[Show all top banners]

Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 KAVITAKO DESH - III

[Please view other pages to see the rest of the postings. Total posts: 142]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 70377 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 12-29-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साझामा लेखिएका अनेकौँ कविताहरुलाई एकै ठाउँमा राख्न, पढ्न र प्रतिकृया आदानप्रदान गर्न सुरु गरिएको कविताको देशले पनि २ भाग पुरा गरिसकेछ। पहिलो र दोश्रो भागमा अनेकन मित्रहरुले यो धागोलाई अत्यन्त माया, सद्भाव र चाखका साथ पढिदिनुभयो, लेखिदिनुभयो र साथ दिनुभयो; ति सबै मित्रहरुलाई निरन्तर सहभागिताको आग्रह सहित धेरै धेरै धन्यवाद् छ!
पहिलो र दोश्रो भागमा जानको लागि तलको ठेगानामा जानुहोस!

पहिलो भाग- - http://sajha.com/sajha/html/OpenThread.cfm?forum=2&ThreadID=25557
दोश्रो भाग- - http://www.sajha.com/sajha/html/OpenThread.cfm?forum=4&ThreadID=28216

बिश्वास छ, धेरैले यो कविताको देशमा गाउँहरु थपेर सिंगार्नुहुनेछ!

सुरुवातमा यो एउटा कविता-

जिन्दगी-

कहिले ढकमक्क
आँगन सिँगार्ने सयपत्रिको,
कोमल स्पर्ष र सुगन्धले
बाग बाग गराउँछ!
कहिले ओसिलो भुइँमा,
बर्षौँ फालिएको
पुरानो मजेत्रोको,
फोहोर चिप्लोपना सहित
डुङ्ग ढुसि गनाउँछ!
बलेसिबाट चुहिँदै गरेको
निराश थोपाहरु जस्तै,
कहिले एकछिन टल्केर
माटोमा कतै सेलाउँछ!
बिउ फाटेर कहिले,
नितान्त नयाँ संसार हेर्दै
मसिनो टुसा पलाउँछ!
यसैगरि, यता उता भौँतारिँदै,
कहिले चुलिँदै,
कहिले खस्किँदै,
मेरो जिन्दगी;
केवल जिन्दगी बिताउँछ!!

 
Posted on 05-02-07 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज बुद्ध जयन्ती। सर्वप्रथम त भगवान बुद्धप्रति श्रद्धासुमन अर्पण गर्दछु।

भगवान वुद्धले तृष्णालाई सांसारिक दु:खको मूल कारण भन्नुभएको छ। आफूसंग भने तृष्णै-तृष्णा बाहेक केहि पनि छैन!
यो कविता लेख्न थालेको पनि धेरै भईसकेको थियो, यसको पूर्णता पनि एउटा तृष्णानै बनेको थियो मेरो। जसोतसो पूरा गरेर पस्किदैछु मित्रहरुका नजरमा।

“तृष्णा”

मन्दिरका घण्टहरुसंगै ब्युँझिएर
ताजा घाम सिउरेर तालुमा
परेवाहरुको माझबाट
उदाउन पाउँदैन मेरो दिनले,
हरेक दिनको यात्रामा
बिचैमा ओर्लिन्छ मेरो मन
उद्यानको घना रुखमुनि
घना रुखको गाढा छायामा
दुनियासंग बेखवर भएर
आफैसंग बेखवर भएर
एक दिन लामो
एउटा मिठो सपना देख्न
र मनहीन रोबोट म
अचेत-अचेत बिताईदिन्छु
सहस्र युग लामो मेरो दिन,
दिनले भत्काएर खुम्च्याएको
रातको सीमामा घस्रिदै सम्झिन्छु
हल्का सिन्दूर पोतिएको बादल
झोलाभरि बोकेर
गोधूलीमै आँगन नटेकेको
धेरै भएछ,
अनि धेरै भईसकेछ-
लम्पसार परेर चउरमा
आकाशका तारा नगनेको
र एउटा तारासंग आँखा जुधाएर
‘त्यो मेरो तारा!’ नभनेको।
 
Posted on 05-02-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 05-02-07 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

....अनि धेरै भईसकेछ-
लम्पसार परेर चउरमा
आकाशका तारा नगनेको
र एउटा तारासंग आँखा जुधाएर
‘त्यो मेरो तारा!’ नभनेको। ..........

Beautiful !
:)
 
Posted on 05-02-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

i just posted this in some other thread but now i realised this cud be the best thread for my little piece ,, someone may read it..



बारुद्को गन्ध् , बज्रपात् रोकिएन
मेरो घर् छेवैको बान्स् आज सुसाएन
मुमा झोपदिमा छिन्, खोइ छोरो आएन ,
निस्पत् कालरात्रीको पर्दा छ्यातेर सुर्य उदयएन ,

बर्तमान थाकीसकेको थियो
chataan निसास्सिने उस्का पा इला कापी सकेका थिए
आज पुर्बी क्षितिजमा आलो रगत् पोखियो,
आफ्नै अस्तित् वको लडाईंमा बर्तमान शाहीद् भयो
म्रित्त्यु शाहयामा बर्तमान ईतिहास guhardai थियो
ईतिहास म्रित् बर्तमानमा आँफैलाई nihardai थियो

अनी tutephuteka अव्सेसहरुमा ,उ बुद्ध उपदेश् खोज्दै थियो
भ त्किएका गुम्बाहरुमा बुद्ध आँखा बन्द गर्दै थिए
रक्त शान्ति को कल्पना गर्ने सामर्थ्य म मा रहेन,
मेरो कलम् भाचियो,, मसी सुक्यो , कविता पुरा भएन
 
Posted on 05-02-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Felt like playing this riddle with Buddha's path again (from May 2004)

- http://www.sajha.com/archives/openthread.cfm?threadid=15478&dsn=sajhaarchive#20624

अनिच्छाको ईच्छाले बुद्धु, ईच्छाको अनिच्छाले बुद्ध भएँ
खोई के हुन्छु अब अनिच्छाको अनिच्छा गर्दैछु बिस्तारै

A fool by desiring a desirelessness and a Buddha by undesiring a desire I was
Don't know what I might becometh, now that I am gradually undesiring the desirelessness


*** *** *** *** *** **** ****


अनि धेरै भईसकेछ-
लम्पसार परेर चउरमा
आकाशका तारा नगनेको
र एउटा तारासंग आँखा जुधाएर
‘त्यो मेरो तारा!’ नभनेको।


How sweepingly nostalgic ! Blew me away. Thanks Gautam !


Nepe
 
Posted on 05-02-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मीठा मीठा कविताहरु लेख्नु भएछ मित्रहरुले । यति राम्रा र मीठा मीठा
सृजना गर्ने सर्जकहरुलाई मैले नेपाली साहित्यको योद्धा ठानेको छु ।
यी योद्धाहरुका लागि मेरो "एउटा योद्धाको खोजी !" कविताको
छोटो र अन्तिम अंश यहाँ अर्पण गरेको छु । धन्यवाद

एउटा योद्धाको खोजी !

जित्नु नै छ भने ठूलैलाई जितौं
जित्दा जीतको मजा होस्
जित्नु नै छ भने बलियैलाई जितौं
हार्दा पनि हारको लज्जा नहोस्
जित्नु नै छ भने एउटा योद्धालाई नै जितौं
जुन योद्धासँग हारे पनि केही जितियोस्
अनि त्यो योद्धासँग हारे पनि केही सिकियोस् ।
 
Posted on 05-03-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि धेरै भईसकेछ-
लम्पसार परेर चउरमा
आकाशका तारा नगनेको
र एउटा तारासंग आँखा जुधाएर
‘त्यो मेरो तारा!’ नभनेको।


नेपे दाईले भने जस्तो नोस्टाल्जिक हरफहरु गौतमजी! धन्यबाद् पस्किनु भएकोमा!

शिबप्रकाशजीलाई धैरै धन्यवाद राम्रा कविताहरु पस्कनुभएकोमा!

रक्त शान्ति को कल्पना गर्ने सामर्थ्य म मा रहेन,
मेरो कलम् भाचियो,, मसी सुक्यो , कविता पुरा भएन


आशा त बिस्तारै रक्तशान्ति पूर्ण शान्तिमा परिवर्तन हुनेछ।
बिस्तारै युनिकोडको प्रयोग तपाईँलाई सरल लाग्दै जाने छ!
 
Posted on 05-03-07 9:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

earthsucksudown जीलाई लक्षित थिए मेर अन्तिम हरफहरु!
 
Posted on 05-03-07 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

earthsucksudown...keep going
 
Posted on 05-03-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

How will you perceive to have a potrait as a cover of your poetry collection.

I thought she must be very confident, gutsy and unique (for you don't see many of these examples).

 
Posted on 05-03-07 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Earthsucksudown जीको कविता सबै युनिकोडमा लेखेर पढ्न साह्रै मन लागेर अलिकता मिलाएर लेख्ने दुस्साहस गर्दैछु, रिसानि माफ पाउँ है?

बारुद्को गन्ध , बज्रपात् रोकिएन!
मेरो घर् छेवैको बाँस आज सुसाएन!
मुमा झुपडिमा छिन्,
खोइ छोरो आएन!
निस्पट्ट कालरात्रीको पर्दा च्यातेर सुर्य उदयएन!!

बर्तमान थाकीसकेको थियो;
चट्टान निसास्सिने उसका पाइला,
काँपी सकेका थिए!
आज, पुर्बी क्षितिजमा आलो रगत पोखियो!
आफ्नै अस्तित्वको लडाईंमा,
वर्तमान शाहीद् भयो!
मृत्युशैया वर्तमान,
ईतिहास घुर्दै थियो!
ईतिहास,
मृत बर्तमानमा, आँफैलाई निहार्दै थियो!!

अनी टुटेफुटेका अवसेसहरुमा,
ऊ, बुद्ध उपदेश् खोज्दै थियो!
भत्किएका गुम्बाहरुमा,
बुद्ध आँखा बन्द गर्दै थिए!
रक्तशान्ति को कल्पना गर्ने सामर्थ्य,
म मा रहेन,
मेरो कलम् भाचियो,
मसी सुक्यो,
कविता पुरा भएन!!!

 
Posted on 05-03-07 10:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरीष गुरु राम्रो खोजको लागि धन्यवाद्।

प्राय गरेर बायोग्राफिहरुमा यस्ता पोट्रेट र फोटो राखिएको पाइन्छ, वास्तवमा नै यस्ता प्रयोग शायद दुर्लभ होलान्!
 
Posted on 05-03-07 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.That's nice one by earthsuckudown. ... Thanks Birkhe Maila for making it look nice.

Gotaame dai!! Ramro lagyo hajur ko "Trishna"

:-)
 
Posted on 05-03-07 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै कबिताहरु असाध्यै मिठो लाग्यो। पोस्ट गर्नुहुने सबैलाई धेरै धन्यवाद। मेरो पनि एुटा सानो प्रयास यसैसाथ् पस्किन्छु।

कैद् हुनुको पिडा

ती हिमालका सेता हिउं थिएनन्
टाढाबाट हेर्दा
मनलाई आनन्दित् पार्ने
टाकुरा थिएनन्
त्यो त बर्षको आधा समय जस्तो
कठाङ्रिने आङ्गनै ढाक्ने
दिक्कलाग्दो हिउं थियो
उस्को अँखा अगाडिको सार संसार सेताम्य थियो
मन भित्र केवल् रिक्तता अनि सुन्याता थियो
विचरो न बहिर निस्कने साहस् गर्न सक्थ्यो
न त भित्र नै आराम् साथ् बस्न सक्थ्यो
झ्यल्निर गएर त्यो अभिसाप् हेर्नु बहेक् केही गर्न सक्दैनथ्यो
झल्झलि सम्झन्थ्यो अफ्नो धर्ति लाई
अनि सराप्दै अफ्नो कर्म लाई
आज उ एउटा कैदी झै बन्चिरहेको।
 
Posted on 05-04-07 2:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद मेरो कविता पढिदिनुहुने सबैलाई! सबैलाई मन परेका हरफहरु मलाई पनि मन परेका हुन्। तीनै हरफहरुको विस्तारनै हो कविता!

earthsuckudownजी, शिवप्रकाशजी, सयपत्रीजीलाई कविताको देशमा म फेरि एकपटक स्वागत गर्न चाहन्छु। कविताको देशका हामी यात्रीहरु अचेल अलि सुस्ताएका रहेछौं, आशा गर्छु तपाईँहरुको आगमनसंगै कविताको देशले नयाँ गति लिनेछ।

नेपे गुरुले पुरानो धागो देखाएर ठूलो गुन लगाउनु भो! नयाँ स्वाद चाखियो, साह्रै मिठो लाग्यो!

अनि शिरिष गुरु, तपाईँको कुरोमा सहि थाप्न मन लाग्यो। साँच्चैनै आत्मविश्वाश झल्किरहेको देख्न सकिन्छ भारतीजीको त्यो तस्बीरमा। त्यो किताब किन्न मन लागेको छ। कस्लाई सम्पर्क गर्ने होला?
 
Posted on 05-04-07 8:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Poetry & Musical fusion


Poets - Ishwarballav, Ratnashamser Thapa, D.P. Bhandari, Bimal Niva, Shyamal, Shilendra Sakar, Gyanuwalker Paudel, Durgalal Shrestha, D.B Gurung, Lalita Doshi, Momila, Shravan Mukarung, Chanki Shrestha, Mani Lohani, Balaram Dahal, Buddhisagar Chapain, Swarnima Shrestha etc.


Date: 12th May, 2007 (29th Baisakh, 2064) Saturday
Venue: Gurukul - Rimal Theater, Old Baneshwar
Time: 3:00 PM Entry fee: Rs. 20
for ticket: 2335389, 9803218241
 
Posted on 05-18-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज कवितालाई 'गजलजस्तै छोटो, गजलजस्तै मिठो' बनाउने एउटा नयाँ प्रयास राख्दैछु।

"बादलहरु"

विस्मृतिको एक कुनामा
दर्केर बर्सिन तयार छन्
कल्पनाको एक कुनामा
उडान भर्न तयार छन्
बादलहरुको समुद्रमा
पौडिरहेका बादलहरु
बादलहरुको समुद्रमा
तैरिरहेका बादलहरु
घना-घना छन् बादलहरु
घना-घना बादलहरु।
 
Posted on 05-18-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I jus' love these beautiful lines gotame dai :)

विस्मृतिको एक कुनामा
दर्केर बर्सिन तयार छन्
कल्पनाको एक कुनामा
उडान भर्न तयार छन् .......!

puchchar tasdina man lagyo :)

अनि फेरि कहि कतै,

ठोकिएर पहाड सँग
आफै लाइ मेटाउन
हतार हतार उड्दै छन
काला काला बादल हरु
:)
 
Posted on 05-18-07 11:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tiru mori kina yesto gaau chardai hineko.
 
Posted on 05-18-07 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ गौतमजी!

बादल हेर्दै जाँदा आउनु अनुभुतिलाई शब्दमा छर्नुभयो! :)

तितौरीले थपेको टुक्रा गजब को छ! अलि लामै कविता बनाऊ न! :)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
We live in precarious times
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters