[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~ चौतारी - १०२ ~~

[Please view other pages to see the rest of the postings. Total posts: 581]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 172670 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 02-22-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत
-- चौतारी -१०२--
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १०२ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 




'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'



**********************************************************************

लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के दाइ, Cheli - चेली Norton - नेत्रे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 





Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running since 7 Sept 2005 in a total of 102 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.




*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा
*ईश्वरजीको ब्लग
दौंतरी

नेपेदाइको गजल ठूलीको लागि
 
न जी भर के देखा न कुछ बात की
बडी आरजु थी मुलाकात कि
 
जब नई खर्क मे थे तो फिक्र तक न की
जब दूरी है तो आदाब हि आदाब, ठुलु क्या है

 

 



चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!


 
Last edited: 24-Feb-08 11:03 AM

 
Posted on 02-25-08 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


lu sathiharu ma ghar tira lage hai taaaaaaaaaaa. see ya guysssssssss

 
Posted on 02-25-08 2:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुली नै हिंडे पछी, चौतारी को के काम, चिसो  घाम जस्तै।
 
Posted on 02-25-08 4:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज किन चौतारीमा कोही गाम्ले देख्दिन। ठुलिले तरकारी बेचिसके जस्तो छ। कार्यबाहक जिम्माल पनि सम्धी (ओर्जिनल जिम्मालको) नै नभए पछि तमाखु खोज्दै रिठ्ठाबोटे तिर लागे जस्तो छ। ठुल्दाइ पनि आजकाल मास्टर भा भन्ने सुनेथें, मिस को सट्टामा पढाउन तेही बुमिला डांडाको प्राथमिक तिर लागेछन कि के हो। दिप ज्यु आए भनेर मख्ख परेको, फेरी बाटामा को तरुनी देखेछन कि कुन्नी, तेतै हराए। लहरे बौचा बेलुकाको गिती कार्यक्रम्लाई मोटर ब्याट्री चार्ज गर्न देउराली बजार तिर लागेछ कि कुन्नी। हर्क सोल्टी हिजो देखी सुर्ती कि सुर्ती भनेर मरिरा थे, आज लेर आछु म, खै कता लागेउ, तो गोतामे का तिर लागेका होलान बलवान खैनी खोज्दै, भोटेकुकुरले टोकेपछी थाहा पाउला। जिम्मालकी कान्छी नातिनी हाम्री चेली पनि देख्दिन, तो २ रुप्पेले सुन्तला चक्लेट किनिरहेकी होलिन, उता नेपेदाइको पसलामा, केटाकेटिलाई कति गुलियो खानु पर्ने, दांत सबै झर्ने भए किराले खार। चित्रे पनि आज्कल कता मरेको हो, तो छोटि हुलाकमा कहिले डाक आऊला भनेर कुरी रा होला, केटी त  डाक बाट आउँदैनन भाई, हटियातिर लाग्नु पर्छ, अंखा तेर्स्याउदै। एही चौतारीमै कुरी रा भएनी कोही बटुवा आउंथेकी।

लु म नि एक्लै कति गन गन गर्नु, हिंडे दांदे लगाउन, फिलुंगे छरेको छु, नत्र अहिले सबै धुक्कुरले खाइदिन्छन।  

Last edited: 25-Feb-08 04:13 PM

 
Posted on 02-25-08 4:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

maile Chocalate kinya kura kasari tha payau Suntale???? dui rupya ko hoina, char ana ko ho "Orange ball". Ani mero daat kire le ni khadaina, lal danta manjan le daat molchhu ni ma.
 
Posted on 02-25-08 4:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर केटाकेटी भर काकाहरु ले भनेको सुन्नु छैन। 
के हो तो लाल दंत मन्जन भनेको।
दतिउनले माझेपो बलियो हुन्थो। पोइसा पनि जोगिने, न बुरुस किन्न परोस, न तो केजाती मन्जन। आजकालका केटाकेटिलाई के के चाहिने के के। फेरी तो टि.भी. हो कि सिभिले सब केटाकेटिलाई बिगारेर। पर्दैन हेर्नु टि.भी सिभी अबदेखी,
 
Posted on 02-25-08 4:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ऐया थाकियो उफ्फ.........
सुन्तले मार्साब के छ हो?
आज को जागिर पनि खाइसकियो, अब उकालो लाग्ने बेला हुन लाग्यो


 
Posted on 02-25-08 4:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

suntale kaka ta kasto lobhi bai!! Burush kinna ni lobh manne!!! TV ni kindinuparchha bhanera hola ni hernu pardaina bhanya!! herchhu k ma ta!!
 
Posted on 02-25-08 4:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रेठ्ठे पाट, हियाँ केही छैन हो त्यस्तो। हाम्रो त जागिर भन्न नि नमिल्ने, काम दलिएको दलियै, बर्बाद छ।

लु हेर यो जिम्माल कि नातिनी। बुढाले नातिनिहरुलाई फुर्क्याएर सब बिग्री सके यिनिहरु। एसो कतै जानु परो, केही गर्नु परो पोइसा दिदै हिद्छन, अनी हाम्लाई के टेर्थे यि भतिजिहरु। अझै लोभि काका रे।  


 
Posted on 02-25-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ चौतारी !

 हाउँरी थुल्ननी त के हो यस्तो, हँ ?  बबालै गएको रे'छ आज त आज।

दिनभरी साह्रै हल्ला खल्ला र रमाइलो भएछ । आफ्नो त छुटेछ सप्पै।

लु अब गिताञ्जली हेर्न आउनु पर्ला।


 
Posted on 02-25-08 4:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dinuhunchha ta ani hamro hajurba le!! hajurlai dinu bha chhina bhanera lobh lagya ho ki kya ho???? hamro hajurba lai aauna ta dinus na hajurama liyera, maile sabai bhandinachhu bhane ta k !!

 
Posted on 02-25-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

BHAUTE DAJU HERNUS NA,   yo suntale lai pitidinus na!!

 
Posted on 02-25-08 4:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिस्नु पानी ले हान्नु पर्छ अनी सुध्रिन्छ,
 
Posted on 02-25-08 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के भने हँ ? यि सुन्तले बुढाले हाम्रो चेलीलाई।

हाम्रो चेलीको चित्त दुखाउनेको दाँत-साँत झार्दिन्छु भनेको, बुढाको त एउटा नि दाँत रहेनछ।

यस्तै हो चेली, चित्त नदुखाउनु। गोरु बुढो भो भने भिर खोज्छ, मान्छे बुढो भो भने निउ खोज्छ। बुढाहरुका झिना मसिना कुरालाई एउटा कानले सुन्ने, अर्को कानले उडाउने गर्न पर्छ बाबै।


 
Posted on 02-25-08 5:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु हेर, यो भौते पनि केटाकेटिका कुरामा लागेर मेरै पछी लागेछ। झन केटा केटी लाई मत्याउनु हुँदैन भनेको त। लु जे गर्नु छ टिमेरु नै गर। पछि बहिनी बिग्री भनेर मलाई भन्न न-आऊनु। 
 
Posted on 02-25-08 6:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी सुन्तलेले त मलाई साह्रै हेपे बाइ !!! हुँदा हुँदा भउतेदाजुलाई नि गाली गर्ने . लहरेले सिस्नुपानी ले हाने पछि ठिक्क पर्छ !!! हाम्रो हजुरबा, हजुरआमा लेर नेपालबाट आउनुहुन्छ अनि म पोल सुनाइदिन्छु  अनि हजुरबा-हजुरआमा मिलेर पिट्नु हुन्छ सुन्तलेलाई
Last edited: 25-Feb-08 06:20 PM

 
Posted on 02-25-08 6:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


cheli naani dhanna namaana aaba ekchhin pachhi haami sabai mili mitho mitho geet sunnu

parchha ani sabai thik hunchha..

 
Posted on 02-25-08 6:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भउते, सुन्तले, चेली नानी र हर्के काका आ'र हल्ल खल्ल गर्‍या र'चन। बरु का.वा. जिम्माल खै? थुल्ननीसंग सुपारी माग्दै गर्‍या देखाथें त दिउंसो?

अनि चेली नानीले बल्ल बल्ल नेपालीआँ लेख्न थाल्या बेलाँ हर्के काका चैं किन अल्छि गर्‍या? हलुवामा बालुवा हुन्च के।

 


 
Posted on 02-25-08 7:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपालीमा लेख्न पा बेलाँ त आफ्नु प्यारो नेपाली मैं लेख्थे नि अन्तरे दाइ !  हाम्रो इस्कुलमा नेपाली युनिकोड जडान गरेकोछैन के गर्नु त!!! ल अब छोटो व्यापारिक विश्रामपछि शुरु हुनजाँदैछ हामी सबैको प्रिय कार्यक्रम - गीतान्जली ...


 
Posted on 02-25-08 7:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 02-25-08 7:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो आझ चेलीले खाता खोलिछिन, लौ लौ अरुनी जावोश, कान थापेर बशिन्छ अब।
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
शीर्षक जे पनि हुन सक्छ।
What are your first memories of when Nepal Television Began?
Sajha Poll: नेपालका सबैभन्दा आकर्षक महिला को हुन्?
ChatSansar.com Naya Nepal Chat
is Rato Bangala school cheating?
NRN card pros and cons?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
TPS Re-registration
अमेरिकामा छोरा हराएको सूचना
ओच्छ्यान मुत्ने समस्या ( confession )
susta manasthiti lai ke bhanchan english ma?
Returning to Nepal with us citizenship. Property ownership
Do nepalese really need TPS?
डलराँ कमाएर ने .रु मा उडांउदा !@#
Breathe in. Breathe out.
Drawback for applying NRN card
nrn citizenship
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters