[Show all top banners]

Pretty
Replies to this thread:

More by Pretty
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी ३१ **

[Please view other pages to see the rest of the postings. Total posts: 387]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
[VIEWED 103392 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 20 pages, View Last 20 replies.
Posted on 11-15-06 11:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!!चौतारी!!!

सम्पूर्ण चौतारीका गाम्लेहरू तथा शुभचिन्तकहरूलाई न्यानो अभिवादन

उकाली-ओराली, हिउँद-गृष्म, दशैं-तिहार गर्दै, हाँस्दै-खेल्दै, ठट्टा गर्दै चौतारी तीसौं भागमा आईपुग्दा नयाँ पुराना गाउँलेहरू तथा शुभचिन्तकहरूको न्यानो माया, सद्भाव र शुभेच्छा पाएर द्रुत गतिमा प्रगतिपथमा लम्कँदै गइरहेको छ। चौतारीको निरन्तरता साझा मैं एक अभूतपूर्व कीर्तिमान हो भन्नु अत्युक्ति नहोला। नेपाली जनजिब्रोलाई माया गर्ने, नेपालीपनमा रमाउने र एकअर्का प्रति बन्धुत्त्व, सद्भाव एवं मेलमिलापको दृष्टीले हेर्ने सबै नेपालीका लागि चौतारी एकताको अनुपम नमूना हो। चौतारीमा पाल्नुहुने गाम्लेहरूको प्रयोग गर्ने नाम र चौतारीको नाम प्रथम पृष्ठमा राख्ने जमर्को गरेको छु। अरू पनि थुप्रै गाम्लेहरू हुनुहुन्छ जस्का चौतारीको नाम जुरेको छैन, तिनका नाम अन्त्यमा राखेको छु। साथै हालसम्म चूपचाप रमाईलो मानी चौतारी पढिदिनेसाथीहरूलाइ पनि यसमा भाग लिई चौतारीको रौनक बढाईदिनुहुन अनुरोध गर्दछु।
Nepe – नेपे दाजी, Birkhe_Maila – जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेद, Kick – काका, GautamB. – गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute – भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – आइते, जंगे, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me – मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मु्न्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्यासे - च्यासे पिकरेली, काने, मुखियाबा सुर्जे, नयाघरे, पहालवान, याङ्गे, नटे, लन्लि, समिर, बेमानि ,आशे, परदेशी, पानपाते ,हर्के, बिनोदे , याक्कु, राधा, हिते ,नारने, झाक्री,पिरो मरिच,परबर् ,राते ,कटरिना, रामे, माने, हिमाल, आदी......





ल अब दिप ज्योको कवितासँगै चौतारी शुरू गरौं।
कतै घामको राप छ
कैले कामको चाप छ
सुस्ताउँदा बतास बोलाउछ
आफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ


मनमा अपरीचित छाप छ
कल्पनामा कसैको बास छ
अपरीचित लाइ चिनाउँछ
उस्लाइ पनि बोलाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कतै अतितको सन्ताप छ
कतै ओइलाको साहास छ
पात पातमा यस्को मल्हम छ
उत्साह्को गीत सधै गुन्गुनाउँछ
मेरो साथी यै चौतारी बनेको छ

कैले जाडोको त्रास छ
कैले न्यानोको आस छ
सिरक बनेर बस्छ
घामलाइ ब्यानै देखि बोलाउँछ
अफ्नो भन्नु आफ्नै हो
मेरो साथी यै चौतारी बनेको छ




 
Posted on 11-19-06 5:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार् कुम्लेजि,सन्चै ?

म त चौतारियाँ भाषन् जस्तो सुने माथि बाख्रा हेर्न गा' ठम् बाट को रे'छ् भन्या त
<यति भन्दै मेरो दुइ शब्द यहि टुङ्याउछु, धन्यवाद! > ...भनि सके'छि चिने लौ कुम्ले पो रे'छ,अनि मैले नि तालि बजाइ दि लौ जा ।:D
 
Posted on 11-19-06 7:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वर-पीपलका पातहरु,
मङसिरको चिसो हावामा सुसेल्दा सुसेल्दै
मधुर आवाज मेरो कानको बाटो दौडिरहदा रहदै
मेरा आखा एकटक
कखरा पढ्न बिर्सेर
अगाडिको पर्दामा बसिरहेछन्
दिन बित्दैछ, रात बित्दैछ
थाहै नपाइ म अल्झिएछु
चौतारीमा चौतारीमा नाटक हेर्दा हेर्दै

बस, अब पुग्यो आजलाइ।
 
Posted on 11-19-06 7:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आज खेत मा दाइ हालेर आएको निकै थकान भएको छ। म त कन्छि को भत्ति तिर कोदो को झोल् खान् गये हो गाम्ले हो
 
Posted on 11-19-06 9:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यतातिर त सोमबारे भुत लागिसक्यो साथी हो। अउरिकातिर भख्खर डिनर र बियर खानी बेला भा' होला!!!
 
Posted on 11-19-06 10:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ सपैलाई!
 
Posted on 11-19-06 10:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गाले मेरो ठामा त आइतबार बियार खान पाइन्न , अम्रिका भे नि सारै कडा पो छ त ।
 
Posted on 11-19-06 10:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ नमे र गालउ?
आजकल गोताएँ कता हराएछन्?
 
Posted on 11-19-06 10:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कथा पढेँ यामे!
खै पुरस्कार दिन खोज्दा सान्नानी रहिनछिन्, अब भोलि दिनु पर्ला!

यो बिचमा ठिटा ठिटिले बोलेओ कुरो केई बुझे मार्दिनु! यो निशे आए देखुन तेस्तो मिठो बात मार्ने तितौरी, कुम्ले र हुँदा हुँदा बार बर्खमा एउपटक आम्ने नेप्चे नि बरालिएछ!
घोर कलिजुल लाओ झैँ मानिछु मुइँले।
हरिशरणम्!
 
Posted on 11-19-06 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते है सप्पैलै
यो यामे ले कस्तो अन्याय गरे'चन बरै । त्यो के जाति मिसले मलै जा चौतारियाँ ग'र सप्पैको हाल चाल बुझेर आउ भुनेर पो त म शुभ आको नि। कम से कम दुइटैको मिला'र यउडो पुरस्कार ता हात लाग्न पर्च नि । केइ नि छैन बरै :(
(रुदै सुक्क सुक्क ......)

:(:(
 
Posted on 11-19-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल बा र मेरो अनलाइन् हुने टाइम सधै एकैचोटि पर्दो रहेछ, के हो आठे, जिम्माल बा पनि म जस्त्तै राति नसुत्ने लाटोकोसेरो त होइन? अनि कुन मुलुका हो र अहिले?

नमस्ते है सप्पैलै

झिल्के दाइ
 
Posted on 11-19-06 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालजी एकदम ठीक छ! यता झरीले गर्दा मनमा पनि बादल लाइरा'छ।

आइतबार बियर खान नपाइने कस्तो ठाम हो नमे दाइ त्यस्तो? अम्रिकातिरा' बियर त पानी जस्तै पो लाग्यो हो मलाई त! पो'र साल त्यता आउदाखेरि खा'को, १ पर्सेन्ट पनि नहुनी र'च खास्साको रउसीको मात्रा त! यतातिर त दिनदिनै जति खाएर मरे पनि क्यै गर्दैनन्। त्यही भ'र हो कि हाम्रा गोताएँजी हिजा'ज चौतारीबाट हरा'छन्। कतै स्टेसन तिर लडेर त बस्या छैनन्?

सुभजीको मनको पीडा त मैले नि बुझ्या छु। तर, क्यार्नु?? चित्रेले त्यस्तै नातीजा निकाल्दियो क्यारे!!! तर मिस भ'र स्कूलको पुरस्कार हात थाप्न पनि त असजिलै हो नि! हैन र?
यो जंगे उर्फ आइते पनि कता पुगेछ? यस्तै पोस्टहरु पढ्दैन अनि कता'ड हाम्रो सुभजीलाई चिनोस् त!

स्यौली पलाइ'च,
नरुनू शुभ जी, सुख कल्लाई छ?


:D :)
 
Posted on 11-19-06 11:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भन्दा भन्दै म भन्दा २-४ सेकेन्ड अगाडि आइपुगेच जंगे नि!!! आयु लामो रे'च।
 
Posted on 11-19-06 11:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नाम लिया सैतान हाजिर भन्या येहि हो, होइन त गाले? अनि यति राति नसुतेर के गरि राख्या त?
 
Posted on 11-19-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

झिल्के, म नि अमेरिखर्क तिरै छु। यस्तै हो क्यार्नु यतिबेला अलि फुर्सत हुन्छ। पुरस्कार पाइन्छ झिल्के चिन्ता नअर।
उता अर्को धागोमा स्याउँजाओ कुरा अरेको देखेको थेँ तिम्ले। स्याउँजा काँ थिम को परेऊ हँ?

गालउ, खै नमेको इस्टेटाँ तेस्तो होला। गोडा एक दुएक इस्टेट म नि पुगेओ थेँ आइतबार ब्योर किन्न नपाम्ने मा त , तर खानै नपाम्ने इस्टेट चाईब थाहा भ'न :)
 
Posted on 11-19-06 11:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा -- हाजिर जो भयौ त ब्रो!

तिमार्को तिर पो राति छ त! आफूले त भख्खर लन्च खाइयो। त्यही पनि नियमित समय भन्दा ढिलो।
सुत्नीबेला चैं अबको ८-१० घन्टा'सि हुन्च।
 
Posted on 11-19-06 11:21 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच!
सुड्डाहरुको बबाल जमघट रैछ नि हौ।
खोक्नु खोकिराको फेरि सबैले।
ल ल LLCCMG
 
Posted on 11-19-06 11:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए गालउ
हन हाम्रो गोताएँ कता हराए हँ?
 
Posted on 11-19-06 11:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्मालजी! खै, गोताएँ कता लागे कता! टोयोटा गाडी बनाउने ठाम थिम बस्चन क्यारे! कतै ड्राइभिङ् हिंडे कि! अथवा हिजा' ह्याङ्ओभरले सताइरा' होला।
 
Posted on 11-19-06 11:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हन के भन्छ यो निशे?

ओहो टोयोटाको मुख्य फ्याउटरि निर?
हा हा हा हिजा' हाङग्ओभर रे। तो केजाति बेन्तो खाँदै होलान् :)
 
Posted on 11-20-06 1:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिर्खे बूढा आएछन्, गालउसंग मिलेर मलाई सरापेछन् र पसारिएछन्! हैन यी बूढाको के बिगार्देको र'छु र मैले हँ?
***********************

गाम्लेका कुरा, लाग्नी छुरा! सब एक से एक छन्! हँसाए खुब!
यो निशान्ते बज्जे आएर पुनि रमाईलै भो। बरु मिष्टे हरा'को धेरै भ'थ्यो। कसैले देख्या थे कि मिष्टेलाई?
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
ढ्याउ गर्दा दसैँको खसी गनाउच
जाडो, बा र म……
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters