[Show all top banners]

serial
Replies to this thread:

More by serial
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी ११८~

[Please view other pages to see the rest of the postings. Total posts: 958]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
[VIEWED 312270 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 48 pages, View Last 20 replies.
Posted on 06-04-08 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

                                                                -चौतारी - ११८


(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ११८  औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।

"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ"

**********************************************************************


*********************************************************************************************
लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली , Norton - Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee):

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 118 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.



 
Posted on 06-06-08 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) भनेको के हो?

 

उत्तर:  -
एक्युट भाउते डन्डिफोर सिन्ड्रोम (ABS) एक डरलाग्दो महिलाघातक रोग हो। यो रोग पुरुषहरुलाई मात्र लाग्छ तर यसको शिकार भने महिलाहरु मात्र हुन्छन्। छैन त अचम्म?
आउनुहोस यो रोग को उत्पत्ति, लक्षण, कारण र निवारणको बारेमा केहिबेर चर्चा गरौँ।

उत्पत्ति-
यसको उत्पत्तिको इतिहास त्यति थाहा नपाइएता पनि यो रोग केनडाँडाबाट उत्पत्ति भएको बिश्वास गरिन्छ। सर्वप्रथम यो रोग केनडाँडामा बस्ने भउत भाइ भन्डारि नामका एक युवकमा देखिएको हुनाले यसको नाम एक्युट भाउते डन्डिफोर सिन्ड्रोम रहन गएको हो।

लक्षण-
रो रोगले सुरुमा कुनै बिशेष लक्षण नदेखाउने भएकोले रोगले च्यापिसकेपछि मात्र रोग पत्ता लाग्छ। तै पनि निम्न लक्षणहरु यो रोगका बिशेषताहरु हुन्।
१) २४ घन्टामा कयौँ पटक बिना कुनै कारण फ्यास्स हाँस्न मन लाग्ने, ठुस्स रिसाइदिन मन लाग्ने र प्याच्च दायाँ बायाँ नसोचि बोल्न मन लाग्ने।
२) आफ्नो वरिपरि ५ मिटरको अर्धव्यासमा कुनै केटि देखिएमा लागेको निद्रा हराउने, पेट कता कता त्यसै कराउने र त्यत्तिकै बर्बराउने हुन थाल्छ।
३) एक ठाउँमा बसेपछि कतै जान मन नलाग्ने तर पनि कतै जानु पर्ने कुरा मनमनै आफैँसंग र अनलाइन वा फोन मा भएको साथि संग भने बारम्बार दोहोर्याइरहन मन लाग्छ।
४) खाना धेरै रुच्ने तर पकाउन पटक्कै रुचि नहुने।
५) कि त अरुको सालि मन पर्ने के त आफैँले सालि बनाउन मन लाग्ने।
६) सालि संग दोहोरि खेल्न मन लाग्ने, जिस्कन मन लाग्ने र भुत लागेको जस्तो हुने।
७) रोगले धेरै च्यापे पछि बिस्तारै शरिरको बिभिन्न अंगहरुमा डन्डिफोरहरु देखा पर्न थाल्छन। जस्तै- अनुहार, ढाड, पाखुरा, हात, हत्केला र भन्न नहुने अरु ठाउँहरु।
८) डन्डिफोर शरिर भरि फैलिएर काप कापमा आउन थालेको अवश्थालाई नै वास्तवमा एक्युट भाउते डन्डिफोर सिन्ड्रोम भनिन्छ।
९) समयमा उपचार हुन नसकेको खन्डमा यसले रोगिको वरिपरि भएका र परिचित महिलाहरुमा नराम्रो असर पार्छ।

कारण-
१) कुनै स्पस्ट कारण पत्ता नलागेता पनि तथ्याङ्क अनुसार यो रोगलाई एक किसिमको सामाजिक बन्धन विवाह संग जोडिएको छ।

निवारण-
१) उमेर पुग्ने बित्तिकै विवाह भ्याक्सिन लगायो भने यो रोग लाग्दैन।
२) रोग लागिसकेको खन्डमा एउटै मात्र उपचार विवाह हो।


 
Posted on 06-06-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ गाम्ले हो? शुक्रबारे जदौ टक्राए है त
के परिक्षा चलाएछन? आफुलाई त अस्ती धादली गरेर लास्टै बनाइदिए तेही भएर यस्पाली उत्तर दिने कष्ट गरिएन, फेरी ठुल्दाइ प्रमुख भएपछी फस्ट् नै भए पनि सुख छैन, लौ सबैलाई शुभकामना !!!
हसाउनमा त सबै एकसे एक रहेछन त
अनी राम्चन्द्रे लाई धेरै पछी देखियो त
ठुल्दाइ, कमसेकम त्यस्तो अपजस आउनी पद लिने बेलामा मलाई सोध्नुपर्थ्यो नि पछी फेरी टायर् बाले भने भन्तो  नभन्नुहोला
जिम्माल बा फुर्सत भए एउटा रेसिपी टास्नुस् क्यारे भोली पकाउन पर्ला
 
Posted on 06-06-08 2:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दोश्रो एक्स्ट्रा क्रेडिटको हुबहु नक्कल गरेर सारेर पनि सक्कली उत्तर लेखेकोमा रिठाराम रायमाझीको खाता खोल्दै १ अंक हालिएको छ!

त्यस्तै हुबहु नसारे पनि आफ्नै गिदी छड्काएर भए पनि मिल्दो जुल्दो उत्तर लेखेकोले सुन्तलमान स्थापितको पनि खाता खोलि ०.५(शून्य दशमलव पाँच) अंक हालिएको छ!

धन्यवाद्

 

अर्को एक्स्ट्रा क्रेडिड प्रश्न............ढ्यान्ट्यार्यान...........

कविता पुरा गर्नुहोस (नोट: मदनवाले भाग लिन नपाऊने)

लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ

आज सुबह ऐना हेर्दा ------------  भएछ

कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ

लरकिके टेन्शनवामे हमि ---------- भुलेछ

अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ

अचानक थाहा पायो सला ----------भएछ


 
Posted on 06-06-08 2:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हमि बुर्हो  sabai blanks ma.

Last edited: 06-Jun-08 02:33 PM

 
Posted on 06-06-08 2:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बङुरको छोइला बनाउने बिधी कोइ चौतारीका औतारीलाई थाहा भये कृपया एसै चौतारीमा टाँसिदिनु होला। धन्यवाद
 
Posted on 06-06-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

1. jhasangai

2.nahauna

3 hami burho


 
Posted on 06-06-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कविता पुरा गर्नुहोस (नोट: मदनवाले भाग लिन नपाऊने)

लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ

आज सुबह ऐना हेर्दा थाहा पायो हमी बुर्हो  भएछ

कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ

लरकिके टेन्शनवामे हमि बाल काला कर्नेको भुलेछ

अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ

अचानक थाहा पायो सला हामी बुर्हो  भएछ


 
Posted on 06-06-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लरकि ढुढ्दा ढुढ्दा हम्रो जोबनिया गएछ
आज सुबह ऐना हेर्दा खटिया खडि भएछ
कनपटिके दुबै तरफ दु-चार गो बाल फुलेछ
लरकिके टेन्शनवामे हमि उमरवाको भुलेछ
अब तो सुसरि जिन्दगिके आधि कुरो गएछ
अचानक थाहा पायो सला हमि बुह्रो भएछ
 
Posted on 06-06-08 2:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते काइला अनी के छ खबर? भोली जुवा खेल्न जानी हो? कि पाहुना आउनी भए?
 
Posted on 06-06-08 2:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो कन्फर्म छैन रिठ्ठे, घर सल्लाह गर्नुपर्छ
तर जुवा खेल्न चाँही जान भ्याउन्न होला यार, लौ मोज गर
 
Posted on 06-06-08 2:44 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बाल काला कर्नेको भुलेछ
nuhauna bhulechha

lol katti hasako sappaile.

 
Posted on 06-06-08 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन कोइ छैन बङुरको छोइला बनाउन जान्ने यहाँ। मेरो भोलिको डिनर बङुरको छोइला र डाइट कोक सपना मात्रै हुनेभो जस्तो छ।
 
Posted on 06-06-08 2:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bangur ko masu lai boil garne hola ani  sabai nun, khursani , masala ani oil rakhera  sadhne  hola. 


 
Posted on 06-06-08 2:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेत्रे पहिला छोइला होइन। छोयला भनी भूल सुधार  निकाल्नुस्। 


कि जिम्माल लाई थाहा छ, बङुर को छोयला बनाउने रेसिपी ( त्यसइ बङुर जस्तो मोटाएको हो त्यो जिम्माले) ।

कि त मेरो गृह मन्त्रिलाई थाहा छ। अब गृह मन्त्री मन्त्रालय मा ब्यस्त भएकी ले भरे अड्डा छुट्ने बित्तिकै संपर्क गरे उचित सल्लाह मुफ्त उपलब्ध गराइने छ।


 
Posted on 06-06-08 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा

हमको लरकि धोका दियो-

पैसा वेसा कागज वागज सबके सब बन्दोबस्त करेछ
उसको अम्रिका लियाउनेको हमि सब इन्तजाम करेछ
भन्यो सुसरि अम्रिकामे आउनेको बादमा शादि करने
मदनवाके हड्डि हँस्यो काहे को अब देरि करने

नवाँ अपारटमैन्टमे गियो दु सालके पेपर कियो
फर्निचर और किचनके सारे बन्दोबस्त हमि कियो
यार दोस्तोँको खबर कर्यो भन्यो हम्रो दिन आएछ
एक्ले एक्ले बस्ने हमि हमने भि लरकि पाएछ

दोस्त लोग यो बात सुन्यो भन्यो मदनवा पारटि कर
हम भि पैसा बहुते लुटायो जब लरकि छ त कैसन डर
लरकि आवने टेम जति नजदिग आवनेको लग्यो
एक हफ्तेमा हमि दु बार ऐइरपोरट जाने पैरेक्टिस कियो
बाल काट्यो, जिम गियो, जगिंङ वगिंङ सब कियो
खैनि गुट्का सब छोर्यो, वैक्सिङ थ्रेडिङ भि हमि कियो

एक रोज सला इमेल आयो लरकि भन्छे पिरोब्लम भयो
दुसरे अस्टेटसे सला एक्टा लरका नेपाल गियो
माइ बाप सब भन्छ रे उसको उहि लरका संग शादि कर
अम्रिका जाने तेरो किस्मत वहिँको लरका काहेको डर
भन्छ सुसरि माफ करिदेउ हमि उसके टाइप के छेन
एकबार शादि कर्ने भन्दैमा कर्ने पर्ने जुरुरि छेन
हमको दियो हमरे सारे हेल्पके खातिर धनवाद्
जान्कि मन्दिरमे शादि रचायो हम्रो लाइफ बरबाद्

जे राम जि कि।


 
Posted on 06-06-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मदनवा

उ जो छ काम वाममे टेन्सन भइलियो हुजुर।
एक्टा दादिमा आइलिनुभयो र भन्नुभयो हम्रो सुन्त्लीको बिमारि भएछ। सोधेँ के भइलिएछ त भन्नुहुन्छ अगारि राखेको खानेकुरा खाँदेन, उठेर बस्देन खालि सुतेको सुते छ। हमि सोध्यो और के के लक्षन छ भनेर त भन्नु हुन्छ, जल्दि घइरको हिन त रस्तामा बताउँछु। त हमि गियो दादिमाके संग, त रस्तामा सोध्यो हमि और के के हुन्छ भनेर। भन्नुहुन्छ, पहले भि यस्तो भएथियो त दुसरा डक्टर इन्जेक्सनवा लगाएको बादमा ठिक भयो। हमि सोचेँ के भएछ भनेर फिर से सोधेँ घइर पुग्ने टेममा, दुध वुध खिलाउनु भएछ भनेर? त दादिमा बुह्रि भन्छ सुन्तलीलाई थोडै दुध खिलाउने हो सला सुन्तली जो छ ५ रोज से दुध दिए छेन। हम्रो दिमागके भेजा आउट भइलियो, कैसन बात कर्छ बुह्रि मान्छे भनेर। जब घइरको पुग्यो तब् हमि थाहा पायो हुजुर दादीमा भैँसवाके नाम सुन्त्ली रखेछ। खेँ... खेँ ...खेँ....


 
Posted on 06-06-08 3:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बसन्ती रेला नगरन। मेरो भोली एउटा पट्लक मा बङुरको छोइला लिएर जानु पर्नेछ। इज्जतका सबाल है।

छोइला नभएर छोयला पढ्नु होला।
धन्यवाद ठुल्दाइ, धन्य भयो हजुरको भाई, तारेमाम

Last edited: 06-Jun-08 03:03 PM

 
Posted on 06-06-08 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल अन्तरे दाई,
मदन्बा को अनेक मध्ये मलाई मन परेको चाँही यही कबिता हो, बरु मदनबा कता गयो? च्याङ्बा ले छप्कायो कि मैचाङ् को मायामा लट्ठ छ
Last edited: 06-Jun-08 03:17 PM

 
Posted on 06-06-08 3:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

माष्टरनी नानिको स्टाइलमा बोल्ने तरिका। :)

१) कुनै वाक्य लिने। उदाहरण: " भर्खर भात खाएँ तै पनि पेट खालि छ के भएको होला यस्तो?"
२) माथिको वाक्यलाई पहिला ३ भागमा विभाजन गर्ने। " भर्खर भात खाएँ", "तै पनि पेट खालि छ" " के भएको होला यस्तो"।
३) सबैभन्दा पहिलो वाक्यमा 'किम' थप्ने र 'के रे' थप्ने। "भर्खर भात खाएकिम के रे"
४) दोश्रो वाक्यलाई कसैलाई सोधेको जस्तो लवजमा भन्ने तर आफैँले भनेको जस्तो "भन्चु र" थप्ने। "तै पनि पेट किन खालि छ भन्चु र"
५)तेश्रो वाक्यलाई ब्राकेट भित्र राख्ने र 'मर्ने' 'मार्ने' तथा 'भाग्ने' कुरा थप्ने साथै :) चिन्ह राख्ने।
" (" के भएको होला यस्तो, मर्ने भएँ, म भागेँ। :) ") अथवा ("के भएको होला यस्तो, मार्ने भई मान्विले, म भागेँ। :) )
६) अन्त्यमा सबै वाक्य मिलाउने।
"भर्खर भात खाएकिम के रे,तै पनि पेट किन खालि छ भन्चु र (के भएको होला यस्तो, म भागेँ। मार्ने भई मान्विले:)"

सप्पै चिट चोर्‍या है मैले परिक्षा नियन्त्रक तथा चिट चोरी अनुसन्धान आयोग को अध्यक्ष ठुल्दाई संग सिकेर।


 
Posted on 06-06-08 3:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तेश्रो एक्स्ट्रा क्रेडिटको उत्तर हुबहु मिलाएर सान्नानि सापकोटाले खातामा अर्को १ अंक थपेकी छिन्। उसले प्राप्त गरेको हालसम्मको अंक ‍= २

यसैगरि, बसन्ति बाँसकोटाले ३ वटा खालि ठाउँ मध्ये एउटा मिलाएर खाता खोल्दै ०.३३ (शून्य दशमलव तीन तीन) अंक प्राप्त गरेकि छिन्।

रिठाराम रायमाझीले पनि एउटा खालि ठाउँ मिलाएर ०.३३ (शून्य दशमलव तीन तीन) अंक प्राप्त गरेका छन्। उनले प्राप्त गरेको हालसम्मको अंक = १.३३

 

चौथो एक्स्ट्रा क्रेडिट को प्रश्न......ढ्यानट्यार्यान.......

यो भनाई कसको हो?

""अब त्यो बादले गोरु पनि पैले त राम्रै थियो के रे। अलि अलि ठ्याँ ठ्याँ गरेपनि दुइ चार
बर्ख त राम्रै जोतेको थियो। अब दादा जीले ढुँगामा हलो अड्काउँदै, बादले गोरुलाई पड्काउँदै
अर्नु भो के रे। अनि बिच्किएर जुवा भाँचेर हिनेको त हो नि। अब त्यो सिरेको खरबारी हुँदै
धोबादीको जँगल तिर पसेको त हो नि। नेपे दाजीले काउरोको घाँस देखाम्दै ल्या'र फेरि नार्न
खोज्नु भा'छ के रे। हेरम् कत्तिको सक्नुहुँदो रे'छ।

घ्यान्ध्रे त राँगो पो त। साउनको राँगो के बाँध्नु भनेर छोडे के रे। अब सबैलाई चाइनी भ'र
अलेली बालि खाँदा पनि कसैले खासै चासो राखेका थिएनन्। अहिले त अनमत्त भ'र घरैमा
सिँगेरि खेलेर भत्काउन खोज्नी, मुन्छे देख्यो कि बाह्र हात परबाट झम्टिदै हान्न आउनि गर्न
लायो के रे। गाउँमा सबै त्राहिमाम् त्राहिमाम् छन्। राँगो हनाहा भए'सि फेरि सपर्न औधिनै गारो
हुन्छ के रे। कि सुरु मै नाक साँक छेडेर राखे मात्र हो। अब त जुलुम भैसक्यो।


अब पहाडाँ बारी पनि साना साना फोगटा् / सुर्का हुनि भ'र राँओले त्यति जोत्दैनन् के रे।
ठुलो राँओले जोत्दा साना सुर्काँ हल फर्काउनै नमिल्नी के। अब कि सबै मिलेर यसलाई मधेस
तिर लखेट्नु पर्यो के रे। मधेस तिर त जस्ता राँओलाई नि दाम्छन् के रे। कि भने छ्याक्क
पारेर म:म: बनाउनु परो।"""""


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 45 46 47 48 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
nrn citizenship
emergency donation needed
ढ्याउ गर्दा दसैँको खसी गनाउच
मन भित्र को पत्रै पत्र!
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters