बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 च्याङ्ग्राको नासो बैरेको गलाको पासो

[Please view other pages to see the rest of the postings. Total posts: 106]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 90567 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 03-30-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बैरे, बाबु तेरो लागि फोन छ ।


कस्को ?


च्यङ्ग्राको


म खोठाबाट तल झर्दै, गुनगुनौदै  "मायाले ले माया गासी  देउ, भएन प्रिती जोडी देउ" ...... "हलो"


सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।।


ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ?


ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्‍यो ।


एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं ,


बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा।  हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ ।  


बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ?


भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ?


त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ,


अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे


ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने


उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ?


कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर ।


अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ?


त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ।


त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । 


च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि 
   
 क्रमश :

 
Posted on 04-27-09 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

direct nagarkot ma?...keti manyo pani....
:)

 
Posted on 04-29-09 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केही क्षण पछी हामी नगरकोट पुग्यौ ।


पहिले पेट पूजानै गर्ने निर्णय भएकोले उतै तिर लागियो, च्याङ्ग्राको त कुरै थिएन एक प्लेट म:म: मगाई हाल्यो, मेरीले नि चौमिन मगाईन, च्याङ्ग्री र मैले चाँही लोकल कुखुरा चापाउने रहरले रोस्ट मगायौ । अब होनचा र काठमाडौं गणेशथानको अगाडि यो खानाको दाजो के गराइ भो र त्यही पनि हुल्न चाँही सही हुलियो । खान पिन सकाएर एक सर्को लगाउन बाहिर निस्क्यौ, शायद चिनेको धेरै नभएकोले होला उसले म माथि आफ्नो हक पनि जताउन सकिनन्, तर उस्को आँखा बोली रहेको थियो र मलाई त्यो ठुटो फ्याक्नको लागि आग्रह गरिरहेका थिए । मैले त्यो आग्रहलाई नकार्न सकिन, त्यही पनि एक पफ मन त्रिप्त गर्नको लागि लगाए अनी भुई तिर फ्याकेर किल्चिए ।


च्याङ्ग्रा - "थुक्क १.५० सत्यानाशी "


मैले केही बोलिन, त्यसलाई के थाहा, ती आँखाहरु ले के भनी रहेका छन भनेर ? त्यो त केवल मसँग कुरा गरिरहेका थिए । च्याङ्ग्राको धुवा हावा मिसी सकिएपछी हामी टावोरतिर लाग्यौ । मौसमले नि हाम्रो साथ दिएको थियो, सुर्यले आफ्नो न्यानो किरण हाम्रै लागि साचेर राखेको झै त्यो न्यानो पन हामी जहाँ जहाँ गयौ उही उही नै छाइदिएको थियो । पवन पनि मन्द मन्द गर्दै उसको मस्तिस्क्कलाई चुम्न घरी घरी बहदै थियो । टाढै भएनी दोलालघाटबाट सुन्कोशी छछल्किएको धुन र वरी परी फुलेका सप्त रङ्गी फूलहरु को मिठो बास्नाले त्यो बातावरणलाई सजाएर प्रफुल्लित पारेको थियो । सुनको औठिमा चम्केको हिरा झै मेरी मायालु गमक्क चम्की रहेकी थियी, मानौ त्यो बातावरणको उद्देश्य आज उसको उपस्थितीले पूर्ण भएको थियो ।


त्यो हृदय छुने द्रिश्यहरु र उसको स्पर्श लिदै कती खेर टावोर पुगियो थाहा नै भएन । एक्कै छिन त्यहाँ ढिस्कोमा बसेर कुरा गरियो, च्याङ्ग्री र च्याङ्ग्रा सिंह जुधाई रहेको थियो, कुन बेला को थला पर्ने हो थाहा थिएन ।


- "ओ तिमीहरुको सुगौंली सन्धी भएको छैन ? अझै महाभारतको युद्ध चल्दै छ ?" मैले सोधे


मेरो कुराले उनिहरुलाई केही असर परेको थिएन । - "हो च्याङ्ग्रा दाई कत्ती झगडा गरी रहनु भाको तपाई, अनी तलाई चाँही किन निउ खोज्नु पर्ने च्याङ्ग्रा दाई सँग ?" उसले पनि आफ्नो मनको कुरा पोखिन ।


च्याङ्ग्राले मलाई नसुने पनि उसको कुराले आफुलाई छोएको नकार्न सकेन, त्यस माथि उसले च्याङ्ग्रालाई दाई भनेर सम्मानित गरेकी थियिन्, अरुले नदेखे नि च्याङ्ग्राको आँखामा पानीले ठाउँ ओगटेको चाँही मैले देखे ।


दिदी बहिनी हिन थियो च्याङ्ग्रा र सधैं मलाई एउटा बहिनी भए खूब मोज हुन्थ्यो बुझिस । तिहारमा यो पाली कसले टिका लगाइदिने भन्नु नि छैन, आफ्नै बहिनीको हात को टिका लाउन पाइन्थ्यो । एसो दाई बनेर एसो उसो नगर भनेर भन्न पाइने, आफुले उसको हेर्चाह गर्न पाउने । सके सम्मको सब खुशी दिन्थे यार भनी रहन्थ्यो । शायद आज मेरीले उसलाई दाई भनेकोले उसलाई फेरी त्यो कुराहरु याद आए होला । च्याङ्ग्रा आएर हामी भए ठाउँमा बस्यो । च्याङ्ग्रालाई मैले राम्ररी चिनेको थिए उसको त्यो मौन्ता केही क्षणमा भंग हुने निस्चित थियो ।


च्याङ्ग्री - "अन्ताक्षरी खेलुम न "  


आफुलाई आफ्नो मायालुसँग कुरा गर्नु थियो, उसलाई अझै राम्ररी जान्नु बुझ्न्नु थियो, त्यही पनि मैले च्याङ्ग्रीको प्रस्तावलाई नकारीन । कती खेर सुरु भयो त्यो पनि थाहा भएन तर च्याङ्ग्रा - "ढुङ्गे साँउको मेलामा " भन्दै गाउदै थियो । केटा र केटीहरु बिचको युद्ध थियो । गीतको शब्दहरु आँफै फेर्दै च्याङ्ग्राले - "च्याङ्ग्रीलाई दाम्लोले बानी, घुमाइ दिउ कि शहरैमा" भन्दै गीतको बिश्राम गर्‍यो ।


हुन त केटा केटीको बिचको युद्ध थियो तर हाम्रो तर्फ बाट च्याङ्ग्रा र केटीहरु तर्फबाट च्याङ्ग्री  भिड्दै थिए । गीतहरुको घमाशान शस्त्र अश्त्रहरु चली रहेका थिए । आफुलाई पनि गीत हरु टन्नै फुरेका थिए तर म सँग केवल एउटा ब्रम्हास्त्र थियो, त्यसको उपायोग मैले ठीक समयमा मात्रै गर्नु पर्ने थियो ।     


च्याङ्ग्री - " बैरे तिमी गाउन, तिमीले गाएको सुनेकै छैन, कत्ती यो च्यात्या बोह्रा मात्रै सुन्ने ? "


मलाई त गीत कहाँ अड्कियो पनि थाहा थिएन , मेरो ध्यान त उनी माथि मात्रै थियो । च्याङ्ग्रा तिर हेरे - " अ " बाट भनेर संकेत गर्‍यो । मेरो ब्रह्मास्त्र चलाऊने अवसर आँफै मेरो सामु आएको थियो तर निशाना अचुक हुनु पर्ने नितान्त जरुरी थियो ।


स्रुरुवात गजलबाटै गर्नु निको हुन्छ झै लाग्यो -


" आइना देख्के बोले ये संवर्ने वाले ,
अब तो बे-मौत मरङ्गे मेरे मर्ने वाले "


गीतलाई सुरु नै नगरि सिधै आफुले गाउनु पर्ने लाइन गाइयो


"देख कर तुम्को यकीन होता है ,
कोही इत्ना भि हसीन होता है ।
देख पाते हैं कहाँ हम तुमको ,
दिल कही होश कहिन होता है । "


उसको आँखा लाजले झुकेको थियो, ओठमा मुस्कान थियो , त्यो लाज र मुस्कानलाई छोप्न उ सँग न त घुम्टो नै थियो न त पक्षौरी । त्यो लजालु आँखा र मुस्कान मेरो प्रत्यक्ष थियो र उसको अफ्थ्यारो पन लाई उु आँफै बाट बचाउन म उसको छेउमा बसे । उसले मेरो हातलाई आफ्नो लाज ढाक्ने ओछ्याउने बनाईन् ।


च्याङ्ग्रा हाँस्दै - " तलाई अहिले गीतहरु क्या फुरी रहा होला हगी "   


उसको कुरामा सत्यता थियो, त्यो क्षण मेरो मनमा गीतहरुको मूल फुटेको थियो, कविताहरु मन मनै रची सकेका थिए, पोख्न सकेको भए आदी कवी र महा कवी पनि मेरो समुन्न्य झुक्नु बाहेक अरु केही उपाय देखदैन थिए । मलाई उु सँग एकान्तमा कुरा गर्नु थियो , तर यो अन्ताक्षरी हिम्द महासागरले झै मेरो बाटो रोकेको थियो,  यसलाई चिर्नु थियो । आफु सँग कुनै क्षेप्यास्त्र छ कि भनेर हेर्दा राम बाण नै भेटियो, "न" बाट गाउनु पर्ने थियो ।  मैले भजन गाइदिए - " नारायण नारायण नारायण श्रिमद नारायण नारायण नारायण ......"  अब "ण" बाट गाउन असम्भव थियो ।


राम बाणले आफ्नो काम गर्‍यो अन्ताक्षरीको पूर्ण बिराम भयो ।


 


 
Posted on 04-29-09 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग त क्या रोमान्टिक रैछ बैरे ! अब कैले हो 'तिम्री उनी' सँग सबै कुरा पोख्ने साइत चाँही? अर्को भाग को प्रतिक्ष्यामा !
 
Posted on 04-29-09 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरेको नि दिन फीरे, ल है लरी-बरी अहै! च्याङ्राको बहिनी मोह सुनेर एकछिन चस्स पर्‍यो, फेरी केटोको गीत्ले दिल खुस भो, क्या अचुक बाण हान्यौ नि बैरे, वाह, जियो मेरे लाल, पीले, हरे!

गीत त मलाई नि एउतो याद आयो, झुकी झुकी सि नजर.. ल भरे गीतन्जालिमा पेस गरुम्ला, बैरे स्पेसल।

एइ सँग आफ्नो दिन नि याद आयो, आफ्नो नि सुरु यसरी नै भाको थियो, त्यो दोलाल्घाट भन्दा अली मास्तिर गाका थियौं पिक्निक, शायद त्यो जत्तिको रमाइलो पिक्निक न कैले भयो न हुनेछ। दिन भरी त के के भो केके, त्यो लेखे त अर्को कथा बन्ला, कुनै दिन फुर्सत्मा सुनामला। तर फर्किने बेला, एउटै बसमा थियौं हामी, चिन्जान ठिकै मात्र थियो, अनी दोलाल्घाट देखी आफ्नो बास्स्थान नपुगुन्जेल सम्म घाटी सुक्ने गरी गीत गाइयो। बडो रोमान्तिक गीतहरु फुरेका थिए, त्यो ३-४ घण्टाको बस यात्रामा एती गाइयो, एती गाइयो कि के भन्नु र, भोली बिहान थाहा भो कती गाइयो भन्ने, स्वोर केइ निस्क्या थेन। लास्त लास्त तिर त गीत नै सकी-सकया थिए, लौ हार्ने भैयो केटी पार्टी सँग भन्ने लाग्या थियो, हुन त जीत-हारको त के कुरो भैयो र, तर धन्न आफ्नो गन्तव्यस्थान सम्म धानियो।

उ बेला, आफुलाई नयाँ गीत खासै नआउने, पुरानो गीत अनी ९०s को गीत अनी गजल, उनिहरु चाँही सब नयाँ नयाँ मात्र, ओहो उताबाट गाएछी याद हुने, थुक्क अघी यो गाउनु पर्ने भनेर। अन्ताक्षरिमा त हारिन्न जस्तो लाग्थ्यो (उबेला है, ऐले हैन) तर हम्मे हम्मे पार्या थिए, त्यो गाङ्गले।

फेरी तेइ बसको सयर गराइदियौ प्रभो, धन्न। माने, फेरी माने प्रभोलाई।

लु जुम जुम अघी बधुम। चुरोत-खैनी छोडुम, अगी बधुम भन्ने खै कता कता सुन्या जस्तो लाग्छ।
 
Posted on 04-29-09 9:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire u r too good....r u a professional writer?.....if no then you should start thinking of it....maybe u cud publish a novel

 
Posted on 04-30-09 8:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे गुरु अजब गयो, गजब गयो। प्रस्तुती शैली लेखन लेपन सब उत्तम दर्जा को छ ।
अर्को भागमा च्याङ्ग्राको ट्रेजेडी बैरेको लोप पर्ला जस्तो छ है, प्रतिक्षा मा छौं । 
 
Posted on 04-30-09 10:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

AlterEgo
<<Ati nai ramro...nanglo ma date gaako yaad aayo baire....dhadh sekne gari bill aako ni yaad vo :)>>


प्रभु तरुनीलाई हरियो पर्दा पछाडिको म:म: खाने ठाउँमा लानु भएन, हाम्रो पछी पछी लागेका भए त अहिले सम्म मिल्लेनर भाईइन्थ्यो कि ??


Harka Bahadur
<<भोक लाग्या बेलामा कथा पढेर अनी सिज्लर सम्झेर मुखै रसायो हो मेरो त ।>>


के गर्ने पर्भु त्यो हवार हावारती बल्या सिज्ज्लेर को बास्ना त अझै अैरहन्छ


perfectionist
<<हे प्रभो, के सार्हो बर्णन हो यो, कस्तो बिस्त्रित, कस्तो मन-मोहक, आफ्ना दिन याद आए, त्यो कालो बाइक, त्यो लेफ्तको साइद मिरर, त्यो स्पर्श, प्रभोSSSSSSSS फेरी उँइ पुग्या जस्तो भो। लौ म सँग त शब्दै नरैछन, केइ लेख्नै सकिन, एत्ती हो प्रभो, ति दिन याद आए, सार्है नै>>


पुरे सर, कालो बाइक टाईम टाईममा पछाडिको सिट लाई पालिश लगाइ लगाइ, तरुनी बस्दा घ्याच्च, घ्याच्च ब्रेक हान्दा उस्को स्पर्शले त छोड्नै नसक्ने ।


ritthe
<<त्यस्पछी के भयो?


ल घच्ची को गैराछ है बैरे ब्रो ! म नि पढ्दै छु ! बरु यस्तो गर्मी छ नगरकोट तिर को चिसो हावा हाम्लाई पनि चाडै ख्वाम है !>>


प्रभु नगरकोट त धन्य भयो उसको उपस्थितीले, त्यो चिसो हावा उस्लाई छुदा त बाफ झै कहाँ उड्यो कहाँ


rahulvai
<<अब यो बुढा त्यो सिन झल्झली सम्झेर बस्ने हो>>
ठुल्दाइ मान्छे बुढा, त्यतिकै हुने होइन, हामी त नगरकोट सम्म पुगियो, तपाईले झै दिल्ली देखी इलहबाद सम्म मचाको हल्ला अझै प्रख्यात छ


keli
<<खित...... खित.......... खित बैरे को  कथा नो कमेन्त>>
ओ मैचा, कस्तो साह्रो हो यो, एक दुई शब्द कोर्दा रिण नै लाग्ला जस्तो ?


o@$!$...'s
<<Bato ma chai kati ko break mariyo ta baire,saathi ko bhagye khule jhai katha ko sirsak pani bistarai khuldai cha hai... yo pali ta khlati ni loaded cha coke nai nachaine...jawos ajjai jawos >>


प्रभु कहाँ ब्रेक मार्ने बाटोमा, त्यो सिन, उस्को हात उडेको कपाल , "बबाल" रोक्ने त कुरै थिएन । तर लोडेड भाकोले कोक चाँही खाउ खाउ भन्नु कर थिएन ।


AlterEgo
<<Direct nagarkot ma?...keti manyo pani....>>


प्रभु कसरी नमानोस, आगो दुबइ तिर सहि बली रहा थियो , नमान्ने त कुरै थिएन ।


ritthe
<<यो भाग त क्या रोमान्टिक रैछ बैरे ! अब कैले हो 'तिम्री उनी' सँग सबै कुरा पोख्ने साइत चाँही? अर्को भाग को प्रतिक्ष्यामा ! >>


कुरा त गर्नु छ प्रभु बरु कहाँ बाट सुरु गर्ने हो त्यो पो थाहा भएन , तरुनी रिसाउने हो कि भन्ने डर पो छ त


perfectionist
<<गीत त मलाई नि एउतो याद आयो, झुकी झुकी सि नजर>>


पुरे प्रभु गीत त बाढी झै थियो, लजालु मुस्कान ले प्रियसी, आँखा आँखा बोली रहेछ ....


AlterEgo
<<Baire u r too good....r u a professional writer?.....if no then you should start thinking of it....maybe u cud publish a novel >>


प्रभु के भन्नु भाको एस्तो, यहाँ दीप, चिप्ले, ठुल्दाइ, फुच्चे, लगयात आरु रथी महा रथी हरु छन, ति अर्जुन, कर्ण हरुको अगाडि त म अभिमन्यु मात्रै हो । तपाईको कमेन्टले म क्रितज्ञ भए ।


rahulvai
<<बैरे गुरु अजब गयो, गजब गयो। प्रस्तुती शैली लेखन लेपन सब उत्तम दर्जा को छ ।
अर्को भागमा च्याङ्ग्राको ट्रेजेडी बैरेको लोप पर्ला जस्तो छ है, प्रतिक्षा मा छौं । >>


ठुल्दाइ यो लेखाइको सेली तपाई कै आशिर्बादले सुद्रिदै छ, ट्रेजेडी त नहोला यो पाली त झ्याइ पारीन्छ जस्तै छ ।
 


 
Posted on 05-04-09 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम बाणले आफ्नो काम गर्‍यो अन्ताक्षरीको पूर्ण बिराम भयो ।


अब ति दुई अघोरीहरु बाटा लाग्लान कि भनेको के हुन्थियो, एक छीन त्यही बसे । माहोल सुन्य थियो, वरी परी चरा चुरुङ्गीको मधुर गीत हरु गुन्जी रहेको थियो ।


च्याङ्ग्री - " कस्तो रमाइलो दिन आज, देव नै खुशी भएको जस्तै "


च्याङ्ग्रा - " तिमी मेरो साथमा छौ अनी मैले देवलाई बिहान बिहान पूजा गर्या, सुन्नु त पर्‍यो नि, तिम्रो लागि यती गर्नु के ठुलो कुरा हो र ?"


च्याङ्ग्राले धेरै बोल्या कुरा मलाई प्रस्ट भयो अब उु आफुले खनेको खाल्डोमा आँफै पुरिने भयो भन्ने कुरा पनि मलाई आथात थियो, मेरो आथातलाई च्याङ्ग्रीले पुरा गरिदियो ।


च्याङ्ग्री - " तिमी मेरो लागि जे पनि गर्न सक्छौ ?"


च्याङ्ग्राले नसोची "सक्छु" भन्यो, उसले सोच्या होला कि उसको जवाफले च्याङ्ग्री मख्ख पर्ला भनेर तर पासो पल्टेको उसलाई थाहा नै भएन , च्याङ्ग्रीले फेरी प्रश्न गरी - "के के गर्न सक्छौ ?"


च्याङ्ग्रा देखी म वाकिफ थिए, स्कुल भागी भागी सिनेमा हेर्न गाको कहिले काम आउँला हनी कुर्थ्यो अघोरी आज दैवले त्यो पनि जुराइ दियो, तर मैले मन मनै - फिल्मी डाईलोग नभन च्याङ्ग्रा भनी रहेको थिए,  तर मेरो मन  अर्कैको अधिनमा थियो उसले के सुन्थ्यो ?


- "तिम्रो लागि म आकाशको तारा, महासागरको मोती, हिमालमा फुल्ने गुराँस ल्याउन सक्छु .....  "                 


कुरा त्यही टुङ्गाको भए नि हुन्थ्यो तर च्याङ्ग्राको कुरै अर्को थियो, उस्लाई हरेक कुरा त्यसको चर्म बिंधु सम्म लानु पर्थियो , उसले आफ्नो वाक्यलाई - " तिम्रो लागि त म मर्न पनि सक्छु भनेर टुङ्गायो । "


च्याङ्ग्रीलाई यो कुराले असर पार्दैन भनेर म धुक्क थिए, तर उसको मुहारमा हिमालमा सुर्यको पहिलो किरण परेर टापु चम्केको झै मुस्कान चम्केको देखेर म आस्चर्यमा परे र मन डराउन थालयो ।  त्यो प्रश्नको हुरीले मेरो घर पनि ताक्छ भन्ने म निस्चित थिए, के गर्नु त्यो हुरी बिलाउने बाटोमा मेरो घर जो पर्थ्यो । त्यो हुरीको मुहान मै तिर बग्यो - " बैरे तिमी मेरो साथीको लागि मर्न सक्छौ ?" च्याङ्ग्रीले मेरो तर्फ राम बाण छोडि । उु मेरो छेउलाई आफ्नो वास स्थान बनाएर बसी रहा थिन अब यो अस्त्रले हाम्रो भर्खरै हालेको जग ढलौलाकी भन्ने त्रास उसको मुहारमा देखिन थालेको थियो । मैले च्याङ्ग्राको उत्तरमा सहमती देखाए भने आफु सँग शब्दको भन्डार खाली भएको संकेत हुने थियो, भने असहमती देखाउनु आफ्नो खुट्टामा आँफै बन्चरो हान्नु बरावार थियो । 


भन्क्तलाई भगवानले चाहेर पनि क्षती पुराउन सक्दैनन् भन्थे, मैले पनि मन मनै त्यो राम बाणलाई प्रणाम गरी - "सक्दिन" भनेर जवाफ दिए । उसको मुहारमा पृथ्वीमा ग्रहण परे झै कालो पनले ढाक्न थालेको थियो , नचाएर पनि होला उसको आँखामा पानीका थोपा हिलोमा कमल फुले झै सुसज्जित थियो । त्यो आशुको थोपाले आफ्नो मालिकलाई छोडि मेरो काधमा बिलाउने निर्णय गरेको थियो र त्यो चिसोपन मेरो काधमा गई बिलाएको मलाई महसुश भयो । च्याङ्ग्रीले - "किन तिमी उसलाई मन पराउदैनौ, के तिमीले मेरो साथीसँग खेलवाड मात्रै गर्या हौ ?" भनेर सोधिन । उसको आवाजमा आफ्नो साथीको निमित्त प्रेम र उसको हितेशीपन झल्केको प्रष्ट थियो , तर त्यो स्वोरमा मेरो निम्ती बहेको क्रोधलाई पनि मैले चिनेको थिए ।    


म पनि च्याङ्ग्राकै घनिष्ट परे, उु स्कुल भागी भागी सिनेमा हेर्न जादा उसको साथमा मै हुन्थे मैले पनि त्यत्रो सिनेमा हेर्या काम त लगाउनु नै थियो । मैले च्याङ्ग्रीको प्रश्नलाई - " म तिम्रो साथीलाई एक दम मन पराउछु, म उु सँग मेरो जीवन बिताउन चाहन्छु । म उसको हरेक सुख दु:खको साथी हुन चाहन्छु , हरेक बिहान उसको छेउ उठेर, उसको मुहार हेरेर भगवानलाई आफुलाई भाग्यमानी बनाएकोमा धन्य दिन चाहन्छु, बिहानको नास्ता, दिउसोको खाना, साझँको चिया र रात्रीको गासँ उु सँगै खान चाहन्छु । उु सँग म आफ्नो नयाँ परिवार बनाउन चाहन्छु, जानी जानी उु सँग झगडा गरी उसलाई फकाउन चाहन्छु, आफ्नो हदले भयाको सम्म सबै सुख दिन चाहन्छु । म मरे भने यो चाहना पुरा हुँदैन त्यसैले म उसको लागि मर्न सक्दिन " भनेर जवाफ दिए ।


रामबाणले हनुमानको भक्तीलाई प्रणाम गरे झै च्याङ्ग्रीको प्रश्नले पनि मेरो उत्तरलाई प्रणाम गरी बिलायो । केही क्षण चन्द्रको ग्रहण पछी सुर्य फेरी पृथ्वीमा झल्किदा, चन्द्रको परीधीबाट मणी अन्कित औठी झल्केको झै उसको मुहारबाट त्यो ग्रहण हटी, उज्ज्यालो पन झुल्कन थाल्यो । त्यही मणी अन्कित औठी मैले मन मनै उसलाई लगाइदिए । उसले मेरो हातलाई अंकमाल गरिन तर वास्तबमा उसको हृदयले मेरो हृदयलाई अंगालोमा लिएको थिईन् । मेरो काधमा फेरी उसको ओठको स्पर्श महसुश भयो र यस पटक त्यो स्वप्न थिएन, यथार्त थियो ।   


यो मिर्मल क्षणलाई भंग पार्न च्याङ्ग्राले कोशीश गर्‍यो - " माने प्रभु माने,  तपाईलाई कोटी कोटी प्राणाम । " तर समयको परिस्थिती च्याङ्ग्रीले बुझेको थिईन् र च्याङ्ग्राको दाम्लो समाउदै उसलाई त्यहाँबाट चर्न अन्तै लगिन् । हाम्रो सामु बिलाउन अघी दुबै हाम्रो तर्फ फर्की च्याङ्ग्राले - "ल अब हाम्रो नासो तेरो भयो बैरे, राम्रो सित साचेर राख्नु नि फेरी " भनेर भन्यो ।  उसले च्याङ्ग्रालाई दाई भनेर सम्भोदन गर्या भएर च्याङ्ग्रा दाईको हक निभाएर आफ्नी बहिनी मलाई स्वोम्पेको कुरा मैले बुझेको थिए ।


म केही बोलिन, उनीहरु हाम्रा आँखा अगी बिलाए ।  


    


 
Posted on 05-04-09 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकै साँसमा भन्यौ होला क्यारे, मैले नि एकै साँसमा पढें। <<<" म तिम्रो साथीलाई एक दम मन पराउछु, म उु सँग मेरो जीवन बिताउन चाहन्छु । म उसको हरेक सुख दु:खको साथी हुन चाहन्छु , हरेक बिहान उसको छेउ उठेर, उसको मुहार हेरेर भगवानलाई आफुलाई भाग्यमानी बनाएकोमा धन्य दिन चाहन्छु, बिहानको नास्ता, दिउसोको खाना, साझँको चिया र रात्रीको गासँ उु सँगै खान चाहन्छु । उु सँग म आफ्नो नयाँ परिवार बनाउन चाहन्छु, जानी जानी उु सँग झगडा गरी उसलाई फकाउन चाहन्छु, आफ्नो हदले भयाको सम्म सबै सुख दिन चाहन्छु । म मरे भने यो चाहना पुरा हुँदैन त्यसैले म उसको लागि मर्न सक्दिन ">>> सार्है मन पर्‍यो प्रभो।

साँची अनी उ ऐले कहाँ छिन्? (उत्तर त थाहा छ, तै पनि सोधी हेर्या)

 
Posted on 05-04-09 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पर्भू बैर्‍या अगाडि त लैला मज्नु को मज्नु के मज्नु ? मखुला ?
राम्रो प्रस्तुती । उत्तम लेखाइ ।
 
Posted on 05-04-09 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kati tarif garne baaire ko....sabda nai sakiyo.....tooo good baire...facebook ma fan page kholnu...i ll be the first to be ur fan

@prefectionist, do u know baire personally?

AE




 
Posted on 05-06-09 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म केही बोलिन, उनीहरु हाम्रा आँखा अगी बिलाए ।


हामी एकै छिन मौन थियौ, म वरी परीका द्रिश्यलाई आफ्नो मायालुको दाजो गर्दै थिए र हरेक चोटि उस्कै जीत हुन्थ्यो । त्यो मौन्तालाई भंग गर्ने मन मलाई थिएन, तर पच्चिम दिशा क्षितिज भन्दा माथि आएर मन्दौदै गरेको सुर्यलाई निल्न खोज्दै थियो , उदाउदै गरेको चन्द्रले हाम्रो भेटको अन्त जताउदै थियो । चन्द्रमा गमक्क पर्नु अघी मनको कुरा उु सँग पोख्नु जरुरी ठानेर मैले - "किन मौन छौ, म सँग केही कुरा गर्नु मन छैन " भनी सोधे ।


"होइन, कुरा कहाँबाट सुरु गर्ने भनी सोची रहेकी थिए " भनी उसले जवाफ दिदै फेरी मलाई - " अघी तिमीले भनेको कुरामा सत्यता थियो कि मलाई मख्खाउन मात्रै भनेको" भनी सोधिन ।


"तिमिलाई के लाग्छ ? "


"खै म तिम्रो मनको कुरा कसरी बुझु ?"


"मन त तिमी सँगै छ सोधे भई हाल्यो नि, यदी च्याङ्ग्राले भने झै जे पनि गर्न सक्या भए त यो समयलाई अहिले यही रोकिदिन्थे।  "


उनी पेरी मुस्काराईन


यसरी नै हामी केही क्षण आ-आफ्नो तर्क हरु गर्दै थियौ साथै आफ्नो भविष्यको कुराहरु पनि । उसलाई डाक्टर पढ्नु मन रहेछ र उसको दाई झै उसलाई पनि पाकिस्तान बाट त्यो डिग्री हसिल गर्नु थियो ।  घरमा छोरीपनी छोराको दाजोमा अघी बढ्न सक्छ भनी देखाउन उसलाई मन रहेछ । मैले उस्को निर्णय लाई आफुले पनि समर्थन गरेको र हरेक कदममा उसको समर्थन गर्ने छु भनी सुनाए, तर पनि मन खिन्न थियो । उनी परीक्षा परिणाम पछी नै जानु पर्ने रहेछ । आफुबाट आफ्नो माया टाढा हुने भईन् भन्ने पिरले उनी साथमा हुँदा पनि उसको अवाभ महसुश हुन थाल्यो ।


उसले मेरो हात थाम्दै , बैरे जाने कुरा आहिले सम्म निस्चित भएको छैन, अतितको कुरा गरेर फाईदा नभएको झै, भविश्य पनि अनिश्चित छ त्यसैले भविश्यको बिकल्पमा हामी आफ्नो बर्तमानलाई खेर नफालौ । अहिले म तिमीसँग छु, तिमी म सँग यो भन्दा अरु केही मैले खोज्या पनि छैन र खोज्दिन पनि । अहिले तिमी नै मेरो अतित, बर्तमान र भविश्य हौ र यो कुरालाई तिमी बदल्न नखोज ।


भावुक कुरा हुँदै थियो, कवाफमा हड्डी भन्या झै दुई मलेवा जोडी टप्किए ।


च्याङ्ग्री - " के हो तिमीहरुलाई घर जानु छैन ? ओये तलाई तेरो बाउँले मार्ला नि लागुम अब घर तिर "


मैले च्याङ्ग्रीको कुरालाई नकार्न सकिन, हामी पो केटो मान्छे ढिला भएनी फरक पर्दैन , तर उनी त भर्खर जलजलाउदो युवती थिन्, मान्छे हरु कुरा काट्ने निउ मात्रै पाउथे । त्यसो हुन म चाहन्न थिए । हामी त्यहाँ बाट आफ्नो वास स्थान तिर फर्कियौ । जादा ओठका स्पर्श हरु भ्रम मात्रै थियो भने फर्किदा त्यो भ्रम साचो भई वास्तबीक्ता बनेको थियो । मेरो जिउलाई उसको अंगालोले थामेको थियो भने मेरो काधले उसको शिर र ओठका स्पर्शहरु लाई ।


तरुनीहरुलाई घर छोडेर हामी पनि आफ्नो आफ्नो बाटो नाप्यौ । च्याङ्ग्राले एकै छिन जाम मेरोमा भन्दै थियो तर म एकान्त चाहन्थे, उ सँग गरेका कुराहरु उसको स्पर्शहरु सम्झी त्यो रात ताराहरु सामु बिताउन चाहन्थे । जीवनले नौलो मोड लिएको झै लागिरहेको थियो त्यसैले म एकान्त चाहन्थे । दिनले रात निघलेको , ताराहरु भएको आकाशमा कती खेर चरा चुरुङ्गीले ढाक्यो केही पनि यादै भएन ।


................... (अब हरेक भेटका कुराहरु लेख्न थाले भने कहिले टुङ्गिने ? त्यसैले हाम्रो बिछोडका दिन तिर लागुम्   )


यसरी समय बिती रहेको थियो हाम्रो डबल डेट जाने क्रम पनि जारी नै थियो । उसले पढाईमा पनि ध्यान दिनु पर्छ भनेर कहिले काही कम्बाईन स्टडी पनि गरियो ।


हेर्दा हेर्दै परिक्षाले पनि ढोका ढक्ढक्याउन थाल्यो र जसरी आएको थियो उसै गरी बिलायो पनि ।


परिक्षा सके पछी हामी शहरका राजा भयौम्, सगरमाथा नै चढ्या झै हाम्रो सान थियो । घरमा पढ भन्ने कच कच पनि बन्ध भएको थियो, अब केवल प्रतिक्षा थियो त परीणामको ।


मलाई भविश्यको प्रतिक्षा गर्नु थिएन कारण परीणाम थिएन मेरी मायालु र मेरो बिछोडको चोट थियो । हरेक चोटि हाम्रो भेट हुँदा, जती नचाहदा पनि म हाम्रो बिछोडको साहीत लियी समय आइपुग्छ भन्ने चिन्तामा पर्थे । उसले पनि मलाई स्वान्तोना दिन धेरै प्रयास गर्थी, उसको प्रयास ब्यर्थ नजावोश भनी म हासिदिन्थे, त्यो क्षण नारायण गोपालले "मुटु माथि ढुङ्गा राखी हास्नु पर्या छ " भनेको मर्म बुझे ।


समयले रोक्ने कुरानै गरेन, मेरो बसन्तमय जीवनमा काचुली फेरी हिंदको जाडो पन छाउन थाल्यो । कुह्री रहेको साहित पनि अब डाँडा काटी बेसी झरी टोल मै पुगिसकेको थियो, हल्ला खल्ला धेरै भयो र हावाले पनि साहितको समय मेरै कानमा ल्याएर सुनाईदियो अब त के पर्खाइ भयो र ?


 


जानु एक दिन अघी उसले मलाई रोक्न को लागि आग्र्ह गर्‍यो तर उसको उन्नतीको अड्कनको कारण म बन्न चाहन्न थिए । अहिले हाम्रो दाइत्व फेरिएको थियो, सम्झाउनु पर्ने मान्छेलाई सम्झिनेले नै सम्झाउनु पर्‍यो ।


छेउमा च्याङ्ग्रा स्थितीलाई अली सरल बनाउन कहिले - "टाढा नजाइ देउ तिमी " र कहिले "आँखै मा झल झली " भन्दै गाउदै थियो । मेरो उपस्थितीले उसको आँखा रसाएको थियो भने च्याङ्ग्राको गीतले उसको ओठमा हासोको किरण झुल्काएको थियो ।


जाने दिन आफुले हासी हासी उसलाई नयाँ यात्रामा पठाउने निर्णय गरे । त्रिभुबन अन्तराष्ट्रिय बिमान्स्थलमा हाम्रो हुल जम्मा भयो , च्याङ्ग्रीको आँखाबाट टुकुचामा बाढी ल्याउने खोला बगीरहेको थियो, च्याङ्ग्रा पनि समय समयमा आँखा रसाउदा बिलाउथ्यो, म भने कापेको स्वोरले आफ्नो मायालुलाई बिदा गर्दै थिए, पुग्न साथ फोन गर्ने आग्रह गरे । च्याङ्ग्रा र मैले केही बाचावट गर्या पैसा पाकिस्तानी रुपैयामा साटेर उसलाई दिए । घरबाट लग्या पैसा त्यहाँ पढाईमा खर्च होला बरु अरु खर्च हामी बेवरौला, पैसा चाहिएमा फोन गर्नु, समय समय मा चिट्ठी लेख्दै पनि गर्नु भनियो, के गर्नु यो जमानामा झै ईमेल र ईन्टरनेटको सुविदा थिएन ।


बिछोड बिनाको मिलन पनि के मिलन भने झै जानु अघी मैले उसलाई म उसको प्रतिक्षा गरी रहने छु भनेर आश्वासन दिए र सोही उसले पनि मलाई । उसका आँखा फेरी रसाए, मलाई फेरी आफ्नो अंगालोमा बाधिन्, मैले पनि उसलाईलाई कसेर अंगालोमा लिए । जहाज उड्ने समय भई सकेको थियो उसलाई अरु थाम्न मैले सकिन ।


उनी हावाई जहाज  भए तिर लागिन आफुले हावाई जहाज आँखामा नबिलाउन्जेल हेरी रहे ।


"ल ल हिड जाम, यो घाडोलाई (च्याङ्ग्री) नि घर छोड्नु छ " च्याङ्ग्राले च्याङ्ग्रीलाई अंकमाल गर्दै भन्यो  


च्याङ्ग्रीले, च्याङ्ग्रालाई केही भनिन, उसलाई पनि थाहा थियो च्याङ्ग्राले उसको मुहारमा हासो ल्याउने प्रयत्न गर्दै थियो भनेर । हामी त्यहाँबाट घरतिर लाग्यम् ।     
   


 
Posted on 05-06-09 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे प्रभो, आँखाबाट आँसु ल्यायौ यार, आज म अरु त केइ लेख्दिन, प्रणाम गरें प्रभो मैले त

यो कथाको अर्को भाग पिलिज छिटो राखुम है, खै कता कता जान्या-सुन्या-देख्या कहानी जस्तो पो लाग्यो, यहीं आएर अड्केको छ, बिलम्ब नगरुम है

@AE बैरेलाई personally चिन्छु भनुम कि खै के भनुम, एस्तो खुल्लम खुल्ला त भन्न मिलेन नि प्रभो, खै कुरो बुझ्या, हैन त बैरे गुरु?

 
Posted on 05-06-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bicharaaa baire bro...
 
Posted on 05-06-09 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनी तिम्री को आमा बा दाई वा परिवारका अरु मान्छे कोइ नि आएनन त एअरपोर्ट पुर्याउन? कि सिन डिलिट गर्या बैरे ले?


ल यो भाग पनि मस्त छ एकदम !


त्यस्पछी के भयो?


 
Posted on 05-06-09 2:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

shuruko bhagharu padhe ani yo lastko pani bichko ek-duta chhutyachha. padchhu feri. gajjab chha darho
 
Posted on 05-06-09 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

perfectionist
<<साँची अनी उ ऐले कहाँ छिन्? (उत्तर त थाहा छ, तै पनि सोधी हेर्या)>>


प्रभु यो राज अहिले नै खोल्यो भने त कहानी कसरी टुङ्ग्यौ म ?


rahulvai
<<लौ पर्भू बैर्‍या अगाडि त लैला मज्नु को मज्नु के मज्नु ? मखुला ?>> 


ठुल्दाइ भविश्यमा तपाईका छोरा छोरीले बैरेको ब्यथा भनेर पढ्ने छन । को लैला, मज्नु , आशिक हो तो बैरे जैसा भन्दै लोल


AlterEgo
<<Kati tarif garne baaire ko....sabda nai sakiyo.....tooo good baire...facebook ma fan page kholnu...i ll be the first to be ur fan>>


प्रभु तपाईको हरेक कमेन्टले मेरो मान बढाएको मा म क्रितज्ञ छु, मेरो शब्दकोश मा तपाईको अभार प्रकट गर्ने केही शब्द नै छैन त्यही पनि म धेरै आभारी छु भन्ने जानकारी चाँही गराउन चाहन्छु


perfectionist
<<हे प्रभो, आँखाबाट आँसु ल्यायौ यार, आज म अरु त केइ लेख्दिन, प्रणाम गरें प्रभो मैले त
यो कथाको अर्को भाग पिलिज छिटो राखुम है, खै कता कता जान्या-सुन्या-देख्या कहानी जस्तो पो लाग्यो, यहीं आएर अड्केको छ, बिलम्ब नगरुम है
@AE बैरेलाई personally चिन्छु भनुम कि खै के भनुम, एस्तो खुल्लम खुल्ला त भन्न मिलेन नि प्रभो, खै कुरो बुझ्या, हैन त बैरे गुरु?>>


पुरे प्रभु बितेका कुरा ले धेरै चोट लाग्छ भन्थे कसैले, आज त्यही बितेका कुरा सम्झदै हो कि क्य हो ??
@AE कतै पुरे च्याङ्ग्रा त होइन ??? खै कुरो मलाई नै बुझ्न गाह्रो भयो


riTThe
<<अनी तिम्री को आमा बा दाई वा परिवारका अरु मान्छे कोइ नि आएनन त एअरपोर्ट पुर्याउन? कि सिन डिलिट गर्या बैरे ले?>>
ज्वाँई गाको बेला कहाँ आउनु नि आमा बाबु घरै बाट ढोकामा गाग्री राखी, साहित हेरी पठाएँ, हामीलाई के चहियो ?


khushii
<<Shuruko bhagharu padhe ani yo lastko pani bichko ek-duta chhutyachha. padchhu feri. gajjab chha darho >>


खुशीले मेरो कथा पढेर कमेन्ट गरेको मा मन खुशी आफु आभारी भएको छु ।


 
Posted on 05-06-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब भन्ने पक्कै आशिकी हो तो बैरी जैसा नै भन्ने बेला भो।


मार्मिक र धार्मिक लाग्यो। बिछोडलाई छोड मिलन को कुरा गर।


बाँकी भाग को प्रतिक्षा मा ।


उही ठुलदाइ ।


 
Posted on 05-06-09 4:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बैरे
<<<perfectionist
<<साँची अनी उ ऐले कहाँ छिन्? (उत्तर त थाहा छ, तै पनि सोधी हेर्या)>>

प्रभु यो राज अहिले नै खोल्यो भने त कहानी कसरी टुङ्ग्यौ म ? >>>

एइ उत्तरको अपेक्ष्या गर्या थिएं

<<<@AE कतै पुरे च्याङ्ग्रा त होइन ??? खै कुरो मलाई नै बुझ्न गाह्रो भयो >>>
च्याङ्ग्रा त पक्कै होइन
 
Posted on 05-06-09 6:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ka bata ka pugyo.....love parne bittikai tragedy....

And biare...gimme me some hint ..i think i know u...

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters