[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 181075 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 02-13-07 7:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जोखीम कसरि मोल्नु नजीकै हुंदा पनि ?
आफ्नै टाउको माथी तारो जो राखिन्छ!
 
Posted on 02-13-07 8:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि हैन भन्ने सम्बन्ध प्रगाढ हुनु पर्छ
तोड्न नत्र बिचैमा सन्देश किन फेरिन्छ ?

I guess this needs to be simplified a bit. But, man, it hit me where it hurts. Made me really sentimental for a while.
 
Posted on 02-13-07 9:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepe

Originally I had

केहि हैन भन्ने सम्बन्ध प्रगाढ हुनु पर्छ,
बिचैमा नत्र सन्देशका अक्षर किन फेरिन्छ ?

यो शेरले सन्देशका अक्षरहरु बिचैमा लुटेर सम्बन्ध बिगारि दिने भन्ने कुरा प्रष्ट नपारे जस्तो लागेर त्यो लेखेको हुं ! यहि थिममा अरु स्पष्ट पार्ने कोशीस गरुंला गुरु !
 
Posted on 02-14-07 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

साह्रै राम्रा शेरहरु गईराख्या रहेछन् शिरिष गुरुका!

"केहि हैन भन्ने सम्बन्ध" - यो प्रयोग गज्जबको लाग्यो।
 
Posted on 02-14-07 10:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

केहि नबोले पनि गुरुहरुको चर्चा सुनिरहेको छु है यो धागोमा! :)
 
Posted on 02-21-07 7:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यति हलुका भएं सासले उडाउन थाल्छन् !
आफ्नै ढुकढुकीले रात ब्यूझाउन थाल्छन् !

यस्सो सन्चो पार्ने औषधी लाउन थाल्यो,
घाउ नभएका ठाउँ चह-याउन थाल्छन् !

वाहन-सुखको अनुभवमा मग्न हुँदा,
निर्धारित गति र गन्तव्य हराउन थाल्छन् !

अपराधको पक्षमा यति दक्ष वकालत !
प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् !

म बिरुद्द उत्रेका सैतान नष्ट होलान् र ?
एकको टाउको काटे दस पलाउन थाल्छन् !
 
Posted on 03-04-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !

निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !

फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !
 
Posted on 03-04-07 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अति मनपरेका केही शेहरु।

यति हलुका भएं सासले उडाउन थाल्छन् !
आफ्नै ढुकढुकीले रात ब्यूझाउन थाल्छन् !

यस्सो सन्चो पार्ने औषधी लाउन थाल्यो,
घाउ नभएका ठाउँ चह-याउन थाल्छन् !

अपराधको पक्षमा यति दक्ष वकालत !
प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् !

तर पनि सबै दामी छन गुरु।

अनि पछिल्लो गजलको ३टै़ शेरहरु घाघडान छ प्रभो !

फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं ! Great !!!

गुरुको शालिक ठड्याएर एकलब्य बनुँ जस्तो भो मलाई त !
 
Posted on 03-04-07 11:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गुरुको शालिक ठड्याएर एकलब्य बनुँ जस्तो भो मलाई त !
 
Posted on 03-05-07 12:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं

Salam cha tapai lai.....Shirish, Rahulvai,birkhe_maila,Nepe and gautam B....Tapai haru saga ta ek choti bhenta man lagyo malai ta......
 
Posted on 03-06-07 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

You are funny Bhaute. Achel Salik Dhalya Dhalyai chan.

Thank You Rahul vai and राछस
 
Posted on 03-06-07 12:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नविन विम्बहरु, ईमान्दार समयबोध, कालजयी टिपोट, सरसता र बौद्धिकता !

शिरीषका गजलहरु निश्चय पनि मार्गदर्शक हुन्, गजलका विद्यार्थी र आम पाठकहरु समेतका लागि । नेपाली साहित्यले एउटा सुयोग्य साधक भेट्टाएको छ ।

अरु प्रशंसकहरु जस्तै म पनि नतमस्तक छु ।
 
Posted on 03-06-07 3:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा नयां शेर टास्न भनेर आ'को त मेरो त नाक कहां राखुं भा'छ ! encouragementko कदर जरुर गर्दछु !


खीयालाई श्रृंगार भन्नै पर्ने बाध्यता सिर्जें
म पूर्जा भईकन यन्त्रको अफाप चिताएं !
 
Posted on 03-07-07 8:37 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिहान बिहान कम्यूटर रेलमा एउटीले ओठ टोकेको देख्दा फुरेको !
भोली के गर्दी रहेछ हेर्नु पर्ला !


ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले खाली हाम्रो भबिष्यको बार्तालाप चिताएं !



So here it goes:

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !

निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !

फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !

थली= plain elevated land
 
Posted on 03-07-07 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले खाली हाम्रो भबिष्यको बार्तालाप चिताएं !


Manne hai maile tapai lai sirish ji....umer ta malai tapai ko thaa bhayeen tara tapai ko lekhen chai 1000 barsa tapaysa garer payeko bardan jasto cha.........yesari nai lekhi rahanus......
 
Posted on 03-09-07 1:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !

निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !

फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !

सपना कजाउन कति निदाई मात्र रहुं ?
जगाउने आबाज उन्को पदचाप चिताएं !


Thank You "as a writer" jee for your kind words.
You can see the development on this and previous thread.
I think, if I can do this much, any body can do. Its just matter of persistence.

You won't beleive the amount of time it takes to produce this much. Write and rewrite and rewrite.
 
Posted on 03-09-07 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !


शिरीष गुरु!

सरस्वती नै बसेको बेलामा फुरेको जस्तो छ प्रभु!
अति अति नै गजब!!!!

एक पटक फेरि गुन्गुनाएँ-

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !


क्या बात!!
 
Posted on 03-09-07 2:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उन्का सम्झनाका थलीमा धराप चिताएं !
मेरा याद अल्झी रहोस् भन्ने पाप चिताएं !

निक्कै नजीकै साथ बितायौ यो बरफ कुद्दै
हेलमेल बढ्यो र अंगालोको ताप चिताएं !

फैलिन सकिने सम्भाबना देखें मिलनमा
घाम भन्दा पारी धरातलको नाप चिताएं !

ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला
मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं !

सपना कजाउन कति निदाई मात्र रहुं ?
जगाउने आबाज उन्को पदचाप चिताएं !


If there can be an orgasm (Borrowed from Shankar Lamichhane's preface to "Shirish Ko Phool") of reading poetry, then I got one from reading the above. So totally satiated. Salute, poet !

Nepe
 
Posted on 03-10-07 8:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nepe गुरु

यो तपाईकै देन हो है ! मार्ग दर्शक !



अरु शूभेच्छुकहरु जो "यो भएन, त्यो भएन" भनेर कमेन्ट गर्नेहरु पनि यो प्रक्रियाका सहभागीहरु हुन् !

जे होस् हौसला बढ्दै गएको छ !
 
Posted on 03-10-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कन्फेसन:

कर्द चम्कदै जाँदा एउटा पाप चिताएँ
खिया लुकाउन खुकुरीको दाप चिताएँ

हा हा हा !
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
Lets play Antakshari...........
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
is Rato Bangala school cheating?
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
H1B fraud
nrn citizenship
इन्दिरा जोशीको चिन्ता लौच
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
श्राद्द
सेक्सी कविता - पार्ट २
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
ChatSansar.com Naya Nepal Chat
Why always Miss Nepal winner is Newari??
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters