Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 शुभेक्षा

[Please view other pages to see the rest of the postings. Total posts: 492]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
[VIEWED 462829 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 25 pages, View Last 20 replies.
Posted on 10-23-08 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     8       ?     Liked by
 

शुभेक्षा

 

 

"हुने बेलाँ अनेक हुन्छ, बुझिस?" बाङ्गेले मेरो कोठा भित्र छिर्दै भन्यो।

 

"त्यो बुझेको अहिले हो ? तर यो राउण्डमा बुझ्नु पर्ने के हो?" मैले सोधें। निक्कै प्रफुल्ल देखिन्थ्यो। कोठाको ढोका लाउनु अघि यसो भर्याङ्ग सम्म पुगेर उस्ले माथि हेर्यो, यता उती यसो चाल बुझ्यो अनि कोठाको ढोका लायो।

 

उस्को चाल हेर्दा कुरा गतिलै जस्तो बुझियो।

 

छालाको ज्याकेटबाट पाँचसेपचपन्नको एउटा खिल्ली तिर तेर्साउँदै भन्यो " यो सल्काउँदै गर --"

 

"काँ सल्काउने कोठामा? उसै जो भेट्यो उसैलाई छोरो बिग्रियो भन्न थाल्या छन अचेल  --"

 

"ह्या भन्दै गर्छन नी -- झ्यालाड फुकम बाहिर भैहाल्छ नी --लाईटर झिक --" बाङ्गेले एउटा अर्को खिल्ली पनि झिक्दै भन्यो। पान्सेपचपन्नको खिल्ली नलिएर पनि भएन। लिन लिएँ तर अब सल्काईहाल्ने आँट पनि आएन।

 

लाईटर तिर नलाग्या देखेर होला उस्ले सोध्यो "किन ? को को छन घराँ? तेरो बा काकालाई मैले मोटरसाईकलाँ टंगाल तिर बत्त्या देख्या हो अघि --फेरी के को डर हो?"

 

"भरे बाउ फर्किदा यहाँ धुबाँले छोड्या गन्धले सबै पोल लाई हाल्छ नी" मैले भनें। भन्न भनें तर चुरोट तान्ने धुन गज्जबले चढी सक्या थ्यो।

 

"अब थाह नभा कुरो भे पो --- माथि तेरो काकाको कोठाँ चार्ली सेन्ट होला नी -- जा लिएर आईज-- दुई चोटी छ्वास छ्वास दिएसी मग मग हुन्छ कोठा --" उस्ले सुझाव दियो।

 

सुझाब ठिकै हो तर माथि काकीले किन भनेर सोधिन भने? के भन्ने के --

 

"किन बेक्कारको रिस्क लिने -- हिन्न उता भिमसेन थान तिर जाम --त्यता बाट बिशाल नगर जाने गल्ली तिर लागे सी चुरोट के हुक्कै तानेनी केही फरक पर्दैन।" मैले भनें।

 

"त्यो हो -- चिया सँग तान्न पाए हुन्थ्यो भन्या के -- जा चिया भन माथि -- यहाँ मिलार सल्काउँछु के -- बरु लाईटर काँ ? उही दराजको दोस्रो खण्डमा हैन ? एडभान्सड फिजिक्सको पछाडी?" सोध्दै जस्तो पनि गर्दै र्याक सम्म पुगिसक्या थ्यो।

 

"यहाँ मिल्दैन बाङ्गे तान्न-- पख चिया भनेर आउँछु अनि के गर्ने बिचार गरम्ला" मैले उस्लाई रोक्दै भनें।

 

"बोरै गर्छस यार तैले पनि -- एउटा चुरोट तान्न पनि त्यो दुर्योधनले धोती तान्दाको जस्तो टेन्सन -- जा।" मेरो ओछ्यानमा बस्दै उस्ले भन्यो।

 

"दुर्योधनले त तेरै धोती तान्या त होला नी" ढोका तिर लाग्दै मैले भनें।

 

"द्रौपदीको तान्ने चै को त? ए! दु:शासन हो क्यारे -- त्यो द्रौपदी पनि हरहराउँदी थिई है महाभारतमा --अब ओरिजिनल त देखिएन सिरियलको कुरा गर्या नी--अहिले के गर्दै होली है--" बाङ्गे द्रौपदी चिन्तनमा लाग्यो।

 

माथि तिर लागें। बाङ्गेको भर थिएन। तु फर्किनु थ्यो।

 

माथि मैले चिया भनेर आउँदा बाङ्गेले तल चुरोट सल्काईसकेछ। कोठाँ पस्ना साथ पडकिएँ। उस्लाई केही केही। "जा माथि पुजा कोठाबाट एउटा गतिलो बास्ना आउने धुप ल्या -- अनि एउटा जुन देउताको भा नी फोटो पनि च्यापेर ल्या -- अरुले देख्दा तँ सुध्र्या जस्तो नी हुने --हाम्लाई बिग्रिन नी मिल्ने --आईडिया सिक्न यार दाई सँग --अब संगत गर्या पनि निक्कै भैसक्यो --" बाङ्गे ढुक्कै थ्यो।

 

"यो मैले तेरो सल्काईदेको हो -- ला ली -- मेरो चिया सँग सल्काउने हो --" उस्ले चुरोट तिर तेर्साउँदै भन्यो।

 

अब कसैले तल मेरो कोठामा चिया लिएर आउलान भन्ने पिर भो --त्यसको उपाय माथि आफैले चिया लिन जानु थ्यो --आफु माथि जाने भए पछि चुरोट तानेर जाने कुरा भएन -- धुप पनि साँच्चिकै खोज्नु पर्ला जस्तै थ्यो। यत्तिकै कोठाबाट निस्किएँ।

 

चिया लिएर आउँदा बाङ्गेले अघि सल्काको चुरोट सकाईसकेछ। धुवाँको गन्ध रंगमंगीएकै थ्यो कोठामा।

 

चिया लिंदै सोध्यो। "खोई देउता? देउतालाई नी दे एउटा सल्काएर -- सरसोतीको फोटो होला नी सरसोतीको--जा ले -- बिद्यार्थीले सर्सोतीको अगाडी हैन धुप बाल्ने? बाउले भरे स्याबास भन्छन -- बिद्यानस -- बरु छिटो गर" उस्ले अर्को चुरोट झिक्यो।

 

एक छिनमा नभन्दै मेरो कोठामा सर्सोतीको फोटो अगाडी एउटा धुप बल्दै थ्यो। नबालेर के गर्नु?

 

"ए! सर्सोतीलाई देखेर संझिएँ --झन जे भन्न त्यै भन्न बिर्सी रा--" बाङ्गेले चिया चुरोट सँगै भन्यो।

 

"के?" मैले सोधें --

 

"हुने बेला अनेक हुन्छ के " उस्ले भन्यो।

 

"के भो?" मलाई पनि थाह हुनु पर्यो नी।

 

"तरुनीहरु खोज्न कहाँ मात्रै पुगिएन? --के मात्रै गरीएन? के मात्रै भोगीएन? भन --"

 

उस्ले "भन् " भने पनि त्यसमा भन्नु पर्ने केही थिएन।

 

"अनि अहिले के भो ?" मैले बरु सोधें।

 

"अहिले तरुनी घरमै आई" उस्ले मुसुक्क हाँसेर भन्यो।

 

मैले झ्यालबाट यसो बाहीर हेर्या उस्ले "तेरो घराँ हैन मेरो घराँ आई" भन्यो।

 

"को?" मैले फेरी सोधें।

 

"तरुनी" उस्ले भन्यो। अनि थप्यो "बिजुली छे बिजुली"

 

"करन्ट लागेर मर्लास नी" मैले भनें।

 

"मरे नी स्वर्गै पुग्छु" उस्ले सजिलै भन्यो।

 

"मलाई के फाईदा भो तेरो घराँ तरुनी आएर?" भाको कुरा सोधें मैले नी।

 

"अब तैले भेट्या तरुनी तेरै हुने भै-- मेरो तर्फबाट खतरा भएन --अब यो भन्दा बढी के चाहियो तँलाई?" उस्ले निर्धक्क हाँसेर भन्यो।

 

"तँ का आएकी तरुनीको कथा चै के हो नी?" मैले सोधें।

 

"अघि बाउको साथी थ्यो घराँ छोरी लिएर।" बाङ्गेले सुनायो।

 

अनि तँलाई "लाउ बाबु यो मेरी छोरी भन्यो?" मैले तिर हर्दै भनें।

 

"त्यो नी भन्छ एक दिन, बरु तँ पनि सुटको नाप दिन गै राख जन्ति पनि यही धर्के सर्ट जिपर बिग्र्या पाईन्ट लार जाने हैन होला नी?" उस्ले तिर हेर्दै भन्यो।

 

"काँ बिग्रया View/Share this post only

 
Posted on 12-09-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la mero pani suvekshya chha Bange lai. tara Bange nasudhriyekai ramro katha ma chahi kina ki Bange keti ko pachhi nalageko, churot nataneko, khali ISc padda tira ko Advance Physics ko kitab padera baseko, etc. scenes in Deep's stories can be very odd.


 
Posted on 12-09-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la la mero pani suvekshya chha Bange lai. tara Bange nasudhriyekai ramro katha ma chahi kina ki Bange keti ko pachhi nalageko, churot nataneko, khali ISc padda tira ko Advance Physics ko kitab padera baseko, etc. scenes in Deep's stories can be very odd.


 
Posted on 12-09-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent.......Another Master Work of Deep Bro.


 
Posted on 12-09-08 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Excellent.......Another Master Work of Deep Bro.

गुरु, शिर्षक दामी छ!!! त्यो शब्द जम्मा एक चोटि आयो पुरा कथामा त पनि भारी माने बोकेर । कहाँ कुन ठिटिको नाम होला भनेर अनुमान गरेको...... भरै त आँफै सिल्टिमुर खाइयो .... त्यो पनि धेरै मिठो.......

अब अरु पनि खुराक्को प्रतिक्ष्यमा छु ........  


 
Posted on 12-09-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी दीप ब्रो ले ट्वाक् लाई  Mission abortion भन्न नभ्याको भन्या । बाङे  लाई मिलेर छिर्की हान्ने कुरा भको थ्यो हैन ?
 
Posted on 12-09-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भने पछी दीप ब्रो ले ट्वाक् लाई  Mission abortion भन्न नभ्याको भन्या । बाङे  लाई मिलेर छिर्की हान्ने कुरा भको थ्यो हैन ?
 
Posted on 12-09-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, कथा बाँकी छ कि सिद्धिएको हो? न त अल्पबिराम खुट्ट्याउन सकियो न त पूर्णबिराम नै। CT ले भने झैं झ्याप्प ब्रेक हाने जस्तो पो भो।       

 
Posted on 12-09-08 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दीप पर्भो, कथा बाँकी छ कि सिद्धिएको हो? न त अल्पबिराम खुट्ट्याउन सकियो न त पूर्णबिराम नै। CT ले भने झैं झ्याप्प ब्रेक हाने जस्तो पो भो।       

 
Posted on 12-10-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिस्टे,

"बैस छँदा को हस्योउली,उट्पट्याङगिलो टुक्का अनी रोमान्चक ठट्यौली ले भरिपूर्ण छ् प्रभो। "

यो बैंस भन्ने पनि जुवा जस्तै रे छ क्या रे प्रभो, जति खेल्यो उती खेलम खेलम लाग्ने। जिते पनि उठन मन नलाग्ने हारे पनि। जित्दा अरु जित्ने धुन, हार्दा साउँ उठाउँने। साउँ उठेछ कदंकदाचित भने फेरी जित्नै पर्यो। अनि उही चक्र सुरु फेरी।
बैंसको खालमा धेरै बस्न नपाईने रे छ तर। ट्याममा बस्यो भने बस्यो हैन भने गयो चानस।

serial ,

"दीप ब्रो सिरक ओरेर बस्नु है - बाकी तरुनु हरु लाई चाँही हेर्ने हामी छौ।"

ओढाईदिनेले ओढाईदेको भे त ओढिन्थ्यो पनि होला प्रभो तर टुँडीखेलमा आईहालियो फेरी --

Pretty,

 atti hasaune.

जम्मा तीन राउण्ड गा रे छ, के अत्ति भो र?

Harka_Bahadur,

"प्रभु बिहान बिहान कथा पढेर दिल खुश भो, एक छीन भएनी हासियो। "

उती बेला पढ्दा त आफ्नो नी दील खुस भा थ्यो तर खै के पढीएछ के फेल भै हालियो नी। फेल भएसी त के दील खुस हुनु? झुस जस्तो भो नी दील त --बिझाउने। कम्ता बिजाएन त बिजाउन पनि।

newlynew,

ust great.. Kya gazab cha yaar..

गज्जब छ हो र प्रभो? गज्जब थिई होला। होला होईन हो नै। नारायन। चंगा अक्कासीएको मात्रै के थियो बेपत्ता हावा लागेर चंगा त गयो गयो आफ्नो लट्टाईँ समेत कता पुग्यो कता।

jira,

"paila paila spring lagna thalesi college ka maiyaharu khutto ma paangra raakhera kattu laara ghiwu jastai tighra dekhayera pharyaakphuruk hunikinthie najikkai bata..ho ho..timi haru estarai nai dawudi raakha ...ma heri ranchu "....bhanya jastai timi lekhi raakha ma padhi ranchu bhanni bha cha malai chai......

जिरादाई,

लौ न घिउ जस्तै तिघ्रा रे मैयाहरुको? आगो जस्तो होला नी -- मन पो घिउ जस्तो भा होला त -- तै पनि नी प्रभो यसरी हाक्का हाक्की लेख्दा त अर्को चै निकले लेख्नु पर्ने -- तल माथि पर्ला र बयान दिंदैको सास्ती होला है।

त्यो गणेशथानमा प्रभोहरुले पनि धेरै पढेको रे भन्ने बुझिया थ्यो, एक दुई अध्याय यसो बाचन गरम न। १० हजार ताल तिरका कुरा पनि सुनाम न प्रभो।

nakkali keti ,

"बाहिर पानी पनि रा थ्यो यो भाग पढेर त झलमल्ल घाम लागेको जस्तै भयो।  "

त्यता घाम लाग्यो रे भन्ने सुनेर यता आफुलाई गर्मी गर्मी जस्तो पो भो फेरी --

super007 ,

"..खप्परमाँ त लेर आकै रैछ नी..."

ल्याउन चै ल्याईएछ तर अर्कैको ल्याईएछ जस्तो लाग्छ -- खाली सेन्टी हुन्छ। आफ्नो चै कस्ले लग्यो लग्यो --

*~Spring~*,

p.s- सुर्यलेपन अब समर मा लगाउने नि
विन्टर मा  नि चाहिन्छ र?

तापको रापबाट बच्न लाउने हैन र त्यो लेपन? डामे पछी त डामीहाल्यो नी --तरुनीहरुको रापलाई विन्टर न समर।

Pretty,

ni charko garmi ma chai sirak ra gham lai ke garne hola ni? 

कुरो त्यहाँ सम्म पुग्दै पुगेन --

miss_ me ,

"धन्न कुकुर मात्रै रैछ ब्रुनो भन्दा रोकियो । बारुलो नै खनिइको भए के गर्नु हुन्थ्यो कुन्नि?  "

नयनबाण खेप्नु खेपियो, मुस्कानबाण त्यत्तिकै -- बारुलोले डसे पनि बाहीरै डस्थ्यो, तरुनीहरुले त बाण मुटु भित्र धस्थे र त सहियो --

Birkhe_Maila ,

"आहा!  यो भाग साह्रै मिठो लाग्यो प्रभो! हो हो ठ्याक्कै त्यस्तै मिठो लाग्या पढेर जस्तो लास्टमा मुस्कानको वाणले प्रभोको मुटु छेड्दा लाग्या थ्यो! "

मुस्कानबाणले मुटु छेडदा त प्रभो खुत्रुक्कै भैयो नी। मल्हम लाईदेली नी त पछी भन्या त टिन्चर आईटिन पो छर्की बा!

ek@l ,

herai pachi padhiyo hai ta aaja, yestai ho k garnu, katha matra padhera bhayena ta

हो नी प्रभो, कथा मात्रै पढेर हुने भा त भैहाल्थ्यो नी -- ब्यथा पनि घोक्नु पर्ने भएर पो मार्यो त!

nakkali108 ,

"पछि लाग्या पनि कस्को भन्दा बाङ्ग्या, अनि???? "

बाङ्ग्या पछी को लाग्या थ्यो र? माथ्लो तलाँ तरुनी छे की भनेर हेर्ने भर्याङ्ग त्यति बेला त्यै बाङ्गे थ्यो अनि के त?

Trishul,

"गुरु, खोइ त अर्को भाग? पस्किउम न हो छिटो, भोक लागि सक्यो !!! "

डाडु पुनिम लिएर उ गै हाली, भात बसल्या भाँडो पनि चुहुने चैं परेछ प्रभो। के गर्नु? पस्किन त हुन्थ्यो नी-

ctal,

."..kura khai bujheko Deep le?"

त्यै कुरा नबुझ्ने भएर त यस्तो भो त प्रभो -- नत्र त अहिले मेरा पनि --

serial ,

"धेरै बाङ्गे पछी लागेछी यस्तै हुन्छ, माइनस मा गयो हैन - भात बजाको भए प्लस मा हुन्थ्यो होला.."

यो कुरा त्यै बेलाँ भन्नु पर्थ्यो नी त ब्रो -- अब यतिबेला भनेर के गर्ने? अर्कैले आएर बजाउँछ रे भात त्यता अचेल--ट्याक्सीमा जहानै लिएर आउँछ रे भन्छन --  


 
Posted on 12-10-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-08 10:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli,

eep jyu ko katha ta dublayechha sarai..

त्यै त मर्लै जस्तो भै सक्यो अब त --- संजिबनीलाई अर्कैले लग्यो के गर्नु?

serial ,

"पालम्पा गरिरा बेलामा एसो गर्नु त भएन नि छ्याक ले - गाली पनि क्या सोलिड पाको - "

"छ्याकले गाली त त्यो भन्दा पनि सोलिड पाको थ्यो तर साझामा पास हुने सम्मको राखेको।"

 

amiran ,

 

"Deep ji aaba chai nasakine nai bho hai kurna ctal le bhaneko jasto."

मैले नी उस्लाई त्यै भनेको ----कुर्न नसकिने भो है -- कि त हेर्नै मन नलाग्ने झुर हुनु -- अब राम्री पनि हुने हाम्रो मतलब पनि नगर्ने त भएन नी --भनेको --झन सेन्टीस्वरको प्रसाद दीएर गै।

Jhapali_Thito,

"दीप ज्यु, म तपाईंको कथाहरु धेरै पढ्ने गर्छु। तपाईंमा कथा भन्ने धेरै राम्रो कला छ। त्यस्मा २ मत कसैको होला। तर एउटा खड्केको कुरा के भने तपाईंका कथाहरुमा  बिषय बस्तुको ब्यपक्ताको कमी। तरुनी पुराण त पढ्न मजा आउनेनै भयो, यसो अरु बिषय तिर पनि कलम चलाएर हामीलाई तपाईंका महान रचनाहरु  पढ्ने   अवसर   दिनु हुन्छ भन्ने  आशामा छु।"

प्रभोले कुरा चै घच्चीको गर्या हो। मैले पोख्न त केही भावहरु तरुनीईतरका बिषयबस्तुहरुमा पनि पोखेको छु। प्रभोका नजरबाट ती लेखाई ओझेलमा त परेनन् कतै? जे होस म प्रभोको टीप्पणीलाई सम्झिन्छु।

popeye,

"फेरी अहिले बाङे को केही होला होला जस्तो लागी रा बेला कता ट्वाक सँग मिलेर जाल बुन्न लागेको भन्या ............. यो त बाङे माथी सरासर अत्याचार नै भयो है !!"

बाङ्गे माथि मात्रै अन्याय भयो रे? आफै भडखाराँ परेर झन्नै सिद्धिएँ प्रभो--

Bhakte ,

माने काजी माने बाँगेजी लाई--

प्रभो, मैले नी त्यै मान्ने भएर कम्ती बबाल भा छैन।

crazy_love ,

Aba kehi huncha ki jasto lagcha.

भै हाल्यो नी केही त -- खाली यस्तो देखियो

Bhakte,

"We need more Prabhu. "

तरुनीको कुरा गर्या हो भने "आमिन" प्रभो।

ctal ,

"Mutu ra relationship track ma aauna kati samaya lagyo pravo, sabai details ma lekhau hai."

हस प्रभो, ट्र्याकमा आए पछी डिटेलमा भनम्ला।

Dipika02 ,

"बाङ्गेले फेरी बङाइदिने भयो जस्तो छ दीपलाई  "

बंग्याउने मात्रै हो र? पछी त झन्नै भाँच्यो नी -- राम् राम राम!


 
Posted on 12-10-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

cheli ,

"aru ni pelam deep jyu!!! "

उखु नै सकियो, के पेल्ने अब?

nAyAni ,

"झन यही frequency मा आयो भने त सुन मा सुगन्ध भयो। "

त्यै सुगन्ध आउँछ कि भनेर फ्रीक्वेन्सी बढाको, झन सुनै हरायो।

CT. ,

अरु भाग पनि थप्पिदै जाओस --

भन्या त हो प्रभो--खै म ज्यावल लिएर पनि बस्या हो --तर ---

बिस्टे ,

"लौ दिप ब्रो को ठाममा म बसे है यो भाग देखी चै। "

ठाउँ त छानेकै हो प्रभो--मौकैमा ---

popeye,

"कस्तो अन्योउलमा पर्या हो दीप गुरु अली कन्ट्रोल गर्न जान्नु पर्‍यो ...."

त्यै त प्रभो, कन्टोल त गर्नु पर्ने हो -- तर त्यस्तै भो --कन्टोल गर्ने भन्दा भन्दै मईन्टोलनै निभ्यो ------

aman,

"hune bela anek hune.."

खै प्रभो हुने बेलाँ मात्रै होईन नहुने बेलाँ नी अनेक हुने रे छ --

Birkhe_Maila,

" पढिवरि दाम्मिज कमेन्ट हान्छु भनेको कि, घरमा लास्टै बिजि भएर गर्नु पाएन! लु ब्रो हरिप जाँदैछ, छब्किहरु नै बेसि के, को कसको ग्यास हो कनफर्म गर्नु गाह्रो!"

कताको ग्यासको कुरा गर्या हो प्रभो, यता त जम्मा दुईटा ग्यास थिए ती पनि फुस्के--  अनि कस्को घराँ बिजी भा प्रभो?

serial ,

"सकेको हो कथा कि बाँकी छ -"

तरुनीको कथा के सकिन्थ्यो? मनमा त अझै अटेस मटेस छ। मन पनि गज्जबकै हुने रहेछ। जति तरुनी पनि अटाउने!

CT. ,

म:म खानलाइ मुखाँ हाल्नै ला' बेलाँ चम्चा'ट खस्या जस्तो भा'छ, उद्दार गर्न पर्यो प्रभो -

चम्चाबाट सम्म खस्या हो प्रभो--म:म: त सुरक्षितै छ।

बिस्टे,

"आ।।।।उच भएछन्त ,

बिचरो तेत्रो पुन्य गर्या बाङे लाई सराप लाइदिने प्रभो भएन नि, बाङे ले थापायो भने के हबिगत हुने हो लौ। "

आउच! मात्रै हैन आँच! पनि भो नी।

बाङ्गेले थाह पायो भने हैन थाह पायो नी प्रभो---हरे राम!

NKC,

"बाङे  लाई मिलेर छिर्की हान्ने कुरा भको थ्यो हैन ?"

किन नहुनु? पैलेई ज्योत्षलाई सोध्नु पर्ने रे छ। ज्योतिषलाई देखा भए साढेसात उग्र छ, राहु र केतु दुईटैको दोष छ भन्थ्यो होला। त्यो दिनको राशी फल चै "पिडा" हुँदो हो। हेरीएन हेर्न चैं।

chipledhunga,

"दीप पर्भो, कथा बाँकी छ कि सिद्धिएको हो? न त अल्पबिराम खुट्ट्याउन सकियो न त पूर्णबिराम नै।"

प्रभो, तरुनीको कथामा पनि पूर्णबिराम हुन्छ त? अल्पबिराम सम्म भए नी लौ भन्नु। तर कथामा पूर्णबिराम लेखकले लगाउँछ कि पात्रले प्रभो?


 


 
Posted on 12-10-08 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-10-08 2:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deep ji

story aati ramro lagyo ani purnabiram ra aalpabiram khai kasle lagaune ho tyo chahi aali garo kaam ho ki....

Ani aaba aarko katha kahile paskine ho?Pakisakeko chhha bhane chai paskau hai haina bhana pakauna suru garnuparyo.

Jado chha, paakna saath paskinu ni natra selauchha kya pheri tataunako jhanjhat tyo pani pheri daura sukeko bhaye ta ho k garnu kacho paryo, bharkher kateko kya!

Aaphu ta pirka ma basera kuriranchhu ,pakepachhi yeso chihaula dhokabata ani pheri basna magmag ta sajha ma aaihalchha ni

 


 
Posted on 12-11-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha bhanda KAment ramro hai ta deep bro.

 

anyway, u r one of the best bro, keep it up


 
Posted on 12-11-08 11:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

katha bhanda KAment ramro hai ta deep bro.


 
Posted on 12-16-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, कसको घरमा बिजि हुनु प्रभो, आफ्नै गरको गाइजात्रामा!

अन्तिम भाग बल्ल पढ्न पाइयो के गर्नु। प्रभो बरु एक राउन्ड उता भाटभटेनितिर जाने कि? कुन्नि को हो आउँछे भन्ने सुन्या थेँ  यो कानले!


 
Posted on 12-16-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप, कसको घरमा बिजि हुनु प्रभो, आफ्नै गरको गाइजात्रामा!


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Morning dharahara
Guess how many vaccines a one year old baby is given
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters