[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सम्बन्ध

[Please view other pages to see the rest of the postings. Total posts: 177]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 64188 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 07-25-08 10:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस कथाका बिषयबस्तु, पात्र र  घटना  सबै काल्पनिक हुन। कसैको वास्तविक जीवन सँग मेल भएमा केबल सन्योग मात्र हुने छ।

बिहान उठेर निरनले घडी हेर्यो, आठ बजेको रहेछ। अर्ध खुलेका आँखाले कोठामा चारैतिर हेर्यो। अनी एकछिन अलमल्लमा पर्‍यो। कोठा अली नौलो पायो। आफ्नो भित्तामा टाँगिएको ठुलो बनाएर राखेको बिहेको फोटो खोज्दैथियो शायद वा खाटको अगाडि राखिएको ठुलो ड्रेसर खोज्दैथ्यो जहाँ एक छेउमा उस्की श्रीमती ले चुरा स्टन्ड मा छपक्क थरी थरिका चुराहरु राखेर सजाएकी थिई र अर्को छेउमा Made For Each Other लेखेको फ्रेममा हनिमूनको फोटो राखेकी थीई जस्मा उनिहरुले एक अर्कालाई प्रेमपुर्बक अँगालेका थिए।    
आँखा अझ उघारेर सबै तिर नियालेर हेर्यो। अघिल्लो रात को रक्सिले टाउको नराम्रो सँग दुखेको आभाष भईरहेको थियो। उस्ले बल्ल चिन्यो, त्यो कोठा जहाँ आफ्नो विद्यार्थी जीवनको सात बर्ष बिताएको थियो। त्यो डेरामा पहिले उ र बिशाल बस्दथे। पछी उस्ले घर किनेर सरेको थियो। बिशाल अझै त्यही बस्थ्यो, एक्लै। 
 
जुरुक्क उठ्यो, बाथ्ररूमको क्यबिनेटमा राखेको औषधीको बट्टा निकाल्यो। दुई ट्यब्लेट Alka-Seltzer लिएर भान्सा तिर लाग्यो र एक गिलास चिसो पानीमा घोलेर एक्कै सासमा तन्कायो।
 
बिशालको कोठाको ढोका खोल्यो। दुबै हात र खुट्टा फिजाउन सक्ने जती फिजाएर निर्धक्क सँग फ्वाँ फ्वाँ निदाइरहेको थियो बिशाल। एक फेर बिशाललाई हेर्यो। निरनको टाउको अझै घुमाइ रहेको थियो। बिस्तारै ढोका लगाएर आफु सुतेको कोठामा लाग्यो। 

"कस्तो नराम्रो सँग किक दियो यो पाली, ह्या एक्छिन सुत्छु अनी मात्रा जान्छु घर"-- मनमनै आँफैलाई सम्झायो घर जानु छ भनेर।
सुत्न खोज्यो तर सकेन। एकछिन यता उता चल्मलायो। तर मनमा अनेकौ कुराहरु खेल्न थाले। आफ्नो श्रीमती सम्झ्यो। उन्को निर्दोष अनुहार  सम्झ्यो र उ प्रती माया उम्लेर आयो। फेरी एकपटक आफ्नो अतितमा पुग्यो निरन।
 
**************************************************************************************************************************************
 
सपनाको आमा र निरनको आमा नेपालमा एउटै बैंकमा काम गर्नु हुन्थ्यो। धेरै बर्ष देखिको साथी। सपनाले नेपालमै बि. बि. एस. गरेकी थिई र आफ्नो सबै पढाई काठमाडौंमै पुरा गरेकी थिई। बाँकी पढाई बिदेशमा पुरा गर्न चाहन्थी। तर उस्को बाबा मामु सके सम्म बिहे गरेर मात्र उस्लाई बिदेश पठाउन चाहनु हुन्थ्यो।  एक त एउटै छोरी त्यो पनि बिहे गर्ने उमेर भाईसकेकी, त्यत्तिकै पठाउन त नातेदारहरुले पनि रोके र अर्को चाँही एक्लै पठाउनु भन्दा बिहे गरेर पठायो भने छोरी को हेर बिचार  गर्ने मान्छे हुन्छ, कुबाटो  तिर लाग्ने डर हुँदैन  भन्ने उहाहरुको धारणा थियो।  सपनाले बाबा मामु को कुरा कहिले काटेकी थिईन र सदाझै यो पाली पनि त्यही गरी। उहाँहरुको कुरामा आफ्नो मन्जूरी देखाइ।
 
निरनले १ देखी १२ कक्षा सम्म दिल्लीमा पढेको थियो। त्यस्पछी अमेरिका आयो, BCIS  मा ग्र्याजुएट भयो। तुरुन्तै काम पाएन। स्ट्याटस जोगाउन भएपनी मास्टर्स पढ्नु पर्ने भयो। त्यो पनि दुई बर्षमै सिध्यायो। बल्ल सोचेको  जस्तै काम पायो। पढुन्जेल अली अली रिन थियो, क्रेडिट कार्डमा। त्यो तिरी सकेको त थिएन तर काम पाएको  छ महिना भित्रै घर किन्यो।  अब उस्लाई साथी र साथ को आवश्यकता हुन थाल्यो। साथी त थुप्रै थिए तर जिन्दगी भर साथ दिन लायक कोही देखेन। घरमा बाबा मामु बाट पनि बिहेकोलागी कचकच सुरु भयो र आफ्नो आवश्यकताले पनि झक्झकाउन थाल्यो। अब उ त्यही अल्लारे party-boy रहेन। जहाँ पार्टी गर्‍यो तेही सुत्यो जता मन लागे गयो गर्न पनि उस्को बढ्दो उमेर, काम र समाजमा बिस्तारै बढ्दै गएको इज्जत ले पावन्दी लगाउन थाल्यो । उस्ले बिहे गर्ने निर्णय गर्‍यो। तर बिहे गर्ने भन्दैमा बिहे भईहाल्ने त कहाँ हुन्थ्यो र? सर्ब प्रथम त केटी नै चाहियो। उ आफ्नो मन मिल्ने साथीको साथ खोज्दै थियो।
 
त्यतिक्कै मा घरबाट सपनाको कुरा आयो। सपना उ भन्दा ५ बर्ष कान्छी थिई। उस्ले छ बर्ष अगाडि देख्दा सपना बच्चै देखिन्थी तर हिस्सी परेकी। मामुले पहिले फोनमा कुरा गर्दा निरनले त्यती उत्साह देखाएन। फोटो पठाउनु पहिले अनी हेरेर भन्छु भन्यो। उस्को नजरमा सपना अझ पनि त्यही निलो स्कर्ट र निलो सर्ट लगाएर जाने भर्खर स्कुल पढ्दै गरेकी फुच्ची थिई। मामुले अब त ठुलि भईसकी भन्दा पनि उस्लाई पत्यार लागेन।
 
"कती नै ठुलि भई होला र?" मामुको कुरा प्रती अबिश्वासको भाव पोख्यो।
भोली बिहानै अफिस पुग्ना साथ सधैं झैं पहिलो काम नै ईमेल हेर्यो। मामुको ईमेल देख्यो र खोल्यो। फोटो अट्यच गर्नु भएको देख्यो र फोटो खोल्यो, उ निशब्द भयो। सपना आफ्नो कल्पना बाट धेरै बाहिर पायो। हसिँली, तेजिलो अनुहार फोटो बाटै कुरा गर्ली जस्तो। उ मौन भएर त्यो फोटो हेरिरह्यो। मुटुको धड्कन पनि पनि अली तेज भएको महसुस गर्‍यो। त्यस्लाई साम्य गर्दै ईमेल बन्द गर्‍यो। काम गर्न खोज्यो तर सकेन। फेरी त्यही फोटो हेर्यो। सपनालाई दुलहिको जोडामा आफ्नो अगाडि उभिएको कल्पना गर्‍यो। कल्पनामै उस्लाई थरी थरिका लुगाहरुमा सजाउन थाल्यो र आफु पनि त्यस्मै हराउन थाल्यो।

काम त्यती केही गरेन तर बस्न चाँही ५ बजे सम्मै बस्यो अफिसमा। ५:१५ जती भएपछी घर जाने तर्खर गर्न थाल्यो। कती खेर बेलुकाको सात  बज्ला र मामु सँग कुरा गरौला भनेर घडी पनि हेर्दै थियो।

घर पुग्यो। राती पिएको बियर को बोतल त्यतिक्कै भुइमै लडिराथ्यो। सबै हटायो र फ्रिजबाट अगिल्लो  दिन बेक गरेको चिकेन निकालेर माइक्रोवेभमा २ मिनेट तताउन हालेर कोठातिर लाग्यो लुगा फेर्न। कटन को सर्ट र प्यन्टस लगाएर उ अफिस बाहेक अरु ठाउमा एक्छिन पनि बस्न सक्दैन थ्यो। लुगा फेरेर, हात मुख धोएर खाना खाइसक्दा झन्डै सात नै बजेको थ्यो। घर फोन गर्‍यो। मामुले सुरुमै फोटोको बारेमा सोध्नु भयो। उस्ले कुरा अगाडि बढाउनु भन्यो र सपना सँग कुरा गर्न खोज्यो। मामुले निसन्कोच उस्लाई सपनाको ईमेल एड्रेस र सेल को नम्बर दिनु भयो।

क्रमश:

 
Last edited: 25-Jul-08 10:20 AM

 
Posted on 07-28-08 11:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dipu  dui bhag aai sakeycha  - - -  aile lai padhna basey - - baki kura pachhi garchhu /

======

sadai jhai paripakwa lekhai --timro lekhai ko ta ma fan nai ho ni ma -- ani maile katha ke hunchha hola bhanera predict nai garna sakena-- sapana testo asal niran pani ustai asal jasto dekhinchha , katha ko nam chai "sambandha" chha feri -- la jhattai thapa ta sisu agadi ke hunchha. :) 

dherai kuraune haina hai  bhandya chha  :P 

Last edited: 28-Jul-08 12:15 PM

 
Posted on 07-28-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली ठिटा धन्यवाद! काल्पनिक कथा लेख्ने यो मेरो पहिलो प्रयास हो। हजुरहरुको आशा निराशामा नबद्लिवोस भन्ने चाहनाको साथ प्रयत्न पनि गर्दैछु।

नेत्र धन्यवाद! तिम्रो कथा रे? लौन! के भनेको त्यस्तो। झन काल्पनिक भनेको त।

चिप्लु धन्यवाद! हो र जोल्टिन नखाइ सलल बगेको छ। खुशी लाग्यो सुन्दा।

मिस दि धन्यवाद! हजुरको उपस्थिती नै काफी छ मलाई।

नेप्चु धन्यवाद! ल म छिटो छिटो लेख्छु है।

सिशिर धन्यवाद! स्वागत गरे यो धागोमा। म छिट्टै टाँस्छु है अरु भाग पनि।

पर्बत्या ज्यु धन्यवाद! सपना आम केटीहरु जस्तै नै छे। त्यस्तो perfect पनि होइन नराम्रो पनि होइन। निरन पनि त्यस्तै छ। राम्रो र नराम्रो दुबै गुण छ दुबैमा। अहिले यो भागमा मात्रै त्यस्तो सुनिएको होला।

प्रेरणा, तिम्रो कमेन्ट बिनाको मेरो कथा त खल्लो लाग्ने रहेछ sisu मलाई।   हो dear  सपना र निरन दुबै असल छन। म अब अर्को भाग टाँसिहाल्छु है।

 
Posted on 07-28-08 2:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाग ३...

बिहेको दिन बिहान देखी नै सपनाको श्रिङ्गार पटार सुरु भयो। हात र खुट्टा दुबैमा छपक्क मेहेन्दी लगाएकी थीइ। सेता हात खुट्टाहरु, पोटिला नङ त्यस्मा रातो पालिस र मेहेन्दिको गाडा रङ। निक्कै राम्रो देखिएका थिए उस्का हात र खुट्टाहरु।
 
"सपना मेहेन्दीको रङ त निक्कै गाडा बसेछ नि? ज्वाँई राजाले खुब माया गर्नु हुन्छ जस्तो छ" ---- फुपुले जिस्काउदै भन्नु भयो। अरु गललल हाँसे। सपना मनमनै हाँसी। त्यो हाँसो उस्को अनुहारमा छर्लङ देखिन्थ्यो।
 
स्वयम्बरको शाहीत ११ बजेको थियो। त्यसैले हतार हतार उस्कै श्रिङ्गारको लागि तल्लिने थिए घरका र  ब्युटी पार्लर बाट आएका मान्छेहरु। गोरी सपनालाई निकै खुलेको थियो त्यो रातो रङको दुलहिको भेष र त्यसलाई सुहाउँदो आभुषण।
 
जन्ती भनेको समयमा नै आयो। दुलहा हेर्न भिडाम्भिड गर्दैथिए आईमाईहरु। सालीनानीहरु   स्वागत को निहु पारेर जन्तीमा केटाहरु कस्ता आएका छन जाँच्न अगाडिनै पुगेका थिए। ढाकाको दौरा सुरुवाल र टोपी, कम्मरमा रातो मखमलमा जरी भरेको पटुकी त्यस्मा भिरेको खुकुरी र हल्का श्रिङ्गारिएको अनुहारमा सुर्यका किरण झैं फैलिएका खुशीका चमक दुलहाको अनुहारमा सबैले महसुस गरे।
 
धेरै भाग्यमानी रहिछ हाम्रो सपना" ---सानु मामुले घुम्टी मिलाउदै भन्नु भयो। सपना दङ थीइ। 
 
जग्य को काम सुरु भयो। "कस्तो मिलेको जोडी भन्ने हरुको पनि कमी थिएन त्यो भिडभाडामा। जन्तीहरु दुलहालाई जिस्काउदै थिए "सालीहरु भेटाउनु पर्‍यो" भनेर र साली नानीहरु  जिस्किदै थिए "भिनाजु हेर्न लाएकका कोही छैनन जन्तीमा" भनेर। दुलहा र दुलही जग्यको काममा नै ब्यस्त थिए। लगभग १० घण्टाको थियो जग्य को काम। गर्हौ आभुषणले ढाकेको शरीर र त्यातिका समय सम्म झुकेको मुन्टोले गर्दा थाकी सकेकी थीइ सपना। हेर्दा हेर्दै जग्यको काम पनि सिद्धियो। दुलही अन्माउने बेला भयो। अघी सम्म "दिदी तेरा देवर दिवना" बजिरहेको थियो अब "माइतिघर तिम्रो होइन पराईघर जाउ" बजाउन सुरु भयो। सपनाले आज सम्म असल छोरी को भूमिका निर्बाह गरेकी थीइ आजबाट आफु हुर्केको, खेलेको आँगन छोडेर असल श्रीमती, बुहारी  र भाउजुको भूमिका निभाउने प्रतिज्ञाका साथ आशुमा चुर्लुम्म डुबेर बाबा मामु सँग बिद भई। 

निरनको घरमा भित्रीई सपना। आजबाट त्यो घर उस्को भयो। घरपट्टी भेटघाट को कार्यक्रम सुरु भयो। नयाँ दुलहिको अनुहार हेर्नेको घुईचो पनि त्यतिकै थियो। भेटघाटको कार्यक्रम पछी सासुले सपनालाई उस्को कोठामा लिएर जानु भयो।
 
"तिमी धेरै  थाकेकी छेउ, एकछिन आराम गर। अब देखी यही हो तिम्रो कोठा"---नँया दुलही जसरिनै सजिएको कोठामा फुलहरुले सझिएको खाट थियो । त्यही खाटमा बसाएर सासु ढोका बन्द गरेर जानु भयो। 
 
थकित त ऊ छँदै थीइ, अब मुटु पनि जोडदारले उफ्रिदै थियो। त्यो उस्को विवाह पछीको पहिलो रात, निरन सँग को पहिलो मिलन, मनमा एक किसिमको डर सँगै रोमान्चित भावनाहरु पनि खेलिरहेका थिए।
 
निरन कोठामा अयो। ढोका लगायो। सपनाको मुटु झन जोडदार सँग ढड्किन थाल्यो। निरन सपनाको छेउमा आएर बस्यो। चिउडोमा हल्का छोएर  सपनाको मुहार उठायो। सपनाले आँखा बन्द गरेकी थीइ। त्यही बन्द आँखामा चुम्यो त न्यानो अङालोमा उस्लाई बाँध्यो। सपनाको लागि यो पुरुष सँग को प्रथम शरीरिक मिलन थियो। निरनको लागि महिला सँगको  प्रथम शाररिक मिलन थिएन। तर यो मिलन पहिले भन्दा धेरै फरक थियो निरनको लागि। पहिले उस्लाई कुनै बन्धन थिएन कुनै बाध्यता थिएन। केबल क्षणिक खुशी र मनोरन्जन थियो। अब उस्लाई सामाजिक बन्धन छ। उसँग उस्की श्रीमती छे जस्ले उस्को लागि भनेर सबै कुरा समर्पण गरेर उस्को संसारमा भिज्न र रमाउन आएकी छे। अब उस्लाई मनोरन्जन सँगै माया पनि छ आफ्नो श्रीमती प्रती, उस्को समर्पण प्रती। उस्ले मायाको झरी बर्षायो। सपना त्यो झरिमा खुशी साथ रुझी र आफु समर्पित भई ।  
 
क्रमश:
Last edited: 28-Jul-08 02:05 PM

 
सान्नानी
Posted on 07-28-08 2:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

oho dipika nanu gajab chha la lekheko, ati sundar, kasari janya hola...
 
Posted on 07-28-08 2:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

last paragraph ma aera kathako title clear huna thalyo -- dipuu yo part ta jhanai ramro raicha -- aba arko part pani ajai lekha na bhaneyra kun mukh le bhannu hai --tara bhanau bhanau jasto bhane nalegeko hoina
 
सान्नानी
Posted on 07-28-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ho ke clear bhayo prerana? maile ta bujhina.. la lekha ta ke ho? :)
 
Posted on 07-28-08 2:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Feels good...

What can I say, It is really going good.

 

Nepali Thita


 
Posted on 07-28-08 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

sannu herana dipu le yaso bhanche  " ...सपनाको लागि यो पुरुष सँग को प्रथम शरीरिक मिलन थियो। निरनको लागि महिला सँगको  प्रथम शाररिक मिलन थिएन...." tei bhaera sambandh katha bhanya hola ni  
 
Posted on 07-28-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौन प्रेरणा र सान्नानी, निकाल्दिने भयो काम बाट मलाई। बल्ल आँखा ठीक भएको छ त्यसरी कथा लेख्न तल्लिन भए भनेत काम र आँखा दुबइ जान्छ   

सान्नानी धन्यवाद! बिस्तारै सिक्दैछु। कती त आफुले देखेको कुराहरुबाट लेखेकी कती चै सुनेको कुरा बाट :-)


प्रेरणा dear यो भाग लेख्नलाई यती समय लागिसक्यो अर्को भाग अब अली पछी है :-)  

नेपाली ठिटा  ज्यु धन्यवाद हौशलाको लागि

Last edited: 28-Jul-08 02:33 PM

 
Posted on 07-28-08 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 prerana nahasauna , dipu le yeso bhanchhe re  
 
सान्नानी
Posted on 07-28-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

preranalai bhanya maile dipika usko version lekha bhanera, ke bujhisaki re ke usle. ani kasti bathi timrai po copy paste garichhe.
 
Posted on 07-28-08 2:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-28-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बल्ल पढियो दीपिका नानु को कथा दोस्रो भाग।
स्वाभाबिक तरङ मा छ अहिले सम्म , त्यो तरङ भरङ हुने त होइन, मनको कुना मा शंका अंकुराएको छ। सपनाहरु देख्नै का लागि मात्र हुन कि, भोग्न लाई मात्र? निरन को सपना अनी सपना को जपना सफल होस्।

 
Posted on 07-28-08 2:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी दामी ल - यो भाग पनि पढे।
हेरेको देखेको कुरा लेखेको रे दिपिका ले - हो र भन्या साचै
तेसो भनेपछी

साली नानीहरु  जिस्किदै थिए "भिनाजु हेर्न लाएकका कोही छैनन जन्तीमा" भनेर।

साली नानीहरुमा दिपिका पनि छ भन्ने मेरो अनुमान नभइ ठोकुवा नै हो - हेर्न लाएकका भन्या कस्तो

अनी अब त म ए.सि. बाट पनि प्रोमोशन हुने वाला छु है।
चिसो गाउ भएर के गर्ने - गर्मी मा त प्रचन्डै हुन्छ - ८०, ९० पुग्छ 


 
Posted on 07-28-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेश्रो भाग नि पढियो, सचित्र बर्णन । बिहे को जग्गे को अनी त्यतिबेला हुने नोक्झोओक को सबिस्तार वाख्या। ब्राम्हण छेत्री को विवाह उत्सब हेर्न न पाएकाहरुको लागि झन उत्तम। लेखाइ सदा झै अती उत्तम।

 
Posted on 07-28-08 2:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ पढे मैले पनि तेस्रो भाग। कथाले गम्भिर मोड लिना लागेको मलाई भान हुन्छ। अर्को भागको प्रतिक्ष्यामा छु। झट्टै लेख है दिपीका।
 
Posted on 07-28-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नयाँ भाग पनि आइ सकेछ। यो भाग पनि राम्रो छ, कथा त सलल नै बगेको छ। तर अली छोटो भएन र भनेको? 
 
Posted on 07-28-08 3:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

D'bl posting...

Last edited: 28-Jul-08 03:11 PM

 
Posted on 07-28-08 3:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपिका,

तिमी त राम्रो लेख्दै छौ त., KEEP IT UP


 
Posted on 07-28-08 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ धन्यवाद! क्या कुरा बुझ्नु भयो नि त सपनाहरु देख्नका लागि मात्रै हुन रे। त्यस्रो भाग चै अली बिहेको बारेमा लेखेकी सम्बन्ध भन्दा पनि। 

लहरे धन्यवाद साथी! त्यो साली नानीहरुमा म पनि पर्छु भन्ने त्यस्तो ठोकुवा गरेको। कुरा धेरै बुझ्छ यो लहरे साथी पनि। अनी गर्मिमा ८०-९० को कुरा नगर है अहिले चिप्लु र माइला दाई आएर १००-११० को कुरा गर्नु हुन्छ।

नेत्र धन्यवाद! हो र कथाले गम्भिर मोड लिएको। मलाई पनि त्यस्तै लाग्यो।

नेप्चु धन्यवाद! छोटो भएको छैन। नभन न त्यस्तो :-) 


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Travelling to Nepal - TPS AP- PASSPORT
निगुरो थाहा छ ??
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
How long does Citizenship take?
Informatica consultancy share
Travelling on TPS advance travel document to different country...
Are you ready to know the truth?
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters