hetterika!!
Replies to this thread:

More by hetterika!!
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ४८~~

[Please view other pages to see the rest of the postings. Total posts: 592]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE






[VIEWED 169249 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 03-08-07 7:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम
          
--चौतारी -- भाग ४८ --


चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ४८ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।


Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)


Running for 547 days (as of 03-08-07) since 7 Sept 2005 with more than 17,000 messages in a total of 47 editions.Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.


लौ बसुम यही चौतारीमा







 
Posted on 03-16-07 11:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्मै नि थुलिको बददे पनि मना'र सकाइसकेछ, केख नि खाइसकेछ, था' पत्तो भे त मरिजाम । लु थुलि ढिलो भएनि थोरै भिन्तुना, बुढि भइछ्यौ के रे, के खुशि मनाउनु आआआआ । यो गाम्लेहरु किन यत्राबिधि जेमराजको प्यारो बन्न मन परा'का होलान् खै कुन्नि ? बर्ख बर्ख दिनमा जेमराजको ढोकाआ नगीच पुइयो भनेर खुशि मना'र उत्पातै लाउछन !! बुढेशकालाआ पीर जिम्मालबालाइ सोध्नु, अनि मन लाए हाँस्नु नाच्नु, भउते जस्तै उफ्रिनु, नमनलाए चुपो लाएर बस्नु, जसो लाउछ के रे मलाइ त ।

अनि तिरु किन बुर्लुक्क उफ्र्या हो दादा सित बुझिन है मैले । नाउँ मात्तै दादा हो त्यसको ज्यान त लिखुरे छ नि, लिखुरे मान्से जिस्काउन चम्बु हुन्छ भन्ते, जिस्कायो ?

यामे काम्पाइ ------ खै सितन केहि ल्याएन? आआआ यो बिरु मात्तै त के खानु?
 
Posted on 03-16-07 11:44 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना ज्यो जे भएनी हजुर लाइ नि धन्यवाद
अनि हजुर लाइ सञ्चै ।
चित्रे जात्रामा हेर बोलाउनु थ्याँक्स् ।
 
Posted on 03-16-07 11:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खै कता भन्नु चित्रे, चाइन्जो मेलापाता कुरो नमिलेर बिलखबन्दमा परेर चौतारिआँ चियाउन नि पा हैन आफूले! खोकि को कुरो नअर, खोक्दा खोक्दा यो के जाति फोउसो निकालेर मिल्क्याम अस्तो लाउछ कइलेकाईँ त! नलि खुट्टो ले जसो तसो यो बुडो ज्यान थामेकै छ अइले सम्म त परभुको किर्पा ले!

तितौरी नि आइछिन्! कता गा'कि थियौ बा यतिका दिन? बिछट्ट न्यास्रो लाइराथो मुलाई त तिउँरो!
हन ए दादा बुडा के भनेओ हो हाउँरि तितौरीलाई?

जदौ यामे! तो तिम्ले फोटुआँ देखाओ कुरो टुपर्के रउसि हैन र भन्या? आँखोले तेति ठम्याएन गाँठे!

चतुरे काजिलाई जदौ! लु भन भन यामेले सितन नि ल्याम्छ कि? तिमेरु खाओ म बुडो तमाखु तान्दै तिमेरका बात सुनुम्ला!

हरिशरणम्!!
 
Posted on 03-16-07 12:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ है सप्पैलाई !
भावी ज्यू ! मलाई त डाउटर-सापले " भउते तिमी बुढो हुन लाग्यौ। यो उमेरमा धेरै दाँत देखाएर हे हे नगर। धेरै हे हे गर्यो भने दाँत-साँत फुकाल्दिन्छु।" भन्नुहुन्छ। त्यसैले म आजकाल हे हे गर्न छोडेको नि त। :p :p :p (मन मनै: यो भावीज्यूहरु जो पनि किन उस्तै होला। देवरलाई त देखिनसक्ने। देवरानीलाई त झन के गर्ने होलान बरै ! :p)

ठूल्नानीले "च्याईँकुटी च्याईँकुटी ---- झ्याईँ झ्याईँ" भनेको बुझिनछिन्। कहिले सुनेको भए पो। बरु " डररर डम, ढिस्युँ ढिस्युँ ढ्याम, ढुस ढुस ---- दिदी तेरा देवर दिवाना ---- ढ्वाङ ढ्वाङ-- प्वाँप प्वाँप " भनेको भए बल्ल बुज्थिन् होला। :-) :p

यस्तै छ चित्रे, मनको बह , कसैलाई नकह !

ओइ दादा, जे पायो त्यै नबोल है। तितौरी खुसी भे नि म त जो पायो त्यै लाई ज्वाईँ भन्नेवाला छैन। :p

चतुरे र जिम्माल बा ! दर्शन अरेँ। जिम्माल बा ! यो चैत-बैशाखको गर्मीमा पनि घाँटीमा किन गल्बन्दी बेरेको ?:p हउरले नलीखुट्टो को कुरो अरेको सुन्यो कि खशीको नलीखुट्टो प्रेसर-कुक्कराँ सुईईईईईईईईईईईई सुईईईईईईईईईईईईईईईईईई सिठ्ठी लगाएर तातो तातो पिरो पिरो झोल खाको सम्झना आम्छ गाँठे। कुखुराकै भे नि झोल खान मुन लाओ। :-)

:-)
-भउते
 
Posted on 03-16-07 12:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यांकु भौते ।
सबैले मलाई birthday को शुभकामना दिउ तर निस् दाइ ले मलाई शुभकमना दिनुनै भएन:(
 
Posted on 03-16-07 12:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

bhaute u r so funny. hehhehhe
 
Posted on 03-16-07 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यु वेलकम ! अहिले बल्ल मैले भनेको बुझेउ ठूली ? :D
 
Posted on 03-16-07 12:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****नलीखुट्टो प्रेसर-कुक्कराँ सुईईईईईईईईईईईई सुईईईईईईईईईईईईईईईईईई सिठ्ठी लगाएर तातो तातो पिरो पिरो झोल खाको सम्झना आम्छ गाँठे। कुखुराकै भे नि झोल खान मुन लाओ। :-) ********** re bhautedaa lai :O जिम्माल् बा को?....lau na chhi chhi thu thu.....
ए जिम्माल् हजुर्बा कति दुखेको नलि खुट्टो लिएअर हिन्नु हुन्छ त्यो हजुर् को निशे जगल्टे नाति लाइ बोकेर पुराइदे चौतारीमा भन्नु नि बरु :)
 
Posted on 03-16-07 12:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

*****नलीखुट्टो प्रेसर-कुक्कराँ सुईईईईईईईईईईईई सुईईईईईईईईईईईईईईईईईई सिठ्ठी लगाएर तातो तातो पिरो पिरो झोल खाको सम्झना आम्छ गाँठे। कुखुराकै भे नि झोल खान मुन लाओ। :O
 
Posted on 03-16-07 12:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मध्यान्न को तारेमाम्, ज्योना भबी धुन ला ? अर्थात भुजा ज्युनार भो ?
रमैला कुरा सुन्दै छु । मन मा कुरा गुन्दै छु । रमाइलो गर्, तर बुढालाइ न बिर्स् । अस्तु!
 
Posted on 03-16-07 12:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आम्बोssssssssssssss...!!

सुड्डा सुड्डि देखि लिएर नानिहरु सम्म, सोमहरु देखि लिएर च्वाँकहरु सम्म, डल्लै गाउँ भेला भएको रैछन्तनि हौ आज चौतारिमा!

मो पनि एक राउन्ड चौतारिको ट्रिप हानौँ भनेर आएको कि, आफ्नै साली ले जगल्टे भनिदियो, मेरो त कन्चट फन्कियो हौ!
आबो तित्स सालिले नै पहिला "भेनाले कपाल पालेको साह्रो ह्यान्सि देख्छ" भनेर खोक्स दिएकोले 'आर्मि कट' लाई सिकागो बुल्स क्याप ले ३ महिना छोपेर राखेपछि बल्ल 'बब मार्ले' कटमा चेन्ज गरेको थियो हौ मोइले त!

लु मो आबो क्र्यास भएको माइन्ड फ्रेस गर्न 'हिप्स डन्ट लाई' सुन्न गएँ ल! सुन्दा सुन्दा म्युजिक भिडियो नै हेर्न बबाल मन लागिदिने के फिरि, हर्रामि गित रैछन्तनि हौ!

आपुइँ बिर्सिराको फिरि-

लु सबलाई आन्द्रै देखि नमस्ते ठोकेँ ल!
 
Posted on 03-16-07 12:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा !!
कति रमाइलो भैरा र छ चौतारीमा ।

हे हे जिम्बाल बा आँखा जति कमजोर भए पनि बियर भने पछि ता चिनि हाल्ने भन्या ।

चना तर्कारी, ल सितन पनि तयार भो ।
सुरु गरम् ।

ल भौतेले भन्या त्यो---------- नलीखुट्टो प्रेसर-कुक्कराँ सुईईईईईईईईईईईई सुईईईईईईईईईईईईईईईईईई सिठ्ठी लगाएर तातो तातो पिरो पिरो झोल खाको सम्झना आम्छ गाँठे। कुखुराकै भे नि झोल खान मुन लाओ...........मलाइ पनि सार्है मुन लाओ, क्यार्ने कुखुराको मत्रै पाइन्छ ।

ठुलदाइ, हाम्रोमा त अब बेलुका को सुरसार अर्ने बेला भो ।

 
Posted on 03-16-07 12:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते सप्पैलाई,
मनि झ्याप आज । कसेरै रौसी खाइएछ । त्यो किरिकेट भन्ने डण्डीबियो हेर्दहेर्दै भसक्कै लम्पसार नपरेको झण्डै ।

मन्दिरमा बसेर पिएँ
हिउँमा लडेर पिएँ
चिप्लेर पिएँ , ठोक्केर पिएँ
प्लासटिकको पैसो घोटी घोटी पिएँ

म खत्तम !!!!!!!!!!!!!!!!!!!!!
 
Posted on 03-16-07 1:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निशे बुरो नि आएछ, के छ हालखबर? कुम्लेको केही खबर पायौ कि ब्रो ले?

औहोऽऽऽ यामेले त सब चीज ठीक्क पारेर राख्या रैछ विकेन्ड मनाउनलाइ। म नि आएँ है त गिनिसको झोल लिएर। ;)

रामचन्द्रेले नि रौसी पिउँदै किरकेट हेर्या रे? भनेपछि इउरोप गामतिरै हो ब्रो?

 
Posted on 03-16-07 1:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यामे लु लु रामरो गरिस के रे । हिजो घाम बहुला'र बसिनसक्नु भा'थ्यो झण्डै असिको खसि ढाल्या तेल्ले, आज फिरि बादल बहुलाओ, ब्यानै देखि झमझम पानी परेको परेइ । हावा नि निउ खोज्तै स्याँठ फाल्दैछ, यस्तै ताल हो भने भरेसम्ममा हिउँ नि आम्ने रे जोरी खोज्न । धम्काको धम्कै छ । अब सप्पैले निउँ खोज्ने जमानाँ यइ चौतारिआ बसिन्छ सितन र बिरु दापिन्छ, लु जा । को कोल्लाइ खान मन ला'छ, छिटो छिटो आउनि के रे, भरे भाग खोज्न पाइन्न है भन्दया छु ।
 
Posted on 03-16-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ निशभेना त्यो साकिरा हो कि साकुरि लाकुरि लाइ हेर्न मन् लाग्या भन्नु नि बरु खुब् गीत् मन्पर्या रे पख्नुस् दिदिलाइ भन्दिन्छु कुचो ले हान्न न पुगेको
हेयर् कट् त ह्यान्सि नै हो नि तर हजुर्बा को भाशा मा जगल्टे नै भन्चन् क्यारे त्यहि भ'र भन्द्या हो के जिजु किन रिसाइरा। :)

ओ यामु त्यो प्लेट् को चाइ म पनि खाने के हो त्यो? मिठो छ जस्तो छ नि।

चित्रे त सोझो भन्या उफ् मादक् पदार्थ सेवन् गर्दो रे'छ भन्या :O ..मिस् ले आएर ठिक् पार्नु हुन्छ सब् ट्वाके हरुलाइ :P
 
Posted on 03-16-07 1:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आपुईsssssssss......!
ठुल्स त रिसाएर बम भैरारैछन्तनि!
नरिसाउ न हौ ठुल्स! आबो आज त आएको नि त हौ मो!
लु ह्याप्पि बर्थ डे टु यू!
हर्रामि मनाउनु ल? आबो तिमीलाई गिफ्ट त लिएर आएन मोइले! घर बाट झ्याप हानेको
एउटा ब्रासलेट छ त्यहि दिएँ ल! :)
 
Posted on 03-16-07 1:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे, अब इउरोप भन्नु कि सकुन्तानभिया भन्नु, उस्तै उस्तै त परो । चाइन्जो घरको न घाटको ।

मलाई नि फोटो टाँसुन मन लाओ ।

 
Posted on 03-16-07 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निस् दाइ बल्ल फुर्सद भो हजुर लाउ आफ्नी ठुल्स् बुइनिलाइ सम्झन । :(
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ मोरा हरु ले यो हाम्रो चौतारी लाइ रक्सी खाने आदा पो बनाम्न लगेजस्तो छ नि ।
 
Posted on 03-16-07 1:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु लु यामेले त रउसीको सुरसार अरिसकेछन्।

भोलि बबाल पार्टी गर्ने पिलान थ्यो। त्यै भे'र नमेलाई हिजो राति पुन्टेदाइको खोरबाट खसी तानेर ल्याउ भनेर पठा'को। खोरको पडाडिको भ्वाङ बाट हात छिराएछ केटाले। अनि खुट्टा भेटेर तान्न थालेछ। खोर भित्र बाट त "ऐया ऐया" भनेर कराउन थालेछ। हैन, पुन्टेदाइको त खसी पनि बोल्दोरेछ कि के हो भन्दै अचम्म मान्दै तान्दै गरेछ। अनि त्याँसी त भित्र बाट "ए भेना बचाउ , बचाउ !!!" भन्दै कराउन थालेछ। नमे त झन अचम्म परेछ। त्यै बेला पुन्टेदाइ "कुन झ्याँक्नी हो, मेरीसालीको खुट्टा तान्नि ? " भन्दै हातमा धोबिनीको कपडा ठटाउने दाबिलो बोलेर आएछन्, अनि एक स्वाठ नमेको डडाल्नोमा बजाएछन के रे। अहिले त नमेलाई धुरीखाँबोमा नाम्लोले बाँधेर राखेका छन अरे।

हैन त्यो नमेले खसीको र जुरेलीको खुट्टा नि छुट्याउन नसकेर तानेको होला कि, ढुङ्गा खोज्दा देउता मिल्यो भन्दै तानेको होला गाँठे ! :p

"भउते डाँकाले अचाक्ली गरेर सालीलाई खोरमा लुकाउन थालेको, अर्को साईँदुवाले बाख्राको खोरमा नि छोडेन" भनेर भुनभुनाउँदै हातमा खुर्पा नचाउँदै खेत तिर गा'को देख्याथेँ, पुन्टेदाइलाई। बोलुम भने त्यै खुर्पा झटारो हान्निहुन कि भनेर डर लाओ।

त्यो नमेलाई छुटाउन कसलाई पठाउने होला खै। पुन्टेदाईले अलि कुरा खानी भनेको त्यै जिम्माल बा को हो। जिम्माल-बा लाई नै पठाउने हो कि। :-)
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
someone please tell me TPS is here to stay :(
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters