world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - होली अंक --

[Please view other pages to see the rest of the postings. Total posts: 644]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 227361 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 03-20-08 7:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी - होली अंक--

चौतारी 
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको   १०७ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 107 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

गजल

               ---चित्रे

यो उजाड दिलमा तिम्रो तस्वीर बहार बन्यो
शून्यतामा निरन्तर बजिरहेको सितार बन्यो

युगौंदेखि सुख्खा सुनसान थियो मेरो मन
तिम्रो प्रत्यक्ष आगमनले हाट बजार बन्यो

पाप धर्मको मतलब थिएन रत्तिभर पहिले
अब तिम्रो निवास मेरोलागि हरीद्वार बन्यो

कर्कश लाग्थे संगीत अनि नर्तकिको नृत्य
अब तिम्रो बोली पाउजुको प्रिय झंकार बन्यो

दिक्क लाग्थ्यो भौतारिंदा बिरानो मुलुकमा
तिमीलाइ पाउँदा आफ्नै सुन्दर संसार बन्यो

हाम्रा चौतारीका आदरणीय जिम्माल बालाइ वेलकम ब्याक
अनि जिम्मालनी आमैलाइ भव्य स्वागतम!

वैवाहिक जीवन सुखमय होस्!

http://www.theclayshoppe.com/welcome_sign_with_flower_pots__SCI_03865.jpg



होलीको शुभकामना

मार्च २१
(होली पूर्णिमा:- ठूलीको जन्मदिन तिथी अनुसार)


जताततै रंगीचंगी 
आयो हाम्रो होली
रमाइलो गरौं हामी
बोलौं मीठो बोली

http://www.hopenhome.org/volunteers/holi.jpg


 
Posted on 03-25-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाजीर हुन आउने सुचना:

हाम्रा चौतारीका केहि अत्यन्तै प्रख्यात (तथा केहि कुख्यात)  औतारीहरु, बिगत केहि समय देखि नाक मुख देखाउन न आउनुभएको हुँदा, निजहरुलाई एकपटक भए पनि हाजिर हुन आउन आग्रह गर्दछ। बोलाइएका व्यक्तीहरु-

१) श्री हरिहर हाडा

२) सुश्री तितौरी देवि तिमल्सिना

३) श्रीमती सान्नानी सापकोटा

४) श्री चित्रबहादूर चित्रकार

५) श्रीमती माष्टरनी नानी मरहट्ठा

६) श्री दीपेन्द्र दङ्गाल

७) श्री पुन्टेन्द्र प्यारा परियार

८) श्रीमती नेप्चिमाया नगरकोटी

९) श्रीमती दुर्गेश्वरी दवाडी

१०) श्री चनातरकारी चतुर्वेदी

११) सुश्री किरेजी क्राफोर्ड

१२) श्री गोतामे गौतम

 

धन्यवाद्

 

 


 
Posted on 03-25-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

१- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ।

२- उसै त ठूल्नानी, काममा बोररररररररररररररर भा'की

३- भउते जति उफ्रे नि एक्लाको एक्लै

४- ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु

५- बुढी पायो, चौतारी बिर्स्यो

६- छोरी/साली खोज्नु छैन, भउतेका पछि दुकुर्नी

७- भैँसी हेर्दै, पीठो चपाउँदै


 
Posted on 03-25-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


१- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ। बिर्खे दाइ साचि हो। नाइ नाइ दराउनु पर्दैन म हजुरकै प्यारि बुइनि त हो नि खित् खित् खित्

४- ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु



 
Posted on 03-25-08 2:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


1. अरुलाइ के को धन्दा भाउते दाइलाइ केतिको धन्दा


 
Posted on 03-25-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुढी पायो, जीमेल बिर्स्यो !

बिर्खेले मेरो बिजुलीपत्र नपा'को हो कि के हो ?

Nepe


 
Posted on 03-25-08 2:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मलाई गजब चित्त बुझेका:

१- जिम्माल्नीको झापड खा'को जिम्माल ठूल्नानी देख्दा नि तर्सिन्छ।

३- भउते जति उफ्रे नि एक्लाको एक्लै

५- बुढी पायो, चौतारी बिर्स्यो

७- भैँसी हेर्दै, पीठो चपाउँदै



 
Posted on 03-25-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


हाजीर हुन आउने सुचना

13. गालबेन्द्र गिरि
14. ग्वचेराम गुबाजु


 
Posted on 03-25-08 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यो भन्दा नि 'फिमेल पायो जि-मेल बिर्स्यो' हुन्थ्यो कि त नेपे दाई?

 
Posted on 03-25-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ज्वाइँसा'प पनि कराउनु, बुइनी पनि हराउनु

भउते पनि करायो, गाउको तरुनी हरु सबै हरायो

 
Posted on 03-25-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवाहीत जिम्माललाई, जेसिका न जेलो।

 
Posted on 03-25-08 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कसैले आफ्नो राम्रो को लागि भन्दा -
तेरो मुखमा दुध भात परोस = तेरो मुखमा मम परोस।
 
Posted on 03-25-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो चाइने आँफैलाई:
नेत्रेलाई म:म: खान आसुले रोक्दैन। कसो नारने?
 
Posted on 03-25-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो नेपे दाई! जिमेल मा त केहि आएको थिएन, तपाइँको पोस्ट पढेपछि बिर्खे जिम्मालको हटमेल हेरेँ त्यसमा रहेछ, माफ पाउँ दाई त्यो एकाउन्ट नहेर्नाले यस्तो भयो। धन्यवाद दाई,  तपाइँले भने बमोजिम गर्छु!

--------------------------

 

लोल! मलाई चाहिँ यो मन परो----> "छोरी/साली खोज्नु छैन, भउतेका पछि दुकुर्नी"


 
Posted on 03-25-08 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु यो चाइने जिम्माललाई:

घरमा जिम्मालनी जिम्मालनी  चौतारीमा सुबेदार्नी


 
Posted on 03-25-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ हँ नारने??? सुबेदारनी रे??? हन कता छिन सुबेदारनी चौतारीआँ? खुसुक्क भन त कस्ति छिन?? राउँरि छिन्???


 
Posted on 03-25-08 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 03-25-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै रमाइलो भई रारछ उखान टुक्का को बरसात


'खाना को नाम लियो ,हर्केको उत्पत्ती'
'२ बज्न पाउदैन,ठुली bored'


 
Posted on 03-25-08 2:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बडा अच्छा उखान हरु। यसपाली उखान संग्रह निकालेर भए नि एउटो तक्मा थाप्ने मेसो गर्नु परो।

 
Posted on 03-25-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)

ओ हो जिम्माल बा आम्नु भ'र छ? दर्शन अरे है!!

लु हजुरलै अनिखेरि जिम्माल्नी आंमै लाई मेरो तर्फटा सुखद जिवनको लागि धेरै धेरै शुभकामना!

 


 
Posted on 03-25-08 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


'२ बज्न पाउदैन,ठुली bored' बिस्ते थुलि त काममा पुग्ना साथ बोर हुन्च




 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters