बैरे
Replies to this thread:

More by बैरे
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 च्याङ्ग्राको नासो बैरेको गलाको पासो

[Please view other pages to see the rest of the postings. Total posts: 106]
PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
[VIEWED 90458 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 6 pages, View Last 20 replies.
Posted on 03-30-09 11:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

बैरे, बाबु तेरो लागि फोन छ ।


कस्को ?


च्यङ्ग्राको


म खोठाबाट तल झर्दै, गुनगुनौदै  "मायाले ले माया गासी  देउ, भएन प्रिती जोडी देउ" ...... "हलो"


सुन न क्या कोक र म:म: खान मन लाग्यो हिड जाम, शान्दार, मलाई लिन आइजो ।।।


ह्या बेला न कुबेला बजी नेउला .... म त भुक्का छु । तेरो ट्रीट हो ?


ल ल , तु भी क्या याद रखेगा किस रहिससे पाला पढा था । बरु सुन तेरो बाउको ५५५ लेर आइज खूब तल लाग्या छ, कत्ती सुर्य सल्काउने ५५५ मा थप नून, मसला केही थप्या छ की, टेस्टीङ गर्नु पर्‍यो ।


एक घण्टा पछी म:म: र सोपंको बायु मुखबाट छोड्दै बानेस्वोर पिपल बोटबाट हाईटको ओरालो झर्ने बाटो तिर लागियो । करीब २०० मिटर भित्र छिरे पछी आर्को सानो गल्ली जस्ले धोबी खोला गणेश थान तिर लग्थ्यो, त्यता तिर लागियो। अली भित्र छिरे पछी मोटरबाईकलाई डबल स्ट्यन्ड लगाइ ५५५ सल्कयौं ,


बुजिस बनाउन त खैरेले नै जन्या हो, कहाँ ५५५ कहाँ सुर्य, भन्दै सर्को लगाउदै थियो च्याङ्ग्रा।  हुन त त्एती खेर नजिकको तिर्थ हेला भने झै नेपाली सामानको त्यती मुल्य हुँदैन थियो । अहिले त्यही सुर्यको सर्कोले, नेपालको याद झल झली लेर आउछ ।  


बरु सुन, त्यो शानदारको म:म: पनि त्यती दम छैन, म:म त हरियो पर्दाकै मिठो, अली कती छोयला चिउरा, सादेको भट्मास, कचिला, आलुको अचार, अनी म:म:, यो सब एक प्लेट मगायो भने दुबै जनालाई पुग्छ के.बि.फो.सिक्स ?


भर्खरै म:म: हुले पनि त्यसले बर्णन गर्दा फेरी खान सकिन्छ झै लाग्यो मलाई, - बिचार त दरै छ , तर फाइनेन्सर चाँही को ?


त्यसको पनि जगेनो गर्या छु, यहाँबाट, कालेकोमा जाम, अनी ज्यापू र भोटेलाई, फोन गरेर म्यारिज खेल्न मुन्ठी भनेर फोन गरौ, ज्यपू म्यरिज भने पछी, विबाह पनि छोडेर आउछ,


अनी तिनीहरु नै हर्ने गेर्यान्टी चाँही तैले लिन्छस ? भन्दै मैले प्रश्न गरे


ल अब मेरो कुरो ध्यान दिएर सुन, यो चाँही तैले भुजिनस भने ज्यापूले तलाई र मलाई म:म: भित्र राख्छ। यदी तैले माल हेरिस भने, १:७ ले खेल्ने


उसको कुरा सक्किनु अगाडि नै, मैले उसको कुरो काटे, के हो यो १:७ भन्या ?


कुरा सक्कीन त दे, बिचँमै कुरो नकाट, पहिले सुन अनी पछी बोल, १:७ भन्या केही गरी एक्का माल हो भने त सत्ता फाल त्यो भयो भने मलाई खबर हुन्छ सत्ता माल हो भनेर, त्यसै गरी दुक्की को अठ्ठा, तिर्की को नहर ।


अनी मसँग त्यसरी मिल्ने तास छैन भने नि ?


त्यसो हो भने मिल्ने रङ चाँही फाल, तर फाल्नु अघी पर्नु पर्ने तास यो हो तर परेन भन, म भुझी हाल्छु। सोच, ज्यापू कती लोडेड, हुन्छ त्यसलाई लुत्न पायो भने, त्यही पैसोले छ्याङ पनि खान पुग्छ , मलाई काठमाडौं गणेशथान नजिकै एउटा ठाउँ थाहा छ सोलीड छोयला चिउरा, कचिला पाउछ।


त अघोरी, हस्पिटलमा पक्कै साट्या हुनु पर्छ, खान चाँही तलाई नेवारी खान नै खानु पर्ने, बुद्धी चाँही पुरेतको जस्तै चल्छ । 


च्याङ्ग्रा हाँस्दै - जे भए ने आज चाँही धोको पुरा गर्ने गरी घिच्न पाउने भाईयो । लौ हिड तेरो बाउकोमा फेरी काले निस्केला नि 
   
 क्रमश :

 
Posted on 04-15-09 9:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Baire...kaastori bayan gareko ho....aba dinner ma sandwich nai khanu cha....mukh mai  churdaina aba...

 
Posted on 04-15-09 10:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Banglamukhi ra krishna mandir ghumera halka dharma ta gareko thiyeu baire ... tara saathi le aile bhane paap nai garyeu yrr. Arko bhag ni chadai jawos.. kurdai cham !!
 
Posted on 04-16-09 10:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एह बा, के बिघ्न बर्णन हो यो खानाको? आमामामा, अघी भक्खर खाएर बसेको, मुख्मा व्हाल व्हालती थुक घुटुक्क भो प्रभो, के गर्या एस्तो, एत्ती सार्हो नि गर्न हुन्थेन नि, अझ त्यो alteregoले राख्या जस्तै रे। मरें म त, कृष्ण गल्लिमा कुर्दै गर्नु है भनेको त, प्रभोले दी सकया रेछन।


अली ढिलै  आयौ तर क्या-नाम बबाल आयौ, लु अब अर्को भागको लागि ढिलो चाँही नगरुम है, कुर्दै छम, अनी एत्ती सार्हो बयान नि नगरुम न प्रभो गार्हो हुन्छ क्या, खै कुरो बुझ्या? "


--पुरे प्रभु हिजो प्रभुलाई ककुर्दा कुर्दा थाके म, उता बास्नाले तान्या तान्यै , कृष्णजीले पनि जा जा खाँदै गर पुरे आयो भने म भनिदिन्छु भन्नु भयो प्रभुको आज्ञा कसरी नकार्ने ?



"Baire...kaastori bayan gareko ho....aba dinner ma sandwich nai khanu cha....mukh mai  churdaina aba..."


--प्रभु खानाको बर्णण गर्या भये त म पुरा कवी हुन्थे, आदि कवी लाई उुहिले उछाल्थे, अब sandwich लाई सुकुटी वा वो मान्दै टोकुम प्रभु, कोरोनाले क्ष्याङको काम गरी हाल्छ ।



"Banglamukhi ra krishna mandir ghumera halka dharma ta gareko thiyeu baire ... tara saathi le aile bhane paap nai garyeu yrr. Arko bhag ni chadai jawos.. kurdai cham !! "   


--प्रभु धर्म भनु कि स्वार्थ, बङ्गला मुखीले जाँचमा पास गर्ने जिम्मा लिनु भाको थियो, मेरो ट्युसन चाँही कहिले काठमाडौं गणेशथान कहिले कृष्ण मन्दिर तिर थियो, आर्को भागमा नयाँ ट्युसन सेन्टर ठमेला खुल्या सुनियो त्यतै दौडिनु छ ।


 
Posted on 04-21-09 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हिड जाम घर तिर । तरुनीले धोका दिए नि खाना ले साथ दियो, यो खाना त २-३ दिन ननीकाली भुँडी भित्रै राख्ने खालको छ भन्दै उु बाइकमा बस्यो । मिठोले भुँडी भित्रै राख्न खोज्या हो कि, आउँदा खेरीको रापलाई सम्झेर भन्या हो त्यो चाँही भुज्न गाह्रो थियो त्यही पनि केही नबोली घर तिर लाग्यौ हामी ।


 


पाटन ढोका भई घर जाने रहर थियो तर पेट्रोल हाल्ने मालिक च्याङ्ग्रा थियो, कहाँ महङ्गाइमा लामो बाटो जाने, हिड आकै बाटो फिर्ता, भेटी हाल्छे कि ? भन्दै च्याङ्ग्रा करायो ।


 


लौ भन्दै फेरी बङ्गला मुखी तिरै फर्कियौ ।


 


बङ्गला मुखी कट्न मात्रै के आट्या थियो अगाडिको द्रिश्य भुकम्पले हल्लाको झै हल्लियो । तर भुकम्प होइन मेरो हेल्मेटमा च्याङ्ग्राको हात बज्री रहेको थियो ।


 


च्याङ्ग्रा - सुन त्यहाँ बङ्गला मुखीको ढुङ्गे धारामा , मुक्ती नाथ हो कि गोसाई कुण्डको पानी आउछ रे, बहुनको छोराले भैंसी चपाको छ हिड मेरो नि पाप मुक्ती हुन्छ कि ? मुख धुन जाम ।


 


- त मर्ने बेला एकै चोटि त्यहाँको पानी तेरो सैय्यामा राखे हुन्न ? तैले भोली नि हिड जाम अरु केही नभए नि मासुको रसबरी खान जाम भन्छस क्यारे ।


च्याङ्ग्रा  - ल ल धेरै दाइलोग, नछोड, घर गए बुढाको कच कच, यहाँ तेरो । रोक अनी हिड ।


 


ढुङ्गे धारा सम्म पुगेर भर्र्याङ् झर्न के आट्या थियौ, च्याङ्ग्राले एक्कासी - "ओहो .......  माते, मन्दिरनै छोडि यहाँ सम्म किन दर्शन दिन आउने कस्ट किन गर्नु भयो ? "


 


म अचम्म परी किन भुत्भुतायो यो बौला भनेर हेर्दा, बिहानकी तरुनी त्यहाँ उपस्थित रहेछिन । म फेरी च्याङ्ग्राको पेलाईलाई कुह्री रहा थिए ।   


च्याङ्ग्रा - " बिहान आकै हुँ, फेरी बिहीवार पनि आउछु भने कै थिए, यती चाडै म सँग प्रशन्न हुनु भयो ?" ...


 


मैले च्याङ्ग्राको कुरो काटेर अब ३ वटा बर पाउने भईस्, ल मोज गर । म फेरी च्याङ्ग्राको मुख तिर हेर्दइ थिए अर्को ब्यङ्गको प्रतिक्षामा 


 


 स्वोर त आयो तर त्यो च्याङ्ग्राको थिएन ।


 


- बिहानै काम परेर कलेजबाट चाडै निस्किनु पर्‍यो । किन बौला कुकुरले टोक्या झै कराइ रहा । खूब तितौरा लिएर पर्खिन्छु भन्दै थियौ त, कसरी यहाँ सम्म आइपुग्यौ ? तितौरा दिन हो ?


 


मेरो त बोल्ती नै बन्ध भयो, तर  च्याङ्ग्रा हार मान्ने खालको थिएन, - "कडा अती कडा , जो चोर उसकै ठुलो स्वोर । सस्रुराली खोज्न आको नि । ससुराले नानी पधेरो सम्म गाको छे, ज्वाँई बस्दै गर्नु भन्या थिए । म चाँही होइन मै लिएर आउछु भनेर निस्क्या नि । "


 


उनीहरुको कुरो सुनेर म वाल्ल पारी रहा थिए, मन मनै सोचे - " इनिहरु त बिहे भएकै दम्पती झै कुरा गरी रहा छन, कतै च्याङ्ग्राले चिन्या कोही केटी नै थियी कि ? मलाई मुर्गा त बनाइ रहा छैन ? "


 


च्याङ्ग्रा - "छोराले बोलाको सधैं पुराउछ, लौ लिउ तितौरा । लौ भोली भेटुम्ला, हामी त्यही पूल पारी नै हुन्छु । बरु आहिले धर सम्म छोड दीउ कि ससुरालाई पनि लागे भन्नु पर्ला "


- "भयो भयो, धेरै जान्ने हुने होइन, फेरी टोल उठेर आउँला नि "


 


ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो, त्यही सम्झी होला च्याङ्ग्राले "भई हाल्यो उसो भए, लौ भोली भेटुम्ला" भनेर मलाई "लौ हिड के लाटाले पापा हेर्या झै हेरी रहा" भन्यो । त्यहाँबाट निस्किनु अघी तरुनी तर्फ हेर्दइ फेरी च्याङ्ग्राले - "बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो


- "भई हाल्छ नि, भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन"


 


म अझै, कुरा बुझ्न खोज्दै थिए, तर दिमागलाई किन धेरै दु:ख दिनु भनेर सिधै च्याङ्ग्रालाई - "ए मारोगी, तेरो बाउँलाई, मुर्गा बनाउन आट्या " भनेर गर्जे ।


च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा "


-"जस्ले जे भने नि तरुनी चाँही जोली, रहेछ । सही हुनेछ दोस्रो भेट" भन्दै दङ्ग पर्‍यो - "बरु सुन भोली नि आउनु पर्छ अघी भने झै त्यही पूल पारी । अब नयाँ आँखडा बन्ने भयो त्यहाँ पनि,  क्रेडिट चलाऊनु पर्छ बुझिस "


हामी घर तिर लाग्यौ ।


 
Posted on 04-21-09 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

dheri din pachi..padha payiyo....khusi lagyo...la sathi ali ali chito chito post garera kripa garnu paryo hai....
 
Posted on 04-21-09 6:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो">>>
हा हा हा हा, सोर्ह सेन्त पक्का कुरो गर्यौ प्रभो , कडा, सार्है कडा

<<<"बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो

- "भई हाल्छ नि, भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन" >>>

लौ प्रभोको नि केइ होला जस्तो भो बधाई छ

<<<च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा ">>>

राम राम राम राम, धत मन्दिराँ गएर एस्तो अपसब्द, धत्

लु सार्है छोटो भो, दिप प्रभोलाइ भन्या जस्ताइ, आफु नि एस्सो अली लामै लेख्दे हुनी, कि कसो?



 
Posted on 04-21-09 9:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kada ...saarai kada....ajhai jaawos..

:)

 
Posted on 04-22-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"Dheri din pachi..padha payiyo....khusi lagyo...la sathi ali ali chito chito post garera kripa garnu paryo hai...." 


- यो चौतारीको पछी लाग्दा लाग्दा लेख्नै बिर्सें छु प्रभु , फेरी काममा नि खैरो छालाले दिनु दु:ख दि रहा छ । अर्को भाग चाडो प्रस्तुत गर्ने छु 


<<<"ए भि एम स्कुलको झगडा हुँदा पाटनको घरबाट हजुर बाउँ देखी नाती ओर्लेको ज्ञान थियो">>>
हा हा हा हा, सोर्ह सेन्त पक्का कुरो गर्यौ प्रभो , कडा, सार्है कडा


- प्रभु कि पढेर जानिन्छ कि परेर भन्थे यो चाँही परेर जाने को कुरो थियो
<<<"बरु कोही साथी छ भने यसको उद्दार पनि गरी दिए हुन्छ " भन्यो
- "भई हाल्छ नि, भन्दै तरुनी मुस्कुराएर आफ्नो बाटो लागिन" >>>


लौ प्रभोको नि केइ होला जस्तो भो बधाई छ


प्रभु बोकालाई बाख्री पाउने आशा कहिले छुटीदैन, तर आफ्नो लमी च्यङ्ग्रा खै के विश्वाश गर्नु ? 


<<<च्याङ्ग्रा झन वाल्ल परेर - " के भन्छ यो जिमु, म चाँही झन तरुनी क्या कडा हगी, डर नै नमानी चिन्या झै कुरा गरी भन्न आट्या, यो भने मै माथि हुईकिन्छ बा ">>>


राम राम राम राम, धत मन्दिराँ गएर एस्तो अपसब्द, धत्


प्रभु अप्सब्द घरको कम्पउन्ड छिरे पछी कहाँ पुग्थ्यो कहाँ ? अरु ठाउँ त बालै हो नि


 
Posted on 04-22-09 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हामी घर तिर लाग्यौ ।


च्याङ्ग्रा, भोली पल्ट बिहानै घर आइपुग्यो, मैले मेरो काम भाको हुनाले जान नमिल्ने कुरा जनाए , - मेरो बिहीवार पनि बिहानै काम छ तेरो त अब बङ्ग्ला मुखी जाने सधैं हुन्छ म चाँही जान्छु तर बेलुका मात्रै यो शुक्रबार सम्म नभ्याई नहुने काम छ यार "


एक छिन केही बोलेन र सराप्दै लाग्यो सन्खमूल तिर ।


 


शनिबारको दिन आनन्दले सुत्छु दिनभरी,  काम पनि सक्या थियो कही जानु थिएन । आँखाको पर्दा बन्ध मात्र के हुन आट्या थियो आइपुग्यो अघोरी कोठा भित्र - "मित्र बन्धु, हजुरको काम सकियो होला नि अब जिन्दगी बनाउन तर्फ पनि लाग्ने कि ?"


 


"के जिन्दगी, कस्तो बनाउने जाच आको छैन कसरी आहिले बन्छ जिन्दगी ?" भनी मैले प्रश्न गरे


 


च्याङ्ग्रा - "जिन्दगी भन्या खाली पैसा र जागिर मात्रै हुन्छ, तरुनीले पनि जिन्दगी बनाईदिन्छ नि कसो ?"


 


हुन पनि हो च्यङ्ग्राको जिन्दगीमा तरुनी बाहेक अरु केही को मान्यता नै थिएन, मेरो शब्द खेर फाल्नु मेरै दोश थियो, त्यही पनि मैले सोधे "कसरी बनाउने भईस त जिन्दगी ?"


 


च्याङ्ग्रा - "आज छप्कीले डेटमा जाम भन्या छ " मैले बिच मै कुरा काटे - "तेरो डेटमा म किन जानु ?"


च्याङ्ग्रा - "त कुरालाई कहिले सक्किन दिदैनश, सुन डबल डेट" मेरो आँखामा लाग्ना आट्या पर्दा अचानक खुल्यो र तेजिलो भयो ।


- "उसको पनि साथी छे रे, राप्चीक छ रे , तेरो कुरा चालाको छु आज भेट भई हाल्छ । ठमेल तिर भेट्ने भन्या छ , तर ठुलो मर्का छ "


- के मैले सोधे


- "सुको लिमिटेड छ , अली कती घरबाट मिला , ब्याक अपको लागि । पहिला तरुनीहरुलाई कोक ख्वाउनु पर्छ अनी त्यो कोक सक्के पछी खान सँगै अर्को कोक मगाउनु पर्छ बुझिश ?"


 


- "किन यती धेरै कोक नि ?"


च्याङ्ग्रा - " कोक खाए पछी पेट धुस्स हुन्छ, तरुनी ले खान सँगै अर्को कोक पनि पीउछे अनी धेरै खानै सक्दिन, हामी चाँही किन थोरै खाको अरु केही मगाउन भन्नु पर्छ , भिकारी भए नि हाम्रो ईज्जत छ यार " हाँस्दै


 


आफ्नो काम सकेर, त्यहाँबाट २०००-२५०० आम्दानी भाको कुरा मैले च्याङ्ग्रालाई भन्न भ्याको थिईन, तर उसको कुरा सुने पछी भन्न पनि उपयुक्त थिएन । आफ्नो नाउँ बल्ल पार लाग्ला जस्तो थियो, फेरी च्याङ्ग्राले भने झै मेरी राप्चीक रहेछ भन्ने डेट फेरी जानु जरुरी हुन्थ्यो पछी सुकोको ब्यबस्था हुन असम्भब थियो। मौकामा कौडी नछोड्नु भन्थे बुढा पाकोले, मैले नि मेरो कौडी बचाउने निर्णय गरे । ल म १-२ बजे तिर आउछु तयार भएर बस भन्दै च्याङ्ग्रा हिड्यो ।


 


आफु पनि कहिले १ बज्ला भन्दै घडी हेर्दै बसे , घुम्ने घडीलाई मैले के रोक्न सक्ने पनि होइन टोक्न पनि, च्याङ्ग्रा नभन्दै हल्लीदै आइपुग्यो।


 


ल लागुम किन बसी राख्ने यहाँ बरु त्यही गएर हल्का फुल्का चुस्की दिदै गरुम, सुको को बन्दोबस्त भयो ?


 


भयो भयो पिर नगर हिड जाम, बरु मेरो चाँही भन्या जस्तो रहेनछे भने तेरो खएर छैन भन्द्या छु ।


 


हिमालयन बैंकलाई पछाडि छोडेर ठमेल तिर लाग्यौ हामी, नर्देवी जाने बाटो तिर लाग्दै दाँया मोडेर मून लाईट भित्र छिरियो ।


 


- थुक्क मारोगी तरुनी भेट्न पनि मून लाईटमा बोलाउने हो ? भन्दै म कराए


 


- कहाँ मैले बोलाको हो र त्यसले नै यहाँ भेटुम अनी कहाँ जाने सोचुला भनी,  मैले कसरी नकार्ने?


 


हामी भित्रा छिर्यौ । भित्र डान्स फ्लोरको भएको ले अध्यारो थियो । हामीलाई देखे पछी तरुनीले हात हाल्लाई हामी गएर उनिहरु भए ठाउँमा गयौ। त्यो अध्यारोमा मेरी चाँही चम्की रहेकी थिई, उसको अनुहारमा कोमल्ता थियो, दातका लहर मिलेका थिए मलाई देखेर त्यो लहर झन खुलेको थियो । मनमनै आफु पनि मुना मदनमा भनेको - "अनार दाना दातको लहर खोलेर हासँ न , तिमीले हासे म हाँक्न सक्छु ईन्द्रको आशन " याद आयो । मैले पनि उस्को मुस्कानलाई आफ्नो मुस्कानले अविवादन गरे ।


 


च्याङ्ग्री - "च्याङ्ग्रा यहाँ बाट जाम, कही रमाइलो खुला ठाउँमा गएर कुरा गरम "


च्याङ्ग्रा - "कहा जान मन छ ? ठमेल तिरै भौतारिने कि अन्तै ?"


च्याङ्ग्री - "ठमेलमा, धेरै भिड छ, पाटनको भिड देखी वाक्क भई सके फेरी बाहिर आउँदा पनि भिड मै ? बरु किङ्स्वे तिर जाम, नाङ्लो के छ बिचार "


च्याङ्ग्रा मलाई हेरेर बिस्तारै आज भाडा माज्नु पर्ला जस्तो छ बैरे ल जाम काम तिर । मैले उस्को कुरालाई ध्यान पनि दिएको थिन, किन भने मेरो ध्यान अन्तै बसी सकेको थियो । हामी त्यहा बाट उठी दरबार मार्ग तिर लाग्यौ । उही ज्ञाने को बा लाई लक्ष्मण रेखा कोर्दै, वूड्ल्यान्ड होटेल लाई कटेर नाङ्लो बेकरीमा बाइक रोक्यौ ।


 


च्याङ्ग्राले GTPS गर्नु पर्ला यहाँ त भन्दै हास्यो , च्याङ्ग्रीले के हो यो GTPS भन्या भनेर सोध्यो च्याङ्ग्राले Go Together Pay seperate भन्दै हास्यो । एस्तो महँगो ठाउँमा आउने चेतावनी त पहिले नै दिनु पर्छ नि भनेर फेरी पेच हान्यो ।


 


च्याङ्ग्री अली ठुलो स्वोरमा "किन र डेट मा जानु छ पहिले कोक ख्वाएर धुस्स पार्ने मन थियो कि क्या हो ? "  


 


च्याङ्ग्रा आफ्नो प्लान फुस्कियो कि भनेर रातो भयो । मैले उसलाई त्यो बाण बाट बचाउनु थियो । मैले "किन जिस्की रहाँ ल ल जाम भित्र, अलिकती झगडा भित्रको लागि पनि बाँकी राखे हुन्छ नि " भन्दै दुबैको डोरी आफ्नो हातले तानी भित्र लगे ।


 


लौ पहिला पेट नै भरुम न अनी तिमीहरु लाई कुस्ती खेल्ने पनि सक्ती आउछ हुन्न भन्दै मैले कुकुर बिरालो जोडी लाई ब्यङ्ग हाने ।


 


च्याङ्ग्राले म:म: खाने कुरा गर्‍यो ।  च्याङ्ग्री रिसले - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, खन्न म:म: म त चोपसुई खान्छु। "


 


त्यही बेला अर्को तबुलाँ वेटरले हर हरी बलेको सिज्ज्लेर लिएर गयो । त्यसै सिज्ज्लेरलाई देखाएर च्याङ्ग्राले - "हो आफु त त्यही सिज्ज्लेर खनए हो, बुझिस बैरे यहाँ घच्चीको द्राफ्ट बियर पाईन्छ रे । सिज्ज्लेर र बियर सही मोज हुन्छ "


 


म चाँही मेरी तर्फ हेर्दाइ - " तिमी चाँही के लिन्छौ नि ?"


उनी - " यो सब खाना अती धेरै हुन्छ , हामीले शरे गरे हुन्न ? तिमीलाई मन पर्ने एउटा दिष मगाउ अनी तीन दिष शरे गर्दा कस्तो होला ? "


"हुन्छ नि बरु तिमीलाई मन पर्ने चाँही मगाउ न, त्यही शरे गरुम्ला "


च्यङ्ग्रा - " तिमीहरु को पेहेले आप पेहेले आपमा त्रैन छुट्छ बरु ई यहाँ मेनुमा हासँको सुकुटी छ आफ्नो नि रहर पुग्छ त्यही मगाम ? "


 


उसले आफ्नै मधुरो स्वोरमा हुन्छ भन्यो ।


 


च्याङ्ग्रा - " द्रिन्क चाँही के मगाउँ तिमीहरु लाई ?"


च्याङ्ग्री - "वाइन चाख्नु पर्ला "


च्याङ्ग्रा - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, भन्या झै बिहानै एला खाको पच्या छैन ? "


च्याङ्ग्री रिशले च्याङ्ग्रालाई त्यही पर्साउन तयार थिई , तर मेरी ले उसलाई रोक्दै कोक भए हुन्छ " 
 


एक्कै छिन पछी खान आयो , च्याङ्ग्राको सिज्ज्लेर बल्दै हर हरी बास्ना शहीत आइपुग्यो । च्याङ्ग्रीको चोपसुई पनि र हासँको सुकुटी, साथ चिउरा, भट्मास र गोल्भेडा को अचार । बियरको एक घुट्कोले मन नै त्रिप्त बनाईदियो ।


 


च्याङ्ग्री चाँही चोपसुई मिक्स गर्दै थिई, च्याङ्ग्राले के हो हातले मिक्स गरी रहा बानी काटा चक्कुले गर्न गाह्रो भयो होला, बैरेलाई देउ एस्ले शही मिक्स गर्छ ।


 


खान सकिएर निस्किने बेला नि भयो, मन असजिलो भयो उसलाई छोड्ने मन थिएन तर ढल्केको दिन लाई घाम ले रोक्न नसकेको झै मैले नि उसलाई रोक्न सकिन । उनीहरु हाम्रा आँखाबाट टाढीदै गए, म केवल उसलाई हेरी मात्रै रहे ।


 


च्याङ्ग्रा - " कस्तो लाग्यो त रापचीक छैन त ? लौ हिड घर जाम भोली आइतबार हो भोटेकोमा जानु छ , आउने हप्ताको खर्चा पानी उठाउनु पर्‍यो नि । "                     


  


 


       
  


 
Posted on 04-22-09 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पार्ट पनि राप्चिक नै लाग्यो बैरे । चपा बैरे चपा । आफ्नी लाई चै न छोड् ।
 
Posted on 04-22-09 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<<"अनार दाना दातको लहर खोलेर हासँ न , तिमीले हासे म हाँक्न सक्छु ईन्द्रको आशन " >>>
वाह वाह

हा हा हा हा, यो लाइन पो कडा त, वाह वाह <<<च्याङ्ग्री रिसले - "घरै पिडालु बनै पिडालु ससुराली जाँद बाह्र हात को पिडालु, खन्न म:म: म त चोपसुई खान्छु। " >>>

<<<उनी - " यो सब खाना अती धेरै हुन्छ , हामीले शरे गरे हुन्न ? तिमीलाई मन पर्ने एउटा दिष मगाउ अनी तीन दिष शरे गर्दा कस्तो होला ? " >>> लौ आफ्नो दिन नि याद आयो, बैरे नि मै जस्तै भाग्यमानी रेछ जस्तो छ, त्यो त अली पछी थाहा भैहाल्ला, तर मिलियन डल्लरको बात भनिन है उनिले। दिल खुस, पेट धुस, तारेमाम।


<<<च्याङ्ग्री रिशले च्याङ्ग्रालाई त्यही पर्साउन तयार थिई , तर मेरी ले उसलाई रोक्दै कोक भए हुन्छ "  >>> अैलाह के हो यो? एह बैरे हामी कतै भेत्या त छैन नि है, के गर्या प्रभू यो, अड्डामा बसिराछु साइदका कुइरेले आँखा तर्न थालिसक्यो, बडो मज्जा आयो, जय होस्  

<<<एक्कै छिन पछी खान आयो , च्याङ्ग्राको सिज्ज्लेर बल्दै हर हरी बास्ना शहीत आइपुग्यो । च्याङ्ग्रीको चोपसुई पनि र हासँको सुकुटी, साथ चिउरा, भट्मास र गोल्भेडा को अचार । बियरको एक घुट्कोले मन नै त्रिप्त बनाईदियो । >>>

पाटकी बैरे, खानाSSSSSS कती बिस्त्रित बयान गर्न सक्या एह, प्रभो, एस्तो नगरुम न, पेट कुइ-कुइ कराउँछ

हेर राप्चिकको बयान नगरि सकायो, खानाSSSSSS-काल, खाना चाँही सेस-नागले जस्तइ बर्णन गर्छन्, केटीका बारे कोर्दै कोरेनन्

लु भएन यो नि, खाली खानाको बयान गर्छौ प्रभो तिमी नि, धत्, भोक पो लाग्यो

तर लेखन एक्दुम उत्कृष्ट लाग्यो यो पाली, वाह मज्जा आयो, jay hos prabho!

 
Posted on 04-22-09 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he he he    baire    katti   hasnu    yo    katha    padera.

aasadhaai    ramaailo    chha.

 
Posted on 04-22-09 8:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ati nai ramro...nanglo ma date gaako yaad aayo baire....dhadh sekne gari bill aako ni yaad vo :)

 
Posted on 04-22-09 10:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोक लाग्या बेलामा कथा पढेर अनी सिज्लर सम्झेर मुखै रसायो हो मेरो त ।
 
Posted on 04-27-09 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

च्याङ्ग्रा - " कस्तो लाग्यो त रापचीक छैन त ? लौ हिड घर जाम भोली आइतबार हो भोटेकोमा जानु छ , आउने हप्ताको खर्चा पानी उठाउनु पर्‍यो नि । "


यसरी नै हेर्दा हेर्दै समयले आफ्नो काचुली फेरी सक्या थियो हाम्रो बङ्ग्ला मुखीको ध्याउने क्रम जारी नै थियो, बरु तरुनीहरुसँग भेट नभाको चाँही धेरै भई सक्या थियो । च्याङ्ग्रासँग पनि भेट घाट थिएन, म पनि आफ्नै दुनियामा मस्ताइ रहेको थिए । शुक्रबारको दिन थियो पढाई सकाएर बिशाल बजार गई अकाल परेको आँखालाई तरुनीहरुको स्पर्शले धन्य गराउने बिचारले च्याङ्ग्रालाई फोन घुमाईयो, तर अघोरी घरमै थिएन, उल्टो त्यस्को बाउँको लेक्तुर खाईयो । लौ एक्लै त के भौतारिनु भनी घरै बसे  । साझ पख अती भयो भनेर कौसी तिर लागि बाटाँ हिड्यालाई भए नि हेरेर मनको प्यास बुझाउनु पर्‍यो भनी लागे कौसी तिर ।


जमानाको कुरो हो , धुलो उडे धुलेश्वोर, पानी परे हिलेश्वोर, जाडोमा ठन्डेश्वोर भनाउदो त्यो बानेस्वोरको बाटोमा को देख्नु ? तर मिलन चोक तर्फबाट च्याङ्ग्रा दाम्लोबाट फुस्किएर आको चाँही देखियो । आज चाँही बज्जिएलाई मै पर्साउछु - मन मनै सोचे । च्याङ्ग्रा एकै झिम्काईमा आइपुग्यो कौसीमा ।


- ओहो प्रभु सास्टगं गरे, आज कहाँबाट बाटो बिराउनु भयो ?


- लौ आयुश्मान भव, तैले धेरै तपस्या गरिश अनी प्रशन्न भएर तलाई वर दिन आको नि ।


- अनी मेरो वर चाँही के त ?


- भोली शनिबार हो, भर्खरै च्याङ्ग्रीलाई भेटर आको, तेरी पनि तलाई भेट्न नपाएर छट्पट्टी रहा छे रे, तलाई फोन गर्छु भन्दै थियी, तर लाज लाग्यो रे । त्यसैले तेरो उद्धार गर्न मैले भोली नगरकोट जाने प्लान बनाको छु । के छ बिचार ?


- जानु त मन थिएन, तर तैले प्लान बनाइ सकिस, तलाई किन निराश पार्नु - मैले हाँस्दै भने


- लौ हिड परको गल्ली सम्म एक चुस्को लगाउँ दिन भरी तान्या छैन, डेट सकिएर सिधै यही आको । फेरी तेरो घराँ आउनु थियो बाहिरै तानेर आउँदा तेरो घराँ थाहा पायो भने तेरो बाले मलाई एक छ्याकमा खत्तम पारेर, मेरो टाउको तेरो बैठकमा झुन्ड्याउला भन्ने डरले नतानी आको ।


भेट्ने कुरा सोचेर सुर्यले चन्द्रमा निलेको याद नै भएन , बिहानै उठेर हल्का नाश्ता पानी गरी आमासँग खर्च पानी मागियो, सुको नझर्ला भनेको त, बाघनै झर्यो दँग परी बत्तिए च्याङ्ग्राको घर तिर ।


च्याङ्ग्रालाई लेर निस्क्या मात्रै के थिए, सोमको बाउँ सुमेरु पर्बत झै हाम्रो सामु उभिएको भेटियो । कहाँ ५१ र ५७ ? ५१ र ५७ चाँही हाम्रो जाँचमा आएको प्रतिसत थियो , बुढाले त्यसै गरी हाम्रो सम्बोधन गर्थ्यो ।


मेरो नम्बर च्याङ्ग्राको भन्दा बेसी भाकोले नाइके मै थिए यो पाली, पछ्छिल्लो पाली त्यस्को पधबाट त्यसलाई मुक्त पार्न सफल भाको थिए तर खुशी भन्दा दु:ख धेरै परेको थियो त्यो बिजयमा । कारण बुढाहरुको सामु नाइके बन्नु थियो ।


- आज केटाहरु मिली नगरकोट सम्म जाउँ कि भनेर सोच्या थियौ, एसो रिफ्रेश हुन्थ्यो भनेर ।


- अनी बास उहीकी फर्किने बिचार  छ ?


- खै ! सके सम्म फर्किने छ तर निस्चित चाँही केही छैन , बरु एसो ईमर्जेन्सी फन्ड पाए हुन्थ्यो ।


- ईमर्जेन्सी नि....., फिर्ता आउनु पर्छ नभए बिहे नहुन्जेल यती मै चित्त बुझाउनु पर्ला नि,  भन्दै बुढाले ७०० जती झारे ।


बुढा भित्र छिर्ने बित्तिकै च्याङ्ग्राले कुदा बैरे कुदा, बुढाले भित्र गएर आमालाई मैले उहिले नै ५०० लुट्या कुरा थाहा पायो भने तेरो र मेरो लाश लापता हुन्छ ।


लुट्या पैसो १७००, हाम्रो फन्डमा अर्को १००० लौ आज चाँही, रहिथानी झै खर्च गर्न पाइने भयो भन्दै दँग पर्दै लाग्यौ सन्खमूल तर्फ ।


सन्खमूल पुगेर च्याङ्ग्रीलाई भेटियो , खै त तिम्रो साथी ?


उसलाई लिन जानु पर्छ, अनी के यो स्कूटी नगरकोट सम्म पुग्छ र ?


च्याङ्ग्रा - कहाँ यो स्कूटी लाने,  तानेन भने मैले नै ढकालनु पर्छ, मैले अर्को बाइकको बन्दो बस्त गर्या छु, यहाँ बाट चाँही जाम त्यहाँ  तीन कुनेमा बाइक लिनु पर्छ ।


त्यहाँ बाट हामी तीन कुने तिर लाग्यौ । कुखुरेको पसलमा रोक्यौ , कुखुरे चाँही हाम्रो अर्को अन्न दाता तियो पेट्रोल पम्पको साहुको एक्लौटो वारीश । अनीकाल परेको बेला, तिर्खित बाइक त्यही गएर आफ्नो प्याश बुझाउने गर्थ्यो । तरुनीको स्कूटी पछाडि तिर लुकाएर कुखुरेको बाइक लिएर निस्कियौ । जानु अघी ५ लिटर फोकडमा राखियो।


बाइक मेटेको प्याश, पाकेटमा टन्नै क्यास अनी तरुनीको साथ , के चाहियो ? अब मेरीलाई लिएर नगरकोट हुत्तिनु बाहेक केही काम थिएन । कुखुरेको बाइक तरुनीले चलाऊने कुरा थिएन, च्याङ्ग्राले चलाऊदै थियो भने पछी मेरी त मै सँग साथमा हुने भई । मेरो मन हर्शले नाच्दै थियो, साथ दिन मेरो मुखले नि समय समयमा धुन गुन्जाइ दिएको थियो ।


मेरीको घर छेउ पुघेर हामी चाँही सडकमै बस्यौ, च्याङ्ग्री चाँही उस्लाई लिएर बहिर निस्की । उसलाई नदेखेको युग भएको थियो, उनी पहिले भन्दा अझै राम्री देखेकी थियी । कालो बादलले ढाकेको भुमीमा बादल फाटेर जब सुर्यको पहिलो किरणले जमिनलाई सुसज्जित गरिदिन्छ, उनी पनि सुसज्जित भई मेरो अघी त्यही पहिलो किरण भएर आको थियो । जसरी हटेको कालो पन र आउँदै गरेको उज्यालोलाई चरा चुरुङीहरुले गीत गाउदै स्वागत गर्थ्यो मेरो मनले उसलाई देखेर त्यसरी नै सम्बोधन गरेको थियो । मेरो आँखा धन्य भएको थियो ।


उनी मेरो सामु आएर मलाई - हाई भनेर सम्भोदन गरीन् मैले पनि हासेर उही हाई लाई उसकै तर्फ मोडीदिए ।


उसलाई बस्न सजिलो पार्नो को निम्ती पछाडिको खुड्गिलो तल झारी दिए, उनले आफ्नो हात मेरो काधमा राखी पछाडी बसी । उसले लाएको सुगन्धले कस्तुरीको सुगन्धलाई पनि मात पारेको थियो ।  उसको स्पर्श मेरो शरीरमा रगत झै बगी रहेको थियो, मेरो हरेक श्वासमा उसको सुगन्ध मिसिएको थियो । एउटा ऐना बाटो तर्फ अर्को चाँही उनी तिर थियो । हावाको बेगले पनि उसको मुहार चुमी , केशहरु लहरा झै उडाइ रहेको थियो, म हावासँग पनि इर्शित थिए ।


समय समयमा च्याङ्ग्रालाई जित्न बाइक हुइकाउथे , हावाको बध्दो बेगबाट बँच्न आफ्नो मुख मेरो धाड पछाडि लुकाउथी, र मैले हेरेको याद गर्दै उनी पनि मस्काउथी र समय समयमा मलाई आफ्नो अधिनमा अली बेसरी कस्थी र एक दुई चोटि उस्को ओठको स्पर्श आफ्नो काधमा परेको पाउथे, शायद त्यो भ्रम होला झै लाग्थ्यो तर त्यो भ्रम भए म त्यही भ्रममा बाँच्न चाहन्थे ।


केही क्षण पछी हामी नगरकोट पुग्यौ ।


        
   


 
Posted on 04-27-09 12:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<< उसलाई नदेखेको युग भएको थियो, उनी पहिले भन्दा अझै राम्री देखेकी थियी । कालो बादलले ढाकेको भुमीमा बादल.......
.........
....
र एक दुई चोटि उस्को ओठको स्पर्श आफ्नो काधमा परेको
पाउथे, शायद त्यो भ्रम होला झै लाग्थ्यो तर त्यो भ्रम भए म त्यही भ्रममा
बाँच्न चाहन्थे ।>>>

हे प्रभो, के सार्हो बर्णन हो यो, कस्तो बिस्त्रित, कस्तो मन-मोहक, आफ्ना दिन याद आए, त्यो कालो बाइक, त्यो लेफ्तको साइद मिरर, त्यो स्पर्श, प्रभोSSSSSSSS फेरी उँइ पुग्या जस्तो भो। लौ म सँग त शब्दै नरैछन, केइ लेख्नै सकिन, एत्ती हो प्रभो, ति दिन याद आए, सार्है नै



 
Posted on 04-27-09 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यस्पछी के भयो?


ल घच्ची को गैराछ है बैरे ब्रो ! म नि पढ्दै छु ! बरु यस्तो गर्मी छ नगरकोट तिर को चिसो हावा हाम्लाई पनि चाडै ख्वाम है !


 
Posted on 04-27-09 1:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बैरे ले लरकी घुमाउने भे छ। मोज गर्‍यो, भोज गर्‍यो बैरे ले।



अब यो बुढा त्यो सिन झल्झली सम्झेर बस्ने हो ।


 


मज्जाले बडा रसिलो बगेको छ कथा।


थप्दै जाम। अनी नगरकोट मा के भयो?


 
Posted on 04-27-09 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खित...... खित.......... खित


बैरे को  कथा .....................


नो कमेन्त


 
Posted on 04-27-09 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bato ma chai kati ko break mariyo ta baire http://www.sajha.com/sajha/chat/smileys/m-wink.gif saathi ko bhagye khule jhai katha ko sirsak pani bistarai khuldai cha hai... yo pali ta khlati ni loaded cha coke nai nachaine...jawos ajjai jawos !!
Last edited: 27-Apr-09 10:31 PM

 



PAGE: <<  1 2 3 4 5 6 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters