हाँसो
ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन
उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२४ औं संस्करणमा आइपुगेका
छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने
पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि
यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी
स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत
रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र
एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक
स्वागत गर्छ"
Meet the
world's finest school teachers, unbeatable students, mischievous
senior citizens, wildest , vacationing revolutionaries, rethinking
moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers,
alcoholics, workoholics, home-makers, pretty damsels, fierce
contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of
Sajhaland.
Chautari (Chow-tar-ee): (World's first and finest internet IMPROV in Nepali language)
ज्योति घिमिरे समकालिन पप संगितमा सकृय तर उमेर को हिसाब ले रिटायर्ड हुने बेलाका प्रतिभा हुन। गीतारमा पारंगत मानिने घिमिरे को स्वर सूर ताल सुन्ने बुझ्ने छक्क पर्छन, नेवारी समेत् राम्रो संग बोल्ने घिमिरे निकै सरल स्वभावका छन।
कहिले कही बिर्सिएर आकाश खोज्दै हिड्छु भात्किएको मेरो पुरानो त्यो बास खोज्दै हिड्छु धेरै नै व्हयो अल्झेको यहाँ भीड भित्र तिनै भीडमा जिन्दगी को आभास खोज्दै हिड्छु।
सान्नानी ठुल्दाइलाई मात्रै चिया। पाए त हामी पनि पिउथ्यौ नि।
ठुल्दाइ दाजु बहिनी बाँडेर पिउने है
रिट्ठे हा हा हा शुक्रबारे जदौ त आरामदायी नै हुन्छ है। सञ्च छौ?
लहरे, ठुल्दाइलाई सान्नानी, ठुल्नानी , दिपिका नानी, चेली नानी, माया नानी सबै बहिनी हुन। अनी सबै बहिनी एकै देख्नु त ठुल्दाइको महानता हो। यस्सै ठुल्दाइलाई झ्याप भन्छ। एका बिहानै झ्याप हुने कुरा गर्छ यो साथी। सञ्चै छौ?
मामा, कठै मेरो मामा ले आँफै बनाउनु पर्यो चिया आज। मामा म अब देखी सँधै स्टीलको गिलासमा दिन्छु है हजुरलाई चिया। हजुरले बनाउनु पर्दैन
यो दिपिकालाई मेरो कुरा नकाटीकन मलाई केही नभनीकन खाएको पच्दैन जस्तो छ है - मलाई त त्यस्तै लाग्यो।
अब म मात्र के काम म पनि सुनाउनु पर्यो - सुना है कती न मामा को भान्जी भाकी - चिया बनाइसकेपछी पर्दैन बनाउन रे - अझ अनुहार टाँस्छे - बाठी छ दिपिका काम बाठी छ
हा हा लहरे तिमी साथी पर्यौ नि त त्यसैले भन्न सकेकी नि। खोइ कुरा बुझेको? रिट्ठेले त बुझिसक्यो
अनी मेरो मामा आजकाल एकदम ब्यस्त हुनुहुन्छ के। कहिले आउनु हुन्छ थाहै हुँदैन। अनी आउने बित्तिकै म चुलो फुक्न थाल्छु चिया बनाउन। फेरी मामालाई अली कडा चिया चाहिन्छ के, चिनी पनि कम हालेको, अरु मिठो मान्नु हुन्न। त्यसैले आँफै बनाइदिन्छु भनेकी नि आफ्नो मामालाई। अनी बिचरा त्यस्तो भ्याइ नभ्याइ भएको मेरो मामा ले आँफै चिया बनाउनु पर्दा मैले कस्तो अनुहार लगाउने त साथी?
शुक्रबारे जदौ। ठुल्दाइ, के हो बिहानै देखि झ्याप झुप? लहरे त सधैं झ्याप भैहाल्यो, बोली लरबरिने, मान्छेलाई जथाभावी नाम दिने। बिष्टेले पनि इस्टिलको गिलास ल्याएछ, हातै पोल्छ गाँठे तेल्ले त। बरु दीपूको हातबाट चिया खान पाए हुन्थ्यो। तिमीले बनाएको चिया पनि मिठो अनि त्यो हात्तीसुँढे भाँडो र कप पनि राम्रो। रिट्ठेले होशमा गाएको हो कि बेहोशीमा?
रिट्ठ्या सटाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।
चिया मा बिबाद गर्नै पर्दैन, चिया चिया नै हो, पिउने। एक सर्को जिउने। थर्मस को चिया- आहा हेर्दै पिउं पिउं लाग्ने। झ्याप भै दिए र्याप गाउंथे , कहिले झ्याप भैन र सधैं र्याख र्याख मा परियो।
चौतारीका एक सदस्य चिप्ले भनिने चिप्ले चाप्लुसे ले बिगत केही दिनदेखी चौतारीमा गर्दै आएको कृयाकलापमा हाम्रो ध्यानाकर्षन भईबक्सेकोछ। निजले आफु कुनै बिभाग को प्रमुख नभयता पनि आफु खुशी सुचना निकालरे चौतारीको मानमर्यादा माथि आँच आउने काम गरेको कुरामा हाम्रो दुई मत नहोला भनी हामीले बुझिबक्सेकाछौ। त्यसैले आजको मिती बाट निज चिप्ले लाई असक्षम घोषणा गरिएको जानकारी एसै सुचना मार्फत सबैले थाहा दिन अथवा भन्न चाहिबक्सेकाछौ।
ए लहरे पहरे मेरो भान्जी लाई किन देखी नसकेको हँ ? मेरी प्यारी भान्जी कत्ती माया गर्छे मामालाई, मेरो सबै choice हरु था छ् भान्जी लाई, कसैको छ मेरो जस्तो भान्जी? ल भान्जी तिमी लाई क्याड्बरी चक्लेट ल्याद्या छु। चिप्ले,सउधी ज्यु जदौ, अनी हाम्री सौधिनी लाई आराम भएन कि कसो २ दिन भो बेपत्तै हुनुहुन्च?
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
Guess how many vaccines a one year old baby is given
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
Susta Susta Degree Maile REMIXED version
1974 AD Pinjadako Suga Remixed
जाडो, बा र म……
NOTE: The opinions
here represent the opinions of the individual posters, and not of Sajha.com.
It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address
if you want any posting to be considered for deletion. Your request will be
handled on a one to one basis. Sajha.com is a service please don't abuse it.
- Thanks.