला, आफैलाई सम्झाए।

 

त्यसको केही दिन पछि हामी संगै बिएस्सी पढ्ने मित्रको बंगलादेशमा एम् बी बी एस् पढ्ने सीट मिल्यो र जान अघि यसो भेटघाटको कार्यक्रम राख्यो। दरबारमार्गको नाङ्लोमा। नाङ्लोको छतमा हाम्रो पार्टी थियो। रमाइलो गर्दै पिउदै थिएं अर्थात केही बेर जिउदै थिए। ट्वाइलेट जान मनलागेर उठें तर मथिल्लो तल्लाको ट्वाइलेटमा २ जनाको लाम, त्यहा लेट् हुने देखेर, तल्लो तल्लाकोमा झर्दै गर्दा भर्‍याङबाटै एक जोडी मायालुहरु प्रेम पिउंदै गरेको देखें। फेरि पनि मन मानेन होइन होला,त्यो कबिता र पाक:चाको जोडी होला भनेर। शंका निबारण गर्न करै लाग्यो। चुपचाप, ट्वाइलेट नगैकन चियो गरें। हो रैछ, कबिता र पाक:चा नै। स्वयम्भूमा मान्छे हिडेको नाङो आखाले देख्ने मेरो आँखाले धोका खान सक्दैन। कबिताको यो चाला" दाल मे कुछ काला" लाग्यो । ट्वाइलेट जानै बिर्सी फेरि माथिल्लो तल्लामा उक्लें।

क्रमश:


 
Posted on 04-22-08 3:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau rahulvai ji...balla po bhag 7.. maile ta katha ni bersi saken ..aba raati gayera refresh garnu parla. any way,  ma pahela dakhi nai tapai ko katha sunna baseko theyan  ani first time comment gardai chhu...

j hos tapai ko parstuti chai dammi chha.....


 
Posted on 04-22-08 5:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ हेर सबिता र कबिता को कम्पिट्सिओन पर्न लाए जस्तो छ। कस्तो बदमाश केटी हरु रइछन।
 
Posted on 04-22-08 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो भन्दा नि छप्पर् फाड्के त कबिताको सुमधुर उपस्थिति।

फिलिम कुरेर चिलिम् तानेर बस्नेहरुको भीड थियो।

कबिताको यो चाला" दाल मे कुछ काला"

म दिदीहरु संग गफ गर्थें , ज्ञानलाल् कबिता संग रोमान्टिक ज्ञान् साटासाट् गर्थे।

दुबैको  आ आफ्नो स्वार्थ रैछ् नि

अनी यो पाक: चा भनेको के हो दाई? पाकिस्तानी बाबु भनेको हो कि क्या हो?

 

 


 
Posted on 04-22-08 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"किताबी ज्ञान  भन्दा प्रेमज्ञान धेरै भएछ क्या रे"--

"घरबाट त्रिचन्द्र क्याम्पस निस्कने ज्ञानलाई असन हुंदै अर्कै चन्द्रमा पुग्थे"--

यो पाली चैं एकदम हसाउनु भयो राहुलदाई।

प्रेरणा,  सञ्चै छौ? घरमा किन नआएकी? कती त्यो library मा बसेर पढ्न सकेकी होली


 
Posted on 04-22-08 7:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dippu my dear ma sanchu chu timi kasto cheu ? ma gharma auda timi kailey hunau, ani malai kina naeyko are la hera                                                   
 
Posted on 04-22-08 7:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Prerana I missed you dear  ल अब म घरमा हुन्छु आउ है, अहिले नै आए पनि हुन्छ   कस्तो गायब भएको तिमी


 
Posted on 04-23-08 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


भर्खर ८-९ कक्षा पढ्ने केटीले ज्ञान् संग मन साट्नुको सट्टा ज्ञानलाल संग मन साट्नु अलि चाँडो
प्रेमांकुरन हो जस्तो लागेको थियो। हुन त प्रेममा न अबेर हुन्छ न उमेर। तर पनि जिन्दगिको रुपरेखा कोर्ने काममा परिपक्व निर्णय हुनु पर्दछ।
नत्र पछुताउन यो जिन्दगि अपुग हुन्छ।


मानौं कुनै नव बिबाहित दम्पती जस्तो अथवा नितान्त वैयक्तिक सम्पति जस्तो जिस्कदै मस्कदै थिए।


कबिताको यो चाला" दाल मे कुछ काला" लाग्यो ।


यो कथालाई प्रेमकथा भन्ने कि हास्यब्यङ कथा भन्ने कि के भन्ने भन्ने गाह्रो पर्‍यो ठम्याउन !
तर जे होस् हासोको फोहोरा छुट्यो बिशेष गरेर मैले माथि कपी गरेका लाइनहरुमा ! उत्कृष्ट प्रस्तुती ठुल्दाइ !


अर्को कुरा, त्यो सबिता बाला चाँही लास्टको अन्तिम भाग छुटेको रइछ मेरो ! भाग ६ होला ! तर ठिकै छ ! १२ महिनामा १२ चोटि पोइला जाने सबिता सँग रिस उठ्यो मलाई ह्या तेस्को कथा पढ्दिन भन्ठानेको !
भरै त कबिता को पनि २ एकान २ पुगेछ त !
फेरी अर्को कुरा, यो कथामा प्रयोग गरिएका नामहरु जस्तै 'ज्ञानलाल' काल्पनिक हुन कि होइनन भनेर जान्न मन लाग्यो !
कृपया अब अर्को भाग सुक्रवार टासे बेस होला कि? २ दिन को मात्र अल्टिमेटम् दिदैछु चिन्जानको ठुल्दाइ भएर ! लोल (जोकै जोकमा मजाक गरेको है) 


धन्यवाद !

 

 
Posted on 04-23-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रबी जी,

धन्यबाद प्रोत्साहन को लागि। अनी पढ्नु भो त कबिता को रमिता?

प्रेरणा जी,
खै बदमाश भन्ने कि बिकासे भन्ने तिनीहरुलाई। मेरो उद्देश्य त्यस्ता पनि साबित्रिहरु छन भनेर चिनाउने  र अन्धो प्रेममा लेन्स लाएर हेर्नु भन्ने सन्देश दिनु मात्र हो।
 
पर्बते जी।
निक्कै हास्नु भो जस्तो छ। पाक: चा अर्थात नेवारीमा ग्वाँच । पाकिस्तानी   बाबु पनि होइन आमा पनि।  

दीपिका जी,

कुरो खासमा सिरियस नै लेखेको थिएं नि। स्टाइल अली रमाइलो पारा देको। सिरियस कुरा सिरियस स्टाइलमा भन्दा रुन्छे राइटर भन्ला  भन्ने डर क्या।

रिट्ठे जी,
मलाई नि कम्ता रिस उठेको थिएन, सबिता संग त। अनी कबिता संग नि?
ज्ञानलाल नाम काल्पनिक हुन सक्छ तर पात्र सत्य हो। मैले अप्रत्यक्ष भोगेको कथा हो, ज्ञान लाल को ब्यथा।
शुक्रबार सम्म म नि अर्को भाग खोजेर सोधेर लेख्न सकुलाँ कि, रिट्ठे भएर मात्र खुसुक्क भनेको नि, हल्ला गर्ने होइन फेरी।

 


 
Posted on 04-25-08 5:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिताकबिता
भाग ८
 

कलेज बन्द भएर करिब डेढ महिना काठमाडौ बस्दा डेढ दर्जन पल्ट मैले कबिता र पाक:चा को चर्तिकला देखें। अनिष्ठको संकेत देखें। इलाहाबाद फर्की ज्ञानलाल लाई  अप्रत्यक्ष किसिमले भए पनि जानकारी गराउनु धर्म संझे र हवाइ पत्र काटें।
"मलाई शंका लागेको छ ज्ञानलाल, त्यो शंकाले लंका न जलाओस्, अलिकति होशियार खबरदार् गर्दा बेश हुन्छ कि भनेर लेखें।"

उता ज्ञानलाल मेरो पत्र पढेर दुर्बासा ऋषितुल्य हुने नै भए। उनको पबित्र प्यारमा शंकाको डंका पिट्ने हिम्मत? हो त्यो हिम्मत हरकोइले गर्न सक्दैन। सच्चा प्रेमका पुजारीहरुले मात्र गर्न सक्छ।

पत्रको जवाफमा उनको प्रेम पबित्र छ, कबिताले उनलाई प्राणभन्दा माया गर्छे, उनीहरुको बिश्वास दुइ चार् जनाले भन्दैमा, गन्दैमा टुट्ने होइन आदि इत्यादि लेखे। हुन त ज्ञानलाल लाई शिबपुर् ( कलकत्ता) मा बसेर कान्तिपुरको हाल खबर् थाहा पाउने कुरो पनि रहेन। फेरि उनीहरुको गहिरो मायाको अन्दाज हुनेलाई कबिताको यस्तो रुप  अकल्पनिय नै लाग्ने हुन्छ। शिबपुरमा आफ्नी पार्बतिलाई सति साबित्री सम्झदै ध्यान मग्न छ ज्ञानलाल्। उता कबिताको छन्द परिवर्तन भैसके जस्तो छ। टाइम मै कुरा क्लियर भएन भने चोखो मायागर्नेहरुले माया शब्द संग नै भरोसा गर्न छोड्ने छन्। आइन्दा कसैले कुनै अमर प्रेम कहानी लेख्दैनन्। बिपरीत लिङ्ग प्रति नै घ्रिणा उब्जिने छ।

मैले फेरि लेखें,
"मेरो शंका मात्र हो, केही आधारहरु छन्। मेरा आँखाको पावर्  अझै ६ बाइ ६  मा नै छ। बरु भेटेरै कुरा गर्न पाए, हामी दुइ र तिमीहरु दुइको बारेमा भ्रम निवारण हुने छ।"

हुन त ज्ञानलाल् ले मैले भनेको कुरा को अबज्ञा कहिलेइ गरेको थिएन र गर्दैनन् पनि । हामी बिचको मित्रता को जग नै एक अर्काप्रति सम्मान र बिश्वास् हो।

होली को अबसरमा हाम्रो कलेजमा ४ दिन छुट्टी हुने र एक दिन अगाडी एक दिन पछाडी क्लास हाप्दा सात दिने छुट्टि बनाउन सकिने स्वर्ण अबसरमा मैले कलकत्ता जाने निधो गरें। मित्रताको मात्र सवाल् थिएन, यहाँ एक निर्दोष प्रेमीको प्रेम बब्वाल मा छ।  प्रेम मर्न दिन हुन्न।


कलकत्ता गएं, ट्रेन स्टेशन मा ज्ञानलाल आए लिन। भेट्ने बित्तिकै कबिताको कुरा के हो भन भन्छ बा। १४ घण्टाको सफर कस्तो भयो, दुख सुख को कुरा सोध्नु कता कता, कबिताको कुरा। प्रेम डुबे पछि यस्तै हुन्छ, मन मनै भनें।

"सब बिस्तारमा भनौला, पहिला होस्टल त जाम्, केही त खाम्। भोक लागेर झोंक चलिसक्यो।"

रातको खान खाए पछि मैले ज्ञानलाल लाई काठमाडौमा मैले देखेको कबिता वाचन गरिदिएं सबिस्तार्। हेरेको हेरै भए, टोलाइरहे केही बेर। आफैलाई बिश्वास लागेन होला उनलाई। तर ज्ञानलाल मेरो कुरामा नि अबिश्वास् गर्न सक्दैनथे र यसपाली पनि । यो हुनै सक्दैन, त्यसले त्यस्तो गर्नै सक्दैन। एक छिन आफ्नै अदालतमा बहस् गरे।
अनि आफ्नो डराजबाट एकमुष्ठ पत्रहरु झिकेर मेरो सामु राखिदिए।

"लौ यो पढ।"
"नाइ तिम्रो लभ लेटर पढ्न सक्दिन। मेरो नैतिकताले दिदैन।"

अनि उ आफै एक एक गर्दै सम्बोधन मात्र पढ्नथाले।

प्राणेश्वर ज्ञानु,
प्राणभन्दा प्यारो ज्ञानु,
मेरो मुटुको धडकन ज्ञानु
आदि इत्यादि। 

यस्ता अनेक सम्बोधन नि कहाँबाट सिकेकी हुन् तिनले? पक्कै "प्रेम पत्र कैसे लेखें?"  "लभ लेटर लेखने का सौ तरिक"  भन्ने किताब रन्जना अगाडिको सोडा पसल संगैको किताब पसलमा किनेर पढेकी हुनु पर्छ।

प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो।
ज्ञानलाल रोए भित्र भित्रै। न रूस् कसरी? मुटु रेटिंदाको पीडा मुटु हुनेलाई मात्र थाहा हुन्छ।


 मैले भने, "हेर ज्ञानलाल मैले देखेको र मेरो ब्रम्हले देखेको कुरा यही हो, यो नै पूर्ण सत्य नहुन सक्छ। यसपालीको गर्मीको छुट्टीमा हामी दुबै घर जान्छौ नै। अझै सत्य तथ्य पत्तालगाएर जे गर्नु पर्छ गरौला। अहिले नै फाइनल नगरी हालौं। तर सन्देहको घेरा भित्र राख्नै पर्छ, यो मेरो निजी बिचार हो।"
 
त्यो रात भर ज्ञानले उनको प्रेम कहानी एक एक गरी भन्न थाले, यसमानेमा हामी दुबै सुतेनौ ।
नसुतेको ज्ञानलाल त्यसमा नि मूड अफ, मर्निङ् गूड हुने सवाल नै थिएन। लन्च खाएर हामी कलकत्ताको बजार घुम्न निस्क्यौं। मान्छे नै मान्छे, कति मान्छे। नरायण दाईको गीत याद आयो।

कति सस्तो जीवन, कति सस्तो मान्छे
जता ततै देख्छु, मान्छे माथि मान्छे।
सयौं पेट मारी नअघाउने मान्छे,
अबलालाई दुख्दा रमाउने मान्छे।


मलाई लाग्यो, मान्छे मात्र होइन, प्रेम पनि तसवीरको फ्रेम जस्तो सस्तो भएको छ अचेल।

एक्कास्सि ज्ञानलाल् पड्क्यो, "म त्यसलाई आजै लेटर लेख्छु, को हो त्यो को संग हिडेको भनेर।"
 
ज्ञानी ज्ञानलाल यसरी पड्केको पहिलो पल्ट होला।

"होइन ज्ञानलाल्, यसरी आबेशमा आएर केही हुन्न? आफ्नै ब्लड प्रेशर मात्र बढ्छ, त्यसै त कलकत्ताको गर्मी, रगत नै ब्वाइल होला फेरि।" आफ्नै स्टाइलमा दिएं मैले नि।
 
"लेख्ने भए लेख, पुरानै पारामा सारा कुरा लेख, लास्टा मात्र छुस्स मसाला हाल। कसैले अस्ति देखेको रे  भनेर मलाई सुनायो, मैले साप संग झपारे, मेरो मायाको बारेमा यस्तो अनर्गल सोच्ने भनेर मात्र लेख। त्यसको रियाक्सन् कस्तो हुन्छ त्यसमा बरु बिश्लेषण गर्नु पर्ने हुन्छ।" 

कलकत्ता भ्रमण सक्याएर म आफ्नै ठाउंमा फर्कें। केही समय पछी ज्ञानलालको पत्र पाएं। त्यो छुस्स लेखेले जुरुस्त काम गर्‍यो। त्यो सब उनीहरुको प्रेमबाट जल्नेहरुको कपोलकल्पित कुरा रे। कहिले काहिं ट्युशनबाट फर्किंदा बाटोमा टाढाबाट फुपु पर्नेको छोरा संग भेट हुने र बेलुकी डरलाग्ने भाकोले घर् छोड्न आएको रे।

वाह्!, वाह् !  कबिताजी, क्या गजबको भावबिश्लेषण। सिनेमा हल, त्यो पनि दिउसै ट्युशन पढ्ने थलो रहेछ, कबिताको भावमा। राती मैनबत्तीको मधुरो प्रकाशमा टाँस्सिएर बियर संगै माइ डियर भन्नु ट्युशन पढाई रहेछ। पर्भू को लीला अपरम्पार रहेछ, त्यसै भनेको होइन रहेछ, पर्भू।

क्रमश:


 
Posted on 04-25-08 11:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yo bhag ni daami gayo bro.


 
Posted on 04-25-08 11:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उनको प्रेम कहानी एक एक गरी भन्न थाले, यसमानेमा हामी दुबै सुतेनौ ---

 

गजबका दिन थिए ती, रातभरी नसुति गफ गरेनि गफ गर्नै नपुग्नि ----


 
Posted on 04-26-08 8:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउडे जी
धन्यवाद, पढि दिनु भयो, गुनिदिनु भो।


चना जी,
हिन्दी मा एउटा गाना छ नि, " न जाने कहाँ गए वो दिन" । साच्चै ती दिनहरु संझनामा पनि रोमांचित हुने खालका थिए।


 
Posted on 04-27-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>प्राणेश्वर रे- पत्रमा, उता नाथेस्वर बनाउन लागेकी छे। प्राण भन्दा प्यारो रे, ज्यान भन्दा प्यारो अर्को रोजी सकी। मुटुको धड्कनरे, गालामा चडकन् दिनु पर्ला जस्तो भैसक्यो। <<<

>>>राती मैनबत्तीको मधुरो प्रकाशमा टाँस्सिएर बियर संगै माइ डियर भन्नु ट्युशन पढाई रहेछ<<<

 भईहाल्यो नि ठुल्दाइ अब ज्ञानलाल ज्ञान हासिल गर्न कोलकत्ता जाँदा कबिताको टाईम पास होला नि त ! सान तिनो कुरामा माइन्ड गरिन मैले त !

त्यस्पछी के भयो ताअाअाअ?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters