Amazing
Replies to this thread:

More by Amazing
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)

[Please view other pages to see the rest of the postings. Total posts: 637]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 197778 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 03-02-08 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारीमा सबैलाई स्वागत छ, राहुलदाइले बनाएको खसिको Momo र तातो सुप साथमा (भित्र भने Buff छ है)
यो चौपारी खन्ने बेलामा झिल्केले तिनपानी खानु खाएछ त्यसैले १०४ लाई झुक्किएर १०३ लेखेछ



जीवन हाम्रो सङ्लो पानी हो
सलल राजै, खोला झै बगौ सलल ........
(फेरी बगाउला नि खोलाले)




-- चौतारी सहानभुति बिशेशांक ---

बिचरा, हेर त हेर च्व च्व च्व हुन्छ बाबु हुन्छ तिम्रो पनि बिहे हुन्छ। लौन चौतारीका दौतरी यि कुमार (नामका मात्र) केटाहरुलाई सम्झाउन परो, हुँदा हुँदा भौते त खरानी घस्न थालइसकेछ

लाउला खाउला भन्ने उमेर, अनी आफ्ना दौतरिको झ्याइ पारेको कुरा सुन्दा हाम्रा भौते काजी लगायत Kumar Company Ltd. (रिट्ठे, चित्रे अरु त कती हो कती) को मुटुमा ढ्याङ्रो ठोकियको आवाज बाहिरै सम्म सुनिएकोले चौतारीबासी सबैले सहानभुतिका दुई शब्द लेखेर मन बुझाईदिने कोशीस गरिदिनुहोला

(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०४ औं संस्करणमा आइपुगेका छौं।नेपालको ति टहराबाट बढेर अहिले जापान हुँदै अमेरिका, अनी युरोपका कुना कुना हुँदै क्यानडाको ति हिउहरुमा चौतारीका हाङाहरु फैलिसकेका छन, । अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 103 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

जिम्माल बालाइ शुभ कामना शुभ विवाहको लागि
(शुभ साइत:- मार्च ९)

तथा

नमेलाइ शुभ कामना शुभ विवाहको लागि

(शुभ साइत:- मार्च )

जीवनको बाटो सुखमय होस्
उनको साथ उल्लासमय होस्
परिवर्तनको यो खास घडिमा
हरपल रातो गुलाफमय होस्!
http://www.geocities.com/seiams7/images/dadhikot-revisited/dadhikot10.jpg

जन्मदिनको शुभकामना!

श्री रातामकै राइ (मार्च ३)

सुश्री ठुल्नानी ठकुरानी (मार्च ११)

आज तिम्रो जन्मदिन
आऊ खेलौं हासौं
राम्रा राम्रा फूल टिपी
यौटा माला गाँसौं!

http://www.kucoon.com/wp/wp-content/uploads/ninja_birthday.jpg

होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://manorama.1108.cc/images/holi.jpg

Last edited: 02-Mar-08 04:54 PM
Last edited: 02-Mar-08 05:04 PM
Last edited: 02-Mar-08 05:14 PM

 
Posted on 03-06-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते दाई, मेरो दात त अस्ती कस्ले पनि झर्दिन्छु भन्या थ्यो, तेही भर गोजिमा लुकाको छु।

चित्रे, फेरी मिलेन।


 
Posted on 03-06-08 11:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए! हैन म्याक्सिम गोर्की जस्तो पो लाग्यो! जे भएनि रसियन लेखक हुन्!
लु म चेन्ज गर्छु है उत्तर 'म्याक्सिम गोर्की' मेरो अन्तिम उत्तर 'मदर'का लागि!
 
Posted on 03-06-08 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशी प्रश्नका शही उत्तर हरु।

१) प्रसिद्ध उपन्यास आमाका लेखक को हुन? - म्यक्सिमा गोर्की
२) ANC को पुरा अर्थ के हो? - African National Congress 
३) सेतो हात्तीको देश भनेर कस्लाई चिनिन्छ। लाओस 
४) सुर्योदयको देश कुन हो? जापान
५) यसपालिको Australian ओपेन को पुरुष तर्फ दोस्रो हुने र महिला तर्फ दोस्रो हुने खेलाडी को को हुन? पुरुष तर्फ राल्फ नाडाल, महिला तर्फ आना इभानोभिच.


 
Posted on 03-06-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउ घर वाला प्रश्नहरुको जवाफ।
 

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? ----जेठानी दिदी
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? -----मदानी
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ? ----- हर्पे
५) साली र सोल्टिनि को को हुन?----बुढी कि बहिनी साली-------दाइकी साली/सालो वा दिदीको नन्द/देवर लाई सोल्टीनी/सोल्टी भनिन्छ। 


 
Posted on 03-06-08 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! भनेपछि मैले ५ मा ४.५ त पा' रैछु नि, हैन सुन्तले?
 
Posted on 03-06-08 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, द ग्रेट।

माने सामान्यज्ञानको क्षमता लाई।


 
Posted on 03-06-08 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजिरी जवाफ ? कहाँ छोड्छु म
लौ है पहिलो चराण मध्ये
१  सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? दिदी सासु
२) सिरिमतिकी भाउजुलाई के साईनो भनिन्छ? जेठानी दिदी
३) मोही पर्दा प्रयोग गरिने बासको लट्ठी, जस्को टुप्पामा काठको पांग्रा जोडेर ठेकिमा दोही मोथ्ने काममा प्रयोग गरिन्छ, तेस्को नाम के हो? --- मदानी
४) काठको घिउ राख्न प्रयोग गरिने भाडोलाइ के भनिन्छ?  आने 
५) साली र सोल्टिनि को को हुन? -- साली -- श्रीमतीकी बहिनी, सोल्टिनी - दाइकी साली वा दिदी को नन्द

खै पुरुस्कार? नत्र कुटाकुट हुन्छ है

दोस्रो त चित्रे ले भनेकै हो माक्सिम गोर्की (बिदेशी उपन्यास पढेकै तेही एउटा होला)
त दुबै नयाँ छन नाम गार्हो छ राफेल नाडाल् हैन उस्लाई सेमी मा हराउने चाँही हो


 
Posted on 03-06-08 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ke gardai ho kaam chor gaamle haru.
 
Posted on 03-06-08 12:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ धाधली भैसकेछ
 
Posted on 03-06-08 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिदेशी तर्फ ४.५ अंक शाहीत चित्रे फस,
सोदेशी तर्फ ३ अंक शाहीत भौते दाई फस।

दुबैलाई बधाई।

पुरस्कारको लागि e-mail ठेगाना पठाउनु होला।

हाजिरो जवाफको अर्को अंक लिएर भोली पुन उपस्थित हुने नै छौ।
अहिलेलाई आज्ञा दिनुहोस्, नमस्ते तथा शुभ दिन।

 


 
Posted on 03-06-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते अलिकती ढिला आछन, तर पनि जिती हल्ने रहेनछन, बराबरी हुने रहेछ भौते दाई संग।
 
Posted on 03-06-08 12:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउतेले मिलाओ सुन्तले । तिम्ले नदिने भे मेरो तर्फाटि ५ लम्बर भो लौ भउतेलाई ।
चिलिम भरेउ भे देउ एक पप तानी हालुँ मु पुनी ।  

;-)>
 


 
Posted on 03-06-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले को उत्तर माथि स्वतन्त्र छानबिन  होस् भन्ने माग जिम्मालबा लाई

१) सिरिमतिकी दिदी लाई के साईनो भनिन्छ? ---जेठी सासु ??????????????(माहिली शाहीली दिदी भए के hunchha?)


पुरुष तर्फ राल्फ नाडाल, (???????????????) एक्चोटि राम्ररी हेरम


 
Posted on 03-06-08 12:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्वते चैं अलि ढिलो भएछ!

ठूली, तर्कारी बेच्न सकियो? कतिको व्यापार भो आज?

सुन्तले धनियाँवाद! मेरो ईमेल चैं  chitrepitre@chautari.com
 
Posted on 03-06-08 12:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अगि  लंगुर को कुरो अर्दा शिमलामा हाम्लाई लखेटेको याद आओ नि भउते!

:-)>

 


 
Posted on 03-06-08 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्या पर्बते गुरु, माइली होस कि कान्छी, साईनो जेठि सासु नै हो के।

अनी तो फाइनलमा चाँही सांगा थियो, यो कुरा शही हो। मैले भन्न खोजेको संगा, लेख्न पुगेछु नाडाल। चित्रे अझै पनि फस।


 
Posted on 03-06-08 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अनि सुन्तले, सेतो हातीको देश त थाइल्याण्ड होइन र भन्चु । फेरी एउपाली चेक अर है रामरी ।
:-)> 
 
Posted on 03-06-08 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! मलाइ नि सेतो हात्तीको देश थाइल्याण्ड जस्तो लाग्यो, लाओस् त 'हजारौं हात्तीको देश' हो क्यारे!
 
Posted on 03-06-08 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रश्न लेख्दा थैल्यान्ड नै थियो दिमागमा।

चित्रेले भनेपछी, ए साच्ची लावस पो रहेछ भन्ठाने। लु बर्बाद।


म हिंडे आज।
भोली बाट किताबै हेरेर हाजिरी जवाफ गर्नु परो।


 
Posted on 03-06-08 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! सुन्तले नि हसाम्छ!
हुनत मैले मात्र भाग लेको हाजिरी जवाफमा ० नै आए नि फसै हुने थें क्यारे! 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters