Rahuldai
Replies to this thread:

More by Rahuldai
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 सबिता र कबिता

[Please view other pages to see the rest of the postings. Total posts: 152]
PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
[VIEWED 63864 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 8 pages, View Last 20 replies.
Posted on 03-06-08 5:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता कबिता

{आदरणीय पाठक मित्रहरु,
यो कथा दुइ नारीको जीवन ब्यथा भएकोले क्रिपया यसलाई नारीबादी क्रान्तिकारि चस्मा लगाएर पढि नदिनु होला। }


बिहानै देखि छोरि चिन्तित् थिई। एक त टोफलको टेस्ट त्यसै टेन्सन् मा हुने अर्को बिगत हफ्ता देखि तराई आन्दोलनको कारण मोटर साइकलमा थोपो पेट्रोल् थिएन।

"ड्याडी ! कसरी जाने होला, ज्ञानेश्वर् सम्म, त्यसै त टेन्सन्, त्यसमाथि हडताल् बन्द यही बेला पर्ने भने?"
 
"बाहिर् रिङ रोड सम्म हिड्ने, अनि बस् सस्, ट्याक्सी टेम्पू जे भेटिन्छ त्यही समात्ने।"
"बरु आज म नि अफिस जान्न, हिजै खबर् गरिसके। संगै जाउला। काठमाडौको सिचुवेशन भदौरे मौसम भन्दा पनि अनिश्चित छ। कहिले कुन चाहि पार्टीको जुलुस् हुन्छ, कहिले कुन पार्टीको हुलुस्। केहि भयो कि तोड्-गोड् (तोड्फोड+ गोदागोड)"।

"लौ हिड,२ घण्टा त बाटो म्याद राख्नै पर्‍यो।"

"के हुने हो के?"

छोरि को चिन्ता मुख सम्म मसिनो स्वरमा निस्के।

"चिन्ता नलेउ, केही हुन्न, नो टेन्सन्, ओन्लि आटेन्सन्।
तिम्रो क्षमता र मेहनतमा बिश्वास छ हामीलाई। यो छुसि टोफल् के हो र?
हाम्रो जमानामा हामीले नि बाया हातले दिएका थेम् क्या रे। "
छोरी मुसुक्क मुस्काइन् मात्र, मेरो कुरा गर्ने स्टाइल पचिसकेको हुनु पर्छ। १ बजे को शिफ्टमा टेस्ट् भएकोले हामी ११ बजे नै निस्क्यौं। रिङरोडमा बस् त देखा परे तर सबैजना उठ् को पोजिशनमा यात्रा जारी राखेकोले बस् मा नजाने संकेत गरें।
एउटा टेक्सि नि छिट्टै दर्शन दिन आए।
 "ज्ञानेश्वर्जाने? "

"जाने २०० लाग्छ।"

२०० लाई बार्गेनिङ् गर्न थाल्ने हो भने अर्को १० ओटा ट्याक्सी कुर्नु पर्ने हुन्थ्यो, समय को तकाजालाई ध्यानमा राखी मैले नि भनें-

"२०१ दिन्छु, लौ छिटो हिड।"
 
ट्राफिकलाई मज्जाले छल्दै, फूटबलका कुशल फरवार्ड जस्तै कमल पोखरी चोक सम्म आशा गरे भन्दा चाँडो के पुर्‍याएको थियो, अगाडी बाटो बन्द। कसले कसलाई कुटेकोमा बिरोध रे, चक्का जाम। कस्तो आम बात भएको यो चक्का जाम् पनि।
संक्रमणकालको फाइदा जस्ले नि उठाउने।

"लौ यहि सम्म मात्र, आगे जान सकिन्न।"

 ड्राइभर साहेबले उर्दी जारी गरि हाले।
बचन अनुसार् २०१ हातमा राखि दिएं।
५ मिनेट हिड्ने हो अब, के गर्ने । देशमा सरकार् नै न भए जस्तो। भए जस्तो भए नि केही गर्न सक्दैन सरकारले मात्र। जन चेतना नै छैन। अलिकति सरकारी अफिसर् को पोज दीहालें।
छोरी पनि हस् भन्दै हिड्न थालिन्।

कमलपोखरी र ज्ञानेश्वर बिचको चोकमा पुग्दा एकजना नीलो कुर्ता सुरुवाल् लगाएकी महिला संग जम्काभेट भयो। मुस्काउने खोजे जस्तो मुस्काइ सकेको अनुहारलाई जबर्जस्ती रोके जस्तो बेढंगको आक्रिति देखें। छोरी ले पनि अचम्म मान्दै ट्वाँ परी।  बिचरीको टेन्सन् टोफल मै। त्यहाँबाट युसेफको बिल्डिङ अगाडिको के पुगेकाथियौं अर्को जिन्स् पाइण्ट लगाएकी भेट भयो। उनी भने मुस्काए जस्तो अनुहार्  पारेर गैइ। तर एक छिन पछि फर्केर फेरि हेर्न थाली।
टेस्ट सेंटरमा प्रबेश पाउन अझै २५ मिनेट  बाकी थियौ। छेवै को पसलमा चिया खानु परो भनी उतै गयौं। चिया र चुरोट, १२ बज्यो कि चाहि हाल्ने। सरकारी जागिरेको परिचय पत्र जस्तै भैसक्यो।

"ड्याड्डी, त्यो अघि चोकमा हाँसे जस्तो गरेर जाने र अहिले पछि फर्कि फर्कि जाने लाई चिनिसिन्छ? "

"अबश्य।"

"कुर्ता लाउने, हाँसे जस्तो गरेर नहास्ने चाहिँ 'सबिता', मेरो सहपाठी स्कूलको।
अनि फर्की फर्की तर्की जाने चाहिँ कबिता, स्कूलको जुनियर।"
 
"न बोली त्यसरी तर्केर फर्केर जानु को रहस्य नि?"
 
छोरीले पनि मेरै स्टाइलमा प्रश्न सोध्ने भैसकी अब त। संगत कस्को? मनमनै भने।

"लामो कथा छ, पहिला टेस्ट सक्याउ, भरे हिड्नै पर्ने हुन्छ। बाटो भरि सबिता र कबिताको कथा भन्दै जाउला हुन्न र?"

"हुन्छ ड्याडी।"

"लौ गेट खुल्यो, अब जाउ। "टेन्सन् लेने का चिज नहिं है देने का है।"  मलाई थाहा छ, "यु विल डु दि बेस्ट।'

"बेस्ट अफ लक।"
 
"थ्यान्क्यु ड्याडी"
भन्दै छोरी युसेफको बिल्डिङमा प्रबेश गरी। म भने अर्को चुरोट सल्काउन थालें।

क्रमश:


 
Posted on 03-17-08 3:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबिता र कबिता
भाग ३

 

"बडा मिठो म: म :  खाइयो छोरी, अब मम्मि लाई पनि म:म: लिएर जानु पर्ला,पाकेको लगें भनि चिस्सिन्छ, मासु र पिठो लिएर जानु पर्ला, भरे को खाना पनि शानदार् म: म: गर्नु पर्ला कसो ?"

"हुन्छ ड्याडी।"

"गौशाला चोक हुदै रिङ् रोड सम्म जाऔं , त्यस पछि देखा जाएगा। बस् मिले बस्, नमिले उठ् मा भए नि जाउला। त्यो नि मिलेन भने ट्याक्सि, ट्याक्सि नि चलेन भने हिडौला । हुदैन छोरी?"
 
"बरु अघि को सबिता लाई कन्टिन्यु गर्दै जाने कि ड्याडी?"
 
"अं! सबिता कहाँ सम्म पुगेकी रे?"

"एस् एल् सी सम्म् पुगेको ड्याडी।

हो त नि । एस् एल् सी पछि हामी ज्ञानलाल र म अस्कल गयौं,पंकज र सबिता पब्लिक युथ क्याम्पसमा कमर्श पढ्न गए। त्यस पछि हाम्रो ग्रुप झर्‍याप झुरुप भयो। सबै आ-अफ्नो बाटोमा लागे। फेल हुने अर्को साल सेल खान नपरोस् भनेर कस्सिएर लागे। तै पनि बेला मौका ग्रुपका साथिहरुको भोज भतेरमा भेला हुन्थ्यो नै।

सबिता र लम्बू को कहानी अझ शान्दार हाउस फूलका साथ चल्दैथ्यो। पब्लिक युथ धोबिचौर तिर लम्बू को बास् हुन्थ्यो, सबिता क्लास जान्थी, लम्बू चियाको गिलासमा हुन्थ्यो। सुनिन्थ्यो नयाँ  अमर प्रेम कहानी बनिदै छ, लेखिदै छ रे लम्बू र सबिताको। लैला मज्नु, हिर राँझा अनि मुना मदनलाई नै माथ गर्ने प्रेम कथा मंचन हुंदै थियो रे।

समय कति छिटो हिड्थ्यो, हैन दगुर्थ्यो। एस्ल् एल् सी को पुरक परिक्षा नि आयो र गयो। रिजल्ट नि भयो। लम्बूले पास् गरे। अस्कल भर्ना भए। हाम्रो नि अनेक काण्ड पछि बल्ल फस्ट् इयर सकियो।
लम्बू  लैनचौरमा हुने ( अस्कलमा) ,  मन भने  धोबीचौरमा हुने।

भन्न नहुने, त्यसरी नै कोइ साइन्स पढ्छ? डाक्टर् होइन ट्याक्टर् चलाउछ यसले।

प्रेम गर्नु, प्रेममा डुब्नु कुनै अपराध होइन, न पाप नै हो। प्रेममा पागल भै आफ्नो कर्तब्य भुल्नु चाहि पाप पनि हो, मुर्ख्याइ पनि। पढाइ, करियर मा प्रेम बाधक हुनु हुन्न। बरु प्रेम को राप ले आफ्नो गन्तब्य सेक्नु पर्छ, पगाल्नु पर्छ अनि सोझ्याउनु पर्छ। प्रेम लाई प्रेरणामा बदल्नु सक्नु पर्छ।

तर लम्बू को ताल बेताल थियो।
 
सबिताले पनि फस्ट इयर पास गरी। 
 यस मानेमा उनले प्रेम मा डुबेर पनि पढाइमा उत्रेर आफ्नो क्षमता देखाइन् भन्नु पर्छ।
सेकेण्ड इयर नि सकियो। पास् हुने पास् भए फेल हुने फेल्। कसैले लड्डु खाए कसैले सेल।
लम्बू को फस् इयर धूस् भयो नै।
छत्रब्रित्तिको छनौटमा ज्ञान लाल् र म परें नै। सबिताको सेकेण्ड इयर इङ्लिशमा गएर ठोक्कियो र पढाइ रोकियो। रोमान्स् अनि लभ गर्ने को लागि त्यो भन्दा सुनौला मौका कहाँ मिल्थ्यो। झन शान्दार चल्यो प्रेम् लीला, हाउस् फूल मात्र होइन, ब्लाकमा चल्यो।

छात्रब्रित्ती पाएर अध्ययन गर्ने दिन पनि आए। सानो पार्टी थियो घरमा सबिता लगायत पुराना मित्र मण्डलीलाई नि निम्ता थ्यो। लम्बू लाई मन न पाराईकन पनि बोलाउनु थियो नै। सबै आए, खाए अनि गए। पढ्न इलाहाबाद हिडें।

दशैंको छुट्टीमा घर आएं। घर आए पछि पहिलो समचार सुनें, सबिता त पोइला गइन् रे। शान्दार  हाउसफूलका साथ चलेको प्रेम थियो ठिकै भयो नि , मन मनै सोचें।
"होइन, त्यो लम्बू संग गएको होइन, घर संगैको शम्भू संग गयो रे।"

भाइले भन्दा झसङग भएं।

क्रमश:

 


 
Posted on 03-17-08 4:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"होइन, त्यो लम्बू संग गएको होइन, घर संगैको शम्भू संग गयो रे।"

त्यसरी नै कोइ साइन्स पढ्छ? डाक्टर् होइन ट्याक्टर् चलाउछ यसले।



ठुल्दाइले हसा'र मार्न लाग्नु भयो हाहाहाराम्रो जादैछ हाहा



 
Posted on 03-17-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भाग पनि गजब गयो ठुल्दै,
काहानी मा तुइस्त आउँदैछ, रमाइलो हुँदै छ,

>>होइन, त्यो लम्बू संग गएको होइन, घर संगैको शम्भू संग गयो रे।"<<

ठुल्दैको इस्ताइल गजब लाग्यो,


 
Posted on 03-17-08 7:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

काहानी मा के आउँदैछ रे लहरे?
लहरेको इस्ताइल गजब लाग्यो !


 
Posted on 03-18-08 10:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लम्बु भन्दा शम्भु च्वाँक रैछ तेसो भये। सबितालाइ मैले माने। पोइला जान तेसै काँ सकिन्छ? मुटु चाहिन्छ, त्यो पनि बाघको जस्तो।
 
Posted on 03-19-08 9:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे जी
धन्यबाद। हेर्दाइ जाउं अझ बढी इन्टरेस्टिङ हुन्छ कि, बल्ल त पोइला गइन। के के हुनु छ के के । अर्को अंकको प्रतिक्षा गर्नु होला।


लहरे जी,
काहानीमा ट्वीस्ट् आएको छ, जवानीमा पनि ।


उफ्री जी,
लम्बू भन्दा शम्भू च्वाँक ह्यान्सी थियो थिएन अर्को अंक मा हुने छ। तर तपाईंले भने जस्ताइ पोइला जान त बघिनीको मुटु चाहिन्छ, कुखुरी को मुटुमा कहाँ हिम्मत हुन्छ त्यस्तो। कथा यहीं टुंगिएको  छैन ।  


 
Posted on 03-19-08 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल हेर सबिता त पोइला गैसकिछन, आफुलाई भने केही मेसो छैन। हैन मलाई मात्रै किन ट्याम लाग्ने हो गाउंघरको कुरा सुन्न भुझ्न! 
 
Posted on 03-19-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुलभाइ ज्यु, प्रस्तुती राम्रो छ ! अरु भाग पनि छिट्टै आउछ होला भन्ने कुरामा आशावादी छु !

 
Posted on 03-19-08 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुन्तले जी,
बिता पोइला गएकी सम्चार त एक कान दुई कान मैदान भैसके। अब तपाईं अन्त गाम मा जन्त  गएको बेला पर्‍यो होला।

smag जी,
सर्ब प्रथम त समय खर्चेर मेरो गन्थन पढि दिनु भएकोमा धन्यवाद। अरु भाग नि छिट्टै आउने छ, संभवत शुक्रबार भाग चार राख्ने छु। 
 


 
Posted on 03-20-08 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ सबिता शम्भु सित भागी सकिछ मैले त बल्ल पो थाहा पाए
ठिकै भयो यि लम्बु जती लाई धोका दिन पर्छ (के के न प्रेम लीला देखाएको हैन)
त्यो शम्भु चाँही आँखा नदेख्ने थियो कि क्या हो?

अत्ती हसाउनु भएछ लौ दाई ले अब शम्भु को काहानी कहिले?


 
Posted on 03-21-08 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिता बिता
भाग ४

लम्बू संग पंचबर्षिय प्रेमोत्सब चटक्क छोडेर शम्भू संग सुटुक्क पोइला जानु आठौं नवौं आश्चर्य भन्दा कम्ता थिएन। कसैले न सोचेको कुरा थियो। लम्बू र सबिता बिच कुनै उच नीच भएको कतै सुनिएको थिएन। पोइला हिड्नु भन्दा एक दिन अगाडी सम्म लम्बू र सबिता को भेट्घाट् थियो रे। एकै रात कस्तो घात् यो? रात रहे अग्राठ पलाऔछ भन्छन्, सत्य हो जस्तो लाग्यो।   लम्बू को मुटु कति छोयला छोयला  भयो होला, अझ कचिला कचिला ( किमा मासु) भयो होला। हावा नचली पात हल्लियो, एकै रातमा खात बद्लियो। 

म आश्चर्यचकित भै कारण खोज्न थालें आफै भित्र। हुन त म संग कुनै प्रत्यक्ष सम्बन्ध थिएन, पोइला जानु वा न जानु। को संग  जानु?  तै पनि यसरी अप्रत्याशित अचानक को घट्नाले सोच्न बाध्य गर्दो रैछ।
" शम्भू को त ड्याडी? "


"गूड् कोइशन्, मेरो मूड नै अन भयो।"


शम्भू, सबिताको छिमेकी। घर को साँध जोडिएको। दुबै को घर् तिम्रो कान्छो मामा बाजेको चोक बाहिर। अर्थात हामीले सानै देखि चिनिआएको। संभवत म भन्दा १-२ बर्ष जेठो होला। न धन थियो न तन। मन थाहा छैन। तर थाहा यति छ कि मन छैन। पढाइमा ५ फेल। चोकमा ह्वाग्रा, पाङ्रा हुदै तास्, नाग पास खेल्दै बस्थ्यो। गल्ली भिडियो  मौसममा मान्छे डाक्ने काम् गर्थ्यो। साच्चै भन्ने हो भने सबिताको च्वाइसको मान्छे हुन सक्दैन। फेरि लामो लभ सभ चलेको कुरा नि सुनिएन। लम्बू संगको प्रेम कहानी त जग जाहेर नै थियो। पंचे बाजा घन्काउने साइत समेत नजिक थियो।
कुनै बिश्वसनिय उत्तर् भेटिन, कुनै मनासिब कारण देखिन।


अबश्य केही न भैकन यस्तो ठुलो निर्णय कसैले पनि गर्दैन। सबिताको क्षमता को अनुमान छ म मा।  केही न केही भएकै हुनु पर्छ भनेर बसें। सोध्ने को संग। जो भेटे पनि लम्बू बिचरा प्रति सहानुभूति देखाउने, सबिता ले गर्नै नहुने काम गरी, आदि इत्यादि।

 
दशैं र तिहार् बीचमा अचानक लम्बू मेरो घरमा आए। लैला मज्नु फिलिमको ऋषि कपूर स्टाइलमा। त्यति सम्म त थिएन तर पनि  बियोगान्त प्रेमको नायक जस्तो अबश्य देखिन्थ्यो।  पीडाहरु अनुहार भरि छरिएको स्पष्ट देख्थें म।
मैले सोध्नु अघि नै उसले आफ्नो ब्यथा पोख्न थाले। उसको भनाइ अनुसार त्यो रात भन्दा अघिल्लो दिन सम्म सांझ संगै घुमेका रे दुबै। उनको  अनुहारमा ब्यबहारमा कुनै परिवर्तन नै थिएन रे। एक्कासि खबर सुनेर आत्महत्या गरुं जस्तो लागेको थियो रे । फेरि आफ्नै मनलाई जसो तसो सम्झाएर अझै हार न मानेको रे।
सबिता को घर गएर आमा सित कुरा पनि गरे रे। अझै फर्किन्छे भने आजै बिहे गर्न तयार छु भनेर भनें रे।


वाह ! लम्बू, महान बिचार मैले मन मनै भनें। त्यो आबेग मा भनेको हो कि आबेशमा उनै जानुन्। आत्मको उद्बोधन हो भने पक्कै पनि महान मान्छे ले मात्र यस्तो गर्न सक्छ।
सबिता कहाँछे कसैलाई थाहा थिएन। शम्भूले भगाए तर शम्भू अर्थात भोला त्यति भोले थिएन भगाएर आफ्नै घरमा राखोस्।


धेरै खोज्दा भेटिएन, कुनै अत्तो पत्तो भएन। पुलिस् केश पनि गरे क्या रे। त्यसपछि लम्बूले आश मारे सबिताको। आफ्नो प्रेमको अत्यष्टि गरे।


"अनि त्यसपछि? "


अनि के, लम्बू पनि के कम ? सबिताले अर्को पोइ खोज्नु हुने आफुले नहुने भन्दै अर्कै रमिला लाई त्यहि स्टाइलमा भगाइ दिए।


२-३ महिना पछि लम्बू र रमिला , शम्भू र सबिता को जोडीले बजारमा गुल्जार भए नै। मानौं कुनै घट्ना दुर्घट्ना घटेकै छैन। मानौ प्रेम को अप्रत्याशित हत्या आत्महत्या भएकै छैन। 
 मलाई लाग्छ, तिनीहरु बिच कुनै प्रेम थिएन, मुटु मुटुको स्पन्दन एकै खाल् को थिएन। मात्र शरीरिक प्रेम थियो। त्रिप्ति-अत्रिप्ति नै मुख्य कारण हुनु पर्दछ।  मैले अनुमान गरें यी दुबैको दाम्पत्य जीवनको आयु लामो दिगो हुन सक्दैन। झुठ, घात प्रतिघातको जगमा ठडिएको ताजमहल चिरस्थायी हुन सक्दैन। प्रेम  बिश्वासमा को जगमा उभिएको हुनु पर्छ। आपसी बुझाइ र रुझाईमा सिंचिएको हुनु पर्छ। नत्र प्रेम  मात्र वासनाको नाङ्गो प्रतिरुप हुने हुन्छ।

 


समय बित्दै गयो। लम्बू पनि शम्भू पनि छोरीहरु को बाउ बने। मेरो सेकेण्ड इयर पनि सकियो।
गर्मीको बिदा मा घर आउदा फेरि अर्को अचम्म महा अचम्मको कुरा सुनें।


सबिता त फेरि पोइला गई रे।


क्रमश:


 
Posted on 03-21-08 4:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लम्बू को मुटु कति छोयला छोयला  भयो होला, अझ कचिला कचिला ( किमा मासु) भयो होला। हावा नचली पात हल्लियो, एकै रातमा खात बद्लियो।

सबिता त फेरि पोइला गई रे।

के हो यो कथा सकीदा सम्म सबीता ले पोइला जानेमा
वोर्ल्द रेकोर्द राख्ला जस्तो छ।

अब प्रश्न सोध्ने पालो मेरो,
हैन ठुल्दै को सँग पोइला गइ त?

 
Posted on 03-21-08 5:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


मैले अनुमान गरें यी दुबैको दाम्पत्य जीवनको आयु लामो दिगो हुन सक्दैन। झुठ, घात प्रतिघातको जगमा ठडिएको ताजमहल चिरस्थायी हुन सक्दैन।

प्रेम  बिश्वासमा को जगमा उभिएको हुनु पर्छ। आपसी बुझाइ र रुझाईमा सिंचिएको हुनु पर्छ। नत्र प्रेम  मात्र वासनाको नाङ्गो प्रतिरुप हुने हुन्छ।

हाँस्दै हाँस्दै गयियो अनी लास्टमा मुटु छुने कुरो गरियो हैन त दाई, मेरो चै छोयो यो लाइन ले, ठीक कुरो गर्नु भो है ठुल्दाइले।

 
Posted on 03-22-08 1:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो पोइला जानी भन्नि कुरो नि कपडा बदले जस्तै सजिलो हो कि क्या हो? कि फरक अनुभव बटुल्न हो? सबिता हरुले कथा लेखे बल्ल कुरो बुझिन्थ्यो कि?

 
Posted on 03-24-08 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


कि सबिता झुक्की कि क्या हो शम्भु लाई लम्बु भनेर? अनी फेरी सच्च्याउन लम्बु सँग फेरी पोइला आ' हो कि त ? जे नि हुन सक्छ रिट्ठे यो अचम्म को गोला (सन्सार) मा !
लहरेले भन्या झै काहानीमा त्विस्त् आउँदैछ ठुल्दाइ

 
Posted on 03-24-08 9:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

२०० लाग्नेमा २०१ दिन्छु रे

 


 
Posted on 03-24-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी प्रस्तुती दादा ....
तर कबिता चै कहिले आउछे नि !
मलाई त कस्तो देख्न मन लगिसक्यो भन्या ....!
 
Posted on 03-24-08 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 राप्चिक्       प्रस्तुती दादा ....
तर कबिता चै कहिले आउछे नि !
मलाई त कस्तो देख्न मन लगिसक्यो भन्या ....!
 
Posted on 03-24-08 10:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सेरिल जी,
यो कथा सकिदा सम्म पोइला जाने रेकर्ड बन्ने हो कि होइन, त्यो आउने अंकमा थाहा हुन्छ। मुटु छोयला कचिला त हुन्छ नि प्यारी ले छुरी चलाए पछी।

 

हर्के दाई,
आफुले बुझेको प्रेम यस्तै हो, आफुले गरेको प्रेम यस्तै थियो। झूठ, घात प्रतिघात मा प्रेम मन्दिर बन्नै सक्दैन।

 

पर्बते जी,
सबिताहरुले कथा लेख्नै पर्ने हो। लेख्ने फुर्सद हुन्न कि कतै, अर्कै ठाम्मा पोइला जाने तरखरमा ब्यस्त होलिन। तर सच्ची नै कुन मनस्थितिमा पट्क पटक पोइला जाने गर्छन् कोइ कोइ अबश्य केही रहस्य हुनु पर्दछ।

 

रिट्ठे जी,
अब को संग गइन् फेरी त्यो त अर्को अंकमा। लम्बू भनी झुक्किइ कि लम्बू र शम्भू दुबैलाइ झुक्क्याइन हेर्दाइ जाम।

 

बिर्खे जी,
धन्यवाद।

 

चितवनि हिरो जी,
सबिता को कथा टुंगिने बित्तिकै कबिता को सुरु गर्नु पर्ला, संगै समानान्तर जाँदा पढ्ने र लेख्ने दुबै अल्मलिने डर हुन्छ।

 


 
Posted on 03-24-08 11:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo ta KASAUTI JINDAGI KI jasto bhayo ni thakyai.....
 



PAGE: <<  1 2 3 4 5 6 7 8 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
nrn citizenship
जाडो, बा र म……
1974 AD Pinjadako Suga Remixed
Susta Susta Degree Maile REMIXED version
Elderly parents travelling to US (any suggestions besides Special Assistance)?
कल्लाई मुर्ख भन्या ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters