world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200575 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-06-07 10:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाँठे, हाम्रो रिठ्ठेसानको प्रश्तुति पढ्न कसरी छुटेछ ?

अब त भनिदेउ कि भो भो न आउ अब मेरो सपनिहरूमा
यदी साँचो प्रेम गर्छौ भने आउ अब बाधिदेउ मलाई तिम्रो अङालोहरूमा


सिम्पली अssssसम ब्रो। क्लिष्ट भाषा बुझ्न लाग्ने समय सरल भाषाको भावमा डुब्न लगायो भने रचना मुटुमा यसरी अल्झिन्छ कि मानौँ त्यो नम्बर-५को बल्छी हो।

किस्न-जी, कट्टु लाएर आउनुस् धोति फुस्केर फरक पर्दैन।

कान्छी, बधाइ छ, नेपाली टाइप गर्न जान्नुभएकोमा। लु हजुरको तर्फबाट नि एउटा सुखभरी-कहानी जावस न त।
Last edited: 06-Sep-07 10:51 PM

 
Posted on 09-06-07 10:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्नु दाई आफु लाई त पढ्न मात्रै आउछ लेख्न त भर्खर सिख्दैछु पछी कुनै दिन लेखौल नि हुन्न र ? फेरी यहाँ सबै जन क्स्तो दामी दामी लेख्नु हुदोरैछ।


 
Posted on 09-06-07 10:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लेख न कान्छी लेख, मेरो लागि भए नि लेखिदेऊ न पिलीऽऽऽऽऽऽऽऽज!
 
Posted on 09-06-07 10:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल स्वप्न परी ले बोलाइन्। उन्लाई पनि त समय दिनु पर्यो।।फेरी बीरेक अप होल।।लौलौ सुत्न लागे है!
 
Posted on 09-06-07 11:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अबुइ के लेख्नु नि विश्व को म्याप म त सबै लेख्य छ अब के लेख्ने होला है
 
Posted on 09-06-07 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

औरेजी मा गूड्नाइट है मावेरिक  
Last edited: 06-Sep-07 11:03 PM
Last edited: 06-Sep-07 11:04 PM

 
Posted on 09-06-07 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे हे! कान्छी,
मेरो चौतारीको नाम चित्रे हो। माथि सबैको चौतारीको नामको लिस्ट छ।

ल, मेले तिम्रो लागि एक टुक्रा लेखिदिएँ है, भर्खर फुरेको।

चौतारीमा कान्छिको भयो आगमन
अल्लारे केटाहरूको चसक्क भो मन
दुइ चुल्ठो बाँध्दा कान्छि कति राम्री
नयाँ हुन् यिनी चौतारीवासी हाम्री

 
Posted on 09-06-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अच्छा छ चित्रे बुरो
मैले लेखेको मन पराइदिने प्यारो भउते लाई धन्यवाद
 
Posted on 09-07-07 2:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:) सबैलाइ नमस्ते !
अनि कान्छी लै स्वागत !:)
गौतमबाउको कथा पढेर निकै रमाइलो लाग्यो :)


हुनत यहाँहरुलाइ अचम्म लाग्ला यो मिस॒मिले बेला न कुबेला के के लेख्छे भनेर । यो मेरो तर्फबाट सानो गन्थन “फटिंग्रे’ (छुवाछुतको सामाजिक कुरितीले पिडित तर मेरो मेरो हृदयमा सम्मानित)को अर्को अंश (सायद अपुर्ण नै होला भन्चु र—कुनै दिन मिलाएर फुर्सद हुदा पुरै राख्ने छु)
*****************************************************************************


फटिंग्रे---




’प्लिज मेरो ममी बनदिनुस न आज’’ झस्किन्छु ,स्तब्ध हुन्छु,म भित्रको ममता उथुलपुथुल हुन्छ। म प्रति उस्को लगाव झन


झन बढेको पाउछु म। किन किन उस्लाइ छातिमा राखेर रुन मनलाग्छ । उ मेरि होइन तर मेरो मुटुमा बसेकि छे।उस्को


अनुहार मलिन हुदा मलाइ पिडा हुन्छ ।उस्को आँखामा आँशुमा देख्दा मेरो परेलि रसाएको पाउछु म। उस्को कुनै पनि अनुरोध नकार्न सक्दिन ।

‘’तिमी के भएकि?’’म नचाहादा नचाहदा पनि उ प्रति असहमति देखाउने प्रयासगर्छु।

‘’हेर सानो मान्छे ज्ञानी हुनपर्छ ।ठूलो ले भनेको मान्नु पर्छ ।‘’ एकतर्फि अधिकार प्रयोग गर्छु म।
‘’हस म हजुरले भनेको मान्छु।‘ ‘ल आज मेरो ममि बन्दिनुस न’ फेरि उहि शब्द दोहर्याउछे –

‘’किन?’’ मैले म भित्रको ममतालाई दबाउने कोशिस गर्दै प्रतिप्रष्न गर्छु।

उस्को निर्दोष आँखा मतिर घुमाउदै भन्छे-

‘‘आज अभिभावक दिवस अनि रिपोर्ट-कार्ड पनि दिने रे मिसले भनेको।‘’

‘’स्कूलमा बाबा ममि जानुपर्छ रे सबैको बाबा ममि आउछ अनि मेरो चै .....’’उ बिचमै रोकिन्छे ।मानौ उस्को गला अबरुद्द हुन्छ।

म अलमल्लमा पर्छु ।उस्को पिडालाइ सहन गर्न सक्ने क्षमता म भित्र छैन।मेरो मन दुइ टुक्रा हुन्छ ।म कसरी उस्को आमा


बनू ?!समाज, चळन, मेरो परिस्थिति ले मलाई औला तेर्स्याएको अनुभव गर्छु म।

अर्को मन उस्को विवसता र पिडालाइ महसुस गर्न थाल्छ ।मेरो मन कल्पिन थाल्छ, मेरो सानो साथले उ भित्र आत्मविस्वास


 पलाउछ भने, म उस्लाइ किन साथ नेदउ त ? मैले उस्को स्कूल जानु पर्छ।यो नै मेरो उ प्रतिको सच्चा प्यार हो- चोखो ममता


हो ।सबै सामाजिक परिबन्धहरु रितिहरु मेरो लागि तुच्छ लाग्छन।मेरो परिस्थिति – त्यो त मेरो आर्जन हो , मेरो भावना मेरो


 जित बनेर आउछ ।सहास जागेर आउछ । म उस्को कपाल सम्याउदै भन्छु –

’’ ल जाउला नि त तिम्रो स्कूलमा, बरु भन तिंमी ‘म’ को भनेर चिनाउछ्यौ त तिम्रो साथिलाइ?’’मैले उ भित्रको ‘रेवती’ पढ्न चाँहे।

‘’मेरो ममि’’।उस्ले सजल आँखा भित्र चमक ल्याउदै एक निमेषमै जवाव दिन्छे।

उसको अनुहारको खुशी सजिलै महसुस गर्छु मैले। मलाइ कता कता मिठो अनुभुति हुन्छ, आन्नद लाग्छ मेरो टुक्रिएको मन


जोडिएको आभास हुन्छ।

*********************************************************************************************



‘श्रष्टा ‘...हिजो जस्तो लाग्छ उनि संग छोटो परिचय भएको। कसरी यति गहिरो संबन्ध गाँसिन पुग्यो होला? कुन शक्ति होला


 जो मान्छेलाइ एकअर्को संग घनिष्ट बनाउन सफल हुन्छ। कुन आवाज होला त्यो जस्ले यस्तो प्रवल विस्वास दिलाउन सकेको


हुन्छ ? कुनै अपरिचितसंग ८ वर्षकी सानी बच्चि साथमा श्रष्टाको पत्र अनि स्कूलको झोला बोकेर मेरोमा बस्न आएकि थिइ।


 मलाई अनौठौ लागेको थियो न उस्को आँखामा आशु थियो न उस्को अनुहार उदास न खुशी न हाँसो।लाग्थ्यो मानौ उस्ले सबै


खपि सकेकि छे, यो छोटो जिवन यात्राको शुरुवात संगै उस्ले निकै उकालि ओराली पार गरेकि छे। खै किन किन उस्को


 आगमन संगै म भित्र एककिसिमको खुशी भित्रिएको थियो उस्को पिडाभन्दा बढि।


'रेवती' उस्लाइ देख्ने बित्तिकै म सानो हुदाको दिन, मेरो बिगत, आँखा वरिपरि घुम्न थाल्छन –त्यो ढुंगा, त्यो खोला सङ्लो


 पानी ,माछा , वनपाखा अनि त्यो धमिलो छाँया मेरो प्रिय मान्छे “फटिंग्रे ‘






Last edited: 07-Sep-07 02:34 AM

 
Posted on 09-07-07 3:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ !!
यो चौतारी हीरक महोत्सबमा
चौतरी को श्रीङ्खला २५ तिरै हो क्या हो छिरेको |
७५ ओं भाग सम्म आइपुगियो |
रमाइलो गर्दै गरम | फुर्सद मिलेमा चियाउँदै गरम्ला |
सबैलाई जोडदार शुभकामना |

 
Posted on 09-07-07 4:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर्दा हेर्दइ हिरक मउसब मनाउने बेला भईसकेछ, हिजो जस्तो मात्रै लाग्छ चौतारीमा छिरेको। १७ औं- १८ औं भाग तिर हो क्यारे, यहि चौतरिको बाटो भएर मुग्लान जाँदै थे, जिम्माल बाले रोक्नु भयो, क्यार्न मुग्लान जान्छस यही चौतारीमा बस भन्नुभो। अली असहज लागेको थियो, कसरी बस्ने होला नयाँ ठाउँमा, कोइ पनि चिनेको मान्छे छैन, बोली भाषा पनि मिल्ने हो कि हैन आदी इत्यादी प्रश्नहरु मनमा खेले पनि हेरौ न त एक दुई दिन कस्तो हुँदो रहेछ चौतारीमा भनेर मुग्लान जाने पिरोगिराम पोस्ट्पोन गरेर यतै बसियो।
मोहनि, शायद मोहनि नै भन्छन क्यारे, चौतारीले मोहनी नै लायो, सकिएन त्यसपछी चौतारी र चौतारीका गाउँलेहरुलाई छोड्न।
समयसँगै धेरै साथीहरु बनाइयो, चौतारीमा सँगै हाँसियो, सँगै खेलियो, कहिले झगडा गरियो, कहिले झगडा भएको हेरियो, कथा कबिताहरु पढियो, गाना बजानाहरु सुनियो, एक दुई पल्ट कुखुरा पनि चोरियो। समग्रमा असाध्यइ रमाइलो गरियो अहिलेसम्म र अझै धेरै रमाइलो गर्नु त छँदैछ।
अब यसरी नै १०० औँ, २०० औँ, हजारौं भागसम्म संगै रहन पाइयोस, सबै गाम्लेहरुलाई आज हिरक मउसबको उपलक्ष्यमा मेरो यही शुभकामना, हाम्रो चौतारीले यसरी नै जात, धर्म, लिंग, राजनिति, भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर 'हामी नेपाली' हौ भन्ने भावना भएका सबैलाई अनन्तसम्म छहरी प्रदान गरी रहोस।
अन्त्यमा, चित्रे ब्रोले माथि टुप्पोमा टाँसेको गीतका केही हरफहरु सभार गर्दै मेरो सानो मन्तब्य यही टुंग्याउँछु, जय चौतारी!
                                               समय पंक्षी हो
                                            खुल्ला यसको बंधन 
                                               बाँधेर बाँधिदैन 
                                               उड्छ हर प्रहर
Last edited: 07-Sep-07 04:41 AM

 
Posted on 09-07-07 6:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओह चित्रे हो नाम ल ल धन्यवाद है चित्रे कविता को लागि। मिस मी लाई पनि धन्यवाद
 
Posted on 09-07-07 6:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारीको हिरक जयन्ति अङ्कमा।

यो अङ्क चाहीँ अलि बिस्तारै दौडाउन पाए यसो कथा कविता पढेर आनन्द लिने साथ् साथै आफ्ना रचना नि राख्ने समय पाईंथ्यो कि झैं लाग्या छ। सकभर सबैले यो अङ्कमा आईकन मात्रै भ'का पोस्टिंग वा अरु बेलाका जस्ता एक लाईने कुराकानि अलि कम गर्न पाए यो अङ्कको आयु नि लम्बिन्थो र धेरै रचनाहरुले ठाउँ पाउँथे कि। कुरो नि एउडा।

आफुलाई त अझै फुर्‍या छैन, साहू बुढाले दला दलाई छन् र यसो यो अङ्क लम्ब्याउन पाए कसो राख्न नसकिएला त अन्त सम्ममा भन्नि सोचाई हो आफ्नु।
 
Posted on 09-07-07 7:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Good Morning gaamle haru taaaaaaaaaaaa.
७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!
 
Posted on 09-07-07 7:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गम्लेहरु।

हिरक अभिबादन् गर्दै, यो मेला मा यो भेलामा अबेला नगर्दै जाम्, तारेमाम्।
अनि अउटो कुरो नि- सबै घगडान राइटर फाइटरहरुले यसपाली आ-आफ्नो प्रस्तुती राख्ने नै छन्, चौतारीको बेगलाई रोक्न सकिन्न, अनि पढ्न भ्याइन्न,सिङ न पुच्छर् हुने हुन्छ।

त्यसैले चौतारीका बुज्रुक मित्रले सान दाई लाइ भनेर छुट्टै "बल्खु" गाम माग्ने हो कि? हाइ लाइट् चाहि चौतारीमा, पुरा भाग चाहिँ "हिरक बल्खुमा"। यसो गरे कसो होला।

छोटे मुह बडी बात- खें.... खें..... खें...... खें.......।
 
Posted on 09-07-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोताएँको प्रस्तुती राम्रो लाग्यो। कथा बस्तु भन्ने हो भने खासै केही छैन सामान्य दिनचर्याको एउटा झलक सम्म हो तै पनि कुनै नया कुरा हो कि झैं गरी प्रस्तुतीले ध्यान समेटी रहने मात्र हैन पढीरहेको पंक्ति छोडेर अघिल्ला पंक्तिहरुमा के होला भन्ने होडमा मनलाई उक्साउँदो रहेछ।

लेखनको शक्ति भनेकै पाठकको मन माथि प्रस्तुतीको हावी हो जस्तो लाग्छ मलाई। गोताएँब्रोले आफ्नो लेखाईले मन मेरो बाँधे। खै के भनुँ? स्याबास।
 
Posted on 09-07-07 8:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahul da r Deep jyu darsan gare taaaaaaaa.

Deep Jyu euta kabita jaawas na pls. :D
 
Posted on 09-07-07 8:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

स्वस्थ बिचार र रचना छर्दै गरौ चौतारीमा
समय भए त आयिहाल्छु नि, ल रमाइलो गर्दै गरौ
 
Posted on 09-07-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai sabai yeti bela samma ni kina hajir huna na-aako.
 
Posted on 09-07-07 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सम्पूर्ण गाउँलेहरुलाई वधाई तथा हीरक अभिवादन!

चौतारीले दोस्रो बर्ष पार गरेछ। पहिले पहिले साझा खोल्दा खासै ध्यान नदिईने यतातिर। २६/२७ तिरको कुरो होला, एकदिन अड्डाँ बसेर साउको आँखा छल्दै काम चोर्ने बहानामा यसो एउटा छेउमा बसेर गाम्लेहरुको कुरा सुन्न थालेको, ईन्स्ट्यान्ट फ्यान भईयो। यसो अलिअलि कुरामा कुरा थप्न थालियो। चौतारीको विशेषता नै हो, छिरेपछी ठाउँ पाउन गारो भएन, छोड्ने मेसो मिलेन। हेर्दाहेर्दै रैथाने भईएछ। कहिल्यै नदेखेका मान्छेहरु आफ्ना लाग्न थाले। भरखर ७५ पुग्दैछ, भविष्यमा यसरी नै निरन्तरता पाईराखोस हजारौं भागहरुसम्म - मेरो शुभकामना।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
emergency donation needed
nrn citizenship
जाडो, बा र म……
ढ्याउ गर्दा दसैँको खसी गनाउच
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters