Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136264 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-27-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेखनाथ पौड्यालको दशैँ कविता बाट!
लु पुरस्कार पाम चित्रे! :)
 
Posted on 01-27-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिम्रो कबिता पर्तियोगिता मा के पुरस्कार् राख्य छौ? भन भन अनि म पनि ट्राइ मार्नु पर्यो? :D

Hi thulu ! ke chh khabar?

जिम्मालबा लाइ पनि जदौ! :)
 
Posted on 01-27-07 1:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे तिम्रो कबिता पर्तियोगिता मा के पुरस्कार् राख्य छौ? भन भन अनि म पनि ट्राइ मार्नु पर्यो? :D

Hi thulu ! ke chh khabar?

जिम्मालबा लाइ पनि जदौ! :)
 
Posted on 01-27-07 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तित्तौलीsssssssssssssssssssss!
के गलिला तिमी? माम खायौ? :)

तेइ त चित्रे पुरस्कार के छ भन भन?
 
Posted on 01-27-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा ,केहि पनि गलिला चैन ,मैले अघि नै माम् कायो ,हजुल् ले खायो माम् ? चैन भनि खाइहाल्नु कस्तो मित्तो हुन्छ माम ( ठुल्नानि ले कपिराइट मा हाल्ने हो कि फेरि?) :D
 
Posted on 01-27-07 2:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा लाई यो पुरस्कार:-


पुरस्कार!!!
;)

तिरू र राहुलदाइ,
म सँग नि पुरस्कार दिन अहिले त केही पनि छैन। केही भेटें भने अवश्य नै हस्तान्तरण गर्नेछु। :)
 
Posted on 01-27-07 5:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो चौतारीलाई कस्को आँखा लागेको
न धकेलेको भए झन्दै पाखा लागेको


सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।
 
Posted on 01-27-07 6:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।
 
Posted on 01-27-07 7:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज फेरी तिम्रो याद आयो
औंशीको रातमा चांद आयो

सँगै बिताएका ती पलहरु
सम्झनामा एकै साथ आयो

अतृप्त नै रहे मृगतृष्णाहरु
कति छिटो कालो रात आयो

कस्लाई दोषा दिउं खै अब
खुशी कोल्टिफेरी बर्बाद् आयो

 
Posted on 01-28-07 2:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी त तल्लो कान्ला तिर झरेछ हौ, लु यसो उचाल्देको!
कोही छ?
 
Posted on 01-28-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आजको भाग चैं आजको परिस्थितिसँग मिल्या जस्तो छ।
चौतारी स्वस्थानी व्रतकथा - २४
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ -- हे अगस्त्यमूनि, यतिका दिन चौतारीको पाठशालाको बारेमा कुनै कथा नसुनाएकोले आज बताउँछु, सुन। पाठशालाको सञ्चालक समितिका दादा, पुन्टे र जिम्माल बुढाले मास्टर्नी नानीलाई भुराभुरी पढाउन जिम्मा लगाइदिएको पनि वर्ष नाघिसकेको थियो। पहिले त सबै नयाँ मिस भनेर भुराहरु अनुशासित हुन्थे र सधैं उपस्थित हुन्थे। तर दुई चार महिना यता चाहिं आउँदै नआउने, आए पनि ढिलो आउने, गृहकार्य नगर्ने, पछिल्लो बेन्चमा बसेर हल्ला गर्नेहरुको संख्या बढिरहेको थियो।

सधैं भुरालाई गाली गर्ने मास्टर्नी नानी आज भने आफैं ढिलो भएकी थिइन्। मास्टर्नी नानी हस्याँङ् फस्याँङ् गर्दै उकालो लागेको देखेर पुन्टेले आँगनबाटै कराउन लागे "हे मास्टर्नी नानी! लगन बित्न लागेको झैं जस्तो हतार गर्नु पर्ने काम के परो?" पुन्टेको यस्तो प्रश्न सुनेर मास्टर्नी नानी पनि मनमनै चाहिं "कस्तो मान्छे र'च यो पुन्टे दाइ त! आफैंले काम लगाइदिने, अहिले कहाँ जान लाग्या भनेर सोध्नुहुन्छ" भन्दै झोक्किंदै उत्तर दिन लागिन् "खेताला जान लाग्या!"

स्कूलको ग्राउन्डमा चढेर हेर्दा कसैलाई पनि नदेखेर रिसाउँदै भन्न लागिन् "के भा'का यी भूराहरु? दस बज्न लागिसको, कोही आइपुग्या रैनछ! यिनीहरुलाई गयल लगा'र फेल गर्न सकिनछु भने त!!! अरु त के ठुलीको पनि अत्तोपत्तो रहेनछ। कति सुनसान हो आज? यो स्कूल त भूतको बंगला जस्तो पो छ त! स्कूलमा आएर पढाउनु पनि आफैंले पर्ने, अफिस पनि आफैंले खोल्नु पर्ने, अफिस कोठाको सर-सफाइ पनि आफैंले गर्नु पर्ने। यी गाम्लेहरु एउटा पिउन पनि राख्दिन सक्या हैनन्" भन्दै फलाक्दै अफिस खोल्न लागिन्।

दस बजिसकेकोले घन्टी झुन्ड्याएर बजाइन् र बिद्यार्थीहरुलाई बोलाउने चेष्टा गरिन्। पन्ध्र मिनेटपछि पनि कोही नआएकोले स्कूलको डिलमा बसेर जिम्माललाई बोलाउन लागिन् "ए जिम्माल दाइ, हैन आज कुम्लेलाई देख्नुभएन? कता लाग्यो होला?" जिम्माल बुढा पनि आँगनमा बसेर तमाखु तानिरहेका थिए तत्कालै उत्तर दिए "खै, आज मर्दीतिरमा माछा मार्न जाने भन्दै थियो।" यस्तो उत्तर सुनेर "यो मोरालाई फेरि माछा मार्न जान पर्या। राहुलदाइसँग गाँजा तान्न पल्केको झैं मानिचु। यी राहुलदाइ पनि कस्तो? चिलिम तान्न सिका'र! भुरा बिगार्ने भए।"

अफिसमा फर्केर फेरि हाजीर कापी खोल्दै मुर्मुरिन लागिन् "यो चित्रे बजिया पनि कता गयो? अगाडि भने सधैं 'मास्टर्नी दिदी' भनेर चेप्र्याइँ पार्छ, अब त स्कूल हाप्न पनि थालिसकेछ। यो हरि नि? पक्का गाँजा खान, तास खेल्न लाग्या होला। त्यो सिंगाने तितौरी नि तितौरी? त्यो त आउनु पर्ने नि! ढ्याक खेल्दै बसेई (बसेकी) होली?"

रजिस्टरमा हाजिर गर्ने पान्ना र गते पहिल्याउँन खोज्दै भन्न लागिन् "पख्, यिनी सबैलाई आज गयल नापारिदई त कहाँ छोड्छु र? आज २८ तारिख आइतबार! आबुई-------- आज त आइतबार पो रहेछ। आइतबार के स्कूल आउँथे त अब?? म पनि कस्तो भुलक्कड!!! अब लाजमर्नु भो। घन्टी पनि बजाइदिएँ। हेत्तेरिका!!!"

तहाँ उप्रान्त घर फर्किने बेलामा गल्लीमा गोताएँ बुढा भेट भए र सोध्न लागे "आज आइतबार पनि स्कूल गएर आइचेउ (आइछौ) नि त नानी?" मास्टर्नी नानीलाई पनि मनमनै लाज लागे पनि कुरा मिलाउँदै भन्न लागिन् "परीक्षाको लागि अलिकति प्रश्न तयार गर्नु थियो। हिजो भ्याइएन, त्यै भ'र आज सका'र आ'की।" मास्टर्नीको कुराले चित्त बुझेनछ क्यारे गोताएँले फेरि प्रश्न गरे "अनि घन्टी पनि बज्या जस्तो लाग्थ्यो त!" मनमनै "मान्छे बुढो भएपछि कान सुन्दैन भन्थे, यी बुढाका त कान पनि कति टाठा?" भनिन् तर उत्तर चाहिं अर्के दिइन् "घन्टी खियाले खा'को थियो। आज यसो पुछपाछ पारें, अनि आवाज कस्तो दिंदो रहेछ जाँच्न बजाइहेर्या हो।" "अनि एक महिना अघि मात्रै मैले बजारबाट नयाँ घन्टी बोकेर ल्या' हैन र? कति चाँडै खिया लागेछ त?" यी बुढालाई गफ गरेर नसकिने भयो भन्दै अलि झर्किंदै उत्तर दिइन् "मैले पुरानो घन्टीको कुरा गरेकी।"

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे चतुर्विंशोध्याय॥२४॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-28-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

LMAO!
hahahaha.....
 
Posted on 01-28-07 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

हा हा! हँसायो गालबले आज पनि! :D :D
 
Posted on 01-28-07 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई, तारेमाम्, जदौ, नमस्ते, जय नेपाल, शुभ प्रभात, रात्रीकालिन अभिवावदन, सन्ध्याकालनि अभिवादन। आ-आफ्नो हिस्साको र भूगोल अनुसारको अभिबादन स्वीकार्नु होस्।
 
Posted on 01-28-07 10:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) :P
हत्तेरिका!!
 
Posted on 01-28-07 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज २८ तारिख आइतबार! आबुई--------
:D:D:D:D:D:D............
ऐया कफि सर्कियेर कि-बोर्ड् भरि पोखियो।
 
Posted on 01-28-07 11:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाउँरो गालऊ धर्म कमा'र बैतरणी मजाले तर्छ अस्तो छ। कति कुरा आ हो बजियालाई फलाक्न! यसपाली नि मजाले हँसाओ मोरोले! हा हा हा माष्टरनि नानि आइतबाल इस्कुल ग'र नि हुन्छ कइँ?

आइतबारे जदौ! यो बिर्खे माईलाको!!
 
Posted on 01-28-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज २८ तारिख आइतबार! आबुई--------
:D:D:D:D:D:D............

त्यही भएर पो सुनसान र'च त! कोही छ अहिले???

आइतबारे जदौ!
 
Posted on 01-28-07 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ खबर भान्जो?
हिजो हुक्का कतिको तानियो?
खै कता अन्मरिए सपै? एसो एउछिन बात मारुम भनेओ कोइ छैन गाँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
TPS Re-registration case still pending ..
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters