[Show all top banners]

hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169070 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-21-07 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गरे है मुइले :)

गौतमजी फर्किसक्नु भा'को? नमस्ते टक्रयाए है :)
रामचन्द्रको चित्त चै कति सानो नि कामन काजै सअ दुख्ने।गुटबन्दि गर्ने लै दुइतिर भताभुंग बनाइदिन छोडि...
अनी दादा...खुछ्चिंग!!!
'tatto na chharosita' नचाहिने नचाहिने कुरो अरेसी त्यस्तै हो । गल्तिले मिस्टेक भ' र छ के।मेरो दादा भ'र मलाइ नै गाली गरेको ?!!:(

राहुलदा,ठूली याहू, हरि, सप्पैलै सन्चै होला के रे
 
Posted on 03-21-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है, सप्पैलाइ ! मन्तयेक ला?

लौ यो झिल्के त बिहानै देखि रौसि मात्रै जपेर बस्या छ, के देख्नु परो यो ?

यसको चालामाला निको छैन है, लौ गाम्लेहरु बिचार गर्नु परो,

गोतामेले हालखबर बताउँला कि भन्दै कुर्दैछु के रे म नि,
 
Posted on 03-21-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेही तल ठुल्नानीकां रौसी खान जाउ
एक हातमा खैनी साथी एक् हातमा बीडी
तेही तल ठुल्नानीकां रौसी खान जाउ :O
झिल्के मार्दिम

हरि मैले चिया पिए।

मिस्, राहुल् दा, हरि, झिल्के, रामचन्द्रे, चने सबै लाइ तन्तै।
 
Posted on 03-21-07 9:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

ठुली, राम चन्द्रे,हरि, झिल्के, दादा, यामे ,गोतामेज्यू, मास्टर्नी दिदी, चतुरे सबैमा जदौ!

ए झिल्के दाइ, कति रौसी र गाँजाको मात्र कुरा गरिरा'हो? फेरि ठूलु जस्ती सोझि केटीलाइ रौसी, खैनी सँग जोडेर गीत गाउने तिम्रो यत्रो हिम्मत? :P
यस्सो राम्रो कथा, कविता लेख न, अनि मुटु दुख्या नि कम हुन्छ।

ठूलु, के छ तिम्रो हालखवर? मौसम कस्तो छ त्यहाँ? :)
 
Posted on 03-21-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे यहाँ त सारो जाडो छ ।
 
Posted on 03-21-07 10:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा.....नमस्कार गरें है सप्पैलाइ नमस्कार...........हाहाहा !!!

झिल्केको तरुनिले छोडेर गे'सी त झिल्के गिद मात्रै गाइरा देखिन्छ, तरुनिको पिरले गायक बन्या अस्तो छ । हाहाहा......ठुल्नानीकाँ रौसी खान जाने रे, हाहाहा...... क्या हँसायो, ठुल्नानीकाँ त च्या खान पो जानु पर्छ त ।

अनि रामे पार्टनर छु ख, चित्त दुखेको ठीक भो ? हरिले भन्या जस्तै खुट्टा काँधा राखेर अड्ड जाने गर अनि त हिलो पानीको दु ख नै हुंप्दैन, हरिले त सँधै तेस्तइ गर्छ ।

ठुल्दाइ तारेमाम है, म म को बेबस्था गरुम, आज त क्रीकेट हेर्नु पर्छ जमेर, म लन्काको पंखा!

मिस दिदी, गुड मर्निङ है, सँचै होला क्यारे गाथाँ, आज छैन केइ खाने कुरा, भोक पो लागेर ल्यायो त । हिजा गुलियो मकैको रोटी अझै याद आइराछ!

चतुरे ब्रो, के छ हालखबर, उताआ झगडा सिद्दियो ?

ठुल्नानी आज फ्लाईइङ किक प्राक्टिस गर्न गयिनौँ ? च्यासँग पाउरोटी नि खा को हो ?

चित्रे, के छ प्रभो, कथा कबिता ठेल्ने हैन ?

हरि सोल्टी, जिम्दै हो ?
 
Posted on 03-21-07 10:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए प्रभू !! पाखुरा सिमलासिमल पो अर्न थाले छन। नहरनओ त्यस्तो त ।
चित्रेभाइ के छ त नि ?

अनि ग्वाँचेभाइ हिजैको बासिभातछ के रे खानी हो ?:)
 
Posted on 03-21-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हुन्छ मिस दिदी तेइ बासी भात भे नि भुटेर खानु पर्ला बरु हिजा अचार नि बचेको छ कि ?
 
Posted on 03-21-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ग्वाँचे, जिम्दै भन्नु परो, आज चैं साउका आँखा छलेर भएनि किर्केट हेर्छु भनेर जमेको त पानि परो, परेन फसाद! झन आज लंका लाई जसरी नि जिताउनु परो, अनि शुरबार ईण्ड्या संग सजिलो हुन्थ्यो भनेओ, यो पानी नि आजै पर्नु परेको।

ग्वाँचै, मास्टर्नी दिदी, चित्रे, चतुरे, ठुल्दाइ लाई पनि हाई, हाउ आर यू है।
 
Posted on 03-21-07 10:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया सङ पाउरो तिन् खन पैन। चिया सङ सुन्तला खाए।
ग्बचेँ म फ्लाईइङ किक्क जहिलेनी प्रक्तिस् गर्छु । हेर्ने हो देखम खित खित खित ।
मिस् बासी भात लाइ भुत भात परे भने त नित्थै हुन्छ कस्तो ग्वाचे।
 
Posted on 03-21-07 10:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेइ त हरि पानी परेर क्या बोर भो है । म नि झन साउलाइ ठगेर हाफ छुट्टी लिएर क्रीकिट हेर्न बसेको झूर भो नि! सुअरबार इन्ड्यालाइ त लंकाले हराउँछ होला अस्तो लाग्छ, इन्ड्यालाइ त सुपर आठाँ पुग्न दिन हुन्न, क्या मोज हुन्छ । म त झन यता मेरो इन्डेन खेताला साथीहरुसँअ मिलेर क्रीकिट हेर्ने, इन्ड्याले हार्न लाग्दा तिनेरुलाइ जिस्क्याउन क्या रमाइलो हुन्छ । तिमी कुन साइटाँ हेरिराहो, स्ट्रीमिङ राँरो छ ?
 
Posted on 03-21-07 10:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल ठूली र ग्वाँचे । अगेना माथि खोपाआँ हर्केमा घ्यू छ तेइ राखेर बासिभात भुट भाट पारेर बाँडिचूडि खानु म गए पारि पाखा बाख्रालै घाँस काट्न
:D:D
 
Posted on 03-21-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि, च्या मा सुन्तला चोपेर खाको हो ? खित खित खित्!!!
हो नि बासी भात भुटेर खान क्या नित्थै हुन्छ, तर नित्थै भनेको के हो, मिठो भनेको हो ? तिम्रो तोते बोली बुझ्नै गाह्रो! हुन्छ हुन्छ तिम्रो फ्लाईइङ किक देखाउन त, तर अलि टाढा बाट है, फेरी मलाई लाग्ला, डर लाग्छ ।

हरि म्याच सुरु होला होला जस्तो छ,पानी रोकियो ।
 
Posted on 03-21-07 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हर्केमा कि हर्पेमा, केमा घिउ छ भन्नु भा ? हर्के काका त शहर गा हैनन र हिजो, अझै आ छैनन ।
 
Posted on 03-21-07 11:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ चिया सँग सुन्तला चोपेर खाने कस्तो मित्तो हुन्त । तिमी पनि तिराए गर्ने हो :प
 
Posted on 03-21-07 11:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मैले अईले त हेर्न भ्या छैन, अगि चाईं http://freestreams.googlepages.com/ मा match 1 वालामा हेरेको, राम्रो थियो। अब हेर्छु। मलाई नि तेई भा को के, आफु लंका वाला, अरु जम्मै ईण्ड्या ईण्ड्या भन्चन। पर्सी हराउन पा त गजप हुन्थो। शुरबार बिदा भा'को जिन्दगीमा पैलोपल्ट मोज हुने भो, दिनभर किर्केट हेर्नी हो म त, नेपालाँ जस्तै :)

लेख्दालेख्दै: अहिले पनि गजब आईरा रच, सनथे मोरो फर्केर आएनच नि त, पछी आउन पाईन्च?
 
Posted on 03-21-07 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरि म त http://pklivecricket.blogspot.com/मा हेरिरको अलि राम्रो छैन, बेला बेला रोकिन्छ । तिम्ले देको लिन्का त TVU पिलेर झार्नु पर्दो रैछ, पख TVU पिलेर झार्छु है त । सुरबार के को बिदा नि ? सनते घाइते भो क्यारे, अब अर्को कोइ बज्जे आउट भे सि आम्न पाउँछ, कोइ आउट नभइ आम्न पाम्दैन । पछि आम्छ होला सेन्चुरी त बनाम्न पर्ने हो तेल्ले!

ठुलि म नि तिराए गर्छु है त चिया सँग सुन्तला !
 
Posted on 03-21-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो, TVU झार्नु पर्छ, तर एकदम राम्रो आ'छ। शुरबार त मेरो सधैं बिदा नि, यो चोटी चैं कम्पुटर टि भी आँ जोडेर हेर्छु। टि भी आँ नहेरी हेर्या जस्तै नहुने क्या :-)
 
Posted on 03-21-07 11:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै लामो क्या यो किरिकेट भन्ने ग्याम पनि । दुबै पक्षलाई ४५ /४५ मिनेट घुङ्घेत्रो घुमाउन दिएर कल्ले बढि रन हान्ने भन्याभए पो अल्छी नमानि हेर्नुहुन्थो । लंकेहरुले त पहिला आँखा चिम्लेर बेट घुमाउँथे रमाइलो हुन्थो ।आजकाल के भएछ, टुच्च टुच्च खेलरे मोर्‍याछन् ।
 
Posted on 03-21-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच यो ग्वाँच सोम नि मोलाइ झगडा गोरेको मात्तै देख्दिनि के फिरि, सोम त छेरेर हो कि के हो पsssssर बसेर लुक्स मात्रै हान्दिनि, हिजो देखि मो भिड्दाभिड्दा थाक्यो हौ आबो त । लास्टमा फिरि मोइले जे भन्यो तेहि भयो के ।

अनि आज त चियापाउरोटिको कुरो पो चलेछन्त हौ । हिजो मोइले मिसलाइ पुदिना र बाबरि उहि हो कि फरक भनेर सोदेको कि, मिसले फिरि मोलाइ बाल मतलब नदिनि के ।

राम्स ब्रो गफ्स नदेउ न यार लंकाले त दनक हानेछ हौ,
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters