[Show all top banners]

ritthe
Replies to this thread:

More by ritthe
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

बैरे

keli
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी -९९

[Please view other pages to see the rest of the postings. Total posts: 572]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
[VIEWED 202775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 29 pages, View Last 20 replies.
Posted on 02-10-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

        
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९९ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९९ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************
 


लौ बसुम यही चौतारीमा
 
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 99 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा

दौंतरी


श्री स्वस्थानी व्रतकथा!


 
चौतारीवासीहरूको पूरा नाम गाम
 
१)श्री  भउत भाई भन्डारी----कन्नीडाँडा
२) श्री कुमल कान्त कार्की--- फुलौरे गाम
३) श्री बिर्ख बहादुर बोगटी---- टेउसाउ गाम
)श्री  राहुलभाई राजभन्डारी--- फिला दे फिया
५)श्री नेपच नाथ नेउपाने-- स्याउ खाको गाम
६)श्री पुन्टेन्द्र  प्यारा परियार--- नयाँ खर्क
७)श्री मदनवा महतो--- 
८)श्री च्याङ्बा चामलिङ---
९)सुश्री ठुलिमैया ठकुरानी--- दुम्सी गाम
१०) श्री दान बहादुर दवाडी--- टेउसाउ गाम
११)श्री  सुन्तलमान स्थापित---  मध्य पश्चिमाञ्चल
१२)श्रीमती सान्नानी सापकोटा--- कन्नीडाँडा
१३)सुश्री तितौरादेवी तिमल्सिना--- सान्फ्रे गाम
१४) श्रीमति दुर्गेस्वरी द्विवेदी--- मायालु गाम
१५) श्रीमति नेप्चीमाया नेम्वाङ--- फिला दे फिया
१६) सुश्री किरेजी क्राफोर्ड---
१७) श्री दिपेन्द्र दङ्गाल---
१८) श्री नमेकान्त नगरकोटी--- मिनी स्कर्ट गाम
१९) श्री दादागिरी दवाडी--- जापुन
२०)श्री  गौतमबिक्रम गोतामे--- जापुन
२१) श्री गालबेन्द्र गिरी--- जापुन
२२) श्री चित्रबहादुर चित्रकार--- उत्तरी काराकोरम
२३) श्री हरि हर हाडा--- ओखलढुंगा
२४) श्री गवाँचेन्द्र गुभाजु--- जरामुनी
२५) श्री रिठा राम रायमाझी--- नयाँ खर्क
२६) श्री चना चन्दर् चौरासिया--- मायालु गाम
२७) श्रीमति मास्टर्नी मिस् मरहट्ठा--- लुम्बिनी गाम
२८) काली केटी कार्की---
२९) उफ्री "उदास" उपाध्याय्--- टेउसाउ
३०) श्री जग्गे जंग जम्मरकट्टेल--- बाजुरा
३१) श्री सेरियलमान श्रेष्ठ--- विस्कान्छि
३२) श्री अन्तरे प्रसाद अधिकारी--- पिन्सिल भाइया गाम
३३) सुश्री शबनम सुनुवार---
३४) सुश्री रुइना रुपाखेती---
३५)सुश्री लप्पु लुइँटेल---
३६)श्रीमति डल्लीरेसम डल्लाकोटी--- टेउसाउ
३७) श्री गुन्टे गैह्रे---
३८)श्री निशान्त निरौला---
३९) श्री विवश विश्वकर्मा---
४०) श्री पर्वते प्रसाद पुडासैनी--- फिला दे फिया
४१) याम बहादुर यमी--- बाटो नभाको देश
४२) बिस्टे राम विष्ट---तानसेन गाम
४३) झिल्के दास झा--- स्वीट ड्रीम गाम
४४) हर्कबहादुर हुमागाईं--- कन्नीडाँडा
४५) फेवा ताल फुँयाल---
४६) नेपेन्द्र न्याइच्याई --- नयाँ जलेश्वर
४७) चरिनङ्ग्रे चुइचुइ --- माछापुछ्रे गाम
४८) सोमनाथ सिग्देल --- झापा

गाम उल्लेख नगरिएकाहरूले सम्पर्क गरी आफ्नो गामको नाम लेखाउन अनुरोध छ


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!


       

 
Posted on 02-11-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सक्कली सरु भक्त को भक्त त म पनि हुं। सरु को चाँही होइन नि फेरी। पार्वती सरसोती भन्दा पनि सिरिमती प्यारी। सिरिमती भक्त परें। अर्थात सिरी भक्त।
Last edited: 11-Feb-08 09:33 AM

 
Posted on 02-11-08 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

के हुँदैछ? 

श्री पंचमीको शुभकामना!
 
Posted on 02-11-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हर्के दाई, बिस्टे, चित्रे लाई नमस्ते
कफी को चुस्की सङै  नमस्ते रे हर्के दाई? कफी घोप्टिएला नि दुई हात उठाउदा, होस् गर्नु
चित्रे पाट के छ? ठुलि कथा छोडेर कता मिलिक्क मिल्किछन? ठुल्दाइ एउटा चिलिम पाउ न


 
Posted on 02-11-08 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ रिट्ठे, लौ चिलिम।
रिट्ठे सान नि चिलिम भक्त?
 
Posted on 02-11-08 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार रिट्ठ्स पाट
नयाँ चौतारी बनाएछौ, फोटु सोटु नि राखेछौ
ठुल्दै लाई चिनियो फोटु मा अनी पुन्टे हो क्यार अरु को चै मेसो पाउन सकिन
सिगार पड्का रछौ सप्पै ले
 
Posted on 02-11-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


देख्नु भो त ठुल्दाइ असल्ली चिलिम भक्त को रइछ
बिस्टेले पनि चिलिम फुक्या देख्या भर मै ठुल्दाइ लाई चिन्दिने भने पछी बयान गरी रहनु पर्‍यो त अब
हो हो बिस्टे एक दुई जाना बाहेक सबै चिलिम भक्तहरु हुन माथि फोटोका


 
Posted on 02-11-08 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म त त्यो फोटूमा छँदा नि छैन, आफू परें चिलीम बहिष्कारवादी!


 
Posted on 02-11-08 10:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बिस्टे
ठुलदाइ लाई कसरी चिन्नु भयो। कुन चाँही परो? ठुल्दाई को नि ठुलदाई बिराजमान छन फुटुमा त। 
 


 
Posted on 02-11-08 10:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम् के छ हौ,
सञ्चै?
मलाई नि सञ्चै।

 
Posted on 02-11-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ लाई किन नचिन्नु तेही रातो र खरानी रङ को पाटे टीसर्ट, सेतो ज्याकेट लार
इह्लबादी  पोजमा  चिलिम मुख मा ठोस्दै गर्ने हाम्रा ठुलदाइ नभएर अरु को हुन्थे त
 
Posted on 02-11-08 10:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे को पारखी नजरलाई निलो सलाम! लाल सलाम दिनु भएन। कस्तो चिनेको भने, चिटिङ त होइन होला नि?
लहरे तारेमाम। 
 
Posted on 02-11-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दै मान्छे नै युनिक अनी चिदैन त सबैले,
युनिक मान्छे ले झन इलाहाबादी पोज दिएर
चिलिम मुखमा हालेपछी, नचिन्नेत कुरै
भएन नि गाँठे,
हो कि होइन हो हो,
होइन भने छु मतलब,
 
Posted on 02-11-08 11:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दै तारेमाम,
ल अरु सबैलाई नि तारेमाम्
 
Posted on 02-11-08 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चौतारी मा ठुल्दै को फोटो टास्देर,
यि महान हस्ती को हुन भनेर ठुलो प्रश्न चिन्न राख्दियो
भने नचिन्ने कमै होलान

चिनीहालिन्छ नि बरु फोटाँ को को छन (मान्छे अउल्याउनु पर्दैन)  कसैले भन्दिने हो भने
म अनुमान लाउने कोशीस गर्छु |


 
Posted on 02-11-08 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी खोकान दिन मन लाग्यो मलाइ! 
के को बारेमा खोक्ने हो बरू? अँऽऽ नेपाली कविताको धाराको बारेमा केही भन्छु। नेपाली कविताको इतिहासमा
भानुभक्त र मोतीराम भट्टको समय भक्ति धाराको हो, भानुभक्तको पालामा राम भक्ती धारा अनि मोतीरामको पालामा चैं कृष्ण
भक्तिधारा स्थापित थियो क्यारे। वि सं. १९६६ मा देवकोटाको जन्म भयो र उनी चाँडै नै नेपाली साहित्यमा पदार्पण गरे, 
फलस्वरूप वि सं. १९८० दशकदेखि नै स्वच्छन्दावादी धाराको शुरूवात भयो जस्का प्रणेता देवकोटालाइ मानिन्छ। वि सं.२०१०
को मध्यतिर अर्थात् २०१६ मा देवकोटाको देहावसानपछि प्रगतिवादी धारा  साहित्यिक क्षतिजमा देखियो, जसका
उज्जवल नक्षत्र भूपी शेरचन हुन्। 

२०२० को दशकमा भने नेपाली साहित्यमा प्रयोगवादी धाराको प्रवेश भयो, यो धारालाइ समिक्षकहरू बुझ्न कठीन, 
क्लिष्ट अनि सोझो अर्थ नभएको भनेर आलोचना गर्छन्। हुन पनि प्रयोगवादी धाराले नेपाली कवितालाइ यति घुमाउरो
र गाह्रो बनायो कि पाठकहरूलाइ कविता बुझ्न हम्मे हम्मे पर्न थाल्यो। यो धाराको अन्तर्राष्ट्रीय स्तरमा पनि इतिहास छ।
दोस्रो विश्व युद्ध पछि युरोपको सामाजिक, आर्थिक स्थिति यति नाजुक भयो कि मानिसहरूलाइ हिटलरको कंकालले सताउन
छोडेन, जताततै ढलेका,जलेका घर, गिर्जाघरहरू, मुद्रा स्फितिको आर्थिक हाहाकार र यु्ध्दका विभिषिकाहरूले आम मानिसलाइ
निराशाको खाडलतर्फ निरन्तर धकेलिरहेको थियो। यही भोक, गरिबी, हिंसा र युध्दपछिको अनिश्चिततालाइ कवि साहित्यकारहरूले
कविताको माध्यमबाट प्रतिविम्वित गरे। शब्दहरूको भाव यति गाह्रो र क्लिष्ट हुनथ्यो कि त्यसको अर्थ सहजै बुझ्न 
मुश्किल पर्थ्यो। प्रयोगवादी धारालाइ अन्तर्राष्ट्रिय साहित्यबाट नेपाली साहित्यमा प्रवेश गराउने कविहरू हुन् मोहन कोइराला, बैरागी काहिंला
पारिजात, आदी। 

मोहन कोइरालाको 'फर्सीको जरा' बहुचर्चित कविता हो, मैले उनको 'हिमचुली रक्तिम छ' कविता संगह पढेको थिएँ, जस्मा
रहेका कविताहरू प्रयोगवादी धाराको कठीनताद्वारा जकडिएका छन्। तैपनि मलाइ ती कविता पढ्न साह्रै मजा लाग्थ्यो, सायद
कविताका अन्गिन्ती अर्थ लगाउन सकिने भएर होला। प्रयोगवादी धाराको प्रक्षेपण पछि पाठकहरूको निकै आलोचनाहरू
आउन थाल्यो बुझ्न गाह्रो कविता भनेर। 

२०३३ सालदेखि नेपाली साहित्यमा समसामयिक धाराको शुरूवात भयो जस्लाइ ४६ साल अघि र ४६ साल पछि गरेर
दुइ भागमा बाँड्न सकिन्छ क्यारे। अघिल्लो समसामयिक धारामा पनि २०४२ सालमातरलवादी भनिने छुट्टै धाराको प्रतिपादन गर्ने
तीन कविहरू हुन् तीर्थ श्रेष्ठ, फणीन्द्र नेपाल र विनय रावल। फणीन्द्र नेपाल मेरा नेपाली गुरू हुनुहुन्थ्यो स्कूलमा।
तर तरलवादी धाराले नेपाली साहित्यमा निरन्तरता पाउन सकेन।

मैले प्रयोगवादी धाराबाट प्रभावित भएर ९, १० कक्षा हुँदा केही कविता लेख्न खोज्या थें, तर ती त प्रयोगवादी धाराको
छेउछाउमा पनि पुगे जस्तो लाग्दैन। लु, कविताको धाराको बारेमा लेखेको प्रयोगवादी धारामा चैं अलि बढि फोकस परेछ
क्यारे! जे होस् कविता पढ्नु लेख्नु मेरो यौटा शौख थियो मेरो, आजकल त त्यति गर्न नि समय निकाल्नु पर्छ!


 
Posted on 02-11-08 11:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रयोगवादी धाराबाट सुधारवादी धारामा जाँदा बिचमा आउने जनवादी धारामा पानी खाएर यथार्थवादी धाराको बयान गर्दा यथास्थीतीवादी धाराले रोकेको बेला साम्राज्यवादी धाराहरुको बहावमा साम्यवादी धाराहरुले पुंजीवादी धारा र हैकमवादी धाराबाट प्रभावित हुन पुग्दा काठमान्डुको ढुङ्गेधाराको स्थिती कस्तो थियो चित्रे महाराज???
 
Posted on 02-11-08 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे र बिर्खेबा को 'धाराप्रबाह ' गयो नि त।
 
Posted on 02-11-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ले त्यत्रो introduction लेख्नु भन्दा त बरु एउटा कथा वा कबिता लेखेको भए साझा मा 'सुपरहिट' भैसक्ने थियो 

कि यो १०० भाग को लागि preface हो?


 
Posted on 02-11-08 12:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमुस्कार गाम्ले हरु ,
ए गाठे॥ फुटु सुटु नि राखेछन् फिरिम हालेर ।
हन्  त्यो वुस बा को गाम मा 'धुम्रपान स्वास्थ्यको लागि हानि कारक हुन्न???' लेख्न त पर्छ नि एक बाजि, सबै भन्दा सानो फनट मा भए पनि । कस्तो नकच्चरो यो चितरे बोरो । लाजै पचेको ।

तर चितरे बोरो ले खुब मिहिनेत गरेछन् । धारा खन्दा । के ले inspire गर्यो बोरो ???

आज मु के भन्छु भने । मु के भन्छु भने । अँऽऽऽऽऽऽ ।
आ होस भन्दिन । किन भन्ने । चितरे बोरो को दिन छ । तिमी नै भन् ।


फोकुटमा धारा समंझा र आफुलाई पियास लाग्यो, कबिता को ।
लौ सिरिषे दाई एसो पातलो कबिता भनौ त!!

 
Posted on 02-11-08 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! जिम्मी बुडा, अब त्यो राजनीतिक धारा भन्या त्यस्तै हो, नाम मात्र धारा, पानी आम्दैन, बरू ढुंगे धारामा चैं
पानी आम्छ, फोहोरै सही!

कोपीक्याट, काम नपाको बेलामा जेपिटी लेख्या हो!

हा हा! पर्वते, मैले त जे मनमा आयो त्यही लेख्या हो, जसको लागि सोच्नै पर्दैन, १२ वर्ष अघि पढ्या चीज, जे सम्झ्यो 
ठोकिद्या मात्र हो। अब कथा कविता लेख्न त मलाइ निकै सोच्नु पर्छ, जुन गर्नको लागि मसँग न ट्याम छ न त जाँगर नै।
यो १०० औं भागको लागि ईन्ट्रो सिन्ट्रो नि के ही हैन, दिमागका कुना काप्चामा टाँसिएर घुस्रिएर रहेका केही पुराना
थोत्रिएका, मक्किएका सम्झना भनुम् कि के भनुँ टुक्राटाक्रि मात्र हुन्।

ओइ सोमे, म त्यो फोटूमा छैन, र धूमपान नि गर्दिनँ।
मैले केही मेहनत गर्या छैन, ट्याम पास मात्र गर्या। मेरो अरू केही काम छैन र चौतारीमा आएर मेहनत गरम्?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters