hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी-५४~~

[Please view other pages to see the rest of the postings. Total posts: 609]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE






[VIEWED 187229 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 31 pages, View Last 20 replies.
Posted on 05-07-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी-५४
नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ५४ --

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ५४ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


**********************************************************************
'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************




सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 53 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

लौ बसुम यही चौतारीमा










 
Posted on 05-16-07 11:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के टाँस्या हो चित्रेले, यो साहूको कम्प्युटरमा खाली पन्ना बाहेक केही देखिन्न। छेकबार के के लगाको जस्तो छ। संगीतको भाषा नभए नि गीतको त हुन्छ नि गाँठे। खला मखुला र छोएला कचिला भन्या बाहेक नेवारीमा अरु कुरा छु धाउ छु धाउ। तैपनि यसो राम्री नेवारनी कसैले नाछेको गाको हेर्न पाइएला भनेको त्यो पनि पापी साहूले छेक्यो।

हैन जिम्म्वाल बा, त्यो छएरोग लाग्या भए नि डरम्न पर्दैन क्या, ओखती खाए बिसेक हुन्छ, नखाए बरु ज्यान तल माथि हुन्छ, तेसैले जानुस् है चौकीतीर।

copy catको न्वारन भैसक्या छैन जस्तो छ, बिराले राखौं कि कसो?
 
Posted on 05-16-07 11:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुधवारे जदौ यो बिर्खे माइलाको !!
 
Posted on 05-16-07 11:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा उपस्थित सुड्डा, सुड्डी, ब्रोहरु र च्वाँक हरु सबैलाइ आन्द्रै देखि नमस्ते ठोके ल ।
 
Posted on 05-16-07 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुल दाइ, मेरो तालिम अझै सक्या छैन।

जिम्माल बा, के गर्नु, पढ्छु, बोर लाग्यो भने चौतारीमा चियाउँछु।

यामे, के छ तिम्रो हालखबर? आई स्टिल मिस् इउरोप।

चिप्ले, तिम्रो साहूले आगोको पर्खाल लाएको होला, त्यसैले हेर्न नमिलेको।

नेप्चे, ज्योति, बिरालो जदौ!
 
Posted on 05-16-07 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि म तिमिलाइ देखेनि नदेखे जस्तो गरुमला त। अनि हरि के च तिम्रो हाल् चाल्। म त रेदि भैसके तिम्रो गाम् भ्रमन गर्न। खै तिमि चै तिरुको गाम् भ्रमन गर्न जान रेदि भएु कि भाचैन

बिर्खु दाइ हजुरले कुरा नबुझेकै राम्रो। भरे राति फुन आर्नुस् अनि भनुम ला

नम्चे, जोत्स्ना, बिरालो (copycat), यामु, चित्रे सबैलाइ कस्तो च
 
Posted on 05-16-07 11:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"सहरै जाम्ला नि, धन कमाई ल्याम्ला नि, ललउरी बिलाउरी" गीत गाम्दै सुटुक्क बसाँ चढेर लागिम् मु नि सहर तिर। ठुल्बुईनीले बिहेआँ सुन कै तक्मा मागेकी छिन् के रे, धोबिनीलै नि नयाँ पेटिकोट हाल्दिन पर्नि, रेस्टुराँ तिर जे भएनि काम अरेर दुई चार रुप्पे ले'र आम भुनेर, गाम्लेहुरले था' पाए त लाजै हुनि, तेसैले सुटुक्क सखारै घाम नउदाउंदै निस्किम्।

"स्याङ्जा जरेसि, क-‍कस्ले देख्छ र बसाँ चढेसि"।

मुन्छेको घुईंचो देखेर सातो गो सुरुआँ त। ओर्लन के ला'को थिम्, "ममफुली ममफुली!" अर्दै एउटो आओ। के र'च भुनेर हेरेको, बदाम बेच्नि देसि र'च। बाटाआ भरि केई नि खा'को थिनम्, वाक् आउला भुनेर, अनि अब त तो के जाति ममफुली भ'नि खाम् भुनेर अघि बडेथेम्, तेस्सिम्याऽऽऽऽऽऽऽ ठ्यास्नि, कुम्ले पो र'च! "कुमलवा कि ममफुली अच्छा! ताजा ताजा! मानाको हुजुर, मत्र पाँच रुप्पे, आठ आना!" रे! झन् गाम्लेहुर कोसैले नि था'नपाओस् भुनेर निस्केको, बसाऽट ओर्लन नपाम्दै देखिन पर्नि एउटो गाम्ले? म त बस के सिट पछाडि लुकिम्। खलाँसिले, "क्यार्न बसि रा' हो, बुढा? यो बस त अब भोलि नभै फर्कन्न। तै नि भारा नतिरि लैजान्नम्" भुनेर लखेटेसि निस्किम्। "मुमफली" सुनो कि पर पर भाग्दै थिम्, के को हो हल्ला मच्चि रा' र'च त नि उता तिर। रमईलो न हो, सहराँ, भुनेर हेर्न गईम्।

बषेमानको फोटाँ हांरी मुन्नि को पो तस्बीर, गाँठे! को अर्के देसि केटो संग मस्कि रा'को फोटा। देसिसंगै पोईला ग'कि त होईनन्? जस्तो नि लाओ। उता सानो झ्याल नेर मुन्छे माथि मुन्छे थोपरि र'का। एउटो आओ मै तिर, अनि भन्छ, " ३० को ५०, ३० को ५०, ल बुढा, तिम्रो गामतिर हेर्न पाउन्नौ, आजै हेरि हाल, ३० को ५०!" उसैसंग कुरो बुझेको, फिलम चलेको र'छ। फिलम को नाउँ "मुन्नी बहन यम् बि बि यस्" रे! ए रात्तै! हाँरो गाम्की मुन्नीले नि फिलम सिलमआँ खेल्न थालिछे?

हर्न त मुन थियो के रे, काँर ल्याम्नि हो तो ५० रुप्पे? जिन्दगीआँ दसको नोट भन्दा माथि देखे भे मरिजाम्। ५० पु-याम्न त ५ जुनि लाउँच हाम्लाई। अन्खेरुन्, ट्वाच परेर निच्च दाँत देकाएसि तो मुन्छे पाखा लाओ, "धत्! पातकी बुढो! पैसो ओकल्न नसक्नि भे अर्काऽ ट्याम् बर्बाद अर्न क्यार्न हल्लि र'को फिलिम हल वरि परि? छ भने निकाल के रे, हैन भने जाऊ तिम्रो ठेला ठेल्न, थुईक्क! यो गामको पाखेहुरले हैरान अरे। सहर आ'र हाँरो कन्चेट तताम्छन्!" रे!

होला त नि, दुई चार पैसो कमाम् भुनेर आ'को, क्यार्न तमासा हेरेर बसेको होला मु नि जस्तो लाओ, र बाटो लाग्न मत्र के ला'थिम्...नारायन, परभू, कैलासपति महादेव, दख्खिनकाली, भद्रकाली, महाकाली, अऊंरिकाको हब्सिनी काली! गाम्लेहुर सहर तिर छ्याप छ्याप्ति देका पर्नि!

भागुम्, कता भागुम्? तेईं बसुम्, सारा गामले था'पाम्नि भए यो पुन्टे बुढा सुटुक्क सहर पसेका भुनेर। बिर्खे, हरि, नेउचे, आँखा कै सामु!

दौराले मुख छोपिम् र ठिङ्रिङ्ग उभिम्। दौराले त मुख छोपियो, तर हाँरो नाईटो निरै बडेमानको कोठी! हरि बज्जेले चिनि हाल्यो! "ए, केटा हो! त्याँ हेर त! पुन्टे बुढाको जस्तै नाईटा नेर तेत्रो कोठी" भुनेर करायो।

"हो! हो! परार साल उनको ससुरालीले देको मयल पोस हो त्यो! पुन्टे बुढा नै हुन्!" नेउचेले थप्दे तीनै जना मै तिर लम्के। क्यार्नि, क्यार्नि भो? फनक्क फर्किम्, मुख अझै छोप्दै।

"ए बुढा! किन डराम्छौ हाम्संग? के को लाज हो?" भुन्दै बिर्खेले टोपी खोस्द्यो। तीनै जना मरि मरि हाँस्दै, "ए, बुढा! तिम्रो तालु चिन्दैनम् र हामी? भो, भो! स्वाङ् नपार!" हरि हो कि नेउचेले त हाताँ थु थु अरेर तालु मै प्याट्ट पड्काए!"

झनक्क रिस उठ्यो, अनि त, "तेस्सिम्याऽऽऽऽऽऽ बज्जे हो! तमेरुको बाऊको तालू सम्जै छौ कि के हो अर्काऽ तालुआँ तेस्तरी बजाम्नि?" भुनेर गर्धनै अँठ्याम्न गईम हरिको। बिर्खेले सानत् पारेर मत्र, नत्र बज्जेहुरलाई बौको बिहे देखाम्नि रिस उठे थो।

कुरा बुझ्दा त तिनेरु चईं मुन्नीको फिलम हेर्न आ'का रे शहराँ। पे४सो ति्रने चईं कोई नि निस्केनन् रे। हरि र नेउचे अल्लारेहुरसंग के को पैसो हुन्थ्यो? छुवैले जिम्माले लै केर्दै र'चन्। जिम्माले संग नै होला त नि, आफू नि हेर्न पाईने भो भुनेर म नि उनेरु सिते लागिम्।

"हन, यि केटाहुरले देखि सहेनन् त नि। मर्नि बेलाँ घाटको खर्चलाई भुनेर सम्हालेर राखेको येई केई ४-५ सै रुप्पे तो, खाने भए अब यिनेरुले। मर्दा नि सुखले परलोक जान दिन भइनन्," भुन्दै जिम्माले सुरुवालको ईजार फुस्काउन था'लो।

ए। राता मकै! दुनियाँको अगाडि क्यार्न फिरि सुरुवालै फुकालेर तमासा देखाम्न लाओ बिर्खै बुढाले? भुनेर म त फिरि आँखा छोपिम्।

"हो!!!!!!!!!! तेस्तो पो कुरो! बल्ल -याईं मा ठ्याईं मिलाओ बुढाले" भनेर हरिले बोलेसि बल्ल हौंलाको चेपको छेऊंऽट छियो अरेको त...बुढाले त ईजारको कुनाऽट से से को ३-४ ओटा नोट झिक्दै रच! मेरो पाल ति नोटहुर स्वाट्ट खोसेर, "पुग्यो अब, तेऊमरो तो ईजार भाँध फिरि, लाजै मर्नु, य्हैं हग्न लाओ गामको बुढाले भुनेर दुनियाले तमासै अर्लान्!" भन्दै फिरि आँखा छोपिम्।

कैले देखुन् बाँधेर राखेका होलान।् कुन्नी तो से सेका नोटहुर? कुहिएर गनाम्दा सम्म हुँदो। बज्जेको तो पैसो त घाटेले नि लिन्न थो होला के रे, ठीकै बो, आज काम लाओ बुनेर फीरि अघिको तो उरन्ठेउला टिकसेलाई देखाईदिम् गामलेहुरको नि हकियत भुनेर खोज्न हिंडिम्। मुमफली वाला लाई भेटियो भुने देखाईदिम त नि फिलम् भुनेर बिचारेकै हो के रे, कता लाए कुन्नि कुमल्वा चईं?
 
Posted on 05-16-07 11:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, मेरो चाँही गाम् भ्रमन कहिले गर्ने आउने नि?
 
Posted on 05-16-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे धन्यबाद् क्या राम्रो गीत् राखेकोमा। चित्रु तिम्रो त्यो जोवन कस्को लागिहो त्यो नि भनि देउ न त अब। :P
 
Posted on 05-16-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित् खित् खित् पून्ते दादु कति हसाम्न सकेको होला कुन्नि। थुल्बुइनिको बिहेको लागि पैसा कमाउन सहरा पसेको मान्चे किन फेरि पैसो खर्च गरेर फिल्म स्लिम हेर्नु पेर्ने होला कुन्नि,

चिप्लु के च र तिम्रो गाममा नि कुनै दिन घुम्न अौलानि। मेरो एुता साथिनि तेतै बस्च क्यारे।
 
Posted on 05-16-07 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साहील कि रेत पर एक बार तेरा नाम लिखा था मैने
तन्हाइ के उन पलो मे तुझे हि याद किया था मैने
सागर कि लहेरो ने तेरा नाम तो मिता दिया
पर न मिट सका वोह नाम जो दिल पे लिखा था मैने


जदौ यो नेप्चे को .......
 
Posted on 05-16-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइ, हँसाउनु भो, मानें बा तपाइको कथा टेलिङ् स्किल् लाइ!
>>>फिलम को नाउँ "मुन्नी बहन यम् बि बि यस्" रे!<<< :D :D

हा हा! ठूली, यो जोबन पाउने केटीको खोजीमा छु म।भेटेपछि भनुम्ला नि। :P ;)
 
Posted on 05-16-07 12:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे ल ल चितो चितो खोज अनि हाम्लाइनि निम्तो देउ।
 
Posted on 05-16-07 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइ, हँसाउनु भो, मानें बा तपाइको कथा टेलिङ् स्किल् लाइ!

हरि हो कि नेउचेले त हाताँ थु थु अरेर तालु मै प्याट्ट पड्काए!"
पुन्ते दा, त्यो खोट्टा चाइ हरीले हानेको हो है। मेरो आफ्नै कानले देखेको ।
:P
 
Posted on 05-16-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! पून्टेदाइ, हँसाउनु भो, मानें बा तपाइको कथा टेलिङ् स्किल् लाइ!

जदौ सपै गाम्लेहरुलाइ !
 
Posted on 05-16-07 1:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मार्यो पून्टेले हँसार। ठुलि, त्यो राम्रो गीतको उल्था गरिदेउ न त, हामी पनि जानुँ न अलि अलि नेवारी।
 
Posted on 05-16-07 1:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु म नेवरिमा एक्स्पर्त् चुइन। रहुल दाइ पिलिज त्यो नेवरि गीतको त्रान्स्लेत गर्निनुस् न । लु चिप्लु मैले राहुल दाइ लाइ गर्दिनु भने
 
Posted on 05-16-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम्,। पूण्टे बुडाले हसाएर मार्ने भए सबलाई। हैन कसरि लेख्न जानेको भने ?
ठुली, कुन गीत् भनेको ? थ्व जोबन छ८गु लागि ख भन्ने हो?
 
Posted on 05-16-07 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yes rahul dai.
 
Posted on 05-16-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले लाई फुर्सद् अलि अभाव भएकोले भरे सम्म मा ट्रान्सलेट् गरि दिन्छु है ठुली? के गर्नु आज फेरि प्रौढ शिक्षा को किलास छ, होमवर्क गर्न अल्छि मा परें, गर्दै छु, टाउको कन्याएर।
 
Posted on 05-16-07 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:D:D:D हि हि हा हा हि हि हु हु, अरु फुर्सतमा!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters