[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 243246 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-21-07 11:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरु तिम्ले सानानी लाई देखेको चौ?
व्हेर इज सानानी एन आर्ना छोरी?
 
Posted on 08-21-07 11:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि केइ भा छैन, आजकल सान बुढाले सजिलो गर्द्याछन्, लेख्ने फुर्सद छैन भने जिम्दै छु भनेर सबैलाइ बताउन सकियोस भनेर पुन्टे दाइको पहेलो फेसहरु राख्द्या छन्, कैले :p गर्‍यो, कैले :D, अनि कैले रिसायो कैले आँखा घुमायो!
 
Posted on 08-21-07 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँचेभाइ,
.... परिवर्तन किन सप्पैलाई एती धेरै चाँसो? कि सप्पलाई परिवरतित देखे मेरो बुहारीहरुको खात्लIग्ने भओ भनुम कि क्या हो ?

 
Posted on 08-21-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-07 11:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी, था' पाइराखम भनेर नि!

ठुल्नानी
 
Posted on 08-21-07 11:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गाँचेभाइ,

लौ मैले त्यो परिवर्तन हजुरमा पनि देखे भन्दिए भने नि
 
Posted on 08-21-07 11:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तिरूले मलाइ पित्रे जिजुहजुर्बा रे? लौ न म जस्तो फूच्चेलाइ जिजुहजुर्बा भन्ने?

ग्वाँचे जन्तरे बाजे, मेरो घुँडा दुखेको निको भो, फुटबल खेल्ने हो?

अस्ति अपलोड नभा'को मेरो दौरा सुरूवाल लाएको फूटू आज टाँस्नु परो। मलाइ जिजुहजुर्बा, काका भन्नेहरूलाइ गतिलो जवाफ! यो फुटु दुइ बर्ष अघि मात्रा खिचिएको हो!

 
Posted on 08-21-07 11:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याऽऽऽ! अझै बनाएका छैनन् यो फोटू अपलोड गर्ने समस्या सान बराजूले!
 
Posted on 08-21-07 11:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खुचिङ् पर्यो चित्रे पित्रे जिजुहजुर्बा लाइ बिक्रम्सम्बत् १९०३ मा खिचेको fotu राखेने laai ikhikhikhikhi
 
Posted on 08-21-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठूली मोरी!
के हुनु र, ठीकै छ मेरो त।तिम्ले १००० डलर हारेकोमा दु:ख लाग्यो।
अब तिम्रो बिहे कुन पैसोले गर्ने ?

गाम का जम्मै बाजे, बजै लाइ पैताला देखिकै नमस्ते छ है।

 
Posted on 08-21-07 11:40 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो मर्दि, मादि, मोदि कत्कता हुन् लौ भनम थाह हुनेले। आफुले हिन्या बाटो सप्पै बिर्सेछ।

सिक्लेस र ताङतिङ बिचको खोलो कुन हो?
ल्वाङघलेल् र घलेखर्क बिचको खोलो कुन हो?
घाचोक् जाँदा उकालो लाग्नु अघिको खोलो कुन हो?
घान्द्रुक र लान्द्रुक बिचको खोलो कुन हो?
बेशिंशहराट भुजुङ उकालो लाग्नु अघिको खोलो कुन हो?
 
Posted on 08-21-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-21-07 11:45 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्छे मैले पैसा हर्यो भनेर दु:ख लागेको भए त्यो $१००० तिम्ले Refund गर्देउ न त तिम्रो भलो हुन्त्यो।
 
Posted on 08-21-07 11:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ढ्याssऊssss!!!!ढ्याssऊssss!!!!
खानु खाइयो गाँठे!
ठुलि सुपारी छ???



बेशै छ भन्नु परो ग्वाँचे!
खै अन्तरे अगेर सपै खोला नाउँ सउँजना थो, भुसुक्कै भैएछ नारन अइले त!

लौ कति हल्ला भैसकेछ!
हन ए गाम्लेओ एउडो कुरो नि, यो हाउँरो चौतारिमा तितौरी नै आउनु पर्ने रेछ हिसाबले सललल चौतारिमा कुरा बढ्नलाई!
 
Posted on 08-21-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hajurba maile halla garyaa chhaina hai mo ta chupa lagera kura sundaichhi

thulanai, arna school jana thali re ki ani sannanai ali busy bhai re, tei bhe'ra yata aauna napaa ki re, timlaai ra malai chai big hug arulaai raam raam salaam bhandinu bhanyaa chhe :P
 
Posted on 08-21-07 12:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो ठुलि जुवाडे, $१००० हारिदिने। त्यसले त आफ्नो बर्ष भरिको गर्जो टर्छ।
टायरा भगवती, कस्तो गार्हो हजुरको दर्शन पाउन।
 
Posted on 08-21-07 12:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हरे तित्तौलु, तिमिले हल्ला गरेउ भन्या होइन बा! तिमि आएसि सपै मजाले गफ गर्न ससर्किन्छन भनेओ नि। हे हे हे हाउरि नातिनी नहुँदा सुन्ने हुन्छ गाँठे चौतारी। सधैँ नातिनी सानि रहिरहन्न पछि ठुलि भएर पराइको घर गएसि क्यार्नि होला नारन!

अन्तरेले कुरो ल्याओ ल्याम्न चाइँ, हेरि तो भन्दा अलि सजिलो र नाम थाहा पाउन सजिलो खोलाहरु संघ सम्बन्धित प्रश्नहरु-

१) हेटौँडा कुन नदिको किनारमा छ?
२)दमौलीमा कुन खोलाको पुल हो जुन तरेर पोखरा गइन्छ?
३)धरान बाट धनकुटा जाँदा बाटोमा एउटा ठुलो नदिको पुल आउँछ भन्नुहोस त्यो नदिको नाम के हो?
४)सबैजना काठमान्डु बाट पिकनिक जाने गल्छिमा त्रिशूलीमा कुन खोला मिसिएको छ?
५)काकषभिट्टालाई भारतको पानिट्याङ्कि संग छुट्ट्याउने खोलाको नाम के हो?

सहि उत्तर दिनेलाई त्रिशूलीको एक सिल असला माछा पुरस्कार!

 
Posted on 08-21-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ म बर्बाद हुने भएँ, तो ठुलीलाई देको १००० डल्लर सप्पै जुवामा हारेको रे। खत्तम भो!

आज चौतारी किन दौडिराछ भन्या त टायरा भगवति प्रकट हुनुभा रच र पो... दर्शन गरें है।

चौतारीका सम्पूर्ण गन्यमान्य देखी भुसुनाहरु सम्म सप्पैलाइ जदौ!
 
Posted on 08-21-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

३)धरान बाट धनकुटा जाँदा बाटोमा एउटा ठुलो नदिको पुल आउँछ भन्नुहोस त्यो नदिको नाम के हो?

-तमोर नदी
 
Posted on 08-21-07 12:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ हरितालिके भान्जो!

लु ठुलिलाई अहिले देखुन नै त्यस्तो खर्च गर्ने बानि लाउन भएन नि भान्जो


श्री रिट्ठे ले तमोर नदी मिलाएर एक अंक प्राप्त गर्नु भएको छ। बधाइ छ!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters