[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 134902 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-25-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-25-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहाहा...........खितखितखितखित.........................रोटफल
 
Posted on 01-25-07 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल
लौनानी के सुन्न परो मेरा इ कान ले, बिख्रे जिउ त ठिटा भन्या ठिटी पो हो ? ?

हाहाहाहाहा...........खितखितखितखित.........................रोटफल
 
Posted on 01-25-07 2:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा, बाटुलिले चस्मा लाउन बिर्सिन अस्तो मानीचु, त्यस्तो फुलेको जुङा भा, बुढो जिम्मालबालाइ ठिटी देखिछिन । होस् पुर्‍याम है जिम्मालबा फेरी अरु कसैले नि ठिटी देखेर झम्टेला नि तपाईंलाइ ।
मलाई अघी दिन्छु भुनेको पुस्टकारी खै ?
 
Posted on 01-25-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल ल रिसानी माफ पाउ बिख्रे जिउ, मैले माने तपाईं किटो भने र्, तर बुढो रे, बोर भो नि, लोल
 
Posted on 01-25-07 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज त धेरै दिन पछि दीप ज्यो नि आउनुभएछ चौतारीमा।

हा हा हा! बिर्खे बूढालाई त ठिटी रे, बारूलीलाई साँच्चै बोर लाग्यो कि के हो? :)
कहिले चैं बिखे भन्दिने फेरी, बूढाले बिख खुवाउन लागेछ जस्तो छ। :)

ए साँच्चि! बारूलीले भनेको मलाई हो जस्तो लाग्यो त। बिर्खे माइला नभएर बिर्खे महिला पनि त हुन सक्छ नि। :P
 
Posted on 01-25-07 2:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ ठुलि अझै चौतरीमै जमिरा हो, उता तिम्रो बाख्राले तल्लाघरे हर्के दाइले रोपेको सागको बेर्ना खाइसक्यो, धपाउन जाउ छिटो।

ह्यारि के छ बन्धु तिम्रो मामा त मामा हो कि जुङा भ को माइजु हो;)?
 
Posted on 01-25-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यस्तै रैछ बारुली, चाइन्जो मन हेर्ने जमाना गएछ! अब मन खोलेर देखाम्न मिल्ने भा' एइ चौतारिआँ चाइन्जो छाति खोलेर देखाम्थे " लु गाम्ले हो हेर मेरो मन कति तरुनो छ " भनेर! क्यार्नु मिल्दैन! अब बाहिर बाट हेर्दा तेइ हो, मन बुडो भा' मान्छेले हेर्दा बुढो देख्छ मन तरुनो भा' मान्छेले हेर्दा ठिटो देख्छ! तिमीले नि बुढो देखेको? :):)

ग्वाँचे, पुस्टकारि छ भनेजति खाने भा' आउ के रे हाम्रो घर तिर! :)
 
Posted on 01-25-07 2:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्बचेँ त्यो बाख्रो त मैले नै हरि को बारीमा छोडिदेको । अगि मोरो म सँग न्यू कोज्दै थियो । ल हेरु अब बल्ल ठीक पर्‍यो ।
 
Posted on 01-25-07 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालबा तेसो भे आज साझ तपाईंको घरमा आम्छु, तो के जाती लोक गीदको कार्जेक्रम नि आम्छ क्यारे रेडिउमा आज त, तो पनि मजाले सुनम्ला, पुस्टकारी नि खाम्ला अनि राती जिम्मालनी आमाले मस्काको ढिडो नि खाम्ला गुन्द्रुकसँअ । बरु राती एक्लइ घर पो कसरी फर्किने होला नि एक्लई त डर लाग्छ मुलाइ, के अर्ने होला ?

ठुलि कुरो तेसो पो रैछ, तेसो भे खान देउ ह्यारिको काकाले रोपेको साग तिम्रो बाख्रालाइ । आज्कल हरि पनि खुब ठुल्दाइको संगत गर्ने भा छ, हाम्लाइ त बाल पनि दिंदैन्, ठीक्क परो, हिजो नि कुखुरा बन्नु परो, खुच्चिङ्!
 
Posted on 01-25-07 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ न के आईपर्यो यस्तो, लौ न ए ठूली, त्यो बाख्रा छिटो लगेर बाँध है, नभए बेल्का यता भोज गर्नु पर्ला नि!!

हा हा ग्वाँचे, मामा त मामै हुन के रे, कुन्नी के भा हो बारुलीलाई, कसरी झुक्केकी हुन कुन्नी?
अनि मैले धेरै बाल दियो भने आफ्नो टाउको फेरी पूण्टे बुडाको जस्तो होला भनेर पो त!!

:)
 
Posted on 01-25-07 3:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिमीले सुर्ता मान्नु पर्दैन ग्वाँचे! चाइन्जो दुई गिलाँस तिनपाने चडाएसि तेस्तो जाबो डर सर सपै भागेर जान्छ!:)

"मैले धेरै बाल दियो भने आफ्नो टाउको फेरी पूण्टे बुडाको जस्तो होला भनेर पो त!! "

लोल! रोटफल! हा हा हा...
 
Posted on 01-25-07 3:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

omg guys!!! this thread cracks me up! i wanted to blend in...but jus cant do it...you all are too good! esp u birkhe! lol
 
Posted on 01-25-07 3:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुशी लाग्यो, बारुलीले बिर्खे महिला लाई बल्ल चिनेछ। हाम्रो हिम्माल् बा, हिमाल् जति कै स्वच्छ र उच्च हुनु हुन्छ।
 
Posted on 01-25-07 3:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम राम राम....... जिम्मालबाले के भन्नु भा, गाम्को जिम्माल भेर नि । झन बाबु जाँड रौसी खान हुँदैन भनेर सम्झाउन छोडेर तीनपाने चडाम्ला पो भन्नु हुन्छ,! खै मलाई ऐलेइ पुस्टकारी दिनुस्, आउनु पर्‍या छैन तपाईंको घर । बल्ल थाहा भो हरिलाइ नि जिम्मालबाले नै सिकाउनु भा होला चिलिम तान्न अनि तीन पाने चडाउन्, मामा भेर नि कस्तो खराब कुरा सिकाउने !
 
Posted on 01-25-07 3:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ बिर्खे महिला भनेको के हो ?
 
Posted on 01-25-07 3:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचे। कस्ले भन्यो चिलिम् खराब् भनेर? महादेव् खराब् भो त? शिब् शिब् शिब्, कलियुग् भनेको साँच्चै पो रहेछ।

दारु खराब् होता है

दारु खराब् होता है

क्यूं कि

दारु मे शराब् होता है

शराब् खराब् होता है

इस् लिए दारु खराब् होता है।
 
Posted on 01-25-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ नरिसाउनुस् न, हाम्लाइ त स्कूलाँ सिकाकोथ्यो, चुरोस रौसि खानु हुँदैन बिगार अर्छ भुनेर, तेइबेला सिकेको कुरा ठेल्देको हो क्या। फेरि चिलिम तानेको देख्यो भुने मिसले कुखुरा बनाउनु हुन्छ, हिजो हरिले कुखुरा बन्नु परो, कस्ले हो कुरा लाइदेछ उस्ले तपाइसँअ मिलेर चिलिम तानेको भुनेर, क्या बोर भो बिचरालाइ!
 
Posted on 01-25-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो र ग्वाँचे? ह्यारिलाई मुर्गा बनायो? शिब् शिब् शिब्, मास्टर्नी नानी लाई नि के भाको कुन्नी? तीज मा ब्रत बस्ने, स्वस्थानीको कथा हाल्ने, महादेब् जस्तो बर मिलोस् भनेर। अनि महादेब् को बूटि लिंदा, यस्तो सजाय? भएन यो त भएन। ए ह्यारि, कुम्ले, निश् ब्रो, अनि ग्वाँचे, चिलिम् युनियन् खोलुम् हामी नि, अत्याचार् को बिरुद्ध माइतीघरमा धर्ना कार्यक्रम् राखुम्।
 
Posted on 01-25-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सप्पैलाई !
फेरि भेटौँला !, हर्न प्लिज !

:-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Another Song Playing In My Mind
Does the 180 day auto extension apply for TPS?
Travelling to Nepal - TPS AP- PASSPORT
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters