[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 माया पाएकी केटी

[Please view other pages to see the rest of the postings. Total posts: 145]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 219107 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-29-14 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     10       ?     Liked by
 

शनीवारको दिन हुँदो हो शायद, नत्र तिजको दिन केटामान्छेको अफिस छुट्टी हुन्न।त्यो दिन वुवा घरमै हुनुहुन्थ्यो,सँधै टिभी हेर्दा कराउने भएपनि आज भने टिभी हेर भनेर कार्टुन नेटवर्क लगाइदिनु भएको, मलाई के खोज्छस् कानो आँखो भो। आमा तिजको वर्तमा पशुपतिको लाइनमा थिइन् होला, म पनि त्यतिखेर कार्टुन हेर्दा हेर्दै वत्ति गएर वरण्डामा निक्लिन खोजेकी थिएँ।सिता दिदी आफ्नो साडी मिलाउँदै किचनवाट वाहिर निस्किनुभयो। अनुहारभरी पसिना,केहि गलत गरेजस्तो, केहि विगारेजस्तो।म दिदीलाई हेरीरहेँ, खोइ दिदीले मलाई चाहिँ देख्नुभयो देख्नुभएन।त्यसको करिव एक मिनट पछि वुवा किचनवाट निस्केर मलाई सोध्नुभयो

"के भयो छोरी?"

मैले विस्तारै जवाफ फर्काएँ "वत्ति गयो !!"

************* ************ ************ ****************** ************* ********

आज सुधा हराएको तिन दिन भयो, अफिसवाट केहि नभनी निस्किएकी।मैले दोश्रो दिन उ वस्ने कोठा खोज्दै जानुपर्यो भन्ने सोचेर पालेदाईलाई सोधी हेरेँ

"अहिले उसको ठेगाना कहाँ छ थाहा छ?"

"खोइ, कोठा फेरेको फेर्यै , हामीलाई के थाहा र सर , अन्तिम पटक ड्राइभरले अनामनगर छोडेको भन्थ्यो !" उसले नाक खुम्च्याउँदै जवाफ फर्कायो। उसलाई सुधा मन पर्दैन। उसलाई काम गर्ने केटी मान्छे नै मन पर्दैन। उसको नाक त्यसको प्रमाण हो।ठूलो नाक भएकोले हामी उसलाई हाम्रो अफिसको नाक उ नै हो भनेर जिस्क्याउँछौ। उसले नाक खुम्च्याउनु भनेको त अफिसले नै नाक खुम्च्याउनु हो।

सानै देखिको साथी भएर पनि उसले मलाई कहिल्यै आफ्नो कोठा देखाइन। सँगै काम गर्न थालेको पनि अव त तिन वर्ष भयो।कहिले जिस्किन्थी, कहिले मौन।सुधालाई मैले वुझ्न सकिन, यति लामो संगतमा पनि।

म हाकिमकै कोठामा छिरेँ। उ सँधै जस्तै टेवलमा राखेको पेपरवेट सँग खेल्दै केहि सोचिरहेको थियो। छेवैको वोर्डमा अर्गोनाइजेशन चार्टमा मेरो नाम सुधाको छेवैमा टाँस्सिएको थियो। क्यालेन्डर वाहिरको वतासले हल्लाउँदै थियो।

"ओहो, शुक्रवार पनि पुरै दिन अफिस वस्नुभयो? गुड फ्राइडे लागेन आज तँपाइलाई ?" म चाँडै निक्लिएँ भन्ने उसको ठम्याइ हुनुपर्छ।तर यो उसको प्रश्न थियो वा घोचाइ मैले वुझ्न सकिन। वुझ्न जरुरी पनि ठानिन।

"सर सुधाले लिभ एप्लाइ गरेको हो?"

उसले टाउको हल्लायो।

"म यो केटीलाई वुझ्दिन,वर्क स्पिड राम्रो छ मानेँ, तर यति धेरै एरोगेन्स !!!" हाकिमको अनुहारमा सुधा प्रति इर्ष्या देखियो। उसले यो हफ्ताको काम दुइ दिन अघि नै सिध्याएकी थिइ त्यो मलाई पनि थाहा छ।तिन दिन अघि हामीले खाजा सँगै खाएका थियौँ। उ केहि वोलिन। तर जव म उठ्न चाहेँ, उसले मेरो हात समातेर वसाली अनि भनी ।

"वस एक छिन, तिम्रो काम वरु म सघाउँला!"

म पनि वसिदिएँ।मलाई उसको साथ मन पर्छ।

"अफिस अलि सुधा प्रति रेस्पोन्सिवल हुनुपर्ने हैन र सर ? तिन दिन भयो एउटा इम्प्लोयी हराएको !"

"रिल्याक्स, धेरै चोटी यस्तो भइसक्यो , उ कहिल्यै छुट्टी भनेर लिन्न !"

"तर मोवायल पनि त स्विच अफ छ !"

मेरो मन मानेन।खोइ किन किन सुधालाई खोज्न निक्लिरहन्छ मोरो मन पनि।

उसले मेरो अनुहारमा पुलुक्क फेरि हेर्यो।

"हामी आइतवार यो कुरा गरौँला !"

उ वाहिर निस्कियो।कृष्ण दाइ आएर झ्याल वन्द गरे। क्यालेन्डर विस्तारै स्थिर भयो। मैले एक चोटी फेरि हामी दुइको नाम हेरेँ। सँगै,टाँस्सिएको..

****** **************** ***************** ************** ************* **********

आइतवार,

जाममा परेपछि मैले यसो टाउको वंग्याए।गाडीको समुन्द्र थियो अघि चिर्नुपर्ने। सुधालाई आज विहान पनि मैलै कल ट्राइ गरेको थिएँ, आज पनि स्विच अफ नै थियो।

अफिस पुग्ने वित्तिकै सुधाको क्याविनमा आँखा दौडाएँ।मात्र शुन्यता थियो।टेवलमा मिलाएर राखेका कागजको चांग, उ कहिल्यै अस्तव्यस्त थिइन। मात्र थोरै सनकी,कहिलेकाहिँ। के गर्छे,कसैलाई थाहा नहुने! कहिलेकाहिँ म सँग हफ्तौँ वोल्दिनथी। कहिले भने मेरो टेवल छेउको भित्तामा अडेस लागेरै घण्टौ कटाइदिन्थी। उसका कुराहरु पनि, कहिले उज्याला,पुतली जस्तै वुट्टेदार , कहिले दार्शनिक छेउ न टुप्पाका वुझ्दै नवुझिने।

हो, म उसको लागि साधारण केटा थिएँ।एउटा नियमित जिवन जिउने ,कुवाको भ्यागुतो, उ त समुन्द्र भित्रकी जलपरि, त्यसैले होला उसलाई हाम्रो कुवा मन परेन।छोडिदिई!

हाकिमको कोठामा छिर्न मन लागेन।फेरि मलाई हिजो जस्तै उपदेश दिन्छ।धेरै चिन्ता नलिनु भन्छ।अनि म निक्लिने वित्तिकै मैले चिन्ता लिएको अफिसभरी भन्छ। त्यसै त हाम्रो सम्वन्ध अफिसको नजरमा अपाच्य थियो। म विहे भएको लोग्नेमान्छे, उ ठेगान नभएकी स्वास्नीमान्छे! सँगै वसेको, हाँसेको विझ्छ।यो समाजमा आफ्नो चिन्ता कसैलाई हुन्न मात्र अरुको चासो हुन्छ।मैले पनि उ हराएको चिन्तालाई समाचार वनाउन चाहिन। थचक्क वसेँ, कम्प्युटर खोलेँ।फेसवुकमा म्यासेजमा रातो नोटिफिकेसन देखियो।मैले पनि तिन दिन भएछ फेसवुक नचलाएको। कहिलेकाहिँ मान्छे आफुले नियमित गर्नुपर्ने काम समेत विर्सिन्छ। फेसवुकमा सुधाको म्यासेज थियो।

"आफ्नो ड्रयर एक चोटी हेर है"

हत्तपत्त फेसवुक वन्द गरेँ। ड्रयर खोलेँ। रातो डायरि,अनि सुधाका अक्षरहरु.... 


 
Posted on 09-30-14 6:19 PM     [Snapshot: 6059]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ लगेर रोकेको ??

सुधा त एक पछि अर्को सरप्राइज दिदै छे बाइ !!

अर्को भाग चाडै पढ्न पाउँ प्रभो !!
 
Posted on 09-30-14 10:36 PM     [Snapshot: 6139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Saket lai chineko jasto lagyo, ho ki haina fuchche Jyu?
 
Posted on 10-07-14 9:00 AM     [Snapshot: 6929]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फुच्चेकेटो सुत्केरी भएको सूचना 
 
Posted on 10-09-14 6:51 AM     [Snapshot: 7321]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kalikopoi- hahahahha...awesome comment ...dashai vaccation होला हौ सुत्केरी नै त होइन होला।।।।
nauloparipekshya,kya jhoor- thank you for such a sweet comment
gonecrazy- म फेला परेँ है फेरि ;)
Bhakte - here is the next part, thanks for your comment, still few more surprises to come ;)
sahili- साकेतलाई चिनेकै हो त ? एक चोटी यो कथाको सम्वन्धमा कुरा गर्न मन छ।
Thank to all the readers and who liked the previous posts


 
Posted on 10-09-14 7:28 AM     [Snapshot: 7337]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

सुधाको डायरि-पेज ६७

गेट छेउमा वकैनाको रुख छ। आज वकैनाको रुखको हाँगा काट्दै थिए। ट्याक्राक टुक्रुक आवाजले विउँझेकी थिएँ।घाम गुलावी नै थियो, छिप्पिसकेको थिएन।रापभन्दा पनि सौम्य प्रकाशमै सिमित थियो।

"किन काटेको त्यो रुखको हाँगा?" मैले झ्याल खोल्दै सोधेकी थिएँ।

"तलको घाँसमा विहानको उज्यालो आएन अरे!" रुखको माथि चढेको मान्छेले मलाई हेर्दा पनि नहेरी भनीदियो। मैले तलको घाँस हेरेँ। तिनै वकैनाका पत्ताहरु छरिएका थिए शत्रु घाँसको स्पर्शमा रमाउँदै। घाम तिनी दुवैमा समान रुपले पर्दै थियो।यो पनि असमानता विरुद्दको घाँसको जित हुनुपर्छ। ति काटिएका हाँगा हेर्दा अनौठो विचार आयो। केहि सम्वन्ध त थियो होला ति हाँगाहरुको रुख सँग। आज काटियो। त्यहि पनि रुख जिउँदै छ।सम्वन्धहरु पनि तिनै हाँगा जस्ता त होलान्।फेरि पलाउनेछन्। नयाँ पाउलाहरु समयले भर्नेछ। मेरो जीवनको जरा म आँफै हु, म रहुन्जेल जीवन रहनेछ।

************** ****************** ****************** **************** *****************

शनिवारको दिन बिहानै, लाइव्रेरी गएँ खाना खानेबित्तिकै।साकेतका दुइटा कितावहरु ल्याएकी थिएँ। पुर्याइदिनुपर्ने। सकेँ। रमाइलो मान्दा मान्दै सकियो। उसको आँखाबाट जीवन वुझ्दा वुझ्दै सकियो। उ जीवन पिउनलाई सघाउँछ। पढ्दा पढ्दै उसलाई चिनेजस्तो लाग्न थालेको छ आजकल। भेट्न मन लागेको छ कुनै दिन सकेछु भने। उसलाई सोध्नेछु।

"तिमी पनि आइमाई मान्छे बुझ्न सकिन्न भन्छौ। नवुझिकन किन लेख्छौ? नवुझिकन हाम्रा कथा किन पोख्छौ? कसरी पोख्छौ?"

************************ ***************** ****************** ******************

आज छायाँ हिँडेको चार दिन भयो। हिँड्ने दिन मलाई भेट्न आएकी थिई।दश दिन अनौठा बितेँ। कहिलेकाहिँ छुट्याउन सकिन्न आफुलाई। चिन्न सकिन्न आफुलाई। उसको साथको वेगमा वास्तविक म के हुँ मैले विर्सिएकै हुनुपर्छ। मैले उसलाई सक्दो साथ दिएँ।उसले पनि विर्सिन्न होला म सँगका दिनलाई, क्षणलाई। उसको जीवनको एउटा हाँगो म। मेरो जीवनको एउटा हाँगो उ। तर जीवन त वकैना न हो, सुपारीको रुख जस्तो त होइन जीवन, एउटा मात्र हाँगा भएको। जीवनका धाँजा फाट्छन्। भँगालो लाग्छ जीवन।

अन्तिम दिन पनि उसले मलाई चुमी।पछिल्ला दिन जस्तो उद्वेग थिएन उसको चुमाइमा। यसपाली आँशु मिसाएर चुमी। मेरो गाला भिजाएर चुमी। मलाई आँशु आउन्न। उसैको आँशुले भिज्यो मेरो गाला। मैले प्रतिवाद गरिन।मेरा पत्र पत्र खोलेर नियाली।मैले उसलाई ममा स्वतन्त्र वग्न दिएँ। अरु दिनको खहरे ऊ, आज नदि वनेर बगी। समय लिएर बगी। सुस्तरी ठाउँ पहिल्याउँदै बगी।सम्झनामा कैद गरेर बगी।उसले मलाई दिएको लुइस एमस्ट्रंगको गित भएको सिडी मेरो म्युजिक प्लेयरमा वजिरह्यो " अ किस टु विल्ड ए  ड्रिम अन !"

धेरैवेर मेरो कोठाको धमिलो सिलिंग नियालेर वसिरह्यौँ। मैले हिजो भख्खरै किनेको सुर्या लाइटको डव्वाबाट निकालेर चुरोट फुक्यौँ त्यहि सिलिंगसम्म धुवाँ पुग्ने गरी। एउटा,दुइटा ,तिन वटा। एक बट्टा नै रित्यायौँ। त्यो रित्तो सिलिंग । जति हेरे पनि केहि देखिएन। उ मौन भएरै उठी।

"अव जानुपर्छ।" सुस्तरी भनी।

"म जाउँ वसपार्क सम्म ?"

"पर्दैन। " उ छुट्टिई। हाँगा कट्यो जीवनको, वकैनाको।

*************** ********************* ****************** ************** **

लाइव्रेरी अनायसै शान्त लाग्यो आज। हुन त लाइव्रेरी सँधै नै शान्त हुन्छ। कोलाहल मेरो मन भित्रको हुनुपर्छ। आज शान्त भएको छ। एउटा वेग थामिएको छ। शनिवारको दिन लाइव्रेरी रुँघ्नुपर्दा गनगन गर्छन् लाइव्रेरीको सर।किताव पढ्ने मन भएन, आज उनैसँग गफिन मन लाग्यो।

"सर नमस्ते !" मैले ति किताव फर्काउँदै उनलाई हात जोडिदिएँ।

उनले मौननै रहेर टाउको हल्लाइदिए अभिवादनमा। म छेवैको कुर्सिमा वसेँ।

"आज पढ्ने मन छैन?"

मैले टाउको हल्लाएँ। हो आज किन किन पढ्ने मन छैन।

"मलाई ओभरटाइम मन पर्दैन !" उनका आँखामा किन किन शनिवार प्रति वितृष्णा पैदा भयो।उनले शनिवार भोग्न नपाएकोमा गुनासो।

"पैसा आउँछ नि हैन र सर?"

"कसलाई चाहिएको छ र पैसा ! मलाइ रेगुलर पैसाले नै पुग्छ। आजकलका केटाकेटी लाइव्रेरिमा को छिर्छ ? त्यहि पनि शनिवार, सवै कलेजको ढर्रा!"

"म छु त यहाँ !"

"मलाई तिमी किन किन केटाकेटी होइनौ जस्तो लाग्छ। समयले कार्वाइड लगाइदिएर सानैमा पाकेकी !" मज्जाले हाँसे ति सर। मेरो मनमा चसक्क विझ्यो।

"पाकेको होइन भिन्न होला !"मैले प्रतिवाद गरेँ।

" म सानो हुँदा दँशैमा मेरो वुवा केराको घरी लिएर आउनुहुन्थ्यो। हाम्रो घरमा दँशैमा मासु पाक्दैन थियो। केराको घरी जसरी पनि दँशैमा खाएर सिध्याउनुपर्ने। अनि केरालाई अँध्यारो कोठामा छोपेर राखिन्थ्यो। चाँडै पाक्थ्यो। जसका मनमा कुराहरु गुम्सिन्छन्, उ चाँडै पाक्छ!"

हो मेरो मनमा अँध्यारो कुना छन्। अँध्यारो कुनामा गुम्सेका कुराहरु पनि छन्। ठीकै हो म चाँडै पाकेकी छु। अचानक मेरो वाउको सम्झना आयो, मेरो वुवाले केराको घरी कहिल्यै लिएर आएनन्। रक्सिका वोतल ल्याए घर। तरुनी लिएर आए घर।

"चिया खान्छौ?" उनको चिया खाने समय भएछ। चिया मगाए।चियासँगै बिस्कुट पनि मगाए।क्यान्टिन आज भिँड छैन। चिया चाँडै आयो।

"साँच्ची, लाइव्रेरीमा पार्ट टाइम काम गर्ने मान्छेको खोजी हुँदैछ।वेलुका छ देखी नौ। मैले भ्याउँदिन भन्देँ। अर्को मान्छे खोज्ने रे। कलेजकै विध्यार्थी भए प्रिफरेन्स पनि दिने अरे। गर्छौ?"

मैले एकैछिन टाउको कन्याएँ। अनि सोधेँ।

"तँपाइ भनिदिनुहुन्छ?"

"लाइव्रेरी रेगुलर आउने तिमी नै हौ, तिमीले यहाँका रेक ,किताव सवै चिनेकी छ्यौ। सजिलो हुन्छ।"

म सुनिरहेँ। अन्तिममा सोधेँ।

"कति दिन्छन् त मलाई ?"

"साढे चार हजार जति होला !"

उसले भनेको पैसा मेरो पकेटमनि भन्दा दुइ चार सय कम थियो। मैले हुन्छ भनीदिएँ।

************* ************* ************* ***************** *************** *****

करिव एक हफ्तामा मेरो जागिर पक्का भयो। पक्का भएको दिन आफ्नो वाउलाई चिठ्ठि लेखेँ।

वुवा,

तँपाइ आरामै हुनुहुन्छ होला। शायद म नहुँदा स्वतन्त्र पनि। म पनि यहाँ स्वतन्त्र नै छु। चिठ्ठि लेख्नुपर्ने खासै केहि थिएन। फोनमा कुरा गर्न मन लागेन। मलाई आवाजहरुले पोल्छन्।मलाई अव तँपाइको पैसाको आवश्यकता छैन। त्यसलाई अरु शौकमा खर्च गर्न सक्नुहुन्छ। म अव घर फर्किन्न होला।

सुधा

मलाइ किन किन जीवनका हाँगाहरु आफु ठुटो हुन्जेल काट्न मन छ।

************** ******************* *************** ******************* **********

 

 

 

 

 

 

 


 
Posted on 10-09-14 7:41 AM     [Snapshot: 7339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै सास मा पढी भ्याए - 

पुरै सेन्सर हानेछ कथा मा फुच्चेले - 

अर्को भाग को प्रतीक्षा मा 

 
Posted on 10-09-14 11:32 AM     [Snapshot: 7377]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@fuchheketo: kasari auucha yaar yesto bhabuk kura haru...mero ta maan ma matra rahanchan yi sabai kura haru...bhahira nikalna khojo khali page matra hunchan...
kudos to your writing.
केहि सम्वन्ध त थियो होला ति हाँगाहरुको रुख सँग। आज काटियो। त्यहि पनि रुख जिउँदै छ।सम्वन्धहरु पनि तिनै हाँगा जस्ता त होलान्।फेरि पलाउनेछन्। नयाँ पाउलाहरु समयले भर्नेछ।


 
Posted on 10-09-14 2:42 PM     [Snapshot: 7475]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This one is much deeper. It's not giggly fun to read like other ones, but rather very philosophical.
And I think this is how life is. Ups and downs...shallow and deep. Another proof that can really write.

Thank you again for writing this.
 
Posted on 10-12-14 7:20 AM     [Snapshot: 7874]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

serial- Do you really think its being sensored? hahahahhaa...Anyway thanks
Gonecrazy- Thank you very much, hope you ll like next parts too...
Altijdgoede- Thank you very much
Thanks to all who liked, read previous posts...

 
Posted on 10-12-14 7:22 AM     [Snapshot: 7875]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

मेरा डायरीमा नभएका मेरा पानाहरु- सुधा

प्रतिक,

तिमी मेरो डायरी भरी प्रदुषण देखिरहेका हौला। उछृंखल भएर छ्यालव्याल पोखिएकी मलाई देखिरहेका हौला।मलाई मरुभुमीमा फुल्न खोज्ने सिउँडीको फूल सम्झिरहेका हौला। जहाँ पानी नहुन्जेल जीवन छैन त्यहाँ सौन्दर्यको के महत्व।खोइ त त्यो जीवनको रस ? तिमी त्यहि नै सोच्दै हौला पक्कै पनि ! तर मेरो जीवन सडक वनेन जहाँ म चौतारोमा सुस्ताउन सकुँ। फर्किएर आफु आएको बाटो हेरुँ अनि सोचुँ त्यो बाटो सहि थियो जहाँ बाट म आएँ वा गलत ? फेरि पुरानै बाटो फर्किएर दोवाटोमा गएर आफूलाई सुधार्न सकुँ। मेरो जीवन त समुन्द्र वन्यो। जहाँ जव जव मैले पाइला चालेँ , मेरो पुरानो पाइला मेटियो। जहाँ जव जव पाइला उठाएँ त्यहि मेरो बाटो वन्यो। अरुका जीवनमा क्षणहरु जोडिन्छन, मैले प्रत्येक क्षणमा एउटा सिंगो जीवन भेट्टाएँ।

जागिर मैले सोचे जस्तै नै भेट्टाएकी थिएँ। पछिल्लो जीवनमा पनि मेरो लाइव्रेरीको वुक किपिंग र ग्यान सहायक बनेको थियो। आकृति वुक पोइन्टमा काम गर्दै मैले पढाइ अगाडी वढाएँ।खोइ के हुन्छ कितावमा ? तिनीहरु म सँग वोल्छन्, लाग्दछ म अक्षर अक्षर चिन्छु। म अक्षर अक्षर जोडेर नाक,कान आँखा बनाउँथे। अनि एउटा मुटु पनि , लेखको मुटु। जुन धड्किन्थ्यो । किताव पढ्दा लाग्थ्यो म यी सबैलाई चिन्छु।लेख्न पनि थालेकी थिएँ आफुलाई! लेख्नु त के भनौँ र खोइ पोखेकी थिएँ आफुलाई पानाहरुमा।

सुधाको डायरी- पेज ७४

साँझको वेला म हिँड्ने वाटोको स्ट्रिटलाईट झिलीमिलि गरेर वल्छन्।ताराहरु नजिक भएको भए कति रमाइलो हुन्थ्यो होला स्ट्रिटलाइट नै नचाहिने। तर जीवन डढाउँथ्यो कि वा त्यहि ताराले? कस्तो डरलाग्दो विचार, परवाट राम्रो लाग्ने ताराहरु नजिक भएर मेरो वरीपरिको मेरै सौन्दर्यता डढाइरहेका छन्। हरेक वस्तुको आफुबाट अलिकति दुरी मापन हुनुपर्छ शायद। आफुमा मिसियो भने त जेले, जसले पनि आफुलाई डढाउँछ।

 आफु वस्ने डेराको ढोका खोल्ने वित्तिकै फेरि घरपेटी दाइ कराए

"वहिनी कति ढिलो ? मैले ढोका लाइदिन आँटेको थिएँ, तिम्रो कोठाको वत्ति नवलेको देखेर मात्र पर्खेको !"

उनको घरको तल्लो फ्ल्याटमा म एक्लै छु। माथी उनको परिवार।

म मात्र हाँसिदिएँ। घडी हेरेँ।उहि साढे छ। समय उस्तै छ, म आउने। मात्र तिनलाई वोल्ने वहाना चाहिएको।हुन त जाडोमा रात चाँडो पर्छ। केटीमान्छेले राती राती हिँड्नु हुन्न भन्न खोज्दैछन् शायद।म त वेलगाम छु।पहिले देखि नै, घरपेटी दाइले आफ्नो कोठा मलाई दिनु अघि देखि नै ! तिनलाई के थाहा? तिनीले मात्र सोधे मलाई हेर्दै

"के गर्छौ?"

"पढ्दै छु, अनि काम पनि !"

"काँ?"

"पढ्ने की काम गर्ने?"

"काम गर्ने "

"आकृति वुक पोइन्ट, पुल्चोकको ? किताव कत्तिको पढ्नुहुन्छ?"

"दश सम्म पढेँ,एसएलसी फेल भएपछि मलाई पढ्न मन लागेन!"

"किताव वेच्ने दोकान हो !"

"ए, अनि कति जना वस्ने ?"

"म ,एक्लै!"

दाइ अल्मलिएका थिए एक्लो मलाई देखेर। वुढी तिर हेरेका थिए। उनलाई डर थियो वुढीले नाई भन्देली भन्ने ।

"तिन हजार, पानी बिजुलीको अलग्गै !" वुढीले फाइनल गरीदिएकी थिई मेरो त्यहाँको वसाई।

**************** ***************** ************* ************* *****************

"साकेतको नयाँ वुक रिलिजमा हामीलाई पनि वोलाको छ! जाने हो सुधा ?" किताव रेकमा मिलाउँदै गर्दा म सँगै काम गर्ने दाइले सोध्नु भएको थियो।मैले साकेतका धेरै चित्रहरु वनाएकी छु। उसलाई नदेखी। सम्झनाको पेन्सिलले कोर्छु, विउँझिदा इरेजर तयार हुन्छ उसलाई मेटाउन। साना साना उसका किताव पछाडीका तस्विरमा उसको अनुहार दाह्रीले झ्याप्प छोपेको छ। के छ साकेत भित्र जहाँ बाट भावनाका समुन्द्र वग्छन् , कहिल्यै देखिन्न उसको कितावको पछाडीको तस्विरमा ।मात्र देखिन्छन् उसले पहिले लेखेका कितावहरुका नामहरु। जुन मैले पढिसकेकी छु।

"कहिले?" मैले एकैछिन रोकिएर प्रश्न राखेकी थिएँ।

"शनिवार !"

"एक दिन त छुट्टि हुन्छ दाइ !" मैले आफ्नो व्यग्रता लुकाउने प्रयास गरेँ। मलाई चिच्याउन मन छ हो म जान चाहन्छु ।एक चोटी उसलाई सुन्न चाहन्छु। एक चोटी उसलाई हेर्न चाहन्छु। के उसको वोली पनि उसका शव्दहरु जस्तै सुन्दर ,गहिरा छन् ?

"त्यसो भए जान्नौ त ?"

"ओभर टाइम पाइन्छ ?" मैले आँखा झिम्क्याएँ।

"भै गो ! म एक्लै जान्छु !"

"हैन हैन जान्छु ,फेरि तँपाइ रिसाउनुहोला !"

************** *************** ****************** ************** *************

झ्याल एकै छिन खोलेँ।गरीमालाई हेरेँ,सुतिरहेकी छे। वाहिर कुकुर अनवरत भुक्दै छन् । घडी हेरेँ, सवा एक बजे। किन किन चुरोटको तलतल भयो। यहाँ खान सक्दिन, म सँग छैन पनि। ल्यापटप व्यागमा लुकाएको थिएँ। चुरोट लिएर छत तिर लागेँ।शितले ओसिलो भएको छतमा इँटाका टुक्राहरु छन्। जोगिएर हिँड्नुपर्छ। नत्र ठोकिने डर छ। गरिमाले लुगा सुकाउनलाई भनेर डोरी टाँगेकी छे। क्लिपहरु त्यसैमा झुण्डिरहेका छन् लुगा विना। अस्तित्व छैन ,देखिँदैनन् तिनीहरु लुगा नहुँदा । तै पनि अहिले त अँध्यारो छ।चुरोट सल्काएँ अनि आकाश तिर फुकेँ पहिलो सर्को!

सुधाले कथामा अर्को पात्र छिराएकी थिई। उ सँग साकेतका कितावहरु मैले देखेको छु। तर डायरीमा एउटा पात्र नै वनेर आउला भनेर मैले सोचेको थिइन। हाम्रो अफिसमा काम गर्नु अघि उ किताव पसलमा काम गर्थी त्यो मलाई थाहा छ। त्यहि भएर उसलाई कितावको डिजाइनमा इन्ट्रेस्ट जन्मेको हुनुपर्छ। उ पहिलो चोटी हाम्रोमा आउँदा उसले कभरले देखाउनु पर्ने कथाको वारेमा कुरा गरेकी थिई। मैले मात्र सुनेको थिएँ। पुराना सम्झनाहरु ताजा भएका थिए त्यति खेर । त्यसको  छ दिन पछि मेरो विहे थियो।

"म भोलीवाट विदा लिँदै छु !" मैले एकैछिनको औपचारिकता पछी उसलाई सुनाएको थिएँ।

"म अफिसमा छिर्ने वित्तिकै ? नडराउ म तिमीलाई केहि गर्दिन !" उ हाँसेकी थिई। उसले मलाई केहि गरिन । उ मलाई केहि गर्ने छैन, त्यहि नै सत्य थियो।

"हैन, छ दिन पछि मेरो विहे छ ! त्यसैले........।वानेश्वर व्यांकेटमा ...... आउ है ! " मैले उसलाई सुख्खा निम्तो दिएँ।

"वाउ.... वधाइ छ !" उसले हात मिलाई। मलाई सुम्सुम्याउन मन लाग्दा लाग्दै त्यो हात छोडेको थिएँ। हो म उसको जीवनको साधारण पुरुष । जस्को अस्तित्व मात्र एउटा साथिको थियो।

****************** **************** ***************** ****************** ******

म चुरोट निभाएर तल झरेँ। सिँढीमा गरिमा मलाई पर्खिरहेकी थीई । उठिछे ।मैले आँखा जुधाउन सकिन ।

"तँपाइले फेरि कसम तोड्नुभयो !" उ रिसाई।

"आज देखि खान्न !"

"म पत्याउँदिन , कति चोटी वोल्नु हुन्छ झुट !"

"तिमीलाई चिया पकाउ भनेर उठाउन मन लागेन, म तिमी जति मिठो चिया पकाउन सक्दिन! तलतल लाग्यो त्यहि भएर !"

"चियाको तलतल काहिँ चुरोटले मेटिन्छ ? नचाहिने !"

मैले उसलाई फकाउने प्रयास गरे पनि झट्टै सकिन। तर मलाई थाहा छ उ फकिनेछे। उसले मैले वोलेका झुटा शव्दहरुमा पनि माया भेट्टाउँछे।सत्यता खोज्छे,अनि भेट्टाएर छोड्छे। जीवन हराएका जीनिसहरु भेट्टाउनुमै त रहेछ। मलाई पनि उसमा आफू भेटेजस्तो लाग्छ।एउटा साँचो आफू,जो झुट वोल्न जान्दैन। अनि जो साधारण छ।

"त्यो डायरी नसिध्याई नसुत्ने हो ?"

मैले डायरी हेरेँ। अव दुई तिन घण्टामा सिध्दिएला जस्तो थियो। मैले टाउको हल्लाएँ हो जनाउनलाई।

"अनि अव चिया खाने की तलतल मेटियो?" उसले मलाई फेरि कटाक्ष गरी।

"खाउँ न त !"

"कति चिया खानु परेको ?" उसले मलाई प्याट्ट हिर्काइ। तर मलाई दुखेन।


 
Posted on 10-13-14 8:40 AM     [Snapshot: 8101]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वाह .....
अरुका जीवनमा क्षणहरु जोडिन्छन, मैले प्रत्येक क्षणमा एउटा सिंगो जीवन भेट्टाएँ।
वस्तुको आफुबाट अलिकति दुरी मापन हुनुपर्छ शायद। आफुमा मिसियो भने त जेले, जसले पनि आफुलाई डढाउँछ।
 
Posted on 10-14-14 4:46 AM     [Snapshot: 8300]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Looks like this trip and vaccation has even boosted your writings, last two episodes have gone hugely philosophical!!!
 
Posted on 10-14-14 11:40 AM     [Snapshot: 8406]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

Kalikopoi, Ilam2008 thank you very much...Thanks to all the readers ...who are following the story till now...

सुधाको डायरी-पेज ७९

परवाट देखेँ उसलाई। साकेतलाई। उ प्रश्नहरुका उत्तर दिँदै थियो।केहि क्यामेराका फ्ल्यासहरु झल्याक झुलुक गर्दै थिए।

"यो कथा केको वारेमा हो त सर?"

"स्वतन्त्रताको वारेमा !"

"नारी स्वतन्त्रता?"

"कसले भन्छ नारी मात्रै स्वतन्त्र हुनपर्छ भनेर?" उ हाँस्यो। मैले उसको किताव पल्टाएर कथा शुरुहुनुभन्दा अगाडीको हरफ पढेको थिएँ।
"पानीमा कहिल्यै छाप हुँदैन
कालो रंगको राप हुँदैन

लुकेर वस जहिले सम्म सक्छौ
छायाँमा कहिल्यै पाप हुँदैन।"

मैले धेरैवेरसम्म ति शव्दहरु सुम्सुम्याइ रहेँ। मलाई लाग्यो उ मेरो वारेमा लेख्दै छ। मेरो कालो सत्यहरुलाई पारदर्शी वनाइदिने छ उसले। तर मुर्ख दुनियाँले वुझ्ने छैन उसका क्यानभासका रंगहरु। उसका रंगहरु गहिरा छन् । जसमा पौडेर हुन्न,डुव्नुपर्छ।

"तँपाइ किन समाजलाई सँधै गलत देखाउनुहुन्छ आफ्ना कथाहरुमा !"

"किनकि व्यक्ति आफुमा गलत हुन्न, आत्मा गलत हुन्न मेरो विचारमा। उसले ओढेको खोल गलत हुन्छ। उ माथी पारिएका प्रभाव गलत हुन्छन्। त्यहि प्रभाव त समाज हो नि । हैन र ?"

प्रश्न सोध्ने मौन वने। म धेरैवेर ति शव्दहरु खेलाइरहेँ। वुक कभरको जस्तो नै थियो उसको अनुहार। दाह्रीले झ्याप्प छोपेको। आधा सेता आधा काला। घरी घरी चश्मा मिलाइरहेको थियो। चश्मा मिलाउँदा उसको रोलेक्स घडी प्रकाशमा परेर चम्किन्थ्यो। हो उ समयनै चम्किलो वनाउने ल्याकत राख्थ्यो। मैले कति रात उसका कितावहरु सकेर उसका शव्द खेलाउँदै ताराहरु हेर्दै टोलाएकी छु। उ मेरो साथी वनेको छ , मेरो एक्लोपनको। के उसलाई थाहा छ? छैन पक्कै पनि छैन।

"तँपाइको व्यक्तिगत जीवनको प्रभावले पो त्यस्तो सोचाइ आएको हो की?"

"तँपाइलाई त्यस्तो लाग्छ?"

उसले सोध्नेको आँखामा आँखा जुधायो शायद। उसले पनि टाउको हल्लायो। म भने प्रश्नमा अलमलिएँ। उसका कथाहरु जीवनको गहिराईमा छिर्छन्। एकान्तमा आफ्नो साथी आफैँ वन्न सिकाउँछन्। उसको व्यक्तिगत जीवनको प्रभाव भन्नु भनेको ? के उ पनि एक्लै छ ? म जस्तै ? करिव पचासको उमेर हुनुपर्छ उसको ! यति लामो जीवन एक्लै छ ? हुन पनि सक्छ । म उसका कितावलाई आफ्नो साथी वनाउन सक्छु भने।उ आफ्नै कितावलाई किन आफ्नो साथी वनाउन सक्दैन। उसले त पात्र पात्र चिनेको छ । उनीहरुको मनमा छिरेको छ। आफुलाई उनीहरु विचमा मिसाएको छ। पोखेको छ।हुन सक्छ ,उ पनि एक्लै हुन सक्छ। मैले प्रश्न सोध्ने मान्छेलाई हेर्न खोजेँ,पछि उसलाई सोध्नेछु , साकेतको वारेमा । अहँ देखिन। फ्रन्ट रो मा धेरै भिँड थियो।

"त्यसो भए तँपाइ र तँपाइको विचार सहि हो तँपाइको नजरमा। स्वतन्त्रताको कुरा गरेँ नि मैले। तँपाइ स्वतन्त्र हुनुहुन्छ मेरो वारेमा सोच्न। मैले सोच्ने ठाउँ वनाएँ तँपाइको मनमा, त्यो भने मेरो सफलता हो। " उ फेरि हाँसिदियो। प्रश्नहरु सकिए।कति सटिक उत्तर उसका। वगेजस्तो। वोलि प्रष्ट, विचार प्रष्ट। मैले आज पहिलो चोटी साकेतलाई सुने। जे सोचेकी थिएँ त्यो भन्दा अव्वल पाएँ।

म सँग आएको दाइले किताव किन्नुभएन।

"पसलमा आइहाल्छ नि किताव त , म त फ्रि को खाना खान आको !"

म उनको ठट्टा मन नपरे पनि हाँसि टोपलेँ। मान्छेको आत्मा गलत हुन्न खोल गलत हुन्छ, मेरो कानमा वज्दा वज्दै पनि हाँसी टोपलेँ।अनि किताव किनेर अटोग्राफ लिनेहरुको लाइनमा लागेँ। मलाई उसलाई नजिकैवाट हेर्नु छ।

"नाम ?"

"सुधा, मैले तँपाइको सवै किताव पढेकी छु।"

उसले पुलुक्क म तिर हेर्यो। सरसर्ति नियाल्यो

"धन्यवाद !" सटिक उत्तर दियो।

"धन्यवाद त मैले तँपाइलाई भन्नुपर्ने , पढ्ने मौका दिनुभएकोमा !" उसले कितावमा साइन गरिसकेको थियो।

पछाडीको भिँडले मलाई ढकेल्यो। म धेरै वोल्न पाइन ।

"तँपाइलाई फेरि काहिँ भेट्टाउन सकिन्छ ?" म व्यग्र वनेँ। मलाई आफ्नो प्रश्न सँग आफैलाई अचम्म लागेर आयो। किन भेटोस ,उसले मलाई। उसको जीवनमा मेरो के महत्व। अनि म कति हजारौँ मध्येकी एक !

उसले किताव पल्टायो ,अनि आफ्नो इमेल एड्रेस देखायो। मैले आफ्नो हातमा भएको किताव पनि पल्टाएर हेरेँ त्यहि इमेल एड्रेस थियो।किताव फेरि पल्टाए।

कितावको कभरमा मा लेखिएको थियो "सवै कितावहरु पढेकोमा धन्यवाद सहित"- साकेत हस्ताक्षर सहित।

********** ******************** ***************** ***************** *************

गरिमा चिया लिएर आई। कप माथी वाफको वादल देखियो। तातो चिया, सुकमेल हालेको। मलाई दुई घण्टा ताजा राख्नेछ त्यसले।

"सुधा भेट्टिन्छे होला ?"

थाहा छैन उ कहाँ भेट्टिने कुरा गरिराखेकी छे। यहाँ त उ पन्ना पन्नामा छे। धेरै अवतारहरुमा छे।

मेरो अनुहारमा देखिएको भावले गरिमाले के बुझी थाहा छैन। तर उत्तर आफैँ वनाइ।

"सवै पढ्नुपर्छ भन्नु न त !"

उसले आंग तन्काइ , मलाई वोलाए झैँ लाग्यो। मुसुक्क हाँसी अनि भनी

"पढ्नु पढ्नु, अनि चिया सेलाउन आँट्यो !"

 


 
Posted on 10-14-14 11:49 AM     [Snapshot: 8409]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-14-14 2:06 PM     [Snapshot: 8446]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Sahi Cha:
"तँपाइ किन समाजलाई सँधै गलत देखाउनुहुन्छ आफ्ना कथाहरुमा !"

"किनकि व्यक्ति आफुमा गलत हुन्न, आत्मा गलत हुन्न मेरो विचारमा। उसले ओढेको खोल गलत हुन्छ। उ माथी पारिएका प्रभाव गलत हुन्छन्। त्यहि प्रभाव त समाज हो नि । हैन र ?"
 
Posted on 10-16-14 7:00 AM     [Snapshot: 8751]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

Thank you serial,gone crazy and all the readers who read and liked story till now..

गरिमा निदाइसकेकी थिई , फेरि कोल्टे फर्केर। तर रात जिउँदै थियो। वाहिर झर्दै गरेका ताराहरु जिउँदै थिए।त्यो रातो डायरीका पल्टिएका पानाहरु, शव्द शव्दहरु ,भावहरु जिउँदै थिए। सुधा र मेरो त्यो रातको साथ जिउँदै थियो।

सुधाको डायरी- पेज ८१

उसको किताव पढिसक्दा रातको करिव दुई वजेको थियो। मैले एकै दिनमा उसको किताव सिध्याए। अझ भनौ एक सास पढेर भ्याएँ। विच विचमा उसको अनुहार झल्याक झुलुक त्यो कितावमा देखिरह्यो। गम्भिर, कम वोल्ने। तर मैले के नै पत्ता लगाएँ होला र उसको वारेमा। उ धेरै वोल्न पनि त सक्छ ! मैले नसुन्नु र उसले नवोल्नु त नितान्त भिन्न विषय। मेरो आँखा मेरै आँखा हो, संसारको ऐना पनि त होइन।

पढिसकेर उसले लेखेका शव्दहरुलाई छोएँ "सवै किताव पढेकोमा धन्यवाद सहित- साकेत" लाग्यो म उसैलाई छुँदै छु। उसका लेख्दै गरेका हातहरुलाई सुम्सुम्याउँदै छु। उ कलम दौडाउँदै छ म तिर हेरेर मुसुक्क हाँस्दै। शव्दहरु खोलाजस्तै वगिरहेछन्। पछाडी उसको इमेल हेरेँ। अहिले उ के गर्दै होला साँची? कुनै नयाँ पात्र खोज्दै होला! रातको दुई वजे सुतिरहेको होला नि ! के पात्र खोज्छ यतिखेर? तर खोज्न पनि त सक्छ, लेखकहरु इसेन्ट्रिक हुन्छन्। उ दिउँसो सुत्न सक्छ। रातमा पात्रहरु खोज्न सक्छ।

अचानक अर्को प्रश्न आयो मनमा , म किन उसकी पात्र वन्न सक्दिन? मैले पुरै आफ्नो कथा सुनाएँ भने उसले लेख्ला कि नलेख्ला? लेख्छ, अवश्य लेख्छ । मेरो जीवन पनि एउटा कथा भन्दा के नै कम छ र अहिलेसम्म ! उ पनि त छ यो कथामा ।

किन किन मलाई ल्यापटप खोलुँ खोलुँ भयो रातको दुई वजे। ल्यापटप खोलेँ। छेवैको हरियो घाँसमा सुतेका दुइटा कुकुरका छाउराहरु देखिए ल्यापटपमा । मैले करिव एक महिना अघी खिचेकी त्यो फोटो। कुनै कार्तिकमा कुनै कुकुर उन्मत्त भएको नतिजा ! तर आहा कति सुन्दर ,लुटपुटिएका घाँसमा । मलाई किन किन फोटो खिचुँ खिचुँ लागेर खिचेको फोटो।

मैले आफ्नो मेल खोलेँ। साकेतको मेल एड्रेस टाइप गरेँ। अनि सुस्तरी किवोर्ड टाइप गरेँ धेरै सोचेर ।

"डियर साकेत "

सोचेँ , अहँ हुन्न। उसलाई आफ्नो भाषा प्रति माया छ। म उसलाई नेपाली मै लेख्छु। मेट्टाएँ अनि लेखेँ

"प्रिय साकेत"

प्रिय? के यो सम्वोधन ठिक छ?साकेत? उ लेखक हो , नाम चलेको । म उसकी पाठक हुँ । उसको कथाको सच्चा भक्त। यो सम्वोधन ठीक छैन।फेरि मेट्टाएँ।

"प्रिय साकेत जी "

प्रिय? म किन उसको अघि समय अघि नै खुल्न चाहन्छु। मेरो व्यग्रता यति धेरै किन ? अनि उ मलाई प्रिय किन? हो उ मलाई प्रिय छ । तर सवै एउटै मेलमा देखाउन जरुरी पनि त छैन। विस्तारै खुल्दै गएको सम्वन्ध रमाइलो हुन्छ।फेरि टाइप गरेँ।

" साकेत जी, तँपाइको यो किताव पनि पढी सिध्याएँ। तँपाइले मेरो लागि लेखेका शव्दहरु पनि पढेँ "सवै किताव पढेकोमा धन्यवाद सहित" । मैले त्यतिखेर पनि भनेको थिएँ, यो किताव पढीसकेपछि फेरि भन्छु "धन्यवाद सवै पाठकहरुले तँपाइलाई दिनुपर्ने हो। मलाई तँपाइका कथाहरु पढ्दा लाग्छ अक्षर अक्षरमा म छु, शव्द शव्दमा मेरा आयामहरु छन्,वाक्य वाक्यमा मेरा परिवेशहरु छन्।अनि हरफ हरफमा मेरो जीवन घोलिएको छ। तँपाइ नचिने पनि मलाई असाध्यै राम्ररी चिन्नुहुन्छ।

अस्ति विमोचनमा असाध्यै भिँड थियो। तँपाइ सँग कुरा गर्ने मन थियो। प्रश्नहरु सोध्ने मन थियो धेरै अघि देखी। तर इच्छा अधुरै रह्यो। तँपाइ भेट्टिएर पनि भेट्टिनुभएन। त्यो एसी कोठामा, त्यत्रो भिडमा क्यामेराका विच झल्याक झुलुकमा अरुले के देखे थाहा छैन। मैले त मात्र तँपाइको सतह देखेँ।खोइ मलाई किन किन चित्त वुझेन।

पढ्दै गर्दा तँपाइलाई लाग्ला कुनै पागल मलाई पछ्याइरहेको छ।तर तँपाइकै शव्दहरु त हुन " स्वतन्त्रता भोग्न पागलपन नै चाहिन्छ। समाजले त वाँधिएका मान्छेलाई मात्र मान्छेको दर्जामा राखेको छ।" किन किन यो शव्दको पारखी सँग त्यहि शव्दकी पुजारी मलाई सँगै थोरै समय विताउन मन छ। जहाँ दुई कप चिया सँग तँपाइका भावनाहरु सुन्न पाइयोस्। तातो वाफ सँगै निक्लिएका ति शव्दहरु पनि न्याना लागुन।

 म स्वतन्त्र भएर तँपाइको स्वतन्त्र रुपको दर्शन गर्न चाहन्छु।

दर्शानाभिलासि

सुधा

****************** ***************** **************** ************* **********

मैले आफ्नो मेल सिध्याएँ। फेरि पढेँ। सेन्ड र सेभ एज ड्राफ्टको विचमा धेरै वेर माउस खेलाएँ। अनि सेभ एज ड्राफ्ट मा क्लिक गरेर ओछ्यानमा ढल्किएँ। त्यो रात मलाई धेरैवेर निन्द्रा लागेन। लाग्यो मैले केहि काम अधुरो छोडेकी छु। जुन पुरा गर्ने ममा आँट छैन।

एक घन्टाको कोल्टे फेराइ पछि म फेरि उठेँ। एक गिलास पानी पिएँ। अनि फेरि ल्यापटप खोलेँ। ड्राफ्ट मेलमा सेन्ड थिचेर आरामले निदाएँ।

************* ************** ***************** **************** *****************

भोलिपल्ट विहानै मैले मेल चेक गरेँ। नयाँ मेलहरु थिएनन्। कस्ति हुस्सु म , मैले रातको साढे तिन वजे पठाएको मेल उसले नहेरी विहानको आठ वजे कसरी रिप्लाइ गरोस् ? दिउँसो पनि मैले घण्टा घण्टामा मेल चेक गरेँ उसले रिप्लाइ गरेन। शायद उ वेलुका मात्र मेल हेर्छ मन मनै सोचेँ।

त्यसपछिका दुई तिन दिन मेलको रिप्लाइ आएन। उसलाई धेरै मेलहरु आउँछन्। त्यहि मेलको थानमा मेरो मेल पनि मिसियो। मैले आश मारेँ।

चौथो दिन रिप्लाई आयो

"Sorry , am not in Nepal right now, probably it will be difficult for me to arrange meeting with you coz I have very tight schedule after I reach Nepal also. Sorry for that, however thanks for reading my new book. Will write another book soon J " Saket

मलाई उसको रिप्लाइ देखेर रिस उठेर आयो। कस्तो रुखो उत्तर । उसलाई मेल लेख्नका लागि मैले करिव एक घण्टा खर्च गरेँ। मेल पठाउन अर्को एक घण्टा । शायद उसले एक मिनेटमा त्यसको उत्तर लेख्यो एक सेकण्डमा सेन्ड गर्यो। शायद त्यसपछि उसले अरु मेलहरुमा मलाई लेखेका उत्तरहरु नै कपि पेष्ट गर्यो। उसको जीवनमा म केवल उसको एक पाठक हुँ मात्र पाठक।

मेल वन्द गरेर ठमेल तिर हुइँकिएँ। आज मौसम चिसो छ। अनि जीवन र मेरो वरपरका मान्छेहरु निरस हुँदै गएका छन् । हो हेमींग्वेले भनेको साँचो हो " आइ ड्रिंक टु मेक अदर पिपुल मोर इन्ट्रेस्टिंग"। 


 
Posted on 10-16-14 10:54 AM     [Snapshot: 8812]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

" स्वतन्त्रता भोग्न पागलपन नै चाहिन्छ। समाजले त वाँधिएका मान्छेलाई मात्र मान्छेको दर्जामा राखेको छ।"

खै के लेख्छ लेख्छ फुच्चे, तर जे लेख्छ सटिक लेख्छ बाइ ... जाओस जाओस गुरु अझै जाओस .
 
Posted on 10-16-14 11:18 AM     [Snapshot: 8819]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"अचानक अर्को प्रश्न आयो मनमा , म किन उसकी पात्र वन्न सक्दिन? मैले पुरै आफ्नो कथा सुनाएँ भने उसले लेख्ला कि नलेख्ला? लेख्छ, अवश्य लेख्छ । "

डायरी मा यता सुधा ले यस्तो भन्या छ, फुच्चे ले सुधा कै कथा लेख्या छ - हो न हो साकेत फुच्चे नै हो कि न - एउटा कुरा नि 

 
Posted on 10-17-14 11:19 AM     [Snapshot: 9021]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks to futyakarma
serial thanks ..wrong guess though..
thanks to all the readers who read and liked the story till now...

 
Posted on 10-17-14 11:22 AM     [Snapshot: 9026]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@fucheketo: Ma ta naya bhag aayo bhanera sajha khole ko ta disappointed hai. :)

 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
[New post] Why Would Krishna Have To Run From The Battlefield
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
Why always Miss Nepal winner is Newari??
NRN card pros and cons?
Basnet or Basnyat ??
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What Happened to Dual Citizenship Bill
पाप न साप घोप्टो पारि थाप !!
अमेरिकामा छोरा हराएको सूचना
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters