[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~ * चौतारी-१२९*~

[Please view other pages to see the rest of the postings. Total posts: 914]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
[VIEWED 297642 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 46 pages, View Last 20 replies.
Posted on 09-18-08 1:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

                                                                 ~ * चौतारी-१२९*~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२९ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली हौ' भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्दछ !

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी,riya77-, shreya08, Maaili_Budhi -माइली बजै ,फुच्चे केटो , location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
Running since 7 Sept 2005 in a total of 129 editions.

 
Posted on 09-25-08 1:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma mathi devi prasanna bhayera, sajha ko pana nai chyatiyera malai darshan dinu bho ni devi le tha chha??
Aaja matra ho ra, hijo deklhi darsan deko diyai hununchha....
Aru lai ta chhina hola hai?

 
Posted on 09-25-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बौचा तिमीले "अनाडी" मुभी हेर्नु पर्थ्योनी। धेरै दाई भएकी बहिनिलाई जिस्काउनु हुन्न बौचा। मलाई रावण भनेको थ्यौ नि देख्यौ माइला दाई ले भनिहाल्नु भयो नि को रावण भनेर त।

हेरन  बौचा को सटाएर फेरी, सरल तरिकाले बुझ रे, मैले जहिले पनि सरल त बुझेको छु नि, झन उही सँग ज्ञान गुन का कुराहरु बाँडिराछु , राम्रो गर्ने त जमाना नै छैन हेर तिमी ज्ञानी छौ त्यो त सबैलाई नै थाहा भएको कुरा हो नि साथी, कती  तिमीले भनेको कुराको अर्थ तिमीलाई थाहा नहुँदा मैले सच्याइदिए भने तिमी झन मलाई घोच्ने गरेर भन्ने, कस्तो बैगुनी होलाउ तिमी

 माइला दाई मैले त "आल्हाद्वित" लाई "आन्दोलित" भनेर पढिङ अनी आफु त अचम्म सँग  परीङ नि थाहा छ? 


 
Posted on 09-25-08 1:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khile dekhi haamro birkhe daa jogi bhaako ho taaaaaaaaa. katai bhaaujule ta haamro birkhe daa lai jogi bhanaako hoina khit khit khit
 
Posted on 09-25-08 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यो आकार लाई हिसाब मा नेपाली मा सेमी सर्कल भन्छ
hehehe

Nepali ma Ardha Britakar bhanchha lahare!!

 
Posted on 09-25-08 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्न १ जाना ले मात्र कुरा काट्न भ्याए छ। १ घण्टा पनि लागेन, बुढाको घण्टा बजाउन।
लौ पुन: तारेमाम।

अब को पाली चिलिम ब्रेक को।
 


 
Posted on 09-25-08 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औङ्रेजी मा पो अर्ध ब्रित्रकार भन्छ - नेपाली मा सेमी सर्कल नै भन्छ,
हे चेली चाम्लिङ - सिधा कुरा लाई बाङो अर्थ नलगाउ - मैले जे भन्छ त्यही भन्छ अरु केही पनि भन्दैन - जो भन्छ त्यो ठीक भन्छ नमिले कुरै गर्दैन -

हे मल्लिके सुन्दरी दिपिका - तिमी हाँसेको देखेर मैले तिमीलाई दिएको नाम तिमीलाई राम्रो लाग्यो होला भनी सम्झे - म धन्य भएँ। अनाडी फिलिम म लास्टाँ दाई हरु को के हाल भयो भनेर मैले भन्नु पर्दैन होला - तिमी आँफै बुझक्की छौ, त्यसै चार वटा टाउको भएको होइन तिम्रो। अनी अर्को कुरा पनि दिमाग मा आयो - दाई नभएको केटी हरु लाई त जसले नि जिस्काउछ, भएको लाई जिस्काउन सक्नु पर्छ भन्ने मेरो धारणा छ। मैले तिमीलाई कहिले रावण भने - कुरा राम्रै पढेर मात्र गर्ने गर - तिमी रावण त होइन तर उसको बहिनी स्रुप नखा चाँही पक्कै होला। यि माथि का वाक्य हरु लाई पनि सिधा तरिकारे बुझेर ग्रहण गर्नु होला अनी मलाई काली को दर्शन गर्न मन छैन, हिजोअली धेरै नै दर्शन पाएँ।  


 
Posted on 09-25-08 1:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-25-08 1:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सान्नानी सुन्दरता कि प्रतिमुर्ती, किन त्यो गुच्चा जस्तो आँखा यता उता डुलाउछौ।
उसै त सानो मुख लाई किन सानो पार्छौ, जन्डिस लागेको जस्तो भकुन्डे आकार को
अनुहार टाँसेर हामीलाई दर्शन दिएर हामीलाई धन्य पारीदिनु भयो।
 
Posted on 09-25-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म सुपर्नखा भएर के भयो त? मेरो दाई रावण नै भएपनी मलाई माया गरिहाल्नु हुन्छ क्या रे। रावण पनि सधैं बदमाश त कहाँ हो र। मेरो दाई अर्ली फेज को रावण नि त। ईन्द्रहरु समेत खुशी भएका थिए क्यारे मेरा दाइ सँग। अहिले मेरो दाई तपस्यामा भएको भएर मलाई नहेप है बौचा,  त्यही रुख मुनी बाट एक पानी छ्यपेपछी नरपशु बनाइदिनु हुन्छ अनी खान्छउ  

 


 
Posted on 09-25-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे मल्लिके चौतारी, दाई को माया पाएन भनेर कोल्ले भन्या छ। करिश्मा ले पनि अनाडी फिलिममा दाई हरु को माया पाएकै थियो, तरपनी के भनाइ भो र बुझिहाल्यो होला क्यारे। मैले तिमीलाई ज्ञान गुण का कुरा सिकाइरहेको छु, मैले हेपेको चाँही पक्कै होइन। हे सुन्दरी मेरो सोझो शब्द लाई किन फिल्टर गरेर सुन्छौ, मेरो शब्द लाई सिधै तिम्रो कान मा पस्ने अनुमती देउ अनी दिमाग को प्रयोग नगरि अर्थ बुझेमा अर्थ लाग्ने छ भन्ने मलाई आशा र विश्वाश छ। अहिले लाई बिस्राम। 
 
Posted on 09-25-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सोयम्भु घर भई घर को छाना छाना,रुख,रुख मा उछल कुद गर्दै हिंड्ने हे तुचछ प्राणी,म नभएको मौका पारी मेरा नातिनी भान्जी लाई के के संज्ञा दिदै छौ। भक्तालु हरु को झोला बाट प्रशाद खोसी खाने,आफ्नो पनि घर नबनाउने अरु को पनि घर भात्काउदै हिंड्ने हे तुचछ  प्राणी पहिला आफ्नु अनुहार एना मा हेरेर अर्काका छोरी बेटीको अनुहार को बारेमा भन्ने गर।
 
Posted on 09-25-08 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे लोल - एकछिन मा आउछ उत्तर
 
Posted on 09-25-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राम्रो दोहरी चली राख्या छ। जारी रहोस्। दोहरी चलाऊदै फोहरी नबनोस।
सबैलाई चेतना भया।
 
Posted on 09-25-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल!

हे विराट भन्दा विराट थुतुनो चलाउनका खप्पिस महारथी लहरे! हे बर्खाको पर्सि पल्टको खहरे! सम्पूर्ण जीवात्माहरुले मानि आएको, सम्पूर्ण राम्रा आत्माहरुले जानि आएको मेरो मेरुदन्डको आकारको बारेमा नानाथरी प्रचार गर्ने तिमीलाई कस्तो दण्ड दिउँ? हे छुच्चो मुखका धनि! तिमीलाई म श्राप दिन्छु कि तिमीले जानि नजानी राम्रो किसिमले कुरा गर्दा पनि नराम्रो सुनियोस। तिम्रो बचनबाट 'अ' भन्ने अक्षर कसैले नसुनुन्। तिमिले कसैलाई गालि गरेर 'अज्ञानी' भन्दा 'ज्ञानी' सुनियोस। तिमिले कसैको लेखाईलाई "कति राम्रो अछ्छेर" भन्दा ' कति राम्रो छेर' सुनियोस र पिटाइ खान परोस्। तिमिलाई कसैले खानेकुरा दिँदा थोरै भएर तिमिले 'अपर्याप्त छ' भन्दा 'पर्याप्त छ' सुनियोस त तिमि भोकै डल्लिन परोस। तिमीलाई जति अशान्ती भए पनि अरुले शान्ती सुनुन्। तिमीले 'अनिता आइ लभ यु' भन्दा 'निता आई लभ यु' भनेको सुनेर अनिताको स्यान्डल खान परोस। तिमीले कुनै तानाशाही राज्यको ठुला व्यक्तीलाई चापलुसि गर्न ' अमर हुन्' भन्दा 'मरुन' सुनियोस र तिमीलाई जन्मकैद होस! माछा पसलमा गएर तिमिले 'असला' माछा माग्दा 'साला' सुनियोस र तिमिले बिक्रेताको लात खानु परोस! यो सबै हुँदा अत्यन्तै दुख पाएपछि तिमिले सबैलाई  मेरो कुरामा 'अ' जोडेर सुन्नुस भनेर गिडगिडाउन परोस। निकै समयको दुख पश्चात बल्ल बल्ल बुझेर सबैले 'अ' जोडेर सुन्न थालेपछि तिमिलाई एकछिन क्षणिक खुसि आवोर तर लगत्तै तिम्रा सबै नैतिक कामहरुमा अरुले 'अ' थपेर अनैतिक बनाएर तिम्रो खेदो खनुन्!
हरि ओम तत्सत्



 
Posted on 09-25-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कडा आउने भयो जस्तो छ लहरे बाट ल म भागे एक्छिन।
भान्जी नातिनी तयार भएर बस है म एक्छिन मा आए एउटा सभा मा जानु छ्।
 
Posted on 09-25-08 1:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्यार्दैछौ गाम्ले हो? दोहोरी तेहरी चौहरी के के खेलिराख्या हौ।  

 
Posted on 09-25-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज ब्रिद्धास्रमको ढोका चौकिदारले लगाउन बिर्स्या जस्तो छ। सप्पै ब्रिद्ध हरु एकै चोटि चौतारीमा आएछन। चौतारीका सप्पैलाई म लक्का जवान नेत्रेको तर्फ बाट ठुल्दाइ (ब्रिद्ध)को स्टाईलमा तारेमाम
 
Posted on 09-25-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँच! डल्लै कराई बसेको रछन्त हो केटाहरु। 

कोल्लाई जेठान बोलाम भन्दै छु कि म चैं -- एउटा लाई ड्याङ्गै बोलाम्ला अन्त बैनी त छैन त ज्वाईँ भन्ला भनेर हो अलि दबेको छु ल।


 
Posted on 09-25-08 2:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My deep jyuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuuu
 
Posted on 09-25-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे बिष्ट मुनी, चौतारी का मेरुदण्ड, कसरी भने - एस चौतारी भुमी तिम्रै सन्तती ले भरिएको छ। हे ज्ञान गुण का अथाह सागर, मलाई स्वयम्भु को बाँदर देख्ने तिमी पनि पसुपती कै छेउ छाउ कै हो - भन्दा तिमी पसुपती को बाँदर हो भनेर भन्न परेन होला। म अरु के बर्णन गरौ, गर्नु पर्ने सबै काम तिमी स्वयम बाट भएको छ। हे बयोब्रिद्द मुनी, कुप्रे अर्थात सेमी सर्कल आकारको जिउ बाट धनी मान्छे का सम्धी तिमीलाई देख्दा म सोचमा पर्छु कि हड्डी मासुमा टाँसेको हो कि मासु हड्डी मा।
अस्तिन बागमती मा स्नान गरेर - महादेव सामु गएर - एउटा सुन्दरी बिहा गर्नु पर्‍यो भनेर तपस्या गर्दा महादेव खुशी भएर - तिमीले बिहा गर्ने सुदरी माथिको बन मा बिचरण गरिराखेको छ भन्दा, मन्दिर अगाडि रहेको दुइटा साँढे मरी मरी हाँसेको हाम्राइ यि कान ले सुनेको अनी आफ्नै आँखा ले देखेको हो। हे मुनी, हामी नभ्एको कुरा भन्दै भन्दैनौ अनी भएको कुरा हामी नभनी बस्ने त कुरै भएन भनेर बिचार  ब्यक्त गर्न चाहन्छौ। 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters