Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136517 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-26-07 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली आई याम् हेर् हाउ आर् या? :)

६ कक्षा हो ठुल्दाई?

हाहा हा जिम्मालबाको टनटन गाना। :D:D

ठुली, चित्रे, ठुल्दाई, तिरु, जिम्मालबा, कुम्ले र सबैलाई न्यानो अभिबादन यो सान्नानीको।
 
Posted on 01-26-07 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो सान्नानी!! आयौ बा?
अनि सन्चै छौ? घरमा बा आमा हजूरबा अनि भुराभुरिलाई नि सन्चै छ?
सानेलाई पिलो आ'र दुख दिरा छ भन्ने सुन्ते मुइँले बजियाको पिलो ठिक भओ?
हजूरबाको खोकि कस्तो छ अइले? अस्तिको बैधेको ओखतीले कम अरो?
घराँ मोइ पार्ने ठेकि नि नयाँ किनेर ल्या छौ रे आचकल त? नौनी कत्तिको पर्छ अचेल?
हाम्राँ एउडा हर्लिसको सिसि मा एउसिसि घ्यू पठाइदिन्थेउ कि त?
 
Posted on 01-26-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:O :O :O :O
पुस्टकारी दिनि बेलाँ तितौरी, खबरी चाहीँ मलाई बनाउनि जिम्माल्बा? एकदम् झेल्लि हजुर् त, ल पहिला गुद्पाक् दिनु मलाई अनि भन्छु सबै खबर।
 
Posted on 01-26-07 2:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टनटनाटन नारन, टन टन टारा
टन टन टन टारा, टन टन टन टारा
चलती है क्या मेरी मया, नौ से बाह्र
किस्न बजाऊ मुरलि!

रोट्फल् रोट्फल् !

हेइ खबरिलाल् :P ( मार्ने भै) सान्नानु!
नाइस् टु सी यु! मनै चङा भयो सान्नानि लाइ देखेर। कता गायब् हो ? तिम्रो चिन्ता ले म सुकेर पराल् भैसके रे क्या। :P
 
Posted on 01-26-07 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुकेरै पराल् भे त झन् राम्रो नि हैन? जिम् जानै परेन् वाह् क्या मज्जा। फुलेर भकारी भा त राम्रो हुन्न क्या तिते। :D:D:D
 
Posted on 01-26-07 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै के कुरो अरेको सान्नानी तिमीले?
तिमीलाई चाहिँ क्यार्न नदिँदाहुम नि कठै!! लु गुँदपाक त पुस्टकारि अस्तो गोजिमा हालेर हिन्न मिलेन के रे, तेसइले आज हाम्रा घराँ आऊ, सन्दुक खोलुमला मजाले गुँदपाक खाउली!

तितौरी, मन चङ्गा भओ रे?? उडेर जाला है होश गर मन फेरि! उडे मात्तै त केइ थे'न फेरि चेट भओ भने कता गएर खस्छ भन्न सकिन्न गाँठे!!
हे हे हे जे होस- " मन चङ्गा है तो लोटे मे गंगा है" :)
 
Posted on 01-26-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कटि पतङ्?!भन्न खोज्या जिम्माल् बा ले? हेहेहे
मेरो मन त न्यु भर्सन् चङा हो क्या जिम्माल बा सेफ् ल्यान्डिङ् गर्ने इक्युप्मेन्ट्स् हरु सबै भ'को। :D

ओइ सान्नानि झन् राम्रो रे म सुकेर पराल् भएको?! :O
 
Posted on 01-26-07 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ गाम्ले हो । बिचरा कुम्लेले पाउनु दु:ख पाएछ जोगी भएर, पढ्दा त हाँसो नै उठ्यो तै पनि ।
ठुली, ईमेल को लागि धन्यवाद ।

एउटा कबिता कोरिहालूँ है, कसैलाई सम्झना छ कि छैन ?

हेर हेर साथी हो कमिलाको ताँती यो
कान्लाबाट निस्केर हिँडछन् दुला माथि हो ।
 
Posted on 01-26-07 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-07 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे चिप्लु! मेरा दु:खका कथाहरु अझै सुन्दै जाउ, तिम्रा नि आँखा रसाएनन् भने त के! हे हे हे!!

सान्नानी नमस्ते छ है! :-)
तितौरीको प्रणामलाई मेरो छड्के सलाम। :D

जिम्माल बा, हिजो हजुरकै भान्जाले, "मेरा मामाले हिजो टकिला पिएपछि जिम्माल हजुरबा बाट जिम्स-डा-किलाsss बनेर बिजोग!!" भन्दै सुनाउदै थियो। उसैलाई सोध्नुपर्ला अब! ;-)

मिस्टु! :डि

ठुली खोइ? ठुली नहुँदा त चौतारी नै खल्लो हुने!
 
Posted on 01-26-07 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा तितौरी! कटि पतङ्ग नै भन्न खोज्या हो कस्तो कुरो बुझेओ यो पाँच किलास पड्ने बच्चिले पनि! :)
" ना कोइ उमङ्ग है, ना कोइ तरंग है मेरी जिन्दगी है क्या एक कटि पतङ्ग है" भन्ने गिद गा' सुनिएला कि भनेर भनेओ नि! तर तिम्रो मन त सेफ् ल्यान्डिङ् गर्ने इक्युप्मेन्ट्स् हरु सबै भ'को चङ्गा परेछ चिन्तै भएन नि। तर लट्टाईमा धागो भए सम्म धागो छोडेर उड्न पर्ला नत्र लट्टाईमा धागो सकिएपछि पखेटा काटेको बट्टाई जस्तो ल्यान्डिङ मात्र होला! :) लोल!

चिप्ले नि आएछन्! नेपाल जाने कुरो मिलाएछन् र कविता कोरेछन्! :)

मिस्टे नि :डि अर्दै पल्लो गाममा उठेओ रिसलाई हाँसोमा ढालेछ :)

हन कुम्ले के भनो रे हाउँरो भान्जोले? तकिला रे डाकिला रे?:O:O:O
 
Posted on 01-26-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ जिम्माल् बा पनि यो जमाना मा पनि कता लट्टाइ धागो मा अल्झेर उड्ने चङा को कुरा गर्या होला फेरि कम्प्युटराइज्डद् विङ्स् भा'को चङा के। दियर् इज् नो नीड् अफ् लट्टाइ सट्टाइ। उहिले का मान्छे का खुइले का कुरा भन्या यहि हो रे'छ। :P :D
 
Posted on 01-26-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उहिले का मान्छे का खुइले का कुरा भन्या यहि हो रे'छ। :P :D

बडा चित्त बुझ्यो ।
 
Posted on 01-26-07 3:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.LOL Jimmal baa....!! I was kidding. :D
Titaureeko changaa jasto mann bhaye katti ramaailo!! :-)
Have fun sabai janaa!!
Happy Friday!!
 
Posted on 01-26-07 3:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Oops Typo!!

Titaureeko jasto changaa jasto mann bhaye katti ramailo!! :-)

Rahul dai! aba weekend ma chilim taanne hai ta!!
 
Posted on 01-26-07 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चङ्गा जस्तो मन भएको भए,
डुङ्गा जस्तो तन भएको भए
म बहेर उडिदिन्थे
उडेर बगिदिन्थे ।


ल जा चिलिम को सुर्, राम्रो हो कि झूर?
 
Posted on 01-26-07 4:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु बबाल गरेचन गाम्लेहुरले! कुम्ले ले हँसायो, जिम्स-डा-किला़ऽऽऽऽऽ रे! लोल! हाम्रो मामालाई किला सिला सम्झाउनु हुन्न है, गोरु बाँध्ने किलो उप्काएर लखेट्लान फेरी!

ल सप्पैलाई ह्याप्पी फ्राईडे,
चिलिम तान्नेले चिलिम तानुम, म त वीकेण्ड भरी चिलिम हैन, तमाखु हान्ने !!
 
Posted on 01-26-07 4:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा राहुल्भाइ दामि
राहुल्भाइ को जवाब चैन
घर् मा मेरो कवाब चैन
विकेन्द आयो हेर्न मन् चैन फिलिम्
राहुल्भाइ येसो पास् गर्ने कि चिलिम्
 
Posted on 01-26-07 5:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ चौतारी त तल खस्केछ, माथि ठेल्देको मात्रै हो, हाँरो गाम्मा त राती भइसको, सपैले विकइन्ड राँरो सँअ मनाउनु होला ।
शुभ-रात्री!

 
Posted on 01-26-07 8:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाली चौतारी, खाली वस्ती
शुक्रबार्, गरि राखे होला मस्ती
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters