बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~चौतारी १६४ ~

[Please view other pages to see the rest of the postings. Total posts: 351]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

http://sajha.com/sajha/chat/smileys/m-tongue.gif
[VIEWED 171458 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 11-11-09 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 ~चौतारी १६४~







कलिजुगको बेलैमा ,जोशमा हुन्न होश
 उनकै छोरी तरुनी, हामिलाई केको दोस!
आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! 
 


यो चौतारीको डिलबाट सुटुक्क पारीपट्टि चिहाउँदा...आहा! कस्तो मनै आनन्दित तुल्याऊने दृष्य!!त्यो पाखा, त्यो बारी, त्यो पाठशाला, त्यो पसल, त्यो गैह्रो, त्यो लाँकुरी.... कठै त्यो मेरो गाउँ!!





हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो 
शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो



Meet the world's finest school  teachers, unbeatable students, mischievous  senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers,alxoholics
,
workoholics,home-makers, pretty damsels, fierce contenders, homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest  internet  IMPROV in Nepali language)




Running since 7 Sept 2005 in a total of 164 editions.
 
Last edited: 11-Nov-09 09:44 AM

 
Posted on 11-19-09 2:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठ्या स्टाइलमा दोस्रो राउण्डको जदौका साथमा तारेमाम।


दीपिका नि आएकी राइछन्त आज !  बिस्टे र पुरे तेल पेलाईमा? पेलुम पेलुम, देशमा तेलको भाउ वढेको छ रे, नाफा नै होला।


थर परिवर्तन गर्ने बारे


चिप्लेको गोत्र थर् परिवर्तन गर्न मनाशिव देखिएकोले प्रस्ताव गरेको छु । निज चिप्लेकान्त चापागाइंले नेपाल भ्रमण पश्चात देशको कुनै भागको शेष नरहने गरी सुन्दर र सुन्दरी फोटोहरु खिची प्रदर्शन गर्ने काम गर्नुका साथै मुग्लान भाँसी सके पछी पनि अनेक औतारिहरुको फोटो टाँस कार्यमा निरन्तर लागि परेकोले नेपालको पौराणिक बर्णविन्यास सिद्धान्त अनुसार निज 
चिप्लेकान्त चापागाइं बाट चिप्ले चित्रकारमा ससम्मान थर् परिवर्तन गर्नु पर्ने देखिन्छ ।


 
Posted on 11-19-09 3:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अपरान्हको जदौ सहितको घोर अब्जेक्सन:


मेरो नेपाल यात्रा १२ जिल्लामा मात्रै सीमित रहेको, जसमा उपत्यकाका ३ सहित गन्तब्य जिल्लाको संख्या ७ रहेको, ४ जिल्ला ट्रान्जिट अर्थात खानपिन तथा शौचालयका साथै लोकमार्ग (राजमार्ग शब्द क्रमश: बिस्थापित हुँदैछ) जामका कारण टेकेको, अनि १ जिल्लाको भूमि समेत् नटेकेको तथ्य पहिले नै उल्लेख गरिसकेको थिएँ।  अत: फोटो खिच्ने कार्य ती जिल्लाहरुमा मात्रै सम्भव भएको हुँदा "देशको कुनै भागको शेष नरहने गरी सुन्दर र सुन्दरी फोटोहरु" खिचेको भन्ने कुरा सरासर निराधार र भ्रामक भएको जानकारी गराउँदछु।  साथै, बुरुशलाई रङमा चोपेर क्यानभासमा कोरेर चित्र बनाएको नभै भ्यु फाइन्डरद्वारा द्रिष्य कब्जा गरी, बटन थिची मेमोरी कार्डमा उतारेको, अनि यु एस् बि तारले क्यामरालाई कम्प्युटरसँग जोडी कम्प्युटरमा फोटो सारेको र ती मध्ये केहीलाई चौतारीमा पोस्ट गरेको हुँदा चिलिमको उन्मादमा ठुल्दाइले मेरो थर् चित्रकारमा फेर्न राख्नुभएको प्रस्तावलाई पूर्ण रुपमा अस्वीकार गर्दछु। 

Last edited: 19-Nov-09 03:48 PM


 
Posted on 11-19-09 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"चिप्ले चित्रकारमा ससम्मान थर् परिवर्तन"


लोल ठुल्दाइ लोल


"चिलिमको उन्मादमा ठुल्दाइ"

लोल चिप्ले लोल


 
Posted on 11-19-09 3:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम परिवर्तन त सुनेको थिए उहिले उहिले ! हाउरो चिप्ले को त थरै परिवर्तन लु खास्त !


ठुल्दाइ चिलिम को उन्माद मा? यो कान ले के के सुन्नु पर्या ए लौ न रक्षे गर मेरो कान को


 
Posted on 11-19-09 4:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्लेको थर परीवर्तन वारे सुचना:


हालै चौतारीकै वरिष्ट  औतारी, श्री राहुलभाई रायमाझि द्वारा दिईएको 'चिप्लेको थर फेरिपाउँ, नयाँ थरमा उसको पोस्ट हेरिपाउँ, तारेमाम्' भन्ने निवेदनलाई ध्यानमा राखि चौतारी मन्त्रीपरीषद्ले थर फेर्ने निर्णय गर्न खोज्दा खोज्दै, उनै चिप्ले टुप्लुक्क देखा परेर पहिलेकै थर राखिपाउँ भन्दै, चिलिम तानिरहेका राहुलभाई रायमाझीकै फोटो टाँसिदिएकोले मन्त्रीपरीषद् निम्न कुराहरु गर्न बाध्य भएको छ-


१) थर चित्रकार राख्न खोज्दा चिप्लेको फोटोसहितको झटारो फेरिने डर।


२) थर पहिलेकै कायम राख्दा राहुलभाई रायमाझिलेको चिलिमे गोदाई भेटिने डर।


३) कुनै पनि थर नराख्दा चिप्लेको नामोनिशान मेटिने डर।


त्यसैले निम्न थरहरुमा चौतारीका औतारीहरुको जसको भोट बढि हुन्छ त्यहि थर कायम गर्ने निर्णय चौतारी मन्त्रीपरीषद्ले गरेको छ।


प्रस्तावित थरहरु निम्नानुसार छन्-


१) चिपलकान्त चरिनङ्ग्रे


२)चिपलनाथ चप्पलघोटे


३)चिपलविक्रम चापलुसे


४)चिपलचंखे च्याङ्ग्राखोरे


५)चिपलनन्दन च्यापच्यापे


६)चिपलकाँडे चुराफुटाल


७)चिपलगाले च्वापच्वापे


 


धन्यवाद्


चौतारी मन्त्रीपरीषद्


 
Posted on 11-19-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल जिम्माल बा लोल ।
लोल चिप्ले सर लोल 


उहिले उहिले काठमाडौमा फोटो खिच्ने काम केवल चित्रकार थरकाले मात्र गर्थे । अहिले पनि धेरै चित्रकारहरुको पेशा चित्रकोर्ने लगायत फोटो खिच्ने छदैछ । जस्तो गोर्खापत्रका वरिष्ठ् फोटो ग्राफर गोपाल चित्रकार, नेपाल टेलिभिजनका वरिष्ठ् क्यामेराम्यान किरण चित्रकार ।


आज को लागि यही बिश्रान्ती चाहन्छु , तारेमाम।


 
Posted on 11-19-09 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ळ त ठूल्दाई बिदा पाउँ आजलाई!


व्यस्तताले साँचे फेरि कुरा गरौँला!


 


 
Posted on 11-19-09 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'चिप्लेको थर फेरिपाउँ, नयाँ थरमा उसको पोस्ट हेरिपाउँ, तारेमाम्'


चिप्लु चन्द चौलागाइ कस्तो हुन्छ?


 
Posted on 11-19-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

७)चिपलगाले च्वापच्वापे


 
Posted on 11-19-09 10:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

aaja hadtaal ho ki nitishaale sick leave le ko ho kuro bujiena ho...
 
Posted on 11-19-09 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन नितिशाले यो कोठाको चाबी कता राखिछिन , खै कतै भेटिन्न त , रिठ्ठे , लहरे तिमर्लाई थाहा छ , लहरे हो क्यारे हिजो लास्टमा निस्केर जाने कता रखाएउ ए लहरे ?
 
Posted on 11-19-09 11:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ को हड्ताल कि सिक हुनु हर्के काम ले पेल्यो नि बडि थाकेर निन्द्रा पनि लागेन ल ल राखुम राखुम गीत फटा फट... 





 
Posted on 11-19-09 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Nitishaa aaichhin la , ma ta chaabi nabhetera tetikkai twaa parera bashiraa..


grrt sahrai mitho , haamro paaloko jo paryo ki kaso?


 
Posted on 11-19-09 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमाग मा निदाउनु पर्छ भनेर गीत पनि तेस्तै तेस्तै आइरहेको छ। माथि को गीत खै कुन पाला को। पाला चाँही कती देखी कती सम्मको होनी हर्के? 





 
Posted on 11-19-09 11:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो पाला भन्नाले १९८५ देखी १९९५ सम्मको क्या यो दिल भन्ने गीतको पालाको , मैले यो फिलिम जनकपुरको निलम टाकिजमा हेरेको थिए निक्कै रमाइलो भको थियो तेती बेला ।


हैन नितिशाले मलाई हर्के भनेको भन्या , मेरो नाम त हर्क होनी किन बिगारने हो सप्पैले , अनी के भन्छ नितिसा चै कुन पालाको हो ?


 
Posted on 11-19-09 11:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सब्जना हिड्या हो, लु म पनि हिंडे अब गीत मुझे निध न आए भन्दै सुत्नु पर्ला है त गूड् नाइट।
 
Posted on 11-19-09 11:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम बिग्रेको मा युनिकोड को दोश।  हर्क (यो चाँही कपि पेस्ट)लेखन खोज्दा हर्के भाईदिन्छ। मेरो पाला खै कुन कुन......??? पुरानो देखी नयाँ सप्पै सिनेमा हेर्न भ्याएको छु ...  जस्तै यो तल को गीत हरु.... आँफै निडए गर्नु 







 
Last edited: 19-Nov-09 11:50 PM

 
Posted on 11-20-09 8:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रणाम भन्न आ म त, ठुल्दाइले फेरी नदेख्ला भनेर बोल्ड गर्या छु। अनी ठुलो अक्षरमा लेख्या छु है

ल आउँदै गरेका सब्बैलाई झ्याम्मै प्रणाम गरेछु


 
Posted on 11-20-09 8:36 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु!
शुक्रबारे झक्कास जदौ।


पुरे तारेमाम,



अब गोलभेडा जत्रो अक्षर पनि नदेख्नु त ? अस्ती पो हामो ( तील) जत्रो अक्षर ।


लौ ल्याब छ, १२ बजे सम्म प्याक छ । रमाइलो गर्दै गर्नु ।


 
Posted on 11-20-09 8:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुरे लाई  मेरो प्रणाम छ है ..........
अरु आउने हरुलाई पनि तारेमाम

शुक्रबार पर्‍यो क्यारे ........ अब कहिले ५ बज्ला र माहिली कहाँ जाउँला भनेर कुर्दै बसेको छु क्यारे ।

 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
Do nepalese really need TPS?
TPS Re-registration case still pending ..
Drawback for applying NRN card
Breathe in. Breathe out.
nrn citizenship
Democrats are so sure Trump will win
ढ्याउ गर्दा दसैँको खसी गनाउच
My facebook archive (for sale)
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters