[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227145 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-26-08 8:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"लौ हर्के को केत्ली (टाउको) उम्लयो जस्तो छ"
 
Posted on 03-26-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि त साँची को आमालाई सोध्न गैन जस्तो छ "केत्ली" भन्या के भन्दै।
 
Posted on 03-26-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक गर्छ कुरो चै रिठ्ठेले, टन्के नै ठीक हुन्छ जस्तो छ अरुको केही सुजाब छ कि, ठुलि कता गयी, ठुलीईीईीईीईीईीईी कता फत फताउदै हिंडेकी हो त्यसरी।
 
Posted on 03-26-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार गरी है यो चेलीले पनि सबैलाई !!!
 
Posted on 03-26-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्के र ठुलिलाई मिला पत्र गराउन चौ तारी क दौन्तरी हरुले पहल गर्नु परो ।
 
Posted on 03-26-08 8:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेलीको कथा आको रहेछ, निक्कै लामो छ जस्तो छ, दिउशो टाईम मिलार पढ्नु पर्ला।
 
Posted on 03-26-08 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही त चेली ले किताबको ठेलिनै लेखिछ । बिरेक मा पढनु परला । अग्रिम बधाई ।
 
Posted on 03-26-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलीईीईीईीईीईीईीईीइईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईीईी मैशाप, महारानी, कता हो, जाबो चिया हेरिदेउ अनी चिया पकाउ भन्दानी त्यसरी रिशाउनु पर्छ भनेको। 
 
Posted on 03-26-08 8:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'मिया बिबी राजी तो क्या करेगा काजी'
एउटा नेपाली जी लाई नै चित्त बुझे पछी त भईहाल्यो नि !

ल सबैको चित्त बुझेको हो भने आज मिती २०६४ चैत्र १३ गते बुधवारको दिन हाम्रा नयाँ मित्र 'एउटा नेपाली' ज्यु को चौतारीको नाम 'टङके' राखिएको छ ! आयिन्दा सम्पूर्ण चौतारी सदस्यले निजलाई 'टङके'भनेर बोलाउन अनुरोध गरिन्छ !
धन्यवाद !

 
Posted on 03-26-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ हुन्छ टाइम मिलार पढिदिनुस् !! अहिले त बिचरो कथा आफैं editing mode मा छ  !!!!! लु न मलाई नि चिया खान मन लाग्यो, बिहान उठे देखि कथा लेख्ने धुनमा खान नि भ्या छैन ।
 
Posted on 03-26-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


केत्ली भनेको मेरो टाउको harke u r such a rude guy . na-aaera ta sodheko ni aako bhae kasle sodhyo.

 
Posted on 03-26-08 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम रिट्ठे।
टंके लेखे कसो होला, एउटो कुरो नि।

 
Posted on 03-26-08 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


तारेमाम ठुल्दाइ ! टंके नै लेखे राम्रो होला !

 
Posted on 03-26-08 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुइ कस्तो रिशाको हो, डर नै लाग्यो, लौ कसैले भन्दीनु पर्‍यो हाम्री माहारानीलाई केत्ली भनेको के हो भनेर, नत्र यहाँ बवाल होला जस्तो छ।
केत्ली र मेरो टाउको एउटै एउटै हो क्या ठुलि, दुबइ तात्छन, अनी ताते पछी, मेरो कान बाट हावा निक्लिन्छ तेस्ताइ केत्लिमा पानी हालेशी पानीको बाफ निक्लिन्छ, अनी केत्लिमा जस्ताइ मेरो टाउकोनी एक छिन्मा नै सेलाउछ।
रुड भनेको चै के हो ताअाअाअाअाअाअाअाअाअाअाअाअाआ ।
 
Posted on 03-26-08 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

न रिसाउन ठुलबुइनी, हर्के ले गल्ती ले मिस्टेक भएर भनेको नि। अब देखी केत्ली भनेको हर्केको टाउको भनेर पढ्ने बात खत्तम।

 
Posted on 03-26-08 9:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रुड भनेको चै के हो ताअाअाअाअाअाअाअाअाअाअाअाअाआ ।

 
Posted on 03-26-08 9:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले कान बन्द गरेर बसेको चु। कसैले नि भन्नु पर्दैन मलाइ केत्ली भनेको के हो भनेर। हर्के दाइ सङ ननन्न्न्न्न्बोल्ने


 
Posted on 03-26-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक छ्हिन लाई नबोल्नेकी जिन्दगी भरिलाई ठुलि, एक छ्ह्हीन भये कान्छी औलाले कट्ट्टी गर्नु परो, जिन्दगी भर्लाई भये बुढी औलाले, कि कशो।
 
Posted on 03-26-08 9:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन हामी गाम्लेहरुको आँखा कम्जोर छ भन्ने कस्ले सुइको दियो चेलीलाई? ठुला ठुला अक्षरले पो नमस्कार गर्छिन बा!!
 
Posted on 03-26-08 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ठुलि आँखा नि बन्द गरेर बस। एही  एही गो केत्ली भन्या, चिया पकाउने भाडो।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters