[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227114 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-26-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो हर्के, ठुलिले नआएरै सोध्या हो ! सत्य कुरा गर्दा हर्केको जवाफ अली रुखो जवाफ भा' जस्तो लाग्यो है मलाई नि !
के गर्ने 'चुरा लाये पछी बझ्छ' भन्छन -- यसरी लामो समय सम्म चौतारीका केही सिमित सदस्यहरु एउटै परिवार जस्तो गरेर हाँसो,
ठट्टा, रमाइलो गर्दै बसेपछी कहिले काही त्यस्तो पर्न जान्छ ! आफ्नो मनले भन्न खोजेको भन्दा बेग्लै कुरा लेख्दिनछन  यि औंलाहरुले !
कैले काही राम्रै कुराको पनि नराम्रो अर्थ निस्किदिन्छ ! अत: दुवै पक्षले अब पुराना कुरालाई बिर्सेंर बिगत झै भाईचारा कायम राख्न अनुरोध !

कि हर्केले जिस्केर भन्या हो भनेर '' टास्नु पर्थ्यो छेउमा ! एकदम अचुक उपाय हो त्यो त ! म नि कसैलाई गाली गर्न मन् लाग्यो भने
बेस्कन गाली गर्‍यो अनी ल्वात्त ला'र छेउ मा '' जिब्रो निकाल्यो ! साप पनि नमर्ने, लाट्ठी पनि नभाचिने ! 

 
Posted on 03-26-08 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुला ठुला अक्षरले ठुलो नमस्कार गरेको नि!!

 
Posted on 03-26-08 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अब मैले जाने, रिठ्ठेले गरे झै गर्छु म पनि अब देखुन, लौ ठुलि मलाई माफ गरिदेउ, गल्ती भो, हामीलाईत कसैले म जसरी बोल्यो भने बल्ल आफ्नो मान्छेले झै बोल्यो भनेर दिल खुश हुन्छ, अब ठुलि मैशाप लाई जिउ हजुर गर्नु पर्ने होकी के हो?
 
Posted on 03-26-08 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा मीठो गीत गाई देउ,
नबोल्ने संग मीत लाई देउ।
यस्तै छ संसार को रीत,
घ्रिणा त्यागेर प्रीत लाई देउ।

 
Posted on 03-26-08 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु म चै लाग्नु पर्ने भो, चौतारीमा बशेर हाश खेल गर्दा समय बितेको पत्तै हुन्न हो। है त शरङी रेटौला मौका मिले फेरी भेटौँला।
 
Posted on 03-26-08 9:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्ठे त कस्तो बाठो
 
Posted on 03-26-08 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


रात्रीको अन्धेरी बिहानीको सुनौलो
यही नै संसारको रित हो साथी
हरेक पलमा दुखै दु:ख छ
सुख त बाहाना नै हो !

वाह क्या लाइन छ !

 
Posted on 03-26-08 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलिले हर्केलाई लखेटेरै छडिन। अब त आउ ठुलि।
 
Posted on 03-26-08 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे बाठो रे? लौ कसरी?


 
Posted on 03-26-08 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुनलाई वाह! भनेको रिट्ठे ? मेरो मा वाह ! भनेको पक्कै होलाउ क्या रे। त्यो अर्को त झूर। जगजित सिंह को गजलको अक्षरस: नेपालीमा सारेको चोरी लेखाइ लाई त पक्कै वाह ! भन्नु न पर्ने हो।
 
Posted on 03-26-08 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


:O खित् खित् खित् सबै जना क्या सिरिएस के। अब म मेरो हर्ने दाइ सङ रिसाउचु होला त। हर्के दाइलाइ नबोल्ने भनेर थर्काको पोत.


 
Posted on 03-26-08 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधबारे जदौ यो सोझो कुम्लेको!

चाइन्जो क्यार्दै छौ गाम्ले पातकीहरु? हाउँरा जिम्मालबाको नलिखुट्टो अचेल कत्तिओ दुख्छ? अन्खेरुन हाम्री मिस कता जानु भओ अचेल भन्चु र! राहुल दाई को पढाई अनि हाउँरा देशमा काँग्रेस-कम्युनिस्टको लडाई कहिले नसकिने भओ, तारेमाम्!


 
Posted on 03-26-08 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ तपाईं कै लाई वाह भनेको हो !
झुक्किएर टास्सिएछ है, निकाल्नै मिलेन

ठुलि 'हर्ने' भनेको के हो ताअाअाअाअाअाआ?

 
Posted on 03-26-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाई को पढाई अनि हाउँरा देशमा काँग्रेस-कम्युनिस्टको लडाई कहिले नसकिने भओ, तारेमाम्!


 
Posted on 03-26-08 10:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हो हो ठुल्दाइ तपाईं कै लाई वाह भनेको हो !
झुक्किएर टास्सिएछ है, निकाल्नै मिलेन

ठुलि 'हर्ने' भनेको के हो ताअाअाअाअाअाआ?

 
Posted on 03-26-08 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम कुम्ले,नारने,रिट्ठे। हन हिजो आज चित्रे कता हरायो हँ? खोजी पत्तो लाउनु पर्‍यो, होली अंक नि भरिन आँट्यो,चौतारी नि सार्नु पर्ने,
लौ रिट्ठे, ठुलदाइ एउटा सुचना निकल्नु पर्‍यो 'चित्रे हराको सुचना'।
 
Posted on 03-26-08 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खित् खित् खित् सरि गल्ति भयो आ मिन हर्के दा। उ बेला मैले कम्ताको गल्ति गरेको थिएन। तिरुलाइ खै के हो लेखेको थिए। तिरुले नभनेको भए मलाइ थाहै नहुने ।अहिले सम्झिदा हास्नि उत्थ्च लाज नि लाग्च।



 
Posted on 03-26-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यही त कुम्ले, मेरो पढाई अनी कांग्रेस-कम्युनिष्ट को लडाईं उस्तै उस्तै भो नारान।


घरमा बुढी आम्मै छोरो को पढाई सक्याए बडाइ गर्न दैलो कुर्‍या कुरेइ छ। ५ सय चानचुन जाँच दिइ सकें  अझै सकिंदैन। के भाको के?

कमाउने कहिले घरअबार जमाउने कहिले?  आफु संगै को सबिताले कती ठाम मा पोइला जान भ्याइसकी। तिनले नि पढेकै थिई। आफौ संगै को मित्र पर्धान मन्त्रीको परराष्ट्र सलाहाकार भए ( इलाहाबादी) आफु अझै किताबमा दिमाग हो कि दिमाग मा किताब घोती   रहेछु। मानौं यो छाती बाँझो खेत हो अनी पीडा जोती रहेछु।


 
Posted on 03-26-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब गावँलेको जे राम जि कि।

हम्रो गावँमा एक्टा हम्रो दोस्त जोगिन्दर भन्यो कि टाटाबिराला जो छ सला लखटकिया बनाइलियो। जोगिन्दर भन्छ कि सला अब टिरेक्टाँर विरेक्टाँर बेचखेचके लखटकिया कारगाडि खरिदनेको छ। हुजुर भन्नुहोस सला कारगाडि देइखके कौन सुसराके दिल ललचावँदेन?? हँ? त हमि भि देखेछु टिविमे कारगाडिसे गोरि गोरि मेम उतरेको गाँगल लगाइके, बहुते देखेछु हमि। त हम भि सुसरा आदमि छ, हमको भि कारगाडि चलावनेको दिल करेछ। पर हुजुर बात आवँछ पेसा टकाके, त लाख टका जो छ, उ सुसरा हमरो संग मा थियो त हमि शादि बनाइहाल्थ्यो। त बात हियाँ छ, करनेको त सला टिरेक्टर हमि भि बेँचनेको सक्छ, पर उ पेसासे सला लखटकिया खरिदके शादि कौन पेसासे बनावने? त हुजुर बात बहुते पेँचिदा छ, लरकि और कार सला हमरो किस्मतियामे दोनो चिज जो छ, तालमेल मिलेछेन। जैसन जोगिन्दर भन्यो वैसन लोगन भन्छ कि, कार लाख मे आवँछ, लरकि बात मे आवँछ। पर सुसरा हमरो किस्मतियामे लाख लियावनेको जिन्दगीके रोटिमा लात मारनेको पर्छ और बात करेनेको बादमा आएको लरकि भि रफ्फुचक्कर हुन्छ।हँ? त भन्नुहुन्छ हुजुरलोगन कि मदनवा जो बात कर्छ खालि लरकि नपाइलिएको बात कर्छ, त कथि करने? पाएछेन त सला पाएछेन, पर हमि हिम्मतिया हारेछेन्, धोति फाडके रुमाल बनावँछ, बाल झाडके मैदान बनावँछ पुनटे बुह्रो को जैसन, टाङ घोइटके जिमवाला बुह्रो जैसन बनावँछ पर सला एक्टा लरकिके संग शादि गोना करने दिखावँछ गावँले लोगनको! गएल भैँस पानीमा,... सला लखटकिया कोहि जोगिन्दर लियाउ वा कोहि लङगुर लियाउ हमि मतबल करेछेन, करारि लरकि सलमानवा घुमायो वा कोहि सदाशिव अमरापुरकर घुमायो हम्रो मुंछके कोहि तिनका उखाडेछेन। सब बात उ टेममे जाके बननेको छ जम हमि लरकि पावँछ।

जे राम जि कि।


 
Posted on 03-26-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहुरररररर!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Poonam pandey - death or suicide?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters