chipledhunga
Replies to this thread:

More by chipledhunga
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

sanir
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 मुग्लान भास्सिँदाका सम्झनाहरु

[Please view other pages to see the rest of the postings. Total posts: 159]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 82911 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 08-22-08 12:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 


पछील्ला केही दिनहरु अत्यन्त ब्यस्तताका साथ बितेका थिए। टिकट, पैसा आदिको काम, किनमेल र नातागोता अनि साथीभाईसँगको बिदाइ भेटघाट आदिले प्रशस्त समय खाएको थियो। २०५० भाद्र ६ अर्थात् १९९३ को अगस्ट २२ मेरो नेपाल बसाइको अन्तिम दिन थियो। आईतवार परेकोले बुवा आमा दुबै जनाको अफिस छुट्टी थियो। बिहानीको खाना खाए पछि बुवालाई सपरिवार फोटो खिचाउन मन लागेछ। सपरिवार भनेको बुवा, आमा र म। किनमेल पनि सिद्ध्याउँ अनि प्रोफेसनललाई नै फोटो खिचाउँ भनेर नयाँ सडकतिर लागियो। चार पाङ्ग्रे थिएन हाम्रो। सपरिवार कतै जानु पर्‍यो भने म चाँही मेरो साईकलमा (जसलाई मैले ग्लोबल एक्स्प्रेस भनी नामाकरण गरेको थिएँ, स्कुल पढ्दा रानीपोखरी र पानीपोखरी बीचको अन्तर्महासागरीय बाटो तय गर्नु पर्ने भएकोले अनि अरु बेला त्यसैमा जहाँ पनि जाने भएकोले), बुवा र आमा चाँही मोटरसाईकलमा जानु पर्थ्यो। बुवा एकदम सचेत चालक तर म चाँही आँखै नहेरी कुदाउने भएकोले समयको त्यति धेरै अन्तर हुँदैन थियो एकै समयमा निस्किए पनि। जे होस्, फोटो कन्सर्नमा तीनै जनाको सामूहिक फोटो खिचाएर बाँकी किनमेल अलिअलि गरेर घर फर्कियौं। फेरि सानोतिनो फोटो सेसन चल्यो। कुनै बुवासँग, कुनै आमासँग, अनि ग्लोबल एक्स्प्रेस सहितको एउटा अनि कुकुरसँग एउटा। साँझमा सुटकेस पोको पार्ने काम भयो। बुवा आमासँग केही गम्भिर केही ठट्यौला अनि केही सामान्य कुराकानी भए।

सामान्यतया मेरो निंद्रा कुम्भकर्ण मार्काकै भए ता पनि त्यो रात भने अनिंदो रह्यो। मनमा अनेक कुराहरु खेलिरहेका थिए।  उत्साहित थिएँ नयाँ ठाउँमा नयाँ जीवन शुरु हुन लागेको भनेर। डर पनि लागिरहेको थियो, परिवारबाट टाढा अनि नितान्त भिन्न ठाउँमा एक्लै सर्दाको ट्रान्जिसन् कस्तो हुने हो, त्यहाँ पढाईमा सफल हुन सक्ने हो कि होइन, त्यहाँको बाताबरणमा घुलमिल हुन सक्ने हो कि होइन आदि आदि कुराहरुको। बल्ल बल्ल अलिअलि सुतियो। भोलिपल्ट बिहान पनि यताउती केही गरुँ कि भन्यो, फोन अनि घरमा मान्छेहरु आउने क्रम पनि बाक्लै थियो। घरैबाट एअरपोर्ट जानेको पनि ठुलै जत्था बन्यो।

हाम्रो घर मूल बाटो भन्दा केही भित्र भएकोले एउटा ट्याक्सी बाहिरबाट खोजेर ल्याउनु पर्‍यो। त्यसैमा हामी ३ जना र अर्को एक जना चढ्यौं। अरु कोही आफ्नै सुरमा एअरपोर्टतिर लागे भने कोही आफ्नो बाटो लागे। सिमसिम पानी परीरहेको थियो। कुपन्डोलतिरको बाटोमा खाल्डा खुल्डी धेरै भएकोले हिलाम्य थियो। कुपन्डोलबाट ट्याक्सी उत्तरतिर मोडियो, बागमतीको पुल तरेर थापाथली हुँदै माइतिघरसम्म। सोच्दै थिएँ, दैनिक जसो हिंड्ने गरेका यी बाटाहरुमा अब फेरि कहिले आइने हो भनेर। केही बेरमै नयाँ बानेश्वर, तीनकुने, सिनामंगल हुँदै बिमानस्थलको अन्तरराष्ट्रिय टर्मिनलको अगाडि रोकियो। पानी पर्न पनि रोकिएको रहिछ।  

सामान बोकिदिन खोज्नेहरुलाई पर्दैन पर्दैन भन्दै भित्र पसियो। बुवालाई पनि भित्र जान दियो, "पहिलो चोटि बिदेश जान लागेको छोरा, अलमल्लिएला कि भनेर" भन्दै प्रहरीसँग अनुरोध गरेपछी। आँफै नसक्ने त होइन, तैपनि। लस एन्जलससम्म सुट्केस चेक गर्न मिल्यो, त्यहाँको भन्सार क्लेअर गरेर फेरि आन्तरिक उडानलाई चेक गर्नु पर्ने रहेछ। बैंककसम्मको लागि झ्यालकै सिट मागें। बोर्डिङ पास चाँही बैंककबाट फेरि लिन पर्ने रहेछ।

यात्रुहरु त्यहाँबाट भित्रैबाट माथि जान पाँउथे। दोस्रो तलामा अध्यागमन तर्फ छिर्ने ढोका र त्यो भन्दा माथिल्लो तल्लामा एउटा रेस्टुराँ अनि कौसी थियो। गैर यात्रुहरुले चाँही टिकेट काटेर बाहिरैबाट माथि जान पाउँथे। १९९९को ईण्डियन एअरलाइन्सको बिमान अपहरण पश्चात् ती सुबिधा बन्द गरिए। कौसिमा झन्डै एक दर्जन जतिकै भीड जमिसकेको रहिछ। अब त्यही त हो नि, राम्रोसँग बस्, पढ्, केटी चाँही नेपालकै बिहे गर आदि भन्ने प्रश्स्तै थिए। हामीलाई पनि त्यतै तान भन्नेहरु पनि थिए। फेरि फोटो सेसन शुरु भयो। त्यसै बीच थाइ एयरवेजको बिमान अवतरण गर्‍यो।

क्रमश:          

         

     
                
                     

 

 
Posted on 09-09-08 6:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hi Chiple,

good to see your writing yet again. just read the first post, will read the remaining ones soon, ahile lai wanted to pop in and say hi..been ages since our old sajha days, no? ke chha?


 
Posted on 09-09-08 9:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उत्कृष्ट छ लेखाइ ! अरु नि लेख्दै गरौ सर !
 
Posted on 09-09-08 9:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लु हजुरले एकदम बिस्त्रितमा  सम्झिनु भएको रहेछ आफ्नो पहिले भ्रमण(अमेरिकाको)।
एकदम सानो सानो कुराहरुलाई पनि प्रस्तुत गर्नु भएको रहेछ। राम्रो छ। लेख्दै जानुस है। पढ्ने हामी छौ नि
 
Posted on 09-09-08 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple Jyu,

Part one matra padhe,aru parts bistarai padhdai chu.


 
Posted on 09-09-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन चिप्ले, कती सम्झिन सकेको हो? त्यो समय र ठाउँ को consequence मिलाउदा मिलाउदा मेरो त दिमाग घुम्यो, यसो रोमान्टिक कुरा पनि लेख है
 
Posted on 09-10-08 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


यो संस्मरण पढिदिनुहुने तथा पढेर केही कोरिदिनुहुने सबैलाई धेरै धेरै धन्यवाद छ। 

ब्रेन माल्फंसन, धन्यवाद।
जंकिजी, तपाईंलाई पनि धन्यवाद। कतार एयरवेजमा काम गर्ने भन्ने सुनिन्थ्यो, यसो अनुभव साटौं न।
नजर, बर्षौं पछि तिमीलाई अचानक साझामा भेट्न पाँउदा खुशी लाग्यो।  मैले पनि धेरै पछि लेख्न थालेको हो अहिले। अचेल उही चौतारीमा चिहाउने गर्छु  लेख्ने भन्दा पनि।  अनि हो नि, सम्झिरहन्छु हाम्रा पुराना दिनहरु। पहिलेका मान्छेलाई अचेल त देख्नै गार्हो छ। लौ अरु गफ गाफ ब्यक्तिगत रुपमै गर्दै गरौंला है।
रिट्ठे सर, धन्यवाद। भ्याए देखि यो हप्ता अर्को एक दुई भाग थपौं भन्या हेरौं के हुन्छ।
दीपू, धन्यवाद। तिमी पनि कथाहरु लेख्दै जाउ है, हामी पढ्न कुरिरहेका छौं।
क्रेजी, पढियो त अरु भाग? हजुरका कथा पनि देखिन्नन् अचेल त। यसो अरु पढ्न मन थियो।
पर्बत्या माड्साब, यो बुढेस्कालाँ के रोमान्सका कुरा गर्नु।     


 
Posted on 09-10-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साच्चै यो चिप्ले ले कती सम्झना सकेको भने ? यती सम्झना शक्ती भाई दिएको भए त बोर्ड फस नै हान्दिन्थे उहिले। अहिले त झन खुइले।

 
Posted on 09-11-08 12:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ho Ho Chiple Jee...Ma Qatar Airways KTM Mai kaam gardai chu aile lai..Testai dedh barsa jati bhayo yaha garna thaleko...Sarai jas napaiene kaam jasto lagna thalyo aile ta sajha ma comment padda padda..Aba k garne aafnai airlines bhako bhaye ye esto gar usto nagar bhanna hunthyo...Afu ta khali euta employer na pariyo..Tyei pani ali ali defend garna khojeko ho aafno bread n butter lai...

lekhai padda sarai ramailo lagchha...ajha eso baki bhayeka lekhai haru paskam na lau lau...

 
Posted on 09-11-08 2:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले जि,
लामो समय पछी साझा को सैर गर्न मन लगेर यसो छिरेकी मात्र के थिएँ मुङ्लान भासिन्दाका सम्झना शिर्शक साथै पुरनो चिनेको निक ले आँखा तान्यो, खुशी लाग्यो कथा अहिले नै पढ्न सकेकी छैन तर अवस्यै पढ्ने छु। अस्ती दोलाल्घत बाटो कोल्टे परेर यात्रा गर्दा त्यो पुरानो कथा याद नआएको होइन । लेख्दै गर्नु होला । युनिकोड चलाऊनु गार्हो लाग्यो बरु नेपाली फन्ट नै छिटो होला मेरो लागि, ;-)


 
Posted on 09-11-08 10:18 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चिप्ले त खुखाँर छ है, सम्झिन नि कतो सकेको
आफुलाई यहाँ हिजो के खाएको बिर्सिसके - उ भन्ने बर्षौ पहिले प्लेन मा के खाएको त्यो पनि याद छ।
हैन डाएरी लेख्ने गर्या छौ कि क्या होला - होला पक्कै हो ल
 
Posted on 09-11-08 10:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ब्रदर,पहिलो २ भाग पढेर होल्ड मा राखेको बाँकी सब्बै भाग एक्कै सासमा पढि भ्याएं।
डेढ दसक अगाडि का कुरा हरु पनि एत्ती राम्रो सँग हिजो मात्र को जस्तारी उतारेका छौ मित्र।
अनी ति सुक्ष्म चिज हरु को बर्णन पनि तारिफ गर्न लायक छन।
ओवरअल अत्ती सुन्दर छ,अब त फुर्सद पाये, खै दिन को दुइटा राखे नि पढि भ्याउछु।

अर्को भाग को प्रतिक्ष्या मा।


 
Posted on 09-11-08 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

haina kaile dekhi nepal maa Thai Air le Boeing 747-400 Udaan suru garyaa ha chiple? Gaf pani kyaa chha hagi? estai gaf ek janaa lahure bhanne le kyaa dinthyo ji!!
 
Posted on 09-11-08 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Khabardaar, purai napadhikana pwaakka bolnu ramro haina ni. Chiple was on Boeing747-400 from Tokyo En route to LAX.

Read the whole content first before making any comments or else don't.

Last edited: 11-Sep-08 12:21 PM

 
Posted on 09-11-08 12:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

thanks Biste, for your condescending remark!
 
Posted on 09-11-08 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wow चिप्ले, गज्जबको सम्झना रैछ । यो पढेसि आफ्नो सम्झना नि लेखुँ लेखुँ लाग्यो, हा हा हा हा । ल ल छिटो छिटो लेखुम, पढ्न हामी छँदैछम नि ।
 
Posted on 09-17-08 12:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओहो, कथा थप्न नपाएको पनि दुई हप्ता हुन लागेछ। हुरिकेन आइकको तारोमा परेकोले ईन्टरनेट सुबिधा गुमाएको हुँदा अघि बढाउन नसकेकोमा क्षमा प्रार्थी छु र छिट्टै थप्ने प्रयास गर्ने छु।

ठुल्दाइ, स्मरण शक्ति त काठमाडौं र ललितपुरका गल्ली गल्लीमा गएर खाएको धार्नीका धार्नी गिदी फ्राइकै योगदान हो। मुग्लान भास्सिएपछि यदाकदा नेपाल जाँदा बाहेक अरु बेला खान पाएको छैन र अहिले क्रमश ह्रास आउँदैछ। त्यसको अतिरिक्त ढल्किंदो उमेर पनि छँदैछ।
 
जंकीजी, मैले कतार तथा मध्यपूर्वका अरु कुनै पनि बिमान सेवा चढेको त छैन तर यात्रु र कर्मचारी दुबै तर्फबाट अनुचित ब्यवहार हुने गरेको भने प्रशस्तै सुनेको छु। नेपाल ओहोरदोहोर गर्दा प्राय थाइमै परिन्छ। पछिल्ला केही पटक यात्रा गर्दा मलेशिया जानेहरु प्रशस्तै हुन्थे र चेक इनमा पनि उनीहरुको लागि छुट्टै लाइन हुन्थ्यो। बिमानमा दुबै तर्फबाट त्यस्तो केही भएको भने देखिनँ।  अनि तपाईंहरुको पनि ३८० आँउदै छ हैन? हाम्रो गौचरले थाम्ने भए त भाडा पनि अलि सस्तो पर्थ्यो कि? नोभेम्बरदेखि ह्युस्टनमा पनि तपाईंहरुको सेवा शुरु हुन लागेको छ क्यारे। अब नेपाल आउने बेलामा तपाईंलाई सम्पर्क गर्नु पर्ला भनेको दिनमा कम्प्लिमेन्टरी अपग्रेड सहितको टिकस मिलाउन।

भिभिडजी, नजरसँग बर्षौं पछि साझामा भेट भएको पर्सिपल्टै तपाईंसँग पनि त्यसै गरी भेट भयो र एकदमै खुशी लाग्यो। अनि माछा खानुभयो त दोलालघाटको? त्यो संस्मरणलाई पनि पूरै नेपालीमा फेरि लेख्ने बिचार गरेको छु, हेरौं के हुन्छ।

बाउचा पनि कम छैन, निर्मोहीको कथा लेखेर हल्लाइरहेको छ साझालाई। साँच्ची हो डायरी लेख्ने गरेको छैन तर पुराना कुराहरु लेख्छु भनेर बसेपछि घटना क्रमहरु सोच्दै जाँदा सम्झनाहरु आउँदै गर्दा रहेछन्।

बिष्टे धन्यवाद। हेर न, तिम्रो फुर्सद भए पछि मैले चाँही लेख्न पाएको छैन। अब बिस्तारै अघि बढाउन प्रयास गर्छु।

खबरदार, मैले ७४७ चढेको बैंककदेखि मात्रै हो। कृपया ध्यानपूर्वक फेरि पढ्नुहोला। साथै बिष्टेले कुनै condescending प्रतिकृया गरे जस्तो लागेन है।

चना के हो देख्नै गार्हो। मुलाको अचार सरलाई सम्झिएर अहिले पनि बेला बेलामा हाँसो उठ्छ। अनि बाँडौ न त आफ्ना सम्झनाहरु पनि।                    

       

 
Posted on 09-17-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


Last edited: 17-Sep-08 04:29 PM
Last edited: 17-Sep-08 04:29 PM

 
Posted on 09-19-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिमानमा प्रवेश गर्दा थाइका परिचारिकाहरुले झैं मीठो मुस्कानले स्वागत गरेनन्। उनीहरुलाई देख्दा लाग्थ्यो कि अत्यन्त बिवशताका साथ उनीहरुले त्यो पेशा अंगालेका थिए। दुबैतिर ३-३ जना बस्ने सिट देख्दा कता कता बार्हबिसे, त्रिशूली आदि रुटमा चल्ने थोत्रा बस चढेको जस्तो लाग्यो। मेरो सिट पछाडितिरै आयल पट्टी परेको रहेछ। सिट पकेटमा रहेको सुरक्षा निर्देशन हेर्दा थाहा भयो, बोइङ ७३७-३०० बिमान परेको रहेछ भनेर। मनै कस्तो खिस्रिक्क भयो। काठमाडौंमा ईण्डियन एअरलाईनसका थोत्रा बिमान देखेको थिएँ र ती ७३७ हुन् भन्ने सुनेको थिएँ। तिनका अगाडी त तात्कालीन शानेवानिका ७५७ हरु त कस्तो खतरा देखिन्थे। आफूलाई पनि कम्तिमा ७५७ बिमान भएको भए हुन्थ्यो जस्तो लाग्यो त्यो उडानलाई। पछि Aviation Week and Space Technology भन्ने पत्रिका पढ्न थालेपछि मात्रै Commercial Aviation मा प्रयोग हुने बिमानका प्रकारहरु बारे अलि राम्रोसँग बुझ्न थालें।

अमेरिकाका प्राय: प्रमुख शहरका नामहरुसँग परिचित भए पनि उपरोक्त उडानको गन्तब्य बारे भने अनभिग्य नै थिएँ। कहाँ होला त्यो चारलोट्टे भन्ने ठाउँ भनेर सोच्थें। जब उपरोक्त गन्तब्य हुँदै बल्टिमोर जाने उडानमा यात्रुहरुलाई स्वागतम भनी उद्घोषण गरियो, तब पो थाहा पाएँ Charlotte लाई कसरी ठीकसँग उच्चारण गर्ने भनेर। सुरक्षा डेमो पनि भिडियो देखाएर नभै परिचारिकाहरुले रेकर्डिङ्को आधारमा हातको ईशाराले गरे।

बिमानमा बसेको केही क्षणमै पुश ब्याक शुरु भयो। जमीन छोडे पछि प्रशान्त महासागर झुलुक्क देखिए लगत्तै उजाड देखिने भूमि माथि उड्न थालियो। बिमानमा श्रब्य द्रीष्य मनोरन्जनको ब्यवस्था थिएन। छेउमा एक गोरी युवती थिइन्। अनुहार र जिउडाल सबै राम्रै थियो। उनको कानबाट वाकम्यानको हेडसेट कहिले छुटेन र शौचालय जाने बेला excuse me भन्नु बाहेक अरु कुनै वार्तालाप भएन। बियर पनि पैसा तिरेर खान पर्दो रहेछ, बरु सिंत्तैमा पाइने कोक नै खाँए।  चिसो कोक क्यानबाट बरफ हालेको प्लास्टिकको कपमा खन्याएर खाँदा त मजै आँउदो रहेछ, नेपालमा जस्तो सिसीबाट "पाइप"ले तानेर खान भन्दा।  Dr Pepper भन्ने पनि पेय पदार्थ हुँदो रहेछ, नाम सुन्दा मरिचमान सिंहलाई सम्झिएँ। खानेकुरामा कुखुरा र गाई बीच कुखुरा रोजियो। खल्लो न खल्लो थियो खानेकुरा पनि, खानेकुराको पस्काइ पनि। आधा पनि खान सकें कि सकिनँ कुन्नी। धातुको सट्टा प्लास्टिककै काँटा चम्चा थिए। जुठो भाँडा पनि गाडामा नभै कालो प्लास्टिकको झोलामा उठाँउदा रहेछन्। करीब साढे चार घण्टा पछि सार्लोट स्थित डग्लस अन्तराष्ट्रीय बिमानस्थलमा अवतरण गरियो। बिना मुस्कानको "Thank you for flying US Air" भनेको सुन्दै जेटवेबाट टर्मिनलमा छिरें।

त्यतिबेला साँझको ८:३० बजेको थियो, र ९:३० बजे मेरो अन्तिम उडान थियो। उडान समयमै भयो। त्यस्तै ३०-३५ जना अट्ने Dash 8 बिमान रहेछ, एकातिर २ अर्को तिर एक जना बस्ने। एक जना बस्ने पट्टी मेरो सिट थियो। ११ बज्नै लागेको बेला आफ्नो अन्तिम गन्तब्यमा झरियो। मान्छे लिन आउने भनेको त थियो, आएन भने के गर्ने होला भनेर सोच्दै सामान बुझ्ने ठाउँतिर लागेँ। त्यहाँ पुग्दा एउटी गोरी महिलाले सोधिन्, "आर यू चिप्लेढुंगा?" भनेर। मैले हो भने पछि आफ्नो नाम दिंदै हात मिलाइन्। धन्न लिन आउने मान्छे त आइछ भनेर सोचें। आफ्नो सुटकेस भने आएन। बिमानसेवाको डेस्कमा गएर क्लेम फाइल गरियो। शायद भोलिपल्ट साँझसम्ममा कलेजमै आउन सक्छ भन्यो त्यहाँको मान्छेले। सामान केही गरी आएन भने त के गर्ने होला, आफूसँग त लुगाफाटा केही नहुने भयो भन्ने पीर गर्दै तीनै महिलासँग गाडीमा लागें।

कलेजको नाम लेखिएको गाडी रहेछ। ठुलै थियो, अहिले नेपालमा देखिने माईक्रोबस जत्रै होला। यात्रु चाँही म एउटै थिएँ। बिमानस्थल छोडेको केही मिनटमै ठुलै देखिने बाटो छोडेर अलि साँघुरो र घुमाउरो बाटोमा उकालो लागियो। पदयात्री, साईकल आदिलाई निषेध भनेर लेखिएको साइन्बोर्ड थियो। त्यत्तिकैमा फराकिलो बाटोमा फेरि प्रवेश गरियो। अनि अर्को बोर्ड देखें, न्यूनतम ४० अधिक्तम ५५ माइल प्रति घण्टा लेखेको। हिसाब गर्न थालें, त्यो भनेको कम्तीमा ६४ किमी प्रति घण्टा हुँदो रहेछ। मानें अमेरिकाका बाटाहरु, नेपालका बाटाहरुसँग तुलना गर्दै। सम्झिएँ, बसमा त्रिशूलीबाट धुन्चेको ४८ किमी तय गर्न ४ घण्टा लागेको। ल त्यो त पहाडी कच्ची बाटो भएर लाग्यो भन्या। बुटवलबाट नारायणघाटसम्मको ११५ किमीको दूरी दाउन्नेको केही भाग बाहेक समथर भए पनि दुई घण्टा जति त लाग्थ्यो। यस्तै यस्तै सोचिरहेको थिएँ, गाडी अर्को बाटोमा मोडियो जहाँ ६५ माइल प्रति घण्टाको गति सीमा तोकिएको थियो। यसो स्पिडोमिटरमा चिहाएको, त्यस्तै ७२-७३ मा हाँकिरहेकी रहिछ। केही ठूला ट्रकहरु पनि देखें, गन्दा खेरी १८ पाङ्ग्रा रहेछन्। सोचें, नौबिसेसम्म त जसो तसो आउँथे कि, त्यहाँबाट काठमाडौं आउन चाँही असम्भव।   

बिमानस्थलबाट करीब ४० माइल पर भनिएको कलेज पुग्न शायद एक घण्टा पनि लागेन होला। मध्यरात कटिसकेको थियो, मलाई एउटा छात्राबासमा छोडियो। त्यहिँको एक जनाले माथिल्लो तलामा रहेको एउटा कोठामा लगेर साँचो दिए। केही चाहिए सम्पर्क गर्नु भनी एउटा कागजको टुक्रामा आफ्नो नाम र एक्स्टेन्सन नम्बर लेखी बिदा भए।

क्रमश:                                                 
Last edited: 19-Sep-08 04:50 PM

 
Posted on 09-21-08 12:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple Jee...A380 aundai ta chha tara tesko lagi arko 3 barsa hamile kurnu parne hunchha...Qatar Airways ma thulo jahaj aye pani nepal chai khoi k lyaula ra..Sanka nai chha..Gauchar le pani ta thamnu paryo ni..Gulf Air ko A340 lyaunda ta katro samasya ai parchha...
Ani complain ko kuro chiple jee le sunnu bhako kei hadh samma thikai nai ho...Tara pani testai batawaran sirjana bhaihalne raichha jahaj ma...Sabai kura hami bhujchhau tyei pani kina esto kuro utchha bhanne kuro ho...

Lekhai ko kuro ma chiple jee lai badhai nadi kana basi rahana ma sakdina...Sarai ramro lekhai padhne bani lagi sakyo aba ta...Tapain haru ko lekhai napthapida ek tamas ko khinna lagchha...din dinai lekhai ko thapai ko pratikchya ma hunchu ma ta...

Ani rahyo Houston ma service suru ko kuro...November 9 dekhi suru hune bhaneko sewa aba ali pachadi sarera 10 dec ma bhako chha...Naya Boeing 777 aundai chha Qatar ko ani suru garchha...HOU-DOH-KTM...sajilo hune bhayo hajur haru lai...
Awasya pani nepal aunda hamro karyalaya ma ayera malai samjhe hunchha....Ma sakne jati garchu...

Subham!!

JunkyManiac
Qatar Airways
Hattisar, KTM
4440467

 
Posted on 09-21-08 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले ज्यु,

मलाइ यो पढेर र थाइ एयरवेज सम्झेर बैंकक ट्रांजिटको याद आयो। जहिले पनि जहाँ जाँदा पनि त्यो ठाँउमा एक रात बस्नै पर्थ्यो र ६ घन्टाको लागि लुइस टावर्नमा बूक गरेपनि बाँकी समय कटाउन पर्फ्युम शपमा गएर सबै  पर्फ्युम टेस्ट गर्थें। कुन पर्फ्युमको बास्ना कुन हो भनेर आफै अलमल्ल पर्थें। पछि त त्यो पनि वाक्क लाग्न थाल्यो। तर अहिले नयाँ एयरपोर्ट बनेको छ त्यहाँ, पुरानो भन्दा धेरै ठुलो र फरक छ।

पुरानो सम्झनाहरु नयाँ गरिदिनु भएकोमा तपाइंलाइ धेरै धेरै धन्यबाद।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
emergency donation needed
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters