KishorLimbu
Replies to this thread:

More by KishorLimbu
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ

[Please view other pages to see the rest of the postings. Total posts: 71]
PAGE: <<  1 2 3 4  
[VIEWED 40775 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 4 pages, View Last 20 replies.
Posted on 06-17-12 10:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन भवानी बराल  ज्यू , तपाई ब्राह्मण भएर किन लिम्बूवान लाई १८३१ श्रावन २२ गते को सन्धि अनुसार स्वतन्त्र घोषणा गर्न सकिन्छ
 भनेर उत्तेजक  भाषण दिनु हुन्छ ?


Last edited: 17-Jun-12 10:33 PM
Last edited: 17-Jun-12 11:19 PM

 
Posted on 06-20-12 9:36 AM     [Snapshot: 2381]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को एउटा कुरा थप्न मन लग्यो :
कहिले कहिँ एउटा कुरा सुनिन्छ , जनजाती हरु लै सरकारी अड्डा जस्तै , जिल्ला प्रसासन , नगरपालिका आदि मा काम भएन , बाहुन हाकिम रैछ  पैसा माग्यो आदि भंचन  | यो वाइयात कुरा लाग्छ | अहिले सम्म कुनै मान्छे भेटेको छैन जो बाहुन वा छेत्री भएको ले काम छिटो भाको होस्  | एदी कर्मचारी गलत नियत को रैछ भने बाहुन छेत्री गुरुङ राई जो संग पनि पैसा खान खोज्छ , एदी इमान्दार छ भने नियम अनुसार काम गर्छ |

मैले कतिपय ठाउमा पढेको छु | पढे लेखे का जनजाती र दलित हरु (येस्मा निहित स्वार्थ भएका राजनीति गर्ने दलित , जनजाती पर्दैनन् ) का अनुसार यो इज्जत र समानता भन्ने कुरा education को स्तर र आर्थिक स्तर ले ल्याउने रैछ | ठुलो संख्या मा कथित उप्पलो जात का मान्छे पनि  education को स्तर र आर्थिक स्तर को कमि ले गर्दा अपहेलित छन् | तेसैले सबै मिलेर यी वर्ग लै माथि उठाउ,  हुन्न | तेस्को लागि जतिय्रा राज्य पनि चाहिन्न, जातीय आधार को aryachan पनि चाहिन्न |

Last edited: 20-Jun-12 10:08 AM

 
Posted on 06-20-12 10:30 AM     [Snapshot: 2411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिम्बु भाई

खास कुरा चै के हो भने तिम्रो लिम्बु कल्चर मा पड़ने लेख्ने कुरा को केहि महत्वो नै छैन. अलि पढे लेखेका लिम्बु खोज्न पर्यो भने टुकी लिएर खोज्न हिन्न पर्छ | अब तिम्रो लिम्बु क्लान बाट सरकारी जागिर मा धेरै representation नहुनु को कारण पनि पढाई नै हो | अब मेरो बिचार को आसय चै लिम्बु हरु मुर्ख हुन्छन भन्ने होइन | लिम्बु हरु ले पढाई लेखाइ गरेर रोजी रोटि खानु भन्दा अरु नि शिप गरेर खांदा रमाइलो र बढी आर्थिक लाभ हुने देखेर नपढेका हुन् |

अब तिमीले येसरी सस्तो ढंग ले लेखेउ कि CDO अथवा राजदूत हुन बाहुन भए पुग्छ | बाहुन, नेवार अथवा मधेसी ले CDO हुन जति संघर्स गर्यो तेती नै संघर्स लिम्बु ले गर्ने हो भने लिम्बु लै राजदूत बन्ने बाटो छेक्न आउन कोइ पनि हुन्नन् | अझै पनि भन्छु, लिम्बु राजदूत हुने नहुने बाटो आफैले रोजेका हुन् |

अब तिम्रो पोस्तिंग पढ्दा कहिले कर्मचारी तन्त्र मा ९७% बाहुन छेत्री नेवार र मधेसी छन् भन्छु अनि कहिले बाहुन ले जनजाती लै पछाडी पर्यो भन्चौ | मधेसी र नेवार जनजाती हुन् कि होइनन? अब तेही सिस्टम मा मधेसी र नेवार ले चै भाग पाउने तर तिमि लिम्बु ले चै नपाउने? अरु जनजाती हरु भाग लिंदा तिम्रा लिम्बु दाजु भाई हरु चै के गर्दै थिए त??? म लिम्बु भाको भए तिम्रो तोरीलाउरे अर्गुमेंट ले त ओफ्फेन्देद हुन्थे |

लिम्बु हरु लाटो जाति हुन् रे???? एस्तो लेखना र भन्न लाज लाग्दैन तिमीलाई??? थुक्क तिम्रो बुद्धि....तिमि लाटो भयेउ भन्दै मा सबै लिम्बु लाटो हुन्छन?? फेरी लिम्बु हरु लै लाटो भन्दै प्रचार प्रसार गर्ने अनि फेरी लाटोलाई नै देश चलाउन दिन पर्छ पनि भन्ने? म लिम्बु भाको भए तिमीलाई कसेर झापु दिने थिए | म बाहुन हु र मा यो भन्छु कि नेपाल को कोहि पनि जनजाती लाटो छैनन्| होला कोइले अलि बादी देखेका सुनेका पढेका होलान तर यो जात लाटो र यो जात बाठो भन्ने ५०० सय वर्ष पुरानो विचार हो |

अलैंची बेचेर state चलाउने कुरा गर्छन तीम्रा नेता...अलैची को पैसा जति सबै state तन्त्र मा खर्च गरेर अलैंची किसान ले चाइ के खाने नि ? फेरी अहिले चै अलैंची को पैसा प्रचंडे ले खाको छ हो??? अलैंची र चिया को पैसा त तिम्रै गाउ क मान्छे ले खको छन् त....खोइ तिम्रो गाउ को विकास भाको???

तिमि जस्ता लिम्बु लाइ मेरो सुजब छ....प्रोब्लेम को जरो पत्ता लगाऊ र तेही अनुसार आफ्नो लक्ष्य बनाउ..अझै पनि समय छ.....लिम्बु लै राजदूत र CDO बनाउन छ भने...आफ्ना साना लिम्बु भाई हरुलाई पढाई र leadership को अर्थ सिकौनुस. सायद १५ - २० वर्ष मा लिम्बु हरु पनि CDO बन्ने छन् |

 
Posted on 06-20-12 10:31 AM     [Snapshot: 2393]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 नेपाली लाउरे जी को कुरामा केहि थप्न मन लाग्यो. 
 
सरकारी जागिर र लोक सेवा आयोग को कुरा गर्दा आफ्नो अनुभव कोर्दै छु . मैले लोक सेवा दिदा १७ वटा सिट ( इन्जिनियरिंग सेवा राज पत्रान्कित तृतीय श्रेणी - सरकारी अधिकारी सेवाको प्रवेश तह )मा करीब ६२० जना ले परिक्षा दिएका थिए. तिनमा कुन कुन जाति जनजाति थिए हेक्का भएन तर सफल हुने हामी सत्र जनामा मधेसका २ जना, नेवार ४ जना , थकाली १ जना क्षेत्री ३ जना र ७ जना ब्राम्हण थिए . यसबाट पनि के जानकारी हुन्छ भने योग्यताले जातपात हेर्दैन, ज जसले परिक्षामा राम्रो गरे तिनीहरु सफल भए. 
 
पढाइ र क्षमताको कुरा नि त्यस्तै हो . जो जसले राम्रो संग पढे वा जो जस संग प्रतिभा  छ तिनै सफल हुन्छन . जस्तो हाम्रो पाला को एस एल सी को नतिजालाई हेरम ..
 
बोर्ड आएका ( १ देखि १० सम्म ) तेह्र जना मध्ये  बोर्ड फस्ट लगायत ८ जना नेवार, ३ जना ब्राम्हण , १ जना क्षेत्री , १ जना मधेस का ब्राम्हण  थिए . ती मध्ये सबैले उच्च शिक्षा हासिल गरे . ती मध्ये पनि ६ जना संग विद्यावारिधि ( पी एच डी) डिग्री छ र ती पी एच डी धारी सबै नेवार हुन् . अझ ती मध्ये १ जनाले मात्र सरकारी सेवा लाई आफ्नो गन्तब्य चुने, त्यो पनि नेवार नै थिए . अझ गहिरिएर विश्लेषण गर्दा  १३ जना मध्ये ९ जना विदेशमा छन् . 
 
अब भन्नुस यहा जातीय पक्षपात को कुरा कहाँ बाट आयो ?? लोक सेवामा बाहुन मात्र पास हुन्छ , एस एल सी मा बाहुन मात्र सफल हुन्छ भन्ने कुरा कहाँ बाट आयो ??  सफल हुने कुरा आफ्नो क्षमता . लगन र परिश्रममा भर पर्छ . पढ्ने बेला नपढ्ने अनि अहिले जातीय आधारमा जांच नै नदिई जागिर चाहियो त्यसैले जातीय पहिचान सहित को राज्य चाहियो . बन्दूक को भर मा सत्ता चलाउनेहरुले हाम्रो समाज मा घोलेको मन्द बिष को प्रभाव हो यो . अमिलो अंगुर को बहाब हो यो . 
 
अर्को एउटा प्रसंग याद आयो . उपत्यकाको एउटा सरकारी कार्यालय को उप प्रमखु थिएँ . प्रसङ्ग बस बाहुन बाद को कुरामा हाम्रो अफिस मा बहस भयो . हाम्रो लेखा अधिकृत ले भनेको कुरा झल्झली याद आउछ . " सर  कसरि बाहुन बाद भयो ल भन्नुस त .." " हाम्रो अफिस मा कार्यालय प्रमुख नेवार, दुइ जना उप प्रमुख नेवार, म एक जना मात्र बाहुन .  बिभाग को डी जी ( महा निर्देशक ) नेवार, उप- महानिर्देशक द्वय दुवै नेवार . मध्यमान्चल क्षेत्रीय निर्देशक नेवार . अब भन्नुस कुन चाही ठुला पद मा बाहुन छन् ?? ' यहाँ बाहुनबाद हैन नेवार बाद चलेको छ " 
 
उहाँ को कुरा सत्य थियो. योग्यताले कहिलेइ जात धर्म हेर्दैन . परिक्षा नै नदिई  कसरि सफल असफल हुन्छ ?  सन्त बहादुर राइ, तीर्थमान शाक्य लगायतका लोक सेवा आयोग का अध्यक्षहरु मुख्य सचिब भै योग्यता कै भरमा अध्यक्ष भएका हुन् . लोक सेवा आयोग को कुनै पनि तह को परिक्षा नै न दिएका हाल का लोक सेवा आयोगको का वा अध्यक्ष - कयो देबी यमी मात्र हुन् . उहाँ कसरि किन त्यो गरिमाय पद मा पुग्नु भयो सबैलाई थाहा भएको कुरा हो . 
 

 
Posted on 06-20-12 11:14 AM     [Snapshot: 2411]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन यो किशोर जी ले खोल्नु भएको thread, उहाले एउटा बिशाये उठाउन भयो, तेही बिशयेमा बहस गर्नु राम्रो तर कहाँ बाट डाकु ले अर्को बिशयेमा बहस सुरु गरेर अझ तेस्माथी मलाई के हो आरोप लगाएर के भन्नु. हुन डाकु हरु को काम नै तेस्तै होइन अर्का को चोर्ने ? एकजना ले एउटा बिशयेमा बहस को लागि thread  खोलेको हुन्छ अरुले तेस्लाई चोरेर आफ्नो इक्च्या अनुसार को बहस गर्छन. अझ डाकु हरु एस्तो मा एकदमै चलाख, अब नाम अनुसार को काम गर्ने पर्यो 

 

Mr. Daaku,
“Dharke is propagandist “

 

lol. I do not support any cast any religion and "pahichhan" . I love to learn my lessons by studying others strength and mistakes they made. That’s easy way of learning things. To learn by owns mistakes first you need to make mistakes and some mistakes could cost you fortune. In my opinion that is the hard way of learning things. I learned from mistakes made by Europeans after the collapse of Roman Empire. My belief is also based on present need of the society and its flow., not influenced by cast,jaat and religion  
That does not mean I should ban any other belief so most of the time I repost thoughts of many beliefs. Society and human nature are  not like laws of physics they do not obey certain fixed rule. It is the continuous positive discussion that drives the society forward. So, by banning thoughts from some quarter of the society we may be delaying the progress. That is why I repost thoughts of different quarter of the society some of those thoughts you may have liked or it may have satisfied your ego some others may have fueled your ego. And, lately I may have reposted many thoughts which may have heightened your ego. But that is not my problem.

Someone somewhere asked a question "What is the sexiest part of your body"

Answer was "brain"
Because is the brain who first thinks about sex, asks glands to secret hormones then only our sex organs act.

Likewise, your entire claim about me seems like one of the side product of your ego, originated in your brain,  which most probably came from your incomplete study of history and society. I see you trying to debate about history with NALAPANI questioning about the version of the history he read. But what about the history you read? Don’t you feel necessary to question about the version of the History you read? That is why I said incomplete study of history. When you do not study (self study included) some subject thoroughly you will have more

Last edited: 21-Jun-12 12:54 PM

 
Posted on 06-20-12 11:23 AM     [Snapshot: 2510]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 When you do not study (self study included) some subject thoroughly you will have more questions than answers. 

You seem to have more questions than answers; at present we need a person who has more answers and less questions and respect different thoughts.
But different thoughts sound propaganda to you, here I can be of no help, As Lord Buddha said everything is inside yourself you don’t have to go out or look for others for good as well as for bad So, instead of slandering me why don’t you look inside yourself first?

"You are the enemy"

Again it is your brain my friend, you may see me as a demon. But to be frank with you, I come to Sajha not to become a hero. I do not have a desire to be one either. I am happy being who I am. I express my belief, repost others thoughts published somewhere else and go against the thought which I think are against the norms of civilized world. That is it. So, it is up to you how you want to "see" me.


"I seriously wish and pray that the above poster meant what he said."
lol, lol
Now you even trying to tell me I am a sort of hypocrite, looks like you have a good collection of negative words in your vocabulary. I can only say that you may have difficulty in processing different thoughts or you may have habit of extrapolating them to negative direction only. Try extrapolating towards positive side once a while; you might see a different picture.

"I doubt you and me can ever have a good conversation"

If you are in doubt then do not have conversation with me; it is as simple as that. I am not begging you for one. There are plenty in Sajha to have conversation with  for you as well as for me. In fact, I will not have enough time to have conversation with all.


 "
I won't be replying to you."

Ha, ha, as if I am dying for your reply, who is forcing you to reply, I never did, did I?

You are not going to reply me that means, I have the leverage of saying anything I want to, lol. But don’t worry I won’t do that. I do not have habit of taking advantage of others weakness/mistakes.

But a friendly suggestion, First, in society you never close the door for debate, second, never act on impulse. Unfortunately, in my opinion, you did both.

Last edited: 21-Jun-12 12:50 PM

 
Posted on 06-20-12 12:25 PM     [Snapshot: 2597]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



https://www.youtube.com/watch?v=1sONfxPCTU0

 
Posted on 06-20-12 1:17 PM     [Snapshot: 2604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@Dharke,i am taking my word back and replying .

I am here to learn/debate/question.I am not going to be force fed opinions/hearsay for fact, so naturally i question/doubt/protest/point fingers.

If it was not for your last article,i would have still called you a propagandist.Contrary to your claim, most of your articles were fear mongering.For someone who claims to have an open mind,you did not post anything from the "other" perspective(I agree that i didn't read every single post of yours after some time )..

I don't claim of being a very learned person but i do have a brain of my own.I can see/analyze my surroundings.

My discussion with Nalapani is totally different.I agree i did divert the thread,sorry about that.His take on Nepali history is from the eyes of the ruler.Does questioning him make me a dick?

Thank you for dedicating  all those paragraphs to make me look inferior.I am open for ideas and debate.

@everybody else

My take on two most important issues regarding federalism

1)Naming of the state:If the majority of the population find naming the state on ethnic lines offensive than what is in a name?Name it anything.But when it comes to craving a state,it should be done in such a way that the "mulbasi' of the land make atleast 30% of the state population.

2)Reservation/Quota: This is a double edged sword.While it can do wonders to the marginalised community,it would also do injustice to the ones who do not fall into that category.I hope we can find a solution to this.Personally,i would care less about this.





 
Posted on 06-20-12 3:15 PM     [Snapshot: 2723]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@daaku,
I am not starting another debate and am just saying my personal views too.
All people are jumping in this debate coz most of the people do not have any idea what the heck this is all about including me. If you are just advocating name of the states, I am with you. I would love to have newa, magar, tamu name to the states of Nepal but what is on the air is that janajaatis want the reservations and post allocated to them so that they can spend government money on jatras and other ethnical traditions. I am against any state sponsored facilities to any caste or groups and reservations. I would care very less about the names, what I care is about the equality and the peace. And I think if anyone start the discussion saying janajaatis wants same equal opportunity, noone will deny their rights but if they want special privilege then its different. And lastly I personally would like to see the all the states having access to borders of both north and south neighbors and having very diverse resources for their developments.
 
Posted on 06-20-12 3:55 PM     [Snapshot: 2738]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Keeping the naming of states aside, the issue of reservation is very complex and a normative issue. So everyone may have their own views. I have mentioned in my above post , using the provision in Interim Constitution, there are laws for more than 6/7 years according to which  only 50% of the open positions are fulfilled through open/free competion in Lok Sewa and among school and university teachers. I think there is some reservation in army and police too, but i dont know the exact number. 

Given the fact that even the 2047 constitution had an Article allowing government, by framing the appropriate laws and regulations,  to provide reservation for disadvantaged group and gender, no one can imagine the same provision will not be in the new constitution.

In the situation the newly formed state may try to frame their constitution and laws giving too much favor to people of few ethnic group and thus let the smaller group suffer. To stop that, the federal constitution must have some provision which forbids the states to make provision of reservation of more than 25%. That means at least 75% of the open positions are fulfilled through open and free competion.[personally i would love to see a 100% free competion, but the reality is, that is simply not possible]. Besides, the Federal Supreme court should be strong and able to safeguard the rights of people.

 
Posted on 06-20-12 9:45 PM     [Snapshot: 2861]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

हुनत यो बिषयमा मैले धेरै लेखिसकेकोले किशोर लिम्बु सरको प्रश्नको एक लाइन सिधा उत्तर दिएर यो धागोमा आफ्नो बहसलाई टुङ्याउनु खोजेको थिए । तर थुप्रै साथीहरुले प्रस्तुत गर्नु भएका विभिन्न तर्क र तथ्यहरुलाई पढ्दा भने यस धागोमा नलेखी बस्न सकिन ।

१. म यो धागोमा नालापानी साथीले राखेको ऐतिहासिक तथ्यहरुको प्रसंशा गर्छु र त्यस्तै डाँकुको प्रश्नहरु पनि दमदार नै छन् । हामी आफ्नो ईतिहासमा गर्व गर्न सक्छौ, ईतिहासबाट पाठ सिक्न सक्छौ र प्रेरणा लिन सक्छौ । तर देशको वर्तमान र भावी योजनाहरु बनाउनको लागि भने यस्ता ऐतिहासिक तथ्यहरु होइन धर्के साथीहरुले राखेको जस्ता वर्तमानको यथार्थ नै आवश्यक हुन्छ । मित्र किशोर लिम्बु पूर्वी नेपाल ईतिहासको कुनै कालखण्डमा लिम्बुवान थियो भनेर मान्नलाई मलाई कुनै आपत्ति छैन । तर यदी संघीय राज्यको निर्माण गर्दा बर्तमानको तथ्यहरुलाई एकातिर पाखा लगाएर ईतिहासको आधारमा मात्र गरिन्छ भने त्यो वैज्ञानीक पनि हुँदैन र त्यसले अवश्य पनि विवाद ल्याउछ ।

२. पंचायती व्यवस्था हटाएर बहुदल ल्याउदा होस् वा राजतन्त्र हटाएर गणतन्त्र ल्याउदा होस् वा अहिले माग भइरहेको जातिय पहिचान सहितको राज्यको सन्दर्भमा होस् राजनैतीक नेताहरु र अहिले आएर जातीय नेताहरुले हमेशा जनताको भावनासँग खेल्ने गरेका छन् । नेपाल र नेपालीको वास्तविक समस्या के हो भनेर कसैले मलाई सोध्यो भने मेरो उत्तर हुनेछ शिक्षा, स्वास्थ्य र रोजगारी । तर राजनैतीक पार्टीहरुको कार्यदिशा जनताहरुको मूल समस्या भन्दा एकदम विपरित सदैव शासन सत्तातिर नै केन्द्रित छ। के नेपालीहरुको यी सबै समस्याहरुको समाधान फरक फरक जातको नाममा संघीय राज्य बनाउने बित्तिकै हुन्छ ? कदापी हुँदैन । त्यसो भए यो सबै जातीयताको लडाईं किन ? आङकाजी शेर्पा जस्ता व्यक्तिहरु मुख्यमन्त्री हुन र भवानी बराल जस्ता व्यक्तिहरु मन्त्री हुन ।

३. आदिवासी, जनजाती, मूलवासी, अनाधीवासी यस्ता शब्दवलीहरुको जथाभावी प्रयोग । धर्के साथीले प्रस्तुत गरेकै केही सन्दर्भ सामाग्रीहरु हेर्ने हो भने पनि आदिवासी भनेर कुर्लिरहेका कतिपय जातीलाई वैज्ञानीक रुपमा आदिवासी भन्न नमिल्ने अवस्था छ । सम्पूर्ण बाहुन क्षत्रीहरुलाई आदिवासी बनाइनु कम्ती हास्यास्पद छैन । नेवार, शेर्पा, थकाली जस्ता आर्थिक सूचाकंहरुको माथिल्लो भागमा रहेका जातीहरुलाई पिछडिएका जातीको सूचीमा पार्नु कम्ती हाँसो उठ्दो छैन ।

४. बुझ्न नसकेको अर्को कुरा जातीय राज्य र जातीय पहिचान सहितको राज्य । साझामा लेख्ने मित्रहरुको त कुरै नगरौ जातीय नेताहरुमा पनि उनीहरुको खास माग के हो भन्ने कुरामा एकरुपता छैन । कसैलाई अग्राधिकार सहितको राज्य चाहिएको छ । कसैलाई चाँही आफ्नो जातको नाम मात्र राख्न पायो पुग्यो । आङकाजी शेर्पा जस्ता चाँही आफ्नो राज्यमा भएका हरेक चाँही चुच्चा नाकहरु काट्न उद्दत नै छन् भने गोबिन्द न्यौपाने जस्ता स्खलित बाजेहरु भने एउटा मूल जातीको वरीपरी अरु सबै जाती घुम्ने कल्पना गर्छन् । जातीय राज्य भने पनि जातीय पहिचान सहितको राज्य भने पनि जातीय नेताहरुको उद्देश्य भनेको अग्राधिकार कायम गर्नु नै हो । नत्र नाममै मरिहत्ते गर्नु पर्ने कुनै कारण छैन । यो सबै नेपाललाई द्रव्य शाहकालिन अवस्थामा फर्काउने प्रयास हो । चाहे लिम्बुवान राज्य हुँदाको अवस्था देखिनै बसेका हुन् वा चाहे दुई सय बर्ष अगाडि मात्र बसाइ सरेर आएका हुन् त्यो क्षेत्रमा बस्ने हरेक नेपालीको अधिकार उत्तिकै हुन्छ । नत्र त यो लिगलिगे दौड जस्तै भयो जो पहिले देखि बसेको छ उसको मात्रा अधिकार । यो लिम्बुवान नाम भवानी बराललाई मात्र स्विकार्य भएर हुँदैन । यदी त्यो क्षेत्रमा बस्ने अत्याधिक नेपालीलाई लिम्बुवान नाम राख्दा कुनै आपत्ती छैन भने मात्र त्यो नाम राख्नु उचित हुन्छ । बरु नाममा जोड दिनु साटो डाकुँले भने जस्तो गरेर संघीय राज्यको सिमा तोक्नु भने बुद्दीमानी हुन्छ । जतिनै वाचा वन्धन गरे पनि नेवा नाम राखे पछी म कहिले पनि नेवा राज्य मेरो पनि हो भनेर ढुक्क हुनसक्दिन ।

५. समावेशी र अग्राधिकार भन्दै हरेक सरकारी सेवामा पासपोर्ट बेच्नेलाई सभासद बनाए जस्तै केही योग्यतानै नभएका व्यक्तिहरुलाई सरकारी अफिसरमा धमाधम भर्ना गर्न मिल्दैन । नेपालको सिडियो जती सबै किन बाहुनै मात्र भए किन राइलिम्बु भएनन् भनेर सोध्नु अघि किन ति राइ लिम्बुहरु अलिकती पढाई सक्ने बित्तिकै बालुवाको बोरा बोकेर बिहानै बिहानै स्वयमभुको उकालो चढ्न गए र किन त्यो पश्चिम नेपालका बाहुनहरु आधा पेट्मै रात रात भर घोटिएर पढे भन्ने प्रश्न आँफैलाई गरौ अनि उत्तर आउँला कि ? राहुलभाइले दिनु भएको तथ्यलाई पनि एक चोटि हेरौ । धर्केले राखेको ... मगरको रिपोर्टलाई पनि हेरु युद्द मैदानमा मर्न त बाहुनहरु पनि त सक्ने रहेछन् तर तिनीहरु किन ब्रिटिश आर्मीमा छैनन् ? यदी राज्यले केही व्यवस्था गर्छ भने गरीब नेपाली ( जुनसुकै जाती होस्) को बच्चाहरुलाई एउटा तहसम्म निशुल्क शिक्षाको व्यवस्था गरोस । त्यो योग्यतानै नपुगेका व्यक्तिहरुलाई सरकारी सेवामा जातीय कोटामा भर्ना गरेर न त देशप्रती न्याय हुन्छ न त जातीय आधारमा बन्चित गरिएका योग्य व्यक्तिहरुप्रती ।

६. कुनै जाती बिशेष द्वारा अर्को जाती माथि, कुनै लिङ बिशेषद्वारा अर्को लिङ माथि, कुनै क्षेत्रको बासिन्दाद्वारा अर्को क्षेत्रको बासिन्दा माथि, कुनै एक भाषा बोल्ने समुहबाट अर्को भाषा बोल्ने समुह माथि गरिने भेदभाव, शोषण र अत्याचारलाई बाहुनबाद भन्नु सम्पूर्ण बाहुन जातीलाई बदनाम गर्नु हो कि होइन, यो चाँही भेदभाव हो कि होइन ? मैले यो परिभाषाकार डा. कृष्ण भट्टचनलाई सोधेको प्रश्नको जवाफ अहिलेसम्म पनि आएको छैन । मैले पहिले पनि भनेको छु न त मलाई मेरो बाउ बाजेको बिरता बेचेर खानु छ न त म उनिहरुले गरेका दुष्कर्मको फल भोग्न तयार छु । त्यसैले जवसम्म म कुनै अत्याचारी शोषक प्रविती देखाउदिन मेरो पहिचान माथि यो दाग किन ? आफ्नो पहिचानलाई त्यस्तो माया गर्ने व्यक्तिले अरुको पहिचानलाई पनि सम्मान गर्न सक्नुपर्‍यो नि । हो कृष्ण भट्टचन सर एकोहोरो रोटी पाक्दैन । त्यसैले अरुलाई यो गर र त्यो गर भन्नु अगाडि आफुले के गरे र के गर्नुपर्ला भनेर पनि एकपटक हेर्नुहोस् ।

७. जसरी नेपाल हिन्दू राज्यबाट बहुधार्मिक राज्यमा परिणत भयो अबको संघीय राज्यहरु कुनै किसिमको जातीय गन्ध नआउने हुनुपर्छ । मूलत: आर्थिक आधारलाई लिएर संघीय राज्यहरुको निर्माण गर्नुपर्छ । मैले पहिले पनि लेखिसके आजको आवश्यकता भनेको जातीय सम्मानको हो । आजको आवश्यकता भनेको जातीय पहिचानको चक्करलाई छोडेर नेपालीको वास्तविक समस्याहरुलाई कसरी हल गर्ने भन्ने हो ।

 
Posted on 06-21-12 1:54 AM     [Snapshot: 2897]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

@goddamn

Your POV is highly appreciated.

@Nepalilaure

We can't leave the women behind either.Reservation looks like a necessay evil here.If possible,we should go ahead with reservation for the next 20 years with no clause of extension after that.As for the propotional representation in state and central assembly,i call it BS. If it has to be done,it shouldn't exceed 10%.

All in all,your take and analysis was spot on.

@Geology Tiger

"नेपालको सिडियो जती सबै किन बाहुनै मात्र भए किन राइलिम्बु भएनन् भनेर सोध्नु अघि किन ति राइ लिम्बुहरु अलिकती पढाई सक्ने बित्तिकै बालुवाको बोरा बोकेर बिहानै बिहानै स्वयमभुको उकालो चढ्न गए र किन त्यो पश्चिम नेपालका बाहुनहरु आधा पेट्मै रात रात भर घोटिएर पढे भन्ने प्रश्न आँफैलाई गरौ अनि उत्तर आउँला कि ? "

Word Bro.This is something i am having a hard time explaining.What makes a matwali youth sacrifice his youth for a foreign nation and what makes his bahun/chettri friends head to the city for greater things?Who is to be blamed here?The matwali youth who sees the "rich" lahure of his village as epitome of success or the system/society that produced the "rich" lahure,who for real is their greatest success story.Until and unless this effed up cycle is broken,there is no prosperous Nepal.

"हामीले पद्यौ.तिमीहरुले पदेनौ " is a very simplistic way to look at it..There is more to it.

I hope to read more from you.A very thought provoking post from an unbiased platform.

@Kishorlimbu

Blaming bahun/chettri for all our ill being is not only idiotic but also Racist.Have we been marginalised?Hell yeah.But why blame the current lot.Bygones are bygones.Like GT said ,why should he pay price for what his ancestors did?Let us all try to find a common ground and move on.

Lastly,in the midst of this HEAVY topic,who is the chwankest bahuni ever?






 



PAGE: <<  1 2 3 4  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters