world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी - दशैं विशेष-३ **

[Please view other pages to see the rest of the postings. Total posts: 625]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
[VIEWED 180681 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 32 pages, View Last 20 replies.
Posted on 10-16-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

--चौतारी - दशैं विशेष-३ --






चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ८२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।






**********************************************************************


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************





लौ बसुम यही चौतारीमा
सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 82 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



दशैंको आशिष
टिका होस् निधार मा
जमरा होस् कान मा
सुख होस् परिवार मा
शान्ती होस् देश मा
दसैं मा खुशी को बास होस्
सत्रु को नाश होस्
हरेक परिक्षा मा पास होस्
सुन चांदी को रास होस्
हात मा २१ पत्ति को तास होस्
र घर मा मासु र बियर को बास होस्
पुरा होस् मनोकामना
यही छ मेरो विजय दशमी २०६४ को शुभकामना


सम्पूर्ण चौतारीवासीहरूमा २०६४ सालको दशैंको हार्दिक मंगलमय शुभकामना!
दशैं मंगल धून


 
Posted on 10-19-07 1:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्या नाम सब गाउलेलाइ सलुट छ हो !
दशेराको टेममा पनि डिप्टीले पेलेर चौतारि अौनै बडा देर भो।

फिर् भि सब्को हेप्पी दशैँ !

मायालु नहोस हजुर रिसानि
लाहुरेले गर्दैन है बेमानी तिमिलै ढाटेर
भर्खर् मलै फुरसद् भयो राइफल पुछेर
चाँडै अौछु तिमिलै भेटन छुट्टि काटेर !

सलुट


 
Posted on 10-19-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ये को को आइसकेछन के के भइसके छ यहाँ त
गालब र रिकुटेलाई नमस्ते अनी शुभकामना


 
Posted on 10-19-07 1:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


लौन रिकुते नि आए छ। के छ रिकुते तिम्रो हाल खबर। रिकुटेलाई नमस्ते अनी शुभकामना




 
Posted on 10-19-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के हुनु ठुलि हालखबर्
हाल को ठाउमा राइफल् को नाल्
खबर् को ठौमा फिल्ड कवर्

येस्तै त हो नि, क्या नाम् लाहुरे भै खाने को हालत

फिर् भि रिट्ठे, ठुलि और् सबको सलुट !!!


 
Posted on 10-19-07 1:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैंको म:म:

दशैं मनाउन सबै यता उता लागे जस्तो छ। बर्ख दिन मा आउने चाड, मनाउनै परो नि। १२ बर्ष पछि बल्ल गाउं पस्ने हिम्मत गर्दै छन् धेरै जना।
उहिले हाम्रो पालामा दशैंको छुट्टी सुरु हुने बित्तिकै काठमाण्डौका शहर गल्लीहरि बिस्तारै पातलिदै जान्थ्यो। सप्तमीको फूलपाती संगै शहर् सुनसान हुन्थ्यो।
बजार बन्द हुन्थ्यो।
अब यस्तो बेलामा ठुल्दाईलाई म:म: खान मन लाग्ने।
अै एस्सी पढ्दाको कुरा हो। दशैंको लगत्तै म: म: खान मन लाग्यो। टिकाको पर्सी पल्ट द्वादशीको दिन म र टोलक एक साथी संग म:म: खान हिंडे।
तीन त्रिभुबन खोजियो म:म: पसल भेटिएन।  ३ घण्टाको अनवरत प्रयास पछी पनि म:म: न भेटे पछि न्यूरोडमा एकवटा देशीको समोसा पसल खोलेको रैछ, समोसालाई ममचा सम्झी खाइयो। भोलि पल्ट पनि खोजियो। अहं ज्यान गए भेटिएन। 
पूर्णेको दिन त पसल् खुल्छ होला भन्ने बलियो आशा लिएर गैयो, म:म: पसल् खोज्न।
भोटाहिटीबाट कमलाछि जाने गल्लीमा टाढाबाटै हरियो पर्दा देखियो। मनमा बडा आनन्दको सम्चार सुने जस्तो, मधुरो झंकार सुने जस्तो भो। लाले, उ -हरियो पर्दा।
लाले नि हौसियो।
५ दिनको लगातार हार नमानी खोजकार्य गरेको को फल मिले जस्तो भयो।
पसल नजिक पुग्दा, हो रै छ, खुलेको। गजधम्म लाएर बसियो। साहुजी म:म: खाम  न त।
साहुजी त यामान् को भोटे रैछ।
"बफ ता छैन, च्याङ्राको मोमो खाने भए छा"  भन्नथाले।
पिलेटको कति नि?
पिलेटको ७ रुपैया।
हिसाब गर्यौं, २ पिलेटको १४, बफ को भए ८ मा खान पाइन्थ्यो। अब त्यत्रो दिनको प्रतिक्षा पछि भेटेको म:म: च्याङ्राकै भए नि सही भन्दै २ पिलेट मगाइयो।
भोटे म:म:  साइज नै  चाइना जत्रो। ४ ओटा को १ पिलेट हुने रैछ। म:म: भिमाकाय: भएकोले सिङै हाम् गर्ने कुरा भएन। पहिलो म:म: लाई खण्डित पारेर एक टुक्रा मुखमा के हालेको थिएं। फेरि तीन त्रिभुवन् देखें। भोटेको बिषेश सुगन्ध अौने म:म:। बल्ल  तल्ल १ ओटा मम खाइयो, खान नसक्ने भए पछिअैयो, ७ रुपैयाको १ ओटा म:म: खाएर हिडियो।। त्यस पछी जिन्दगीमा त्यो गल्लीबाट हिड्दा नि त्यो हरियो पर्दा लाई छद्के पारेर हिड्न थालें।


 
Posted on 10-19-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

येह् ठुल्दाइलाइ मिस गरे जस्तो छ हो सलुट ठोक्न।
मैले लेख्दा लेख्दै पालो मिचेर बिचमा अौने भे छ। यो ज्यान् लै पत भयेन।

हेप्पि दशेरा ठुलदाइ !
और् सलुट भि।


 
Posted on 10-19-07 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरि है, रिकुटे, मैले नि स्यालुट ठोक्न  बिर्से छुं। तारेमाम्, दशैंको शुभकामना। पल्टनमा नि खसी त  काटिन्छ होला नि, गाम त भैहाल्यो।
आफु त म : म: पारखी, यसपाली नि म: म: खोजेरै दिन बित्ने भयो।

 
Posted on 10-19-07 1:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खसि त काट्छन् ठुलदाइ
क्या नाम तेत्रो पल्टनका आदम्खोरहरुलाइ चार् पाँचोटा खासिले के हुनु।
तेहिमाथि पनि आफ्नो डिप्टि पर्यो भने त खसि त उहि हो, सिङ् र खुर हेर्ने और् भुत्ला सुङेर खोयाबिर्के पल्टाउने मात्र हो पलटनमा त।

बरु यो बरस चौतारिमा खसि ढाल्ने कुरो छ भने टेममै इत्तला गर्नु होला केरे। हाजिरि लाउने टराई मारुम्ला। सलुट !


 
Posted on 10-19-07 1:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो रिकुटे गाम फर्केछ त दशैँमा!

पुर्ने सम्मको बिदा मिला'र आ छौ कि दशमिको भोलिपल्टै फर्कने हो?


 
Posted on 10-19-07 2:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल् बा और् बोनसमा सलुट भी

क्या नाम् ! बडा साहेबहरुलाइ लाखबार् बिन्ति गरेर टिकासम्म को छुट्टि पास् भाछ। पुर्ने तक बस्न पायेको भे त दोपोहर मै जुन तारा देखिने गरि खानु हुन्थ्यो पर् येस् पाला त टेममा रेपोट गरेन भने जागिर नै गिराइदेलान् जस्तो छ।
उस्को बाद् त मुखमा माड डाल्न तक तकलिफ होला जस्तो छ, झन् जाँड त दूर् को बात भो।

जति दिन बसिन्छ उति दिन हजुरको म रेपोटिङ् को बोकले त गन्नाएरै गाउले मार्न लागि सको रे बरु तेसैलाइ मारे थान पुजा नि हुन्छ बथान् पुजा नि। अब अलि पेटि राइफल बरान्डि त ल्यायेकै छु  केरे ।

सलुट !


 
Posted on 10-19-07 2:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ जिम्माल् बा और् बोनसमा सलुट भी

क्या नाम् ! बडा साहेबहरुलाइ लाखबार् बिन्ति गरेर टिकासम्म को छुट्टि पास् भाछ। पुर्ने तक बस्न पायेको भे त दोपोहर मै जुन तारा देखिने गरि खानु हुन्थ्यो पर् येस् पाला त टेममा रेपोट गरेन भने जागिर नै गिराइदेलान् जस्तो छ।
उस्को बाद् त मुखमा माड डाल्न तक तकलिफ होला जस्तो छ, झन् जाँड त दूर् को बात भो।

जति दिन बसिन्छ उति दिन हजुरको म रेपोटिङ् गरुम्ला। हजुरको खोरको बोकाले त गन्नाएरै गाउले मार्न लागि सको रे बरु तेसैलाइ मारे थान पुजा नि हुन्छ बथान् पुजा नि। अब अलि पेटि राइफल बरान्डि त ल्यायेकै छु  केरे ।

सलुट !


 
Posted on 10-19-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अरे मदनवा! जरा सम्हालके हम्रे भाई! उहाँ से गिर्‍यो भने फिर हमि तिम्रो हड्डी पस्ली ढुँड्नेमै दसेरा त्यौहार सकिहाल्छ। त जल्दी जल्दी पिङ्ग टाँगिहाल् आज दिल खुलाएर खेल्नि बिचार करेछु हमि।

रिठे दाजू, उ रस्सी नाँ छोड्नुस्। फिर हम्रे मदनवा भाई ग्याटिसले हिर्काएको मट्याङ्रा के माफिक पल्लो गावँमा पुगिहाल्छ, कसम से!

त यो दुगो मान्छी हरु को को छ? इकबार राहुलवा दाजू और चना चटपटे दाजूलाई हमिले देखेको थियो ऐसन ब्याक पोजमे फोटो खिचाइलिएको! आज् पनि वहि दुगो बुह्रो छ कि के हो?

रिगलवा दाजू! हमिपनि सेनिक बन्ने खोजेको जवानीमा! सला सिट आँप गर्दा गर्दा माई बाप पुरा बदन बाप रे बाप भयो। त उहि दिन से हमि यो खयालत छोडिदिएँ दिल से! दारु वारु ल्याउनुभएछ?

जे राम् जि कि

 


 
Posted on 10-19-07 3:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खेँ खेँ खेँ कुमलवा, तिमी न डर म छदैछु नि कसके पकडेछु
तिमी आफ्नो लुङी समातेर राख बस
अरु सप्पै ठीक ठाक से छ न?
जे राम जि कि !



 
Posted on 10-19-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DEAR ALL,

 

HAPPY VIJAYA DASHMI 2007.

MAY DURGA MATA BLESS YOU ALL.


 
Posted on 10-19-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खें खें खें!
कुमलवा भैया, हमरी फोटवा कस्ले खिचि लियो। सला, २ मिनेट लाइफको ट्याम घटी लियो।
 फिर् भि हमी खुशी छु। किसि ले तो हमरी फोटो छपवाने के लायक जो सम्झिलियो। 
भोली को लागी तयारी गर्नु छ, चित्रे र चना दाइको खल्ती साफ गर्नु छ, तासको प्राक्टिस गर्नु छ।
 तारेमाम्, जय राम जी के।

 


 
Posted on 10-19-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

DEAR ALL,

 

HAPPY VIJAYA DASHMI 2007.

MAY DURGA MATA BLESS YOU ALL.




 
Posted on 10-19-07 4:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ritthe,

malai jiskako ho?

badi hoina hai. ahile..........

rahula dai,

nakhatya nabolaune teso bhae malai?


 
Posted on 10-19-07 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


उफ्री,
कहाँ जिस्काउनु तिम्लाई, तिमीले लेखेको भएर मैले पनि सम्झे क्या शुभकामना दिन
बरु त्यो "ahile.........." पछी के भन्न आटेको थियौ भने हुन्छ नि
म सँग डराउनु पर्दैन

 
Posted on 10-19-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज किन सुनसान चौतारी?

रिकुटे दाइ, नमस्ते।

बिजया दशमीको शुभकामना। हजुरको अर्को कथा कहिले आँउछ?

रिट्ठे, तिमी एक्लै हो आज येहाँ?


 
Posted on 10-19-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहिले फेरि पिट्नु पर्यो भन्न लाग्याथे। तर भनिन।

अनि आज तिम्रो अझै जाने बेला भाको छैन?
भोलि र पर्सि बिदा है तिम्रो। के के छ नि दशैको पलान हरु?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Trasiting through Istanbul, Turkey
lost $3500 on penny stocks !!!
Is this a progressive step?
Nepalese Students Face Deportation over Pro-Palestine Protest
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters