Birkhe_Maila
Replies to this thread:

More by Birkhe_Maila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -~चौतारी~-

[Please view other pages to see the rest of the postings. Total posts: 346]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Keywords associated with this thread

thuldai chautari sajha nepali recipe
[VIEWED 181351 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 18 pages, View Last 20 replies.
Posted on 10-21-09 11:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



चौतारी १६१






उडिजाने कालो बादल होssss
उडिजाने कालो बादल पानी पर्छ झमझम
नाचन मेरी मारुनि आँगनैमा छमछम

आउनुहोस सधैँझैँ यसपाली पनि नयाँ चौतारीमा थकाई मारौँ मायापिरती साटौँ, हाँसो ठट्टाले यो दुईदिने जीवनलाई उल्लासमय बनाउँ! मिठो मिठो खाउँ र खुसि रहौँ! यसपालीको चौतारीमा नेपाली परिकारहरु पस्कौँ!

 

सबैले केहि न केहि सबैलाई खुँवाउँ, स्वाद बाँडौँ खुसि बाडौँ नाच्ने गाऊने गरौँ र जीवनमा फुर्ति भरौ!


हेर्दामा खाउँ खाउँ चौँरीको छुर्पी खाँदामा चाम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो

शेर्पीनी दिदीले हाँसेको हेर कतिमा राम्रो ल्हास्सो ल्हास्सो ल्हास्सो


Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens,
wildest , vacationing revolutionaries, rethinking moderates, instant
dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics,
workoholics, home-makers, pretty damsels, fierce contenders,
homelanders,

 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 161 editions.
Last edited: 21-Oct-09 11:07 AM
Last edited: 21-Oct-09 11:09 AM

 
Posted on 10-27-09 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम ठुल्दाइ, पुरे, रिट्ठे, हरि, ब्रान्डी अनी चिप्ले


के हुँदैछ त


चिया सिया भइसकेको हो त - छैन होला है


खाने मन छ कि नाइ


छ भने छ भन्नु पर्‍यो - छैन भने हात उठाउनु पर्‍यो


ल अब जस जसलाई छ - उनिहरुले चिया ल्याउदा मलाई पनि एक कप चिया ल्याउन नबिर्सउ - गन्नु भाई ले कल्याण गर्ने छ


चिप्ले मार्ट्साब के छ - कहिले फर्केको - कस्तो रह्यो त नेपाल बसाइ - के के गरियो - के के खाइयो - कता कता घुमियो


किन घुमियो -- कसरी घुमियो - यी सबै कुरा हरु राखेर एउटा विवरण तयार पारेर प्रस्तुत गर्नुस् त ल ।।।।।


अनी ब्रान्डी पनि आइछे त है - ल ब्रान्डी ले कपेर पेस्टे को हुनाले - ब्रान्डी लाई हुसु दन्ड दिइन्छ - सो दन्ड अनुसार आजको चिया नास्ता को


ब्यवस्ता गर्नुपेर्ने हुन्छ - ल आग्या को पालना होस ब्रान्डी बुख्याँचा 


 
Posted on 10-27-09 9:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम बौचा


यो बौचा त चौतारी मा आएदेखी बेलुका नगये सम्म उसको मुख मा चिया मात्र झुन्डिएको हुन्छ ! च्या वाला को छोरी सँग बे गर अनी तिमीलाई टन्न च्या ख्वाउछे ! ब्यान उठेर नि च्या ले नै कुल्ला गर्ने गरी


 
Posted on 10-27-09 9:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 तारेमाम ब्राण्डी, चिप्ले सर, लहरे


चिया पिउन न पाएको मज्जा ले जिउन न पाएको एक युग भैसक्यो ।



चिप्ले सर को नेपाल यात्रा ब्रितान्त सुन्न पाम। कर्ण फुस फुस पनि पाम।
 


 
Posted on 10-27-09 9:49 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपैलाई जदौ! हरितालिके नि मुन्टेछ आज त।


ठुल्दाई हन के हो? हिजो काखमा मर्न पा हुन्तो भन्नुभो, आज ब्यान आउन नपाम्दै झरि परे पनि परी झरिनन् भन्नुहुन्छ त गाँठे! नाईँ नाई एउटा कुरो नि।


 
Posted on 10-27-09 9:54 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम गाम्लेहरु !
मंगलबारे गन्नुमय जदौ


 


चिप्ले ब्रो वेलकम ब्याक , ठुल्दाइ बरु उसको काख मा सुत्नु मर्नु चाँही किन नी ?? मैले नी बिर्खे बा ले जस्तै द्या नी कुरै कुरो मा 


 


लौअरु औतारी लाई प्रणाम


 
Posted on 10-27-09 9:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम जिम्बाल


ठुल्दाइ लाई अरु केही भा हैन कार्त्तिक लागेको मात्रै हो - अरु त मलाई थाहा भएन


 


 
Posted on 10-27-09 9:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कहाँ बाट टुप्लुक्क झरेछ बैरे लेख्दा लेख्दै


अब बैरे लाई पनि तारेमाम है -


रिया को बैरे को के हालखबर छ नि


 
Posted on 10-27-09 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मंगलवारे नमस्कार !! रित्थे को कुरा साह्रै चित्त बुझ्यो मलाई !!!


"यो बौचा त चौतारी मा आएदेखी बेलुका नगये सम्म उसको मुख मा चिया मात्र झुन्डिएको हुन्छ ! च्या वाला को छोरी सँग बे गर अनी तिमीलाई टन्न च्या ख्वाउछे ! ब्यान उठेर नि च्या ले नै कुल्ला गर्ने गरी "


बिहान उठेर चियाले नै दात मल्ने अनी चिया को shower लिने लोल लोल !!!


 
Posted on 10-27-09 10:06 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

<<च्या वाला को छोरी सँग बे गर अनी तिमीलाई टन्न च्या ख्वाउछे >>
<<बिहान उठेर चियाले नै दात मल्ने अनी चिया को shower>>


लोल लोल महा लोल , अहीले भने घच्ची को दियो Brandy  ले


 


 
Posted on 10-27-09 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

म बुडोलाई नि एउडा कुरा प्याच्च भन्न मुन लाओ। लहरेको हेरि ब्या अर्ने उमेर नि भा छ, बज्जेलाई च्या नि चाइर'ने। बरु कप्तान केटि ब्या अर आनन्द हुन्छ। बुझे बुझ नबुझे एकछिन पछि अर्को पोस्टोमा लेखेर बुझाम्ला!


 
Posted on 10-27-09 10:15 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुझेन जिम्बाल
 
Posted on 10-27-09 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिट्ठे सर, फिर्ती सवारी होइबक्सिएँ। गाथमा चाँही क्रमश: केही आराम हुँदै गएको अवगत गराइबक्सन्छु।


ओहो बाउचा, प्रश्नावली त लामै भयो, तैपनि संक्षेपमा भन्दा:


चिप्ले मार्ट्साब के छ - कहिले फर्केको - कस्तो रह्यो त नेपाल बसाइ - के के गरियो - के के खाइयो - कता कता घुमियो


ठीकै छ, शुक्रबार साँझ फर्केको, बसाइ उत्तम रह्यो। १७ बर्षपछि नेपालमा दसैं र तिहार मनाइयो। त्यस बाहेक भेटघाट घुमफिर आदि गरियो। खानेकुराको हकमा मासुमा राँगोदेखि कुखुरा, तरकारीमा बरेला देखि तीतेकरेला, फलफूलमा अम्बा देखि स्याउ, बियरमा कार्ल्स्बर्ग देखि टुबर्ग, दहीमा ND देखि जुजुधौ आदि खाइयो।  घुम्न चाँही ४ अञ्चल १२ जिल्ला पुगियो। बाँकी १० अञ्चल र ६३ जिल्ला चाँही अर्को चोटिलाइ भनेर बाँकी राखियो। बाउचाको घरतिर पनि गएको थिएँ, बाँदरहरु त थुप्रै नै देखियो।


किन घुमियो -- कसरी घुमियो


घुम्न त आफ्नो शोख नै हो, त्यसैले घुमियो। अधिकांश घुमाइ सार्वजनिक यातायात प्रयोग गरेर नै भयो।


ठुल्दाइ, तारेमाम। फुसफुस हानम्ला नि।
आज त छिमेकी बिर्खे बुढाको पनि दर्शन पाइयो। यसो भेटेर रौसी र मासु खाने हैन? कि मासु चपाउन दाँत बाँकी छैनन्?
बैरे, धन्यवाद। कथाहरु केही पढ्न भ्याइया छैन अब बिस्तारै थाल्न पर्ला।
नयाँँ औतारी brandyलाई मेरो पनि स्वागतम।
नाम छुटेका अरुलाई जदौ।
 
       
 
   


   


 
Posted on 10-27-09 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओहो चिप्ले फिर्ति सवारि भएछौ त? १२ जिल्ला घुम्न भ्याएको??? बाफ रे! गजप! घुम्न त मलाई नि खुम मन लाग्थ्यो के गर्नु नेपाल गयो कि बेफुर्सतीले सताऊने।


मासु टन्न बाँकि छ तिहारको। यसपाली दशैँमा टेकेसित मिलेर खसि काट्या खसि सानो परेछ, पछि आफ्नो भाग पनि अर्को एकजनासित भाग लाऊन परेर लास्टमा आफ्नो भागमा पर्या मासु त दाँतमा अड्किएर सकियो। तिहारमा सिङ्गै घोर्ले खसि ढालियो त्यहि झोकमा। आज आम न त बेलुकिखेर, मासु लुछ्दै नेपालको कुरा सुनौँला!


लहरे 'कप्तान केटि'‍= 'कपतान केटि'='कप तान केटि'='कप तान्ने केटि'= चिया पसलमा कप तान्ने साउनि हेँख हेँख हेँख


 
Posted on 10-27-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल लोल लोल



 
Posted on 10-27-09 10:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Chiple said   >>>बाउचाको घरतिर पनि गएको थिएँ, बाँदरहरु त थुप्रै नै देखियो। <<<


अनी बाउचा लाई सोधेनन बाउचाका साथीहरुले?


 


बाउचा के यादमे ना जिएङे ना मरेंगे बरु एक बोतल कोक पो पिएङे


बाँदर र कोकाकोला:


 
Posted on 10-27-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-27-09 10:43 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हैन आज लोल दिवस हो कि क्या हो ?


ब्राण्डी को " चिया साहु कि छोरी सँग बौचा को बिहे " १००% असली लोल ।


रिट्ठे को फोटो "महा लोल "।


चिप्ले सर को बखान " झनै लोल"


बिर्खे बा को बोली 'गोली झै लोल"


बैर्‍या घोच " अय्या लोल "


 
Posted on 10-27-09 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भ्रान्तिपूर दैनिक:


नेपालमा नयाँ न्यूटन:


( संवाददाता द्वय-पोहोरमान जंगलबासि र वर्तमान वाइस्याल जि द्वारा)


काठमान्डौ, कात्तिक बत्ताईस गते। गुरुत्व, गुरुतवबल तथा गुरुत्वार्षण, र चाल सम्बन्धि सिद्धान्तका प्रतिवादक न्यूटनको सिद्धान्तलाई गलत साबित गर्दै एक युवा नेपाली बैज्ञानिकले नयाँ सिद्धान्तको जन्म दिएर देशलाई नै गौरवान्वित बनाएका छन्। वाइल्ड अर्किड एन्ड बेटर हेवन हाइयर सेकेन्डरी स्कुल (नेपालको उच्च माध्यामिक विद्धयालयको नाम हो है) का बैज्ञानिक चंखेकाजि कुँवरले एक वर्ष गहनताका साथ ११ कक्षामा फिजिक्स पढ्दा पढ्दै न्यूटनको उक्त सिद्धान्तलाई गलत सावित गरेका हुन्। उनले आफ्नो नयाँ सिद्धान्त ब्राईट फ्यूचर इन्स्टिच्यूट (नेपालको एक शैक्षिक संस्थान) र न्यू मोडल साइन्टिस्ट फोरम (नेपालमा भर्खर फिजिक्स र केमिस्ट्री र म्याथेम्याटिक्स पढ्ने युवाहरुको फोरम) मा प्रयोग गरेर देखाईसकेका छन्। नेपालमा नयाँ कुरा गर्न खोज्नेलाई दवाईने र सरकारले कुनै सहयोग नगर्ने गुनासो उनले पोखेका छन्। अमेरिकाको नासामा हुने कन्फरेन्समा जान प्लेन टिकट, भिसा र बाटो खर्च पाए उनले आफ्नो आविश्कार अन्तराष्ट्रिय फोरममा देखाऊन सक्ने कुरा बताए। उनका अनुसार न्यूटनको चाल सम्बन्धी तेश्रो नियम गलत छ। तिन स्टिक गाँजा अनवरत रुपमा तान्दै उनले न्यूटनको तेश्रो नियमलाई गलत साबित गरेका हुन्। उनले जोडका साथ गाँजाको धुवाँ फोक्सोमा भरेको तर बाहिर उडाउने बेलामा बिस्तारै उडाउन सफल भएका थिए। उनको यो एक्सनको अपोजिट तर बराबर रियाक्सन नभएको उनको दावि छ। उनको भनाई अनुसार हल्का रुपमा जम्मा तिन स्टिक गाँजा तान्दा हुने सानो एक्सनको उनलाई नै आनन्दित तुल्याऊने ठूलो रियाक्सन आउनु न्यूटनको तेश्रो नियम विपरित छ। उनका अनुसार न्यूटनले केवल स्याउ मात्र खाएको र 'न्यूटनले गाँजा खावस न स्वाद पावस' उनको थेउरीको भनाई रहने छ। यदि उनको थेउरिले अन्तराष्ट्रिय मान्यता पाएमा नेपालमा ३४००००००००००००० खर्ब मेगावाटको बिजुली उत्पादन हुने छ र यसको लागि खोला हैन केवल एउटा कुलो मात्र खने पुग्दछ। यस्ता महान नेपाली बैज्ञानीकको कुरा हामिले पहिलो पटक हाम्रो भ्रान्तिपूर दैनिकमा राख्न पाउँदा हामिलाई अत्यन्त खुसि लागेको छ।

Last edited: 27-Oct-09 11:17 AM

 
Posted on 10-27-09 11:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम चौतारी अनी चौतारी वोरी पारी पसारिएका औतारिहरु सप्पै लाई।
चिया हैन अब बरु एक थाल मासु भात बजाउन पाए चै अली फुर्ती आउथ्यो कि भन्ने छ,
हिजो देखी पेल्या पेल्यै छु तेल।
चिप्ले बोरो स्वागतम,बबाल घुमाइ र खवाइ भएछ नि त,अस्ती को हप्ता ट्रिङ्ग टिरिङ्ग गर्या सिधै आवाजपत्र मा गयो अनी अझै अैइपुग्या राइन्छौ भन्ठाने।
पुन ठुल्दाइ,पुरे,बैरे,लहरे,रिट्ठे,हरी,बद्री,चिप्ले अनी हाम्रा सौधी ज्यु लाई जदौ। 

 
Posted on 10-27-09 11:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'न्यूटनले गाँजा खावस न स्वाद पावस'


लोल सम्धी ज्यु लोल
लास्टै हसाउनु भो हो।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
Democrats are so sure Trump will win
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
I regret not marrying a girl at least for green card. do you think TPS will remain for a long time?
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters