serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 चौतारी - १०१

[Please view other pages to see the rest of the postings. Total posts: 698]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
[VIEWED 213080 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 35 pages, View Last 20 replies.
Posted on 02-18-08 12:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०१ --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको



१०१ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 101 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी


तिम्रो याद

                          ------चित्रे
हरेक बिहान रविका प्रज्जवलित किरणसँगै
हरेक दिन हावाका शीतल झोंक्कासँगै
हरेक साँझ सागरका उर्लँदा लहरसँगै
अनि
हरेक साँझ जूनको मीठो प्रकाशसँगै
म आफैंलाई तिम्रो यादमा भुलेको पाउँछु
कल्पनाको बागमा डुलेको पाउँछु
अनुरागको फूलमा फुलेको पाउँछु
त्यसैले तिमी सँधैं
मेरो सपनाको संसारमा आउनू
मेरो भावनाको माहोलमा छाउनू
र मलाई सधैं तिम्रै नजीक पाउनू।




चौतारीका दौंतरीहरू


भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


Last edited: 20-Feb-08 12:10 PM
Last edited: 20-Feb-08 03:22 PM

 
Posted on 02-20-08 8:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 झ्वाइँखट्टे छ भने बरु यतानी पाउन बरु, नखाकोनी धेरै भो है, हैन एक्दिन चै म सब चौतारी बाशिलाई, बूङूर खुवौछु।
अन्तरे अनी गाउँ तिर सबैलाई कुशल मंगल् छ हैन त।
 
Posted on 02-20-08 8:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>>हहहहह्हह <<<
 क्या रावण जस्तै हास्या हर्के दाई ! लोल

अस्ती हाम्ले त बोलाकै हो नि नजिक हुने जती आओ भनेर --कल्ले टाढा बस्नु भन्या थ्यो?
खुरुक्क ल्याउनु त्या बुङुर होइन भने आज गीत सीत बज्दैन ह्या
अन्तरे दाई, बुटी छ?


 
Posted on 02-20-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute dai,

Kina ho testo risako? ani asti bahini dini CONFIRM garya haina ra? ani kattiko sekya cha ta siretole? hamro gaamma ta aaja gham le chutnu chutyo. Khetaa kaam garni bhai kha daDhiyo ni majaile
yeso radio ma geet sundai doko bunaula bhanya. yo radio sarai sano bhacha ki kalakar atayenan ki ke ho?

 
Posted on 02-20-08 8:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन छोडपत्र गराउनि बिचार छ कि के हो? अब त बुढो भैयो पत्याउन्नन् त कसैले यो उमेराँ बाबै

काली फुर्नेतिर राम्रै भो रिठ्ठे। अरु के हुन्तो, दुइटा साथेहेरु थे, एउटा त आठ कच्छेदेखिन् बिराटनगराँ संगै पढ्या साथी थो, तेसैकाँ बसियो एक रात, जाँड खाइयो तेहि हो रमाइलो। उतिबेला कैले तेस्को कैले मेरो साइकलाँ डबल लोड जोगबनि गैन्थो भिडो हेर्न, पैलो चोटि जोगबनी भिडो हेर्न लग्या तै मोरोले हो कस्तो खतरा बिरेक डान्स गर्च रे भनेर इल्जाम हेर्न लग्या, यसपाली साइकल छडेर मटराँ सररर हल्लिडाँडातिर घुमियो के रे।


 
Posted on 02-20-08 8:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माथ किन गिद्द घुम्यो भनेको त ईसोरे मर्‍यारछन् र पो चौतारीयाँ।

अन्तरे दाजी, हर्के दाजी र रिठ्ठे दाजी लगाएत सप्पै दाजीहरुलाई नमस्ते।

त्यो छ नि त्यो के,

जीवनको यहाँ के भर हुन्छ, अन्तरेको मात्रै डर हुन्छ कि के जाती गीत छ नि।

त्यो सुनुम न लौ कसैले भेट्टायो भने।


 
Posted on 02-20-08 8:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhaute bro,

Kina sarai TEN SON paryo jasto chani!
 
Posted on 02-20-08 8:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै लु सुरु गरम गरम, माहोल जमी सकेछ यहाँ त है।
 
Posted on 02-20-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते के छ खबर?
 
Posted on 02-20-08 8:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु मार्‍यो, हाउँरा हुन नसकेका ज्वाईँ नि यतै रे'छन। नमस्ते गरेँ झ्वाईँसा'प।

बैनी लान सक्या भए पो ज्वाईँ, नसक्नी मोरो त झ्वाईँ हो।

बैनी लैजाने भे' दोहोरीमा जितेर लैजाउ झ्वाईँसा'प।


 
Posted on 02-20-08 8:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा नि लागेचन रे देशतिर, बुढेसकालाँ बे गर्न होला के रे। कैले देखुन हो पाए त हाम्पुनि बे अर्थेम भन्दै नलीखुट्टो काँधा बोकेर फलाक्दै हिड्याथे। के के सुन्न पर्च यो कानले। अब क्यार्नु बे नअर भन्न भेन, लौ बे गरेर आउ त नि। नलीखुट्टो बजाम्दै नाच्नु आफैं, बेला अम्रीत गयो भन्दै।

बरु यी तन्नेरी चित्रेले चित्रीनी, लहरेले लहरी, भउतेले भउती भित्र्याउलान भन्दा भन्दै बुढाले उछिट्याउनि भे जिम्माल्नी। 

हो हो भउते हाम्रै डर हुन्च नि बल्ल कुरो बुझियो हैन त? डिपि को डर अजै रैच भनेसि।


 
Posted on 02-20-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै गीत सीत जवोश न हौ यहाँ कान थापेर बशेको बशेकै छु मत, गर्धन नै दुख्न थालि सक्यो हौ।
 
Posted on 02-20-08 8:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जेठान,
दर्शन गरे है! अब दोहोरी त खेल्नै नपर्ने भएे सक्यो नि! लौ उप्पु ले भनेकी छैनन ? भोली तेही पल्लो डाडोको प्रेम चुचो मा भेट्ने कुरो भाको छ हाम्रो।

यहाँ भोली सौलाई बुझौने डोको बुन्दै छु। अली धेरै रङी चङी पर भन्या चन बास्लाई। ससुराली तिर सबैलाई आरामै त होला नि! लौ सबैलाई नमस्कार अर्य छन कान्छा ज्वाँईले भन्दिनुस्। अनी ति कलाकार जेठान पनि किनइ मोटाचन कि के हो। रेडियो भित्र छिर्न नसकेर होकी बोलेकै सुनिन त
 
Posted on 02-20-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काली फुर्ने तिर मोज भएछन्त अन्तरे दाई, हैन त्या त हाम्रो बिराटनगर  कै रमेशे पनि छ त हौ
तेइ त भन्या होइन तपाईंले? लोल
जोग्बनी मा इल्जाम हेर्न गा' रे गोविन्दा को डिस्को डान्सहाहाहा
त्यो जोग्बनीमा विडियो हेर्न हाम्पनी गा' एक फेर
धोतीले पैसा माग्न थालयो अनी टाप कसेको


 
Posted on 02-20-08 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-20-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कती राम्रो --

 
Posted on 02-20-08 8:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन किन यस्तो बैरागी गीत लाको यो लहरेले, हैन यस्ह्हो केटीले कम्मर हल्लाको गीत लाउन हौ, केटी हरु छैनन नि यहाँ आहिले।

मेह बुवा मेह बुवा: फिलिम शोलेको गीत।


 
Posted on 02-20-08 8:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेह बुवा मेह बुवा: फिलिम शोले

 
Posted on 02-20-08 8:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमेश रे, त्यो चैं हैन। अनि अस्ति तेस्काँ हुँदा त्यै कुरा सम्झेर रमाइलो भो एकछिन। तेल्ले र मैले कम्ता भिडियो हेरेनम जोग्बनीमा उतिखेर। मोरो शुक्रबार हाफ छुट्टि भो कि आइहाल्ने लु जाम भनेर। हुंदाहुंदा पछि पछि त सुक्रबार शनिबार दुइदिनै जान थालियो हप्तै पिच्छे। कैले साइकल पन्चेट हुनि अनि हैरान। ऐले सम्झिंदा पसिनै पसिना भ'र नि के जान मुन लाउनि होला उतिखेर भन्या झैं लाग्छ। तर रमाइला दिन थे ति।
 
Posted on 02-20-08 8:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

भनी बोलाको मैले ए होइ !


 
Posted on 02-20-08 8:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु अरुनी सुनम सुनम मिठो मिठो निमन्चुश जस्तो गीत हरु, खै जावोश न हो।
ताल्को पानी माछीले खानि पिरेम सिथ जानेकी नजानी: नेपथ्य

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters