[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

बैरे
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी-१२८~

[Please view other pages to see the rest of the postings. Total posts: 918]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 296772 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-07-08 7:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                       
~ * चौतारी-१२८  *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२८ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 128 editions.


 
Posted on 09-17-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुलि र स्पोकन ।
किन यस्तरी दिक्क लाग्या हो? दिक्क लाग्या बेला चौतारीमा बसे ठीक्क हुन्छ। "टेन्सन लेने का चिज नहीं है देने का है" भन्थ्यो इलाहाबाद मा। पिर मर्का भन्न पिर गर्नु पर्दैन, गाम्लेका सहयोगी हातहरु योग-सहयोग गर्न आतुर छन।

 
Posted on 09-17-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गूड् मर्निङ चौतारी
बुधवारे मध्यम जदौ।
चिया कसैले ल्याएनन ठुल्दाइ,पख्नुस् म लेर आउँला।
चिप्ले ब्रदर लाई स्वागत एक हप्ता पछी आकोमा,कतै आईके ले त लगेन भन्ठानेको हामीले त। जे होस् कुसल राइछौ खुशी लाग्यो।
स्पोके मित्र आउ न भित्र किन त्यो काडेतार पछाडि बसिरा।
सानानी लाई मैले एउटा हात ले फर्काये है,एुटा हाताँ चिया छ्।
अरु कता मरे कामचोर हरु।

 
Posted on 09-17-08 9:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

taremam rahulvai.....aisha jina bhi kya jina lallu bhanchha ni hai....malai ni dikka lagya...khoi gamle haru ni sabai kata kata

 

 


 
Posted on 09-17-08 9:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho biste herdai kya khaun khaun lagne chiya............malai ta chiyama whisky rakhera piune ichhya chha aaj

 


 
Posted on 09-17-08 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के छ
खोइ को को छ हँ आज
 
Posted on 09-17-08 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण चौतारीबासिहरुलाई यो बिर्खे माईलाको तर्फबाट भदौको सोह्र श्राद्धे जदौ!

सुपारेलाई चौतारीमा स्वागत छ!


 
Posted on 09-17-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम लहरे,सुपारे ( अच्छा नाम छ्) अनी सम्धी ज्यु।
हामी त एतै छम क्यारे लहरे तिमी कता छौ बरु।
सउधी ज्यु आरामै,हरी आको मौका पार निक्कै घुम घाम भ्यार आउनु भो भन्ने हल्ला चल्या थ्यो हिजो गाम तिर।
 
Posted on 09-17-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे, लहरे अनी बिर्खे बा।
आइके पीडित संघ का पदाधिकारी बिर्खे जिम्माल त पीडित भएर झन पिकनिकमा रे भन्ने सुनेको। यस्तो आइके हाम्रो गाम मा नि आए हुन्थ्यो नि बाइ।


चिया को लागि धन्यवाद।

चिया मा ह्विस्की मिलाउनु रिस्की हुन्छ सुपारे ( बिर्खे ले नाम जुराइ हाले)।


 
Posted on 09-17-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सम्धीज्यू!

हरीले हरीबिजोग पारेर गर्नु गरिहालो नि यो बर्ख!

तो च्या अबिर केसरि राख्ने भाँडाँ राख्या जस्तो छ एक सुरुपमै झिरिप भयो सिलावरको ठूलो गिलाँस छैन? मुख नै जिस्कियो र भन्या मात्तै हो है सम्धीज्यू!


 
Posted on 09-17-08 10:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lau maile lyaide jimmal ba, tattato bademanko mug ma.
 
Posted on 09-17-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर हउरबाले सानो अबिर केसरि लाख्ने भाँडोआँ किन राखे भन्या त नातिनीले ठुलो मउमा लेराइनर पो त!

धन्ने होस सान्नानी तिउँरो धर्म लाओ तिम्लाई बुडोलाई ब्यान ब्यानै एक मउ च्या ल्याइदेर। बरु तो मउको तल्तिर तो भाँडो के जाति हो नि? फेरि करैँट सरैँट लएर सिलटिम्मुर र खाइँदैन कतै?

अनि सान्नानि? ओहो! मेरि बास्सै! कताडि भेट भओ नि आज! क्यार्दै छौ? भन्ट्याङ भुन्टुङ आच्या भुन्टी  कत्रि भइ? कत्तिको हाँस्छे? कत्तिको रुन्छे? सोर सराद्दे लाओ भन्छन के छ तिम्रा हउरबाको? दशैँलाई खल्पि हाल्न काँक्रो टिप्यौ? गामका यो बर्ख पिङ कता हाल्ने भएछन? तेइ सल्लेरिको डाँडामा कि तल दुम्से भन्ज्याङमा? यो बर्ख दशैँमा त माइलो कट्टेलको जेठो छोरो नि अरपाटि आम्छ भन्ने सुन्या थेँ हो? भनेसि छोराको कमाईले माइलो कट्टेलले नि घरमा जस्ताको छाना हाल्ने भए!


 
Posted on 09-17-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम सान्नानी
घोर आपत्ति ! जिम्माल बा लाई मात्र स्पेशल भाँडा मा स्पेशल चिया ? हामी लाई बिर्सी दिने ?
 
Posted on 09-17-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वोहो सान्नानी के छ
आज त कस्तो राम्री भएर आकी
च्याप्स्टिक लार आकी राइछ त्यही भर
फुटेको ले लगाएको हो

त्यस्ही भरे क्या च्वाँक देखिएको नि आज


 
Posted on 09-17-08 10:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लओ हइ सपै चउपारि का डाँरे हरलाइ जदओ आरे का मइले नि
 
Posted on 09-17-08 10:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कता गा हुन् अरु सबै। म आइके पिंडित त हाजिर हुन सकेको बेलामा।

यसो अलिअलि गन्थन गरिहालम है त।

दुई हप्ता अघिको गुस्ताभेको सम्भावित आक्रमणलाई ध्यानमा राखेर खाने पानी, टर्च बत्ती तथा फ्रीजमा राख्न नपर्ने खानेकुराको त प्रशस्तै जोहो गरेको थिएँ। तैपनि बिहीवार बिहानै साहूले छुट्टि दिएपछि सीधै वाल्मार्ट गएर थप त्य्स्तै सामान किनें र गाडीको ट्यांकी पनि भरें।

शुक्रबार त बिहान घमाइलो थियो, दिउँसोसम्म पनि अलिअलि घाम लागिरहेको थियो। साँझ पर्न थालेपछि आकाश कालो हुँदै गयो र हावाको जोड पनि बढ्न थाल्यो। केही सहकर्मीले सम्झाए अनुसार बाथ टब पनि पानीले भरें, पानीको आपूर्ती अवरुद्ध भएको खन्डमा शौचालय चलाउन अवरोध नहोस् भनेर। लुगा पनि एक लोड धोइहालें, आइके बजियाले बिद्युत आपूर्ती अवरुद्ध गर्ने कुरा प्राय: निश्चित भएकोले। आफूसँग न त माटोको अटल छ, न त डल्ले साबुन। भए पनि कहिले चलाएको भए पो त।

टि.भी र ईन्टरनेटमा बारम्बार हेरिरहेको थिएँ, मुख्यत: आइकेकै चर्तिकला। ल्यान्डफल हुन केही समय बाँकी रहे पनि तटीय क्षेत्रमा त छालले बिहानै देखि असर गर्न थालिसकेको थियो। क्याटेगोरी २ अथवा ३ को रुपमा मध्यराततिर आइकेले जमीन हान्ने अनुमान थियो। राती १० बज्दा हावाको बेग निकै बढीसकेको थियो। झ्याप्प बत्ती गयो, तर तुरुन्तै आयो। मैले कम्प्युटर फेरि खोलिनँ तर टि.भी भने हेरिरहेँ। एक दुई चोटि बत्ती फेरि झ्याप्प जाने आउने भयो। ११ बजे तिर सुत्न गैयो। सुत्न त के सक्नु निरन्तर हावाको आवाजले। एकै छिन् रोकिए जस्तो हुन्थ्यो फेरि हुइँहुइँ गर्दै चर्किन्थ्यो। मध्यराततिर बत्ती निभ्यो। पानी पनि जोडसँग पर्न थाल्यो।  धातुको पाता जस्तो केही केही बज्रिरहेको जस्तो आवाज पनि बेला बेलामा आउँथ्यो।  आफूलाई चाँही छानोमा रुख ढल्ने हो कि, आफ्नो गाडी नै कच्याक कुचुक पारीदिने हो कि भन्ने चिन्ताले सताइरह्यो। कुनै गर्हौं बस्तुले झ्याल फूटाइदेला कि भन्ने उत्तिकै पीर।

निद्रा नलागे पछि त आफूलाई पानी खाइरहनु पर्ने, अनि चर्पी पनि गैरहनु पर्ने। नेपालमा जस्तो मान्द्राले बेरेको बाहिरी चर्पी भएको भए त के गरिन्थ्यो होल। ठुल्दाइलाई पनि सम्झिएँ, यस्तो हावामा न बाहिर चिलिम ब्रेक लिन जान सक्नु न भित्रै धुँवाले रङमँगाउनु। जसो तसो रात कट्यो, बाहिर हेर्दा बाटोमा रुखका हाँगा र स्याउला यत्रतत्र छरिएका थिए। केही मत्थर भए पनि हावा र बर्षा जोडसितै भैरहेका थिए। गाडीको जतिसुकै चिन्ता लागे पनि बाहिर निस्किहाल्नु सुरक्षित लागेन। बत्ती त के आएको होस्। सेलफोन बन्द गरेरै राखें ब्याट्री जोगाउन। आखिर सिग्नल पनि राम्रो थिएन। केही घण्टाको अन्तरमा केही मेसेज छ कि हेर्न भनेर खोल्यो, त्यो पनि नेट्वोर्कको समस्याले गार्हो। ल्यान्डलाइन पनि नचल्ने, कमकास्टको फोन लिएको, मोडेममा पावर नभए पछि कसरी चलोस्। ब्याट्रीबाट चल्ने रेडियो नै संचारको एउटै माध्यम रह्यो। रेडियोबाटै थाहा भयो, ग्याल्भेस्टन टापूमा धेरै क्षति भएको रहेछ। ह्युस्टनका सबैजसो ठाउँमा बिजुली गएको रहेछ, अनि प्रमुख राजमार्ग लगायतका धेरै ठाउँ डुबानमा परेका रहेछन्।

दिउँसो बाहिर निस्किएर गाडी हेर्दा सुरक्षितै रहेछ, तर नजिकै एउटा रुख ढलेर अरु गाडीलाइ भने क्षति पुगेको रहेछ। आफ्नो छरछिमेकको वरिपरि यसो निस्किएँ, धेरै ठाउँमा ढलेका रुख र बिजुलीका खम्बा अनि लत्रिएका तारहरु देखिए। छेवैको खोलो पनि बेस्सरी बढेको रहेछ। केही घरहरु रुख ढलेर क्षतिग्रस्त भएका थिए। मूलबाटोमा बिभिन्न ब्यवसायीका साइनबोर्डहरु पनि छरिएका थिए।

आईतवार केही ब्यवसायहरु खुल्न थाले, कुनै जेनेरेटरबाट कुनै चाँही बिद्युत सुचारु भएर। सीमित मात्रामा बरफ बेचेका थिए केही ठाउँले। दुई हप्ता अघि जिम्मालसँग काटेको खसिको मासु बचाउनु नै मेरो सबैभन्दा ठुलो चिन्ता थियो। दुई पोका बरफ दिएको थियो त्यो दिन, त्यसैले मोरेर बचाउन कोशीश गरें। पछील्ला दिनमा पनि त्यस्तै गरी बरफ थप्दै गरेको छु, हेरौं कत्तिको सफल भईएको छ। फ्रीजमा राखेको प्राय अरु सबै कुर त फाल्नै पर्‍यो।

अहिले क्रमश बिद्युत आपूर्ति सुचारु भए पनि हिंजो साँझसम्म करीब ३५% ग्राहकले मात्रै बिजुली पाएका थिए। आफू बाँकी ६५% मै छु। अर्को ३-४ हप्तासम्म लाग्न सक्छ भन्छन्, आशा गरौं त्यति समय त नलागोस्। तातो खान नपाएर कस्तो छट्पट्टी भैरहेको छ। बाहिर पनि कति पैसा खर्च गर्नु, घरकै खानेकुरा फाल्न परेको बेलामा। तातो त खान पाइएन पाइएन बियर समेत् चिसो पारी राख्न पाइएन भन्या। बाहिरको तापक्रम चाँही केही घटेकोले अलिकति राहत मिलेको छ। शनिबार र आईतवार त एकदमै गर्मी थियो।     

हिंजो साँझ बाहिरबाट फर्किने क्रममा आफ्नो बसाइ नजिकैको थ्री-वे स्टप साइनमा रोकिएँ। अघिल्तिरको घरमा बत्ती बलेको देखेर आफ्नोमा पनि आयो कि भन्ने आश जाग्यो। गाडी मोड्दा पो थाहा भयो त, आफ्नै हेडलाईटको रिफ्लेक्सन भएको रहेछ। आज बिहान निस्कुन्जेलसम्म पनि बत्ती आएको थिएन, इस्त्री नगरेकै कमीज लगाएर अड्डामा आएँ।                                                                                             

 
Posted on 09-17-08 11:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिचरा चिप्ले हामरा तिर आए हुन्चकनि का हामरा त बिजुलि आइच्चका बाइ लओआउ त खुरुक्क
 
Posted on 09-17-08 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ब'बाल भाको रैछ चिप्ले लाई त,
अनी बजै के गर्दै
काम मारामार छ, बात मार्न पाइदैन जस्तो छ
 
Posted on 09-17-08 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लामो गन्थनपछिको पुन: जदौ। त्यति लेखुन्जेलसम्म त गाम्ले पनि प्रशस्तै आएछन्।
सुपारेलाई स्वागतम्।
ठुलि, यसो फुर्सद मिलाउ न गफ गर्न।
सान्नानी, के छ? धेरै पछि पो देखियौ त। छोरीले धेरै चकचक गरेर आउनै दिएकी छैन कि के हो?
बिस्टे, कति दिन पछि तातो चिया खान पाइयो, धन्यवाद।
लहरे बाउचा, अब यसो तिम्रो कथा पढ्न तिर लाग्छु एकैछिनमा।
जिम्मालबा, कस्तो रह्यो त भ्रमण? घराँ बिजुली छ कि छैन? मासु बच्यो कि बचेन नि?
              

 
Posted on 09-17-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले को आइके काहानी , चिप्ले कै जुवानिमा सुन्न पाउदा आँफै आइके नजिक पुगे जस्तो लाग्यो। हाम्रो देशाँ बिजुली न आए जस्ताइ हुने रहेछ बाबै । हाम्रो देशाअँ फ्रिज हुँदैन त्यसैले बिजुली जाअोस कि आओस छु मतलब।

लौ त टिरेन को ट्याम भयो। १ घण्टा मा फेरी घण्टा बजाउन आउने छु।


 
Posted on 09-17-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste Gaaule ho haa hi hi hi
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters