[Show all top banners]

shirish
Replies to this thread:

More by shirish
What people are reading
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 A Sher A Day: Part II: Ghazal talk

[Please view other pages to see the rest of the postings. Total posts: 527]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
[VIEWED 179866 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 27 pages, View Last 20 replies.
Posted on 11-19-05 7:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am going to continue this trend as it proved to be pretty productive for me.

Thanks for every one who supported with positive suggestions and active participation.

Here is the link for previous discussions:

http://www.sajha.com/sajha/html/openThread.cfm?forum=2&ThreadID=22595

Lets make it more fun.

To begin with, here is one UNDER CONSTRUCTION

मुट्ठी भरकालाई देशै लुटाएर दङ्गा-दङ्गी बनाईदै छ !
छाती भन्दा उठेका करोडौं करङ्गलाई सारङ्गी बनाईदै छ !

(पाखा लगाई फूल्ने गुरांसलाई, नफुल्ने पलांस सिङ्गारिदै छ)
OR
मरेको बाघको छाला ओढ्नेबाट ह्वास्स गन्ध आयो ब्वांसोको,
चोरेर डाँफेको प्वांखहरु, कागलाई नौरङ्गी बनाईदै छ !

बन्दूक, बिल्ला, बुटको भरमा, कानूनलाई हुकुमले काट्दै छ
मन, मष्तिष्क जित्न नसक्दा, शासनको रुप जङ्गी बनाईदै छ !

कस्को मोह नहोला? आशक्त को नहोला सुख:-समृद्दीको ?
तर गरिबीलाई दुर्भाग्य जबरजस्ति सङ्गी बनाईदै छ !

प्रजाले दिनहुँ लाउने पोशाकमा प्वालका प्रकार अनेक,
कहिले कांहि लाइने मुकुट भने, रङ्गी-चङ्गी बनाईदै छ !

 
Posted on 01-04-07 2:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलामे छुरिले के छोएथ्यो र मन,उनको बोलिले चिरा परेछ हजुर
नम्बरि अजम्बरी भनी सम्हालि राखें,तिनै हिरामा कीरा परेछ हजुर
बेदना आँसु कति पिएं कति, बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर
बनाएथें प्रेमको मन्दिर् पनि, थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर
 
Posted on 01-04-07 2:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

फलामे छुरिले के छोएथ्यो र मन,
उनको बोलिले चिरा परेछ हजुर !

नम्बरि अजम्बरी भनी सम्हालि राखें,
तिनै हिरामा कीरा परेछ हजुर !

बेदना आँसु कति पिएं कति,
बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर !

बनाएथें प्रेमको मन्दिर् पनि,
थाहै नदिई त्यसमा धमिरा परेछहजुर !

Why don't you try to edit with the same feelings? Its good.

नम्बरि अजम्बरी भनी सम्हालि राखें,
तिनै हिरामा कीरा परेछ हजुर ! Wow
 
Posted on 01-04-07 2:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नै ढुकढुकीले उठाउन थाल्यो !

शिरिष गुरु, साह्रै गजव छ, यो लाइन त। जति सोँच्यो उति घत पर्ने ल !

राहुलदाइ, साह्रै राम्रो। तर सानो गुनासो,

बेदना आँसु कति पिएं कति,
बिषै पिउंछु भन्दा नि मदिरा परेछ हजुर !

लाई झट्ट पढ्दा साह्रै मीठो लाग्यो, समष्टीमा अर्थ बुझ्न गाह्रो भयो है मलाई। बिष र मदिरामा धेरै कन्ट्र्यास्ट नदेखेर हो कि मैले। जाओस प्रभो जाओस, सारै मज्जा आइराख्या छ पढ्नलाई।

:-)
-भउते
 
Posted on 01-04-07 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष जी, भउते जी, अब यसो गरे कसो होला ? छांट कांट गरेको छु, सुझावको प्रतिक्षा मा ।


धारिलो छुरिले के छुन्थ्यो र मेरो मन,
उनको बोलिले चिरा परेछ हजुर !

नम्बरि अजम्बरी भनी सम्हालि राखें,
तिनै हिरामा कीरा परेछ हजुर !

बेदना आँसु कति पिएं कति,
तिर्खाएको पानीमा मदिरा तैरिएछ हजुर !

बनाएथें प्रेमको मन्दिर् पनि,
थाहै नदिई त्यसमा धमिरा पसेछ हजुर !
 
Posted on 01-04-07 8:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahulvai

I would get rid of the last sher- it does not sound great. I think there is no new perspective with that. Just my thought.

and modify the first one.

Plus the "radif" has gone bad.
 
Posted on 01-04-07 8:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

> आफ्नै ढुकढुकीले उठाउन थाल्यो !

आँफे घुरेको आवाजले आँफै उठेको रेकर्ड त मेरो पनि छ गुरु.
 
Posted on 01-04-07 9:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Wah wah wah ! aafulai lekhnai aaudaina k garnu hajooor...tali matra bajaune ho....pheri wah wah dami dami dherai dami chaa...
 
Posted on 01-09-07 11:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शैतान बिरुद्द शैतान, यूद्द मचाउन थाल्छ
एउटा टाउको छिनायो, दस पलाउन थाल्छ !
 
Posted on 01-15-07 9:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिमागमा बल्ल-बल्ल फुरेका भावलाई शब्दमा त उतारियो, कता राखौं कता राखौं भईरा'थ्यो, सोचें शिरिष गुरुको यो धागोमै बेश होला। अधूरो छ, राम्रो छैन, गुरुहरुबाट गाली र सुझावको आशा राखेको छु।



मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना
 
Posted on 01-15-07 9:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा वा~!!!! लेख्ने भन्या यस्तो । रिसानि माफ है, मैले नि थपिदिएं एक् शेर। हुन त यस्तो दुस्साहस् गर्नु नहुने हो।

प्रेम को नयाँ घर हो सालौं देखि सजाएको सपनाको
आज हिम्मत नहारी लेखे मेरो नाम मा तिम्रो ठेगाना
 
Posted on 01-16-07 12:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Activism matters. Exaggeration helps. Bargaining is life. However, there is no match for integrity- for it's righteousness as well as for it's rarity.

And integrity is what Gautam's poetry seems careful not to compromise.

When the audience is euphoric, it's so easy and also tempting to say the sweetest thing they want to hear. Any poet would have easily read out the sweetest words written in the letter he has yet to open. It is only Gautam's integrity that does not let the audience confuse the mailing address with the letter. It is only Gautam's integrity that does not underestimate the mailing address and the possibilities it carries.

I salute you, Gautam sir, for such a bona-fide picture of the day and the hope you inspire.

Nepe

मैले धेरै लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना
 
Posted on 01-16-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतम जी !
साह्रै मीठो गजल लेख्नु भो ! सरल शब्द संयोजन, गहन अर्थ। साह्रै मन पर्यो।
 
Posted on 01-16-07 10:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे गुरु, भउते गुरु,प्रोत्साहनका शब्दहरुका लागि।
नेपे गुरु, तपाईँको यति धेरै प्रशंशाले मलाई एकदम अप्ठेरो लागिरहेछ, लाज लागिरहेछ। डराई-डराई टाँसेको थिएँ, धरोधर्म!

खासमा, अलिकति ब्यस्तता र अलिकति आलस्यले गर्दा लेखन अघि नबढेको बेला दिमागमा केहि भाव उब्जेका थिए र यस्तो लेखेको थिएँ,

कि गलत कोरियो तिम्रो ठेगाना!?
न साँच्चै फेरियो तिम्रो ठेगाना!?

दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा
कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना!

आगतसम्म तन्किने फाँट भएन
बिगतमै बेरियो तिम्रो ठेगाना


यी हरफहरुले टन्नै निराशाका भाव बोकेका देखिन्छन्। मेरो वर्तमान जीवन र मनस्थितिमा निराशा अलिकति पनि छैन। अनि अर्कोतिर मेरो देशको आँगनमा अत्यन्त आशावादी समय आएको छ। यो गजलले म आफैप्रति र मेरो समयप्रति अलिकति पनि न्याय दिन सक्दैन जस्तो लागेर १८० डिग्रीमा घुमाएर माथिको अधूरो टुक्रो गुरुहरुका सामुन्ने राखेको हुँ।

नियम पूरा गर्न बडो कटिन हुन्छ मलाई! पहिलेदेखिनै अलि नियमहीन भएर लेखेर होला, त्यस्तै बानी लागेछ।

माथिकैलाई अलि-अलि काँटछाँट गर्नुप-यो।




वर्षौं मैले लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

रोईरहें धेरैबेर छातीमा टाँसी
दाग मैले मेटें, खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना
 
Posted on 01-16-07 11:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

वा वा गौतम गुरु, वा वा वा!!!!!!!!!!!!!!
सुनारको सय चोट लौहारको एक चोट भनेको यही हो । युगान्तकारी रचनाहरु हर याम फुल्दैनन । गौतम् जी ठेगना फुलेको छ यो उजाड् याम् मा।
 
Posted on 01-16-07 11:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद राहुल गुरु!

तर फेरि लाज लाग्यो, जिस्काएजस्तो लाग्यो!
 
Posted on 01-16-07 11:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

होइन गुरु, एक शिकारु लेखक ली जिस्काएर आफ्नो खुट्टामा आफ् बन्चरो हान्दैन गुरु । राम्रो लाइ राम्रो भन्नै पर्छ, मेरो धर्म हो मेरो कर्म हो ।
 
Posted on 01-17-07 12:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गौतमजी,
Hypocritical दृढ आस्था र ढाँटेको महाआशावादितामा भन्दा truthful क्षिण आशावादितामा धेरै प्रेरणा हुन्छ । त्यसैले तपाईले चिन्तै गर्नु पर्दैनथ्यो । मलाई पछिल्लो मन परेकै हो तर पुरानो (original version) ले बेग्लै र बढी मीठो पीडा दियो ।

Nepe
 
Posted on 01-17-07 12:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद नेपे गुरु! तर मलाई भने पुरानोचाहिँ किन-किन, कता-कता म भन्दा पर भएजस्तो लाग्यो। तर जे होस्, समय मिलाएर दुबैलाई परिमार्जन गर्नुपर्ला।

पुरानोको टाउकोमा "केरियो" हुनुपर्ने, कोरियो लेखेछु।


कि गलत केरियो तिम्रो ठेगाना!?
न साँच्चै फेरियो तिम्रो ठेगाना!?

दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा
कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना!

आगतसम्म तन्किने फाँट भएन
बिगतमै बेरियो तिम्रो ठेगाना!


मिल्छ कि मिल्दैन कुन्नि, "केरियो" लाई "लेखियो" को अर्थमा राखेको हो।
 
Posted on 01-17-07 6:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

gautam jee

Nice ones. It's nice to experiment.

I am having conflict between whether to keep कि or not. Please suggest.

पानीमा ब्यापार गर्ने उपाए भेटायौ कि ?
डुङ्गामा प्वाल पार्ने उद्योग खोलायौ कि ?

सबै छाताका पातो छैन कतै न कतै
त्यहि टालोले आफ्नो कोट सिलायौ कि ?

OR

पानीमा ब्यापार गर्ने उपाए भेटायौ !
डुङ्गामा प्वाल पार्ने उद्योग खोलायौ !

पूराना छाताका पातो छैन कतै न कतै
त्यहि टालोले आफ्नो नया कोट सिलायौ !
 
Posted on 01-17-07 7:23 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

शिरिष गुरु, धन्यबाद!

"कि" नराखेको मन प-यो मलाई त!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
if you are in USA illegally and ask for asylum it is legal
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Travelling to Nepal - TPS AP- PASSPORT
Why are democrats allowing hundreds of thousands of illegal immigrants across the border
Poonam pandey - death or suicide?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters