Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462706 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 12-16-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु , हजम भएछ नि  दुइटा कुरो! बाङेलाई झ्ह्यल्खाना हालेको कुरो पनि तेसै सेलयो, अनी  त्यो मोटार साईकल मा बाङे थियो कि अरु, कतै खुलेन नि ...I guess, I did not miss any part.
 
Posted on 12-16-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरु , हजम भएछ नि  दुइटा कुरो! बाङेलाई झ्ह्यल्खाना हालेको कुरो पनि तेसै सेलयो, अनी  त्यो मोटार साईकल मा बाङे थियो कि अरु, कतै खुलेन नि ...I guess, I did not miss any part.
 
Posted on 12-16-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिशुल प्रभो, 

हनुमानढोकाको सन्दर्भमा हजम त मैले हैन बाङ्गेले नै पाचक खाएर गरेको कुरा मैले लेखें त -- त्यो लेखाईको अंश राख्दैछु म यहाँ -- 

"अनि गुम्बेलाई बजाउने कैले ?"

"किन?" उस्ले ढोका नजिकै पुगेर सोध्यो।

"हिंजो हनुमानढोकाको बबाल बिर्सीस? त्यस्तो नभा नभा कुरो गर्दै हिने पछि सम्झाउन परेन? --झ्यालिन्चा फेरी उस्तै -- तर सुरु गरेको गुम्बेले रे --" मैले भनें।

"त्यस्तो पुरै नभा कुरा गर्या नी हैन गुम्बेले -- काँबाट तीँ पुग्या रे नी फेरी --" हलुका मुस्कान अनुहारमा ल्याउँदै बांङ्गेले भन्यो।

(पछी अनौपचारीक बार्तालाबमा "म हनुमानढोका त्यो दिन लाईसेन्सको कुरा गर्न गएको थिएँ" भन्थ्यो। पत्याउने नपत्याउने भन्या  त्यस्तै उस्तै हो।)

अब मोटरसाईकलमा उ भएको कुरा उस्ले खण्डन गरेन। तर तरुनी उस्लाई च्यापेर बस्या हाम्ले देख्या भनेसी उस्ले त्यो खण्डन गर्ला भन्ने सोचाई हाम्रो पनि थिएन। बरु पुष्टी चै गर्यो तर पुष्टी शंकास्पद लागेकोले उक्त शंका निबारण नभए सम्मको लागि भनेर मैले उस्को पुष्टीलाई निलम्बित गरीदीएँ।


 
Posted on 12-16-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्रिशुल प्रभो, 


 
Posted on 12-16-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-16-08 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amiran ,

अहिले कथा जाममा परेको छ रे -- जाम खुल्ने बित्तिकै आईहाल्छ --

ek@l ,

सदभावको लागि धन्यबाद प्रभो।

Birkhe_Maila ,

जिम्माल प्रभो,

भाटभटेनी त जाने भनेको, तरुनीहरु स्ट्राईकमा छन अरे भन्ने खबर आयो फेरी। कस्तो स्ट्राईक हो त्यो बुझ्न भनेको छु। बजाउने स्ट्राईकमा रहेछन भने त्यै बुझ्न जानेलाई बजाउछन, थाह भै हाल्छ। हैन हडतालमा रैछन, भने सम्झौता गर्न जानु पर्ला। सम्झौतामा त जिम्माल पनि घाग अरे भन्ने सुन्या हो, एउटा स्थान सुरक्षित गराईराखम कि? कसो प्रभो?

 

*********

मेरो यो प्रस्तुतीको फाँटमा आफ्ना आँखा चर्न छोडेर म प्रति गुन लगाउने सबै सुभेच्छुकहरुलाई मेरो शुभेक्षा।

प्रस्तुतीको बिट मैले मारेको हो अहिले, घटना त्यतिमै त के सकिन्थ्यो। निरन्तरताको क्रम अझै देख्छु म। परिस्थिती भने अबश्य बदलिएको छ।

सुखद जिन्दगीको शुभकामना सबैलाई।


 
Posted on 12-18-08 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम पनि Deep कुरा पनि गहिरो। कथा पनि कती रमाइलो। प्रतिकृया झन कती रमाइला रमाइला। अरुको comment लाई बटार बुटुर पारेर, हँसिलो बनाएर जवाफ दिने गहिरे दाई (Deep bro ) मान्छे प्रतिभाशाली (एउटी साली भिडाइदिए मैले) हो। लौ त अरु भाषण पछी दिउँला।
 
Posted on 12-18-08 12:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम पनि Deep कुरा पनि गहिरो। कथा पनि कती रमाइलो। प्रतिकृया झन कती रमाइला रमाइला। अरुको comment लाई बटार बुटुर पारेर, हँसिलो बनाएर जवाफ दिने गहिरे दाई (Deep bro ) मान्छे प्रतिभाशाली (एउटी साली भिडाइदिए मैले) हो। लौ त अरु भाषण पछी दिउँला।
 
Posted on 12-18-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ,

Funny and nice story as usual.Timile lekheko naramro hune kurai bhayena.Baru Why end so soon?keep coming more like what happened later.....


 
Posted on 12-18-08 11:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिप,

कमेन्ट झन रमाइलो छ ---कि अब कथा छोडेर कमेन्ट मात्रै पढ्ने जस्तो पो भयो त?!--जेहोस शुभेक्षा  भएनि पाइयो, नत्र  चोखो मनले 'शुभेक्षा' दिने मान्छे नै कहाँभेटिन्छ र---? बधाइ छ!-- अर्को कथा कहिले त अब?

 


 
Posted on 12-18-08 12:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दु:खका कथाहरु लेख्न सजिला हुन्छन र सजिलै अरुको मन पनि छुन्छन। दीपका कथाहरु रमाइला छन। यि कथाहरु पढिसके पछी पाठकले कथा पढे बापत कुनै बोझ लैजानु पर्दैन बरु आफ्ना बोझ नै एकछीनका लागि भए पनि बिसाए जस्तो हुन्छ। आसा छ हामीले यो सुस्ताउने चैतारो फेरी अवस्य भेट्टाउनेछौ।


 
Posted on 12-18-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दु:खका कथाहरु लेख्न सजिला हुन्छन र सजिलै अरुको मन पनि छुन्छन। दीपका कथाहरु रमाइला छन। यि कथाहरु पढिसके पछी पाठकले कथा पढे बापत कुनै बोझ लैजानु पर्दैन बरु आफ्ना बोझ नै एकछीनका लागि भए पनि बिसाए जस्तो हुन्छ। आसा छ हामीले यो सुस्ताउने चैतारो फेरी अवस्य भेट्टाउनेछौ।


Thanks for all laughter you gave.


 
Posted on 12-18-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful, i never miss your stories...too good...soo nostalgic..
 
Posted on 12-18-08 7:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Beautiful, i never miss your stories...too good...soo nostalgic..
 
Posted on 12-24-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

FrozenDream,

"..प्रतिकृया झन कती रमाइला रमाइला। अरुको comment लाई बटार बुटुर पारेर, हँसिलो बनाएर जवाफ दिने गहिरे दाई (Deep bro ) मान्छे प्रतिभाशाली (एउटी साली भिडाइदिए मैले) हो। "

जय होस् प्रभो, अनि सालीको नाम उसो भए प्रतिभा होईन त?  सम्झिरहनु पर्यो नी --

bideshi,

"Baru Why end so soon?keep coming more like what happened later....."

त्यो त हो, तरुनीहरुको कुरालाई रोके पछी त प्रलय आईहाल्छ नी -- रोक्न हुन्थ्यो के त ---  तर what happened later मा चै अलि घारघुर भो के --

miss_ me ,

"--जेहोस शुभेक्षा  भएनि पाइयो, नत्र  चोखो मनले 'शुभेक्षा' दिने मान्छे नै कहाँभेटिन्छ र---?"

त्यो त हो तर खोज्या चोखो मन चैं थ्यो -- त्यो मन भेट्टाउन पादेखुन त त्यै मनले दिने शुभेक्षाको के कमी हुन्थ्यो र?

nakkali keti ,

"आसा छ हामीले यो सुस्ताउने चैतारो फेरी अवस्य भेट्टाउनेछौ। "

यात्रीले भेट्टाउने हो चौतारो त, चौतारोले यात्री हैन। यात्रीहरुले माया नगर्ने हो चौतारोलाई भने त्यो चौतारो केबल एउटा रुख हुन्छ। चौतारोको गौरब भनेकै त्यसलाई माया गर्ने यात्रीहरु हुन।

मुयाँ नमारम है त चौतारोको।

Hajmola,

eautiful, i never miss your stories...too good...soo nostalgic..
 
 
 
तरुनीको बारेमा मैले लेखैकै ब्युटीफुल लागेछ प्रभोलाई भने ती तरुनीहरु झन कति ब्युटीफुल थिए होलान त? उत्पात थिए नी, नारन! उत्पात।
 
तरुनीहरु सम्झेर मैले भन्ने पनि त्यै हो ...too good...soo nostalgic..
 
**************
 
 
फेरी एक पटक, मेरो प्रस्तुतीलाई समय दीने सबै प्रति हार्दिक आभार अनि सबैलाई मायालुको चुम्बन जस्तै जिन्दगीको शुभकामना।

 
Posted on 12-24-08 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-24-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजी भएर ब्यस्त भको कारण ले गर्दा कमेन्ट अनी टिप्पणी गर्न पाको थिएन
के भन्नु र as always rocking!! Superb!! 


 
Posted on 12-24-08 10:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिजी भएर ब्यस्त भको कारण ले गर्दा कमेन्ट अनी टिप्पणी गर्न पाको थिएन
के भन्नु र as always rocking!! Superb!! 

दीप ज्यु अनी सदाबहार बाङ्गे को जय होस्!!
अनी सधैं बाङ्गे पुराण सुन्नपाईयोस नयाँ बर्ष २००९ को शुभकामना सबैलाई


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters