world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Nepali Unicode Revolution in Sajha

[Please view other pages to see the rest of the postings. Total posts: 175]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
[VIEWED 83442 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 9 pages, View Last 20 replies.
Posted on 12-05-05 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाली युनिकोडको अचेल साझामा क्रान्ति नै आएको छ। साझा मात्र किन, अरू धेरै वेबसाइटहरूमा नेपाली युनिकोडले तहल्का मच्चाइदिएको छ। अंग्रेजीमा टाइप गर्ने बानी भएकाहरूका लागि सिक्न अत्यन्तै सजिलो रोमनाइज्ड किबोर्डले गर्दा पनि म र म जस्ता अनगिन्ती प्रयोगकर्ताहरू लावान्वित भएका छन्।
तर यो अंग्रेजीको तुलनामा टाइप गर्न अझै ढिलो महसूस हुन्छ। धेरै अभ्यास नहुँदा पनि यसो भएको हुन सक्छ। अंग्रेजीमा जस्तो टाइप गर्न सिकाउने र गति नाप्ने 'टाइपिङ् टिउटर' जस्तो सफ्टवेयर कसैको नजरमा भए जानकारी दिनाले धेरैले फाइदा उठाउने थिए।
नेपाली युनिकोड चलाउने व्यक्तिले यस धागोमा आफूले कहिले देखि नेपाली युनिकोड चलाउन थालेको हो र के कस्ता समस्याहरू छन् लेखौं, यसबाट नेपाली युनिकोड कतिको चल्तिमा रहेछ र यसलाइ सुधार्नका निम्ति के गर्नु पर्ला भन्ने निर्क्यौल गर्न सकिन्छ।

लौ मबाटै शुरू गरौं। मैले नेपाली युनिकोड यो सालको मे, जुन देखि प्रयोग गर्न थालेको हुँ। प्रमुख समस्या गति हो, त्यसैकारण चाँडो टाइप गर्नको लागि म अंग्रेजीमा गर्ने गर्छु।
अरुको अनुभव पनि सुनौं न त।
 
Posted on 12-06-05 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यहाँ किन "र्ž" आयो मैले बुझेको छैन। तर वर्डमा चैँ पर्‍यो लेख्ता आउनु पर्ने जस्तै आधा र आउँछ।
 
Posted on 12-06-05 9:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Shree5
लिनक्स यो विन्डोज भन्दा धेरै शक्तिशाली तथा स्टेबल (नेपालीमा स्टेबल
लाई के भन्ने, स्थीर- प्रसँग अनुसार माने मिल्दैन कि ) छ । र यो चलाउन थाले पछि कम्प्यूटर-विज्ञानका धेरै
काईदा-कानुन, काम गर्ने तौर तरिका सबै जानिदो रहेछ सहजै । नेपालमा यसको सफल प्रक्षेपण हुन सक्यो
भने नेपाली प्रयोगकर्ताहरुको IT skills पनि बेपत्तै सँग माथि पुग्नेछ, नेपालीहरु एकाएक तगडा भएर निस्कने छन्,
=================================================
Shree5, I also want to get into Linux, but I have not much idea about it, khali school ma ali ali unix ka commands padheko thie. How should I get started, sajilo tarikako kunai web site chha linux sikhaune?
 
Posted on 12-06-05 9:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फेरि अहिले त भएछ त! फर्रि लेखिहेरूँ है त पर्žयो सर्žयो मर्žयो पर्žयो।
आधा ख त झन सजिलो छ। ख्žन
K=ख
/=् (हलन्त)
अनि सिधै न लेखे ख्न हुन्छ। ख् लेखिसकेपछि + हानिदियो भने चैँ ख्žन हुन्छ।
 
Posted on 12-06-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lau ke bhaechha maathiko message ta.
Shree5
लिनक्स यो विन्डोज भन्दा धेरै शक्तिशाली तथा स्टेबल (नेपालीमा स्टेबल
लाई के भन्ने, स्थीर- प्रसँग अनुसार माने मिल्दैन कि ) छ । र यो चलाउन थाले पछि कम्प्यूटर-विज्ञानका धेरै
काईदा-कानुन, काम गर्ने तौर तरिका सबै जानिदो रहेछ सहजै । नेपालमा यसको सफल प्रक्षेपण हुन सक्यो
भने नेपाली प्रयोगकर्ताहरुको IT skills पनि बेपत्तै सँग माथि पुग्नेछ, नेपालीहरु एकाएक तगडा भएर निस्कने छन्,
=================================================
Shree5, I also want to get into Linux, but I have not much idea about it, khali school ma ali ali unix ka commands padheko thie. How should I get started, sajilo tarikako kunai web site chha linux sikhaune?
 
Posted on 12-06-05 9:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो चैँ वर्डबाट ल्याएको

फेरि अहिले त भएछ त! फेरि लेखिहेरूँ है त पर्‍यो सर्‍यो मर्‍यो पर्‍यो।
आधा ख त झन सजिलो छ। ख्‍न
K=ख
/=् (हलन्त)
अनि सिधै न लेखे ख्न हुन्छ। ख् लेखिसकेपछि + हानिदियो भने चैँ ख्‍न हुन्छ।

प्रीति जी तपाईँको यन्त्रमा चैँ Encoding मिलेको छैन क्यार। view>Ecoding>Unicode (UTF8) गरेर हेर्नु त
 
Posted on 12-06-05 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सरी प्रीतिजी,
नमिलेको तपाईँकोमा होइन रहेछ। बढ्ता जान्ने भएकोमा क्षमा पाऊँ।
 
Posted on 12-06-05 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suraj Neupane Ji,


Are you from Dallas/Irving by any chance. Seems that I know you........If I know you, I want to call you learn this romanized Nepali too.......

Please Respond.........

From Plano, Texas


Ram Prasad
 
Posted on 12-06-05 10:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Honey Bee ji,
For your problem,
1) go to start> control panel
2) double click on "Regional and Language options"
3) click on "languages tab"
4) check both the tick boxes under "supplemental language support"
5) then click on the "details" button
6) then click on "add" button
7) click on the combo box "input language"
8) there should be "Sanskrit", choose it
9) now check the tick box "keyboard layout/IME"
10) from the combo box choose" Nepali Unicode(Romanized)"
11) click "ok", "apply" whatever is needed
12) now open Word, and press alt+shift
13) the language EN on the bottom of your screen should change to SA.
14) now start typing in Nepali

These instructions are also given in the mpp website.
Hope this helps.
भए न भएको जानकारी पाउँ है।
 
Posted on 12-06-05 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म डल्लास मा नै हो राम प्रसाद जी
मेरो email ma phone number पठाम् अनि कुराकानि गरम्ला
मेरो इमेल माथि छ
 
Posted on 12-06-05 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विश्वमानचित्र जी,

मेरै लागि समय खर्चेर यतिका सुझाब लेखिदिनुभएकोमा हार्दिक धन्यवाद !
ति सबै सुझाब अनुसार गर्दापनि भएन । समस्या सग्लो अक्षरमा हैन, "आ"कार,
"उ"कार, "इ"कार, अजन्त अनि हलन्त मा भैरहेछ ।

"खरच नपठलत म भक मरल" लेख्नलाइ समस्या छैन तर "खर्च नपठाए त म
भोकै मर्छु" भनेर लेख्नै मिल्दैन । म यो कोशिश जर्मन किबोर्ड भएको ल्यापटपमा
गर्दै छु, अझै केहि नयाँ सुझावहरु पाए आभारी हुनेथिएँ ।
 
Posted on 12-06-05 11:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हनि बी जी,
नेपालीमा हलन्तको लागि "?/" की थिच्ने हो। सो की थिच्दा आफसेआफ पछाडिको अक्षरसँग गएर जोडिन्छ। "आ"कारको लागि पछाडि "a" थिच्ने, "इ"कारको लागि पछाडि "i" थिच्ने, र "ए" कारको लागि पछाडि "e" थिच्ने। यसको लागि रोमनाइज्ड कीबोर्डको तस्वीर टाँसिदिएको छु। जर्मन कीबोर्ड भएको ल्यापटपको चैं मलाइ त्यति साह्रो जानकारी भएन। जे होस् कोशिश गर्दै गर्नुस्, समस्या समाधान होला भन्ने आशा छ।

 
Posted on 12-06-05 12:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

World Map जी,

Problem solved ! तपाईँको यो धागोबाट नयाँ कुरा सिकेँ ।
समस्या input language मा रैछ । सँस्क्रृत हुनुपर्नेमा अन्यथा भएको रहेछ। सुझाबको लागि धेरै धन्यबाद !

 
Posted on 12-06-05 12:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

matrixrose fixed it or not?
 
Posted on 12-06-05 1:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Pretty जी,
हुन त मैले पनि धेरै खाले लिनक्स खेलाएँ र अनुभवको आधारमा तपाईँलाई के सुझाव दिन चाहन्छु भने,

www.linuxiso.org

मा जानुस र ताल-तालका लिनक्सका परिकार (distributions- they call it distros) हेर्नुस ।

सिक्नको लागि शुरु गर्न सबै कुरा बिचार गर्दा सबैभन्दा उत्तम NOVELL को SUSE Linux होला जस्तो लाग्यो मलाई। यो user-friendly पनि छ र धेरै नै stable पनि, तथा NOVELL कम्पनीको कारणले गर्दा पछि यो नै सबभन्दा लोकप्रिय हुन्छ जस्तो लाग्छ मलाई, Windows XP चलाउने लाई यसमा छिरेर काम गर्न खासै नौलो लाग्दैन ।नियमित काम हरुको लागि कमसेकम पनि Windows XP जत्तिको चाहि यो छ है ।

र पछि चाहि कुनै distro मा नै चित्त बुझाउनु हुन्छ होला, अझ खास पारखीहरु माझ त आजकाल Ubuntu Linux को क्रेज नै आएको छ भन्नु पर्ला । अहिलेको अवस्थामा सबैभन्दा लोकप्रिय र राम्रो चाहि Red Hat Company को distro हरु नै हुन्, जस्तो Fedora Core नै भनौँ न ।

र अर्को कुरा तपाईलाई लिनक्स कम्प्यूटरमा install गरिराख्न मन लागेन भने Live CD distro प्रयोग गर्नुस। त्यो भनेको पुरै operating system नै CD बाटै चल्छ, तपाईँले office productivity suite र internet, email, games, multi-media सबै सहजै चलाउन सक्नु हुन्छ । यहाँसम्म कि hard-drive नै प्रयोग नगरिकन apache web server बाट web-site नै प्रक्षेपण गर्न सक्नु हुन्छ । कम्प्यूटरमा CD राखिदिए पुग्छ । एक पटक मेरो Windows system crash हुँदा मैले यस्तै Live Linux CD हालेर मेरा चाहिने सबै फाईलहरु USB port बाट बाहिर कपी गरेर बचाएको थिएँ, त्यस्तो गजब हुन्छ लिनक्स त ।

तर copyright को कारणले कति लिनक्सले Windows को NTFS file-system सपोर्ट गर्दैनन् नि फेरि ।
 
Posted on 12-06-05 1:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशीको कुरा NOVELL SUSE ले फोकटमा Live CD पनि निकालेको छ, त्यसैले download गरेर CD burn गर्नुस, अनि चल्न मन लागेको बेलामा जति चले पनि भयो नि, होईन र ?

लिनक्समा राख्ने हरेक प्रकारका सफ्टवेयर फोकटमा पाईन्छ जुन व्यापारिक विन्डोज सफ्टवेयर भन्दा धेरै गुना राम्रा, स्टेवल, पावरफूल र सुरक्षित छन्। त्यसको लागि,
मुख्यत:
www.sourceforge.net

नै होला, त्यस्तै ताजा ताजा सफ्टवेयरको लागि,
freshrpms.net

पनि छ ।

अरु कुराकानीमा छलफल गर्दै गरम्ला, मलाई थाहा छ, साझामा खाँटी लिनक्सका गुरुहरु पनि हुनुहुन्छ, उहाँहरुले नदेखेर मात्रै हो, नत्र लिनक्स कम्यूनिटिको गजबको पारा त volunteerism मा नै देख्न पाईन्छ, यही साझाजस्तै
www.linuxquestions.org
मा गएर एउटा प्रश्न सोध्नुस, तपाई त्यँहाका volunteers को व्यबहारले नतमस्तक हुनु हुनेछ, सबैजनाले फुर्तिसाथ तपाईँको सहायता गर्ने छन् ।

अरु पनि छलफल गर्दै गरम है त,

Keep rolling...
 
Posted on 12-06-05 2:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए सिरे,
मलाइ लिनक्सको बारेमा केही सोध्नु थियो। मैले केही हप्ता अघि नै Suse linux 9.3 को CD द्वारा लिनक्स install गर्न खोजेको थिएँ। तर केही कुरामा अलि विश्वश्त नभइसकेको हुनाले गरिहालेको भने छैन। मेरो कम्प्युटरमा windows XP पनि छ। मैले मेरो hard disk लाइ 28/28 GB मा partition गरेको छु। लिनक्स install गर्दा windows XP र अरू फाइलहरूलाइ असर पर्छ कि पर्दैन। safe तरिकाले install कसरी गर्न सकिन्छ। हुन त तपाइले दिनु भएको लिङ्कमा गएर पनि प्रश्नहरू सोध्नेछु। त्यसको लागि धन्यवाद।
अनि अर्को कुरा, parallel port programming को लागि कुनै recommended website भए पाम् न। सिरेलाइ दाइ भन्छु ल!! :D
 
Posted on 12-06-05 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लिनक्स प्रयोग नगरिसकेका तर लिनक्सप्रति आकर्षित सबैलाई एउटा "टिप्स" भने दिनै पर्ने जस्तो लाग्यो र हात
चिलाए के । मैले आफूले भोगेका केहि अप्ठेराहरु नि:

कुरो के भने हामी विन्डोजमा C:, D:, E: आदि भन्छौँ जुन (मेरो विचारमा) साह्रै नै नमिल्दो र अवैज्ञानिक छ - लिनक्स हेरिकन ।

लिनक्समा भने हार्डवयरलाई सफ्टवेयरमा पुरै abstract गरेको हुन्छ, हरेक हार्डवेयर पनि एउटा file नै हो ।
तर यसको मतलब बिन्डोज जस्तो होईन नि फेरि, तपाईँले हार्डवेयरको सबै चीज access गर्न सक्नु हुन्छ, साथै आवस्यक
परे पुरै लिनक्स अपरेटिङ्ग सिस्टम नै source code लेराएर आफूलाई चाहिने गरी तोडमोड गरेर compile गर्न सक्नु हुन्छ ।
वास्तवमा सफल "kernel recompile" तपाईँको लिनक्स ज्ञानको पहिलो परीक्षा पनि हो ।

भने पछि अलिक तलको तहमा (जुन नियमित प्रयोगको हिसाबले अप्रासँगिक छ),
hard drive लाई hda1, hda2, hda3... sda1... आदि भन्छ ।

त्यो भनेको hd भनेको IDE, sd भनेको SCSI, a,b,c भनेको physical device र 1, 2, 3 भनेको partition.

तर सुरु सुरुमा प्रयोग गर्दा यो जानिराख्न जरुरी छैन, सबै चीजको सुरुवात root [filesystem, root-user is different]
भन्ने बाट हुन्छ, जसलाई "/" ले चिनिन्छ,
अनि root मा folder बनाउनुस windows filesystem मा जस्तै नै
अनि ती folder मा hard drive, CD, USB device, जे जे मन लाग्छ तेही तेही mount गर्नुस ।

भनेको एउटा केही पनि फाईल नभएको empty folder मा अर्को पुरै device नै mount गर्न मिल्छ जसमा regular files and folders
हुन सक्छन्। यसरी सँसारमा भएका सबै कम्प्यूटरका फाईलहरु पनि एउटै directory structure भित्र लेराउन मिल्दो रहेछ लिनक्समा ।
तर "C:\" खोज्न थाल्दा जुनि गाको थियो मेरो पनि । अर्को कुरा चाहि path separator अगाडि झुकेको forward slash ("/") हुन्छ है
लिनक्स मा, जस्तो,
/home/shree5/hello.html
भनेको root ( पहिलो "/" भित्र home भन्ने directory भित्र shree5 भन्ने directory भित्र भाको hello.html भन्ने file).
 
Posted on 12-06-05 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अर्को महत्वपूर्ण कुरा हरेक चीज file हो, भनेसि folder (directory) पनि फाईल नै हो, र हरेक फाईलको (१) मालिक (owner) हुन्छ,
(२) तेस्तै कम्प्यूटर प्रयोगकर्ताको group हुन्छ र (३)सबै user को global group हुन्छ । अनि हरेक फाईलमा (कम्तिमा पनि ) यी
तीन समूहको लागि read (यसको value 4), write (यसको value 2) र execute (यसको value 1) [4+2+1=7] permission हुन्छ
जस अनुसार तपाईको फाईल कसले हेर्न पाउने, कसले लेख्न पाउने आदि मिलाएको हुन्छ । तर "root" यूजरले भने मन लागेको
गर्न पाउँछ, उ त्यँहाको सर्वेसर्वा ।

मलाई लाग्छ, यतिले getting started गर्न मिल्दछ ।
भने पछि सिक्ने बेलामा root को login मा नै बसेर सिक्नु भए सजिलो हुन्छ, नत्र त मेसो भाँति पाईँदैन ।

अब चित्रेको प्रश्न,
हुन त मैले माथि भने झै सामान्यतया लिनक्स चलाउनको लागि install गर्नु पर्ने जरुरत नै छैन केरे, त्यो CD हाल्नी खोपामा
CD घुसारिदिएपछि आफै full-fledged operating system चलिहाल्छ । यस्तो CD live linux नै XP भन्दा कुनै कमी छैन
नियमित कामको लागि ।
लिनक्स विन्डोज जस्तो छुच्चो छैन, यो त तपाई हामी जस्तै धेरै भद्र-भलादमी छ । विन्डोज ईन्सटल गर्दा Master Boot Record
(MBR) मा जतापाच्छे केरमेट गर्छ र कम्प्यूटरले अरु operating system को boot image त देख्नै पाउँदैन र हार खाएर तेही
Windows नै बूट गर्न बाध्य हुन्छ । तर hard-drive मै installed लिनक्सले तपाईँलाई सबै operating system को लिस्टो बनाएर
देखाम्छ केरे, अब कम्पुटरमा जुन चईनी operating system चलाम्न मन लागो, तेही हो भनेर भनेसि कम्पुटरले कुरो बुझ्च केरे,
त्याँसी तेही जो राखेर चलाम्छ ।

Linux install गर्दा खेरि नै पनि सोध्छ र तेतिखेरै पनि partition गर्न त मिल्छ, तपाईले त पहिले नै गरिसक्नु भएछ केरे ।
अब त्यस छुट्टै partition मा निर्धक्क भएर install गर्नु भए हुन्छ ।

ओहो, थोरै लेख्दा पनि धेरै लामो भईसकेछ, केही भए फेरि प्रश्न गर्नुहोला वा मलाई ईमेल नै ठोकिदिए पनि हुन्छ,
सक्दो सहयोग गरम्ला लिनक्स स्पिरिट अनुसार नै ।


Keep rolling...
 
Posted on 12-06-05 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Suraj Ji,

I sent you an e-mail...please respond......


Thanks,

Ram Prasad
 
Posted on 12-06-05 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.....ए बाबै, नेपाली भाषा भन्žदा भन्žदै के जाति भाषामा कुरा गर्न लागे गुरुहरू त!..... बुझे त मर्नु गँठे!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters