chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मुग्लान भास्सिँदाका सम्झनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 159]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 82791 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-22-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्‍यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।

सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए।  उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।

हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्‍यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।  

सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।

यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्‍यो।

क्रमश:          

         

     
                
                     

 

 
Posted on 09-21-08 4:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am reading too.


 
Posted on 09-22-08 5:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जंकीजी, धन्यवाद। तपाईंहरु जस्तै पाठकहरुको न्यानो मायाले त हो नि हाम्रा औंलाहरुले किबोर्डमा बास गर्ने। मिलेसम्म अरु पनि लेख्दै गरिहल्छु नि।
हो नि, भाडा धेरै महँगो नपरे त निकै सजिलो हुन्थ्यो तपाईंहरुको नयाँ सेवाले। सँधै ४ देखि ६ सेग्मेन्टको यात्रा हुने गरेको छ आफ्नो त। 

क्रेजीजी, भनेपछि तपाईं एक कुशल कथाकार मात्रै नभै अत्तर बिशेषग्य पनि हुनुहुन्छ जस्तो छ।
मैले पनि पोहोर साल सुवर्णभूमि (थाइहरुले स्वर्नपूम कि त्यस्तै के भनी उच्चारण गर्दा रहेछन्) बिमानस्थलबाट यात्रा गर्ने मौका पाएको थिएँ। लुइस टाभर्न त त्यहाँ पनि थियो तर बसिएन। अनि खोइ, तपाईंको कथाहरु पढ्न पाइएको छैन नि अचेल, यसो मौका पारी केही कोर्नुहोस् न।

whoIam, पढियो त?

 
Posted on 09-23-08 5:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


क्रेजीजीले सुवर्णभूमिको कुरा निकाल्नुहुँदा एउटा अर्को कुरा सम्झिएँ। मैले यात्रा गर्दा (२००७ को फेब्रुअरी) त्यहाँका जेटवेहरुमा राजालाई चिरायुको कामना गरिएका पेन्टिङहरु थिए। त्यतिबेला नेपालमा भने राजतन्त्र निलम्बित अवस्थामा गैसकेको थियो। २००६को ऊत्तरार्धतिर तात्कालीन प्रधानमन्त्री थाक्सिन शिनवत्रालाई राजा निकट मानिने सैनिकद्वारा कू गरी बर्खास्त गरिएको थियो। बिमानस्थल खुलेको पनि केही महिना मात्रै भएको थियो। एउटा ट्याक्सीवे खाल्डाखुल्डी पर्नुको कारण बन्द गरिएको थियो। शिनवत्रालाई उपरोक्त बिमानस्थल निर्माण लगायत अन्य बिभिन्न कुराहरुमा भ्रष्टाचारको आरोप लागेको थियो।

एउटा सानो प्रसंग सम्झिएर राखिदिहालेको है। संस्मरण बिस्तारै अघि बढाउने छु।        

 
Posted on 09-23-08 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढियो , वाल्ल परियो । संझना शक्ती को भक्ती गर्नु पर्ला जस्तो छ। अचेल बिर्सिने रोग लाग्या छ।
अम्रिका मा धेरै को सामान हराउछ कि क्या हो त्यो पनि फस ट्याम ल्याण्ड गर्डा। मेरो पनि सामान हराएको थियो। ५ दिन पछी आयो, सुट्केस माटा गाग्री फुटाए सरि फुटाएर ।

 


 
Posted on 09-24-08 9:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ठुल्दाइ, पुरानो कुराहरु बढी सम्झिनसक्छु नयाँ भन्दा पनि। २२ बर्षे जवानीमै किन यस्तो भएको होला?  

 
Posted on 09-24-08 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""Dr Pepper भन्ने पनि पेय पदार्थ हुँदो रहेछ, नाम सुन्दा मरिचमान सिंहलाई सम्झिएँ। ""

हाहाहाहा हँसाउनभयो चिप्ले!

अब जिन्दगीको लाइफमा फस्ट ट्याम निम्न कुराहरु पनि लेख्नुहोस न सम्झना छ भने -

१) रुट बियर भन्ने जिनिस चाखेको

२) भेन्डिङ मेसिनमा पैसा राखेको

३) प्रोफेसर हाल्फ प्यान्टमा कफिको मग लिँदै पढाउन आएको

४) आदि ईत्यादी.....

आफ्नो पहिलो अमेरिका प्रवेश याद आयो।

जावस जावस!


 
Posted on 09-24-08 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple. enjoyed your narrative!

Remember in elementary school when we had this game that required memorizing details about different aircraft types?  It looks the attention to detail about aircraft models has remained with both of us.

 


 
Posted on 09-24-08 10:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 हजुरको दिमाग चै माने मैले चिप्लु। कस्तो सम्झिन सक्ने बाफ्रे।

Dr. Pepper सुन्दा मरिचमान सिंहलाई सम्झे रे

अरु पनि थप्दै जानुस् है। मलाई आफ्नो दिनहरु झल्झली आँखामा आउन थाले अब चै।

Last edited: 24-Sep-08 10:35 AM

 
Posted on 09-24-08 11:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

""Dr Pepper भन्ने पनि पेय पदार्थ हुँदो रहेछ, नाम सुन्दा मरिचमान सिंहलाई सम्झिएँ। ""
Kina?? marichman le k garya thyo ra???

maldai pahilo choti  "
भेन्डिङ मेसिनमा पैसा राखेको" malai ni yaad aauchha!! suru suru ma 2 4 din ta arka le gareko here matra, paisa halina, ani tespachhi gare... kati ramailo lageko thyo!!!

 
Posted on 09-24-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ma pani padhdai chhu hai , ramaro rahecha samjhana britaanta :) 
 
Posted on 09-24-08 1:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चिप्ले साथी कलेज ल्याइपुर्याइसकेउ अली धेरै दिन लार आको भए नि हुन्थ्यो नि कस्तो रमाइलो भई राछ पढ्न लाई। तिम्रो स्मरण शक्ती को त कुरै नगरुम साथी, के खाने गरेको थियो भनम ना हामीलाई नि। अब झन अरु सस्कृतिक झड्का हरु सुन्न झन रमाइलो होला भन्ने आशा गर्दछु।

ल थपम थपम अरु पनि।


 
Posted on 09-24-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म पनि पढ्दै छु चिप्ले। अन्तिम गन्तब्य आइपुग्दा र कलेज सम्म पुग्दाका घटनाहरु मेरो पनि धेरै नै मिल्न आयो।
 
Posted on 09-24-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I dont know what happened to this thread that the whole presentation is in different script .Its very hard to understand.So let us know how to enter or what to do to enjoy this thread.


 
Posted on 09-24-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौ यो Dr Pepper को कुराले कति जनालाई घत परेछ।  चेली, खाली नामको कारणले गर्दा मात्रै सम्झिएको हो, उनले केही गरेर होइन।
जिम्मालबा, बल्ल त कलेज पुगियो, अब त्यस्तै अनुभवहरु भोग्न शुरु गर्ने बेला भयो नि। अवश्य पनि तीनलाई यहाँ समेट्नेछु।


Arnico, good to see you back in Sajha. I sure remember the card game very well. These days, I visit airliners.net every now and then to check out pictures of commercial airliners.

दीपू, आँखामा आएका सम्झना हामीसँग पनि बाँडन।
प्रेरणा, धन्यवाद। पढिसकियो त?
बिष्टे, कलेज पुग्न अघिका कुरा अरु खास नभएर हो। अब पुगेपछिका कुरा लेखौंला नि। खान त साधारण खानेकुरै खाएको हो। हर्लिक्स, बर्नभिटा त्यस्तो केही खाएको थिइनँ। मासु पनि शनिवार एक दिन हो क्यारे।
नेत्रे, पढिदिएकोमा धन्यवाद। अनि हाम्रो गामतिर आएर खबर नगरि भागीदिने भन्या?

Amiran, that is strange. Were you able to read any of the other threads in Nepali?
        

 
Posted on 09-25-08 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple ji maile jaba yeha ko katha padna sajha open gare yeha ko katha ko script ta chinese or japanese language jasto ma paye.so malai taha bhayena ani maile khi idea dinuhunchha ki bhanera sodheko matra ho.ani yeha ko katha padera comment garne ko scriptko pani testai halat excet Arnico,Pina007 and whoIam.so kina yesto bha ho maile bughna khojeko ho.Aru thread jasto deepika ji ko pani page first open garda testai thiyo so second page open gare then nepali script aayo.But yeha ko katha padne milena kina ho.so can u give me some ideas to go through ur stories?

 


 
Posted on 09-25-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

copy pathaudai chhu yeha lai.


लौ यो Dr Pepper को कुराले कति जनालाई घत परेछ।  चेली, खाली नामको कारणले गर्दा मात्रै सम्झिएको हो, उनले केही गरेर होइन।
जिम्मालबा, बल्ल त कलेज पुगियो, अब त्यस्तै अनु�­वहरु �­ोग्न शुरु गर्ने बेला �­यो नि। अवश्य पनि तीनलाई यहाँ समेट्नेछु।


Arnico, good to see you back in Sajha. I sure remember the card game very well. These days, I visit airliners.net every now and then to check out pictures of commercial airliners.

दीपू, आँखामा आएका सम्झना हामीसँग पनि बाँडन।
प्रेरणा, धन्यवाद। पढिसकियो त?
बिष्टे, कलेज पुग्न अघिका कुरा अरु खास न�­एर हो। अब पुगेपछिका कुरा लेखौंला नि। खान त साधारण खानेकुरै खाएको हो। हर्लिक्स, बर्न�­िटा त्यस्तो केही खाएको थिइनँ। मासु पनि शनिवार एक दिन हो क्यारे।
नेत्रे, पढिदिएकोमा धन्यवाद। अनि हाम्रो गामतिर आएर खबर नगरि �­ागीदिने �­न्या?

Amiran, that is strange. Were you able to read any of the other threads in Nepali?
        


 
Posted on 09-25-08 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Amiranji, "भ" jati "दshy" bhaera aaune rahechha. Aruko maa nabhaera kina meraimaa huna paryaa holaa?

Any suggestions for him/her?

 
Posted on 09-25-08 12:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple ji thanks for quick response.Maile yehalai copy gareko  le thaha paunu bhayo hola.But no solution what to do.

aru sathi harule kasari yehako story padnu bhayo.plz fren let me know .Ki yo problem mero ma matra aako ho ki plz plz i need your suggestion on this matter.


 
Posted on 09-25-08 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Unicode encoding ko kehi samasyaa ho ki Amiranji? View-Encoding ma jaanuhos, Unicode select bhaeko chha ki chhaina? Nabhaikana ta arule lekheko pani padhna sakinnathyo hola. Font change garda kehi help huncha ki ta?

Kohi chhan yo kurama expert aru?

 
Posted on 09-26-08 7:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks a lot Chiple ji.Yeha ko last suggestion le kaam garyo.Unicode ma gaye ani  unicode (UTF-8)click gare then problem solved bhayo.Aaba story padera comment ta garne nai chhu.Keep waiting hai ta.
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Dementia Joe has been selected to become the next President
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters