world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200582 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-11-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाउँले दाजु भाई तथा दिदि बहिनि हरु,

मेरो

"कलेज र प्रेम् प्रसंगहरु" भन्ने लेख सकियो।

त्यो पुल्चोक् बासीहरुको बिसेस् सम्झना सोरुप लेखेको थिएँ, कहि कसैको कथा संग मिल्न गएमा संयोग मात्र हुनेछ।

बिज्ञापन गरिदेँ, लज्जा।
 
Posted on 09-11-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाँडाको चिन्ता नअर्नुस भान्जी, म माझम्ला। बर्षदिनको तिजाँ बोलाको भान्जीलाई कतै भाँडा मझाम्ला त !

(मनमनै: आउन त आउनुस न, एक हप्ता अगाडि देखि भाँडा नमाझेर बस्छु म।
)
 
Posted on 09-11-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे सान्नानि! क्यार्न चिन्ता मान्छौ म बुडो जिम्दै छु अझै, हाम्राँ आऊ तिजाँ!

ल भउते गुरु सुभाजीको गजल हेर्नुस रे!

पढैँ सुन्तले मैले भर्खरै कलेज र पिरेम! अब अर्को सिरा बाट सुरु गरम न नयाँ बरु मिल्छ भने!
 
Posted on 09-11-07 1:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफू त रेडिमेड कुखुरोको पखेटा खान्छ
सान्नानिलाई भउतेले खुवाउने दर कस्तो होला???
 
Posted on 09-11-07 1:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 1:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेडिमेड कुखुराको पखेटा रे !
बचेँ कुचे को २-४ दाना दात पनि जाला है जिम्माल बुढा
होस् गरम ! होस् गरम
 
Posted on 09-11-07 2:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब ठुल्दाईले बोलाएन भनेर चित्त दुखाएकी भए न दुखाम् क्या र, सान्नानी? ठुल्दाईको द्वारत हमेशा खुला ( ढोका न भए सि) छ क्या र। कसैले बोलाएन भने यतै आम्।
 
Posted on 09-11-07 2:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.सबै हेरियो,सबैलाई नमस्ते पनि। हैन म कुनामा लुकेर चौतारी हेर्छु नि। तेइपनी wc को लागि धन्यवाद छ प्रितीलाई...आअा जिन्टा पनि थपदिन्छु बरु
















 


(Plz dont feel be offended zinta was purely in jest hai)

Last edited: 11-Sep-07 03:28 PM

 
Posted on 09-11-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-11-07 3:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेहे ल अब बोलाउने हरुकै होड् लाग्न थालेछ कता जाउँ जिम्माल् बा काँ जाउँ कि, मामाकाँ जाउँ कि, ठुल्दाईकाँ जाउँ कि? रिठ्ठे काँ त जान्न ................... बरु कल्ले कति भेटी चढाउने हो? 
सुन्तले दाई कथा लामो रैछ फुर्सदमा पढ्छु है।

कृष्ण काले जिन्टा भन्दा किन offended हुनु नि? :)
Last edited: 11-Sep-07 03:44 PM

 
Posted on 09-11-07 3:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सान्नानी आउन बा आउ म'का पनि आउ, बरू अली राम्रै भेटी दिउला नि चेली लाई

 
Posted on 09-11-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कति दिनि? हेरम् अरुहर्ले कति कति दिनि हो अनि decide गरम्ला
Last edited: 11-Sep-07 03:54 PM

 
Posted on 09-11-07 3:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब चाइन्जो, धेरै ले बोलाएसि पालै पालो जानु परो। सबैभन्दा पहिला जेठाबुढाको मा। अर्थात् ठुल्दाईकोमा। त्यसपछि मर्यादाक्रम अनुसार।
सबैको प्यारी भए सि यस्तै हो, सबैले प्यार् ले बोलाउंछन्। इर्ष्या लाग्यो है।
 
Posted on 09-11-07 3:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिन्टा थप्देको देखेर भान्जीले एकफेर पुर्लुक्क ऐना तिर हेर्नु भो होला बरु, किन रिसाउनुहुन्थ्यो।

कालेकृष्ण घरी घरी मात्र चौतारीमा पालेर जतिखेर नि स्वाअत मात्रै अर्दै बस्दै अर्नु पर्ला जस्तो छ। फिरी स्वाअत अरेँ मैले नि।

रिठ्ठे सानले कस्का कुरा कान थापेर सुन्या हो? खाश-खुश केही थाह पाइयो भने हाम्लाई नि सुनाम है।

४:५७ को जदौ !
 
Posted on 09-11-07 4:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए भान्जी, खुरुक्क हाम्रा तिर नआएर के लिलाम बढाबढ अर्दै बसेको हो? म बोरु हउको मुखाँ मेरो क्रेडिटकार्ड नै स्वाइप अर्दिम्ला, जति लिन मनलाग्छ लिनुस।

जदौ ! ठुल्दाइ ! हउको कथा पछि पढ्नी भनेर साँचेर राख्याछु म त।
 
Posted on 09-11-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु आएँ फेरि!

ओ भउते लु आऊ बाजा बाज अरुम्!
 
Posted on 09-11-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिउँरो नली खुट्टो मक्किएर, धोद्रो लागेर शास पनि नलीखुट्टातिरा'टै फ्वाँस फ्वाँस निस्कन्छ जस्तो छ। तिमी सअँ के निउ खोजाइ भो र, जिम्माल। अझ आज पिताजीको मुख हेर्ने दिन।
 
Posted on 09-11-07 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ बाजा बाज अर्न लाये असत्तिहरू म त भागे अब, आफु त परीयो सोझो साझो छक्का पन्जा जानिदैन

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Travelling to Nepal - TPS AP- PASSPORT
Morning dharahara
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
TPS Renewal Reregistration
Nepali doctors future black or white usa ?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters