Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136502 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-26-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ॐ १०८
नमस्कारम्!!! :)

चौतारी स्वस्थानी व्रतकथा - २२
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! तहाँ उप्रान्त कुमलबाबा पनि भोक लागेर आयो। वरिपरि सोध्दै खोज्दै जुरेलीले मम प्याकिङ् काम गरेको मम पसलमा पुगे। काउन्टरमा बसेकी कन्याले उनलाई देख्ने बित्तिकै अमिलो मुख बनाएर "यी जोगीले पनि पैसा सक्ने भए" भन्दै पैसा राख्ने भाँडोबाट एक रुपियाँको डबल निकालेर दिन लागिन्। आफूलाई माग्ने जोगी सम्झेकोमा खिन्न हुँदै पैसा लिन इन्कार गर्दा ती कन्या फेरि कराउन लागिन् "हे जोगी! आजकाल तिमीहरुलाई के भएको छ? माग्नेले पनि पैसा कम भयो भनेर लिन्न भन्न पाइन्छ? लाने भए यो एक रुपियाँ लाऊ, हैन भने जाऊ।" ती कन्याको यस्तो वचन सुनी कुम्ले पनि "हे स्त्री! यस पसलको मम मिठो छ भनी सुनेकोले सो खान आएँ। एक प्लेट मम लेऊ" भनी भन्न लागे। ती कन्या झनै खरो स्वरमा "जोगी भएर पनि म:म? अँझ सित्तैमा? म:मलाई त झन तीस रुपियाँ पर्छ।" पैसा तिरेर म:म खान आएको भन्दा पनि केही नलागेपछि अन्त्यमा आजित भएर भन्न लागे "हे कन्या! यो पसलमा मेरी गाउँकी जुरेली नाम गरेकी बहिनी काम गर्छिन्। एक पटक उसलाई बोलाइदेऊ।"

जुरेलीको नाम सुन्ने बित्तिकै ती कन्या सतर्क भइन् र मनमनले 'ए, जुरेली ताकेर पो आ'रच?' भन्दै भित्र लागिन्। केही बेरपछि दुई पहलमान जस्ता भुस्तिघ्रे आएर बाबाको एक-एक हात समाती झ्याइँकुटी पारी कोठाभित्र लिएर गए र केरकार गर्न लागे "हे जोगीको भेषधारी मानिस! तिमी को हौ? के कति कामले यहाँ आयौ? साँचो भन हैन भने पछुताउनु पर्ला।" त्यस्तो कुरा सुनी बाबा पनि डराई-डराई भन्न लागे, "हे बाबु हो, मेरो नाम कुमलवा हो र जुरेलीको गाउँबाट आएँ। यसो भोक लागेर तिम्रो पसलमा म:म खान पसेको।" तत्पश्चात् औंलो ठड्याउँदै लामो जुँगा भएको पहलमानले भन्न लाग्यो "यो पनि पक्का भेष बदलेर जुरेलीलाई छल्न आ'को होला। त्यही भएर यस्तो उत्तर दिंदैछ। ल ठोक्न पर्छ यसलाई लाइनमा ल्याउनलाई त।" आफूमाथि आक्रमण हुन लागेको देखेर कुमलबाबाले हात जोड्दै भन्न लागे "हे वावु हो! म सच्चा भन्दै छु। ममाथि आक्रमण नगर।" त्यो पहलमान पनि अलि झोक्किंदै कराउन थाल्यो "पाजी फटाहा! हाम्लाई तिम्रो तरिका थाहा छैन भन्ने सोच्या छौ? अस्ति पनि एउटा मोरो कालो बुर्का लगा'र केटी बनेर आ'थ्यो जुरेलीलाई भेट्न। त्यस बेलादेखि जुरेलीलाई कसैले छल गर्न खोज्छ कि भनेर हामी चौबीसै घन्टा खटिरा'छौं। त्यही भएर अब तिमीले चाँडै त्यो कपालको जगल्टा आफैंले झिकेर वास्तवमा को हौ बतायौ भने मात्रै तिम्रो भलो होला।"

यी भुस्तिघ्रेहरुले अब छाड्ने भएनन् भनी, कुम्ले पनि साँचो कुरा बताउने बाध्य भए। राम्री केटी पाऊँ भनी महादेवको तपस्या गरेको, ईन्द्रले आफ्नो ध्यान भङ्ग गर्न अप्सराहरु पठाउन लागेको, पछि महादेवले वानर भिडाउन लागेको र आफू भागेको, अनि पशुपतिमा भक्तहरुसँग चिलिम तानेको बताउँदा भए। यस्तो सुनी जुँगे पहलमान झन कराउन लाग्यो "त्यस्ता पुराना स्वस्थानीमा लेखेका कुरा त सत्ययुगमा पो सम्भव छ। यो कलियुगमा यस्तो कथा सुनाएर हामीलाई मुर्ख बनाउन खोज्छौ?"

यस्तै कुरा चर्काचर्कीको बिचमा जुरेली "केको हल्ला हो?" भन्दै भित्र आइपुगिन्। ती जोगीको स्वर कता सुने-सुने जस्तो लागेर बाबालाई "हे बाबा! तपाईंको स्वर चिने जस्तो लाग्छ। तपाईं को हुनुहुन्छ?" भनेर सोध्न लागिन्। जुरेलीलाई प्रतक्ष्य आफ्नो अगाडि देखेर अलि शान्त हुँदै कुम्ले बोल्न लागे "हे जुरेली! म कुमलवा हुँ। चिनिनस्?" जुरेली एकछिन अचम्म परी "कुम्ले दाइ!!! तपाईं यहाँ के गर्दै हुनुहुन्छ? गामबाट कहिले आउनुभयो? सासबाट पनि गाँजाको गन्ध आइरा'को, छि:। अनि किन यस्तरी जोगी जस्तो भएर हिंड्नुभा' नि?" एकै सासमा सोध्न लागिन्। लामो सास फेरी कुम्ले भन्न लागे "हे जुरेली, यी सबै कुराको लामो कहानी छ। कुनै दिन समय मिलाएर भनम्ला। बरु मलाई भोकले बिछट्ट पारेको छ। एक प्लेट म:म लिएर आ'। तेरो पसलमा बसेकी ती अर्की कन्याले पैसा तिरेर खान्छु भन्दा पनि दिइन।" भन्दै दुख मनाउ गर्न लागे। कुम्लेको यस्तो कुरा सुनी जुरेलीले भन्न लागिन् "कुम्लेदाइ, यस्तो जोगीको भेषमा भैंसीको चौटा खाएको देखे भने लाजमर्नु हुन्छ। लछुमनियाले गाउँको पसल बन्द गरेर यहाँ अगाडि शैलुन राखेको छ। कपाल काटेर आउनुहोला, म म:म तयार गर्दै गरुँली।" जुरेलीको यस्तको कुरा सुनी, यसको पसलको भैंसीको मासु खान भन्दा लछुमनियालाई अलिकति खाना बनाउन लगाउन परो भनी सोच्दै कपाल काट्न हिंड्दा भए।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे द्वाविंशोध्याय॥२२॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-26-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ माथि मास्टर्नीदिदीले राखिसक्नु भएछ, लिन्क त ! यो तलको लिन्क चाइ लेटेस्ट सिरियल्को हो । हरेक दिन एउटा एउटा सिरियल अपलोड गर्दा रेछन इन्डियामा रातिको ठीकक १२ बज्दा।
http://rajshri.com/mahabharat/nowplaying.asp?band=low&fileID=tvshowsMythological38&type=hindi

यदि टाईम छ भने अनलाइन पढ्न नि मिल्ने रैछ महाभारत च्याप्टरवाइज!
http://www.mahabharataonline.com/
 
Posted on 01-26-07 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-07 9:59 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले गज्जब गयो स्वस्थानी आज पनि! कुमलवा बिचरोले जोगी बनेर खुब दु:ख पाएछ।

महाभारत कथा, कथा है पुरूषार्थ कि, परमार्थ कि.........

रोल नं ८ चित्रे
हजूऽऽऽऽर मास्टर्नी दिदीऽऽऽऽ
 
Posted on 01-26-07 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बेजोड को नाट्य शील्प अनि संयोजन छ, हाम्रो गालब गुरु को सिर्जना मा । ( सिर्जना फेरी मेरो कबिता की सबिता जस्तो होइन नि) ।
मानें गुरु , नतमस्तक् छु, निशब्द छु ।
 
Posted on 01-26-07 10:02 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-26-07 10:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा! गाले गज्जब गयो स्वस्थानी आज पनि! कुमलवा बिचरोले जोगी बनेर खुब दु:ख पाएछ।

thanks gaalu muahhhhhhhhhhhhhhhhhhhhhhhh
 
Posted on 01-26-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा गालबको सिर्जना बेजोडको छ (बेजोडकी छिन? :P )

लु बल्ल चौतारी छिर्न पाईयो, स्वस्थानी पढियो, धन्य भईयो, अरु के चाईयो र!

सप्पैलाई तारेमाम्, जदौ, नमस्ते, जय नेपाल्, आ-आफ्नो भाग को अभिभादन् स्वीकार्नुस्।
 
Posted on 01-26-07 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे गालउ पण्डित महाराज! अब कुमलवाले केश काटेको र त्यसपछिको महात्म्य कहनुहोस!
कसरि केश काटे? मुण्डन नै गरे वा बङ्गालि काटे? मम सेवन गर्ने मौका पाए कि पाएनन? सबै सबिस्तार वर्णन गर्नुहोला अर्को अध्यायमा, हामि सुन्न आतुर छौँ!:)
 
Posted on 01-26-07 10:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बालक को स्वास्थनि ले हसायो!
हे बालक अब कसरि कुमलवा बाबा ले मम को बोक्रा छोडाएर खादा भए।लछुमनिया ले बाबा को कुन् स्टाइल को हेयरकट् बनाइ दियो , सबै बर्णन् गर्नु हवस्।:D :D

जिम्माल बा मलाइ पुस्टकारि चाइयो अस्ति देखि को सप्पै!:D

ए ठुलि muahhhhhhhhhhhhhhhhh भनेको के हो?

मिस् ग्वाचे नमे राहुल्दाइ ह्यारि थुलि चित्रे र जिम्माल् बा लाइ जदौ !
:-)
 
Posted on 01-26-07 10:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितु का हराएकि नि ?:(
 
Posted on 01-26-07 10:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तितु का हराएकि नि ?:( I was missing u tiru
 
Posted on 01-26-07 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काँहा हराउनु नि मिस र ठुलु सहराँ गा'थि बा सँ इस्कुल को डिरेस किन्न अस्तिन आफुले नै भन्या होइन डिरेस् नलाइ आयो भने नाम काट दिन्छु भनेर मिस? :( अब बा ले किन्दिनु भयो नि बाख्रा बेचेर भएनि।पाँच् किलास् सम्म त जसरि भएनि पढाउने रे बा ले । :D
 
Posted on 01-26-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थानी पढिदिने सबैलाई धनिया' बात छ।

जिम्मालबा -- जे जे भन्छन् बाहुन बराजु, सोही सोही स्वाहा भन्या जस्तै मैले त कुमारजीले अगस्त्यमूनिलाई भनेको कुराको टिपोट यहाँ राख्ने न हो। हेरम् भोलि कुमारजीले कस्तो कुरा आज्ञा गर्नुहुन्छ। :)

तितौरी -- माथि जिम्मालबालाई भन्या कुरा ऐजन ऐजन।

ठुली -- गाला केले भिज्यो भन्या त, तिम्ले पो र'च? :-)
 
Posted on 01-26-07 11:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहम! अहम!! :पि
 
Posted on 01-26-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ कुम्ले हालखबर? आज कता गायब हो?
 
Posted on 01-26-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा फुन्नि गालु

कुम्लु के च त तिम्रो हाल्खबर्। किन लेत नि आज
 
Posted on 01-26-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मलाइ सोधेको कि तितौरीलाई सोधेको गालब? म गायब कि तितौरी गायब? हे हे हे!!
दामी कथा हानेछौ नि फेरि आज। हा हा हा!! अरु नि जाओस!! अनि के के भएछ भनेर सुन्न मनलाग्यो। मेलो प्यालो साधुभाई!!

थुली, मिस, तितौरी, जिम्स-डा-किलाऽऽऽ, ह्यारी, ग्वाँचे, ठुलदाई, चित्रे सबैलाई नमस्ते हाने है!!
:-)
 
Posted on 01-26-07 12:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.Thuluuuu!! malaaii thik chha ni, timro ke chha khabar ni?

:-)
 
Posted on 01-26-07 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरू कता हराएकी यतिका दिन? सान्नानी पनि यो हप्ता झुल्किनन्। हरि र कुम्लेलाइ नि जुडो, आइ मीन जदौ! :P
ल यौटा प्रश्न सोध्न मन लाग्यो। तलका पंक्ति कसले रचना गरेका हुन्? यो कविताको शीर्षक के हो? र यो कुन कक्षाको पाठ्यपुस्तकमा समावेश थियो?

जय जगदीश्वर जय अविनाशी
जय जय भगवान करूणाराशी
शक्ति छ प्रभुको अपरम्पार
घुम्दछ जसमा सब संसार
..........................
केवल प्रभुको करूणा पाई
गर्छन् निज निज कर्म रमाई

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters