[Show all top banners]
Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136522 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-25-07 9:07 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रु, ह्यारु, ग्वाँचु, चिप्लुलाई जदौ!
ठुलु, म नि गरुम् तिमीलाई इमेल? ;-)
गालउ खोइ? आजको स्वस्थानी आउनेबेला भएन?
 
Posted on 01-25-07 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गालउ खोइ? आजको स्वस्थानी आउनेबेला भएन?

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बोरिङ्ग लाइफ
 
Posted on 01-25-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ कुम्लु,
गालउ खोइ? आजको स्वस्थानी आउनेबेला भएन?
उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ बोरिङ्ग लाइफ

ह्यारु, हिजो तिमी कुखुरा बनेको था' पा'र तिम्रो मामा बुढाले गाली गरे रे हैन ?
 
Posted on 01-25-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!! के छ?
थुली भुन्ती -- म यतै छु। तिमी के गल्दै हो? :D:D
चित्रे -- क्या मिलाइदिया यार!! भर्खर तपस्या भङ्ग भयो। :P
हरि, ग्वाँचे, कुम्ले अनि अरु ज्ञात अज्ञात सबैलाई प्रणाम!

:)

चौतारी स्वस्थानी व्रतकथा - २१
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! तहाँ उप्रान्त कुम्ले पनि श्लेशमान्तक वनबाट भागेर चिलिम तानेर पशुपतितिर लागे। आर्यघाट तरेर गौशाला चोकमा जाउन्जेलमा जुन वानरले पनि आफूलाई हेरे जस्तो, आफूलाई नै आँखा सन्को लगाएजस्तो, आफूलाई नै साउती गरेर बोलाए जस्तो लाग्न थाल्यो। मनमनले यी महादेवले पनि मलाई चिलिम तानेर नराम्रो जालमा फँसाए भन्दै, लुगुलुग काँप्दै नजीकै आगो तापिरहेको हुलमा मसिन लागे।

आगोको धुन अगाडि एकाएक जट्टै-जट्टा परेका लामो कपाल भएका, भुँडी पुट्ट निस्केका, एक सरो गेरुवस्त्र लगाएका र चिलिम तानेर थरथर काँपिरहेका साधुलाई देखेर वरिपरिका मानिसले अलिकति ठाउँ दिई सोध्न लागे "हे साधु! तिमी को हो? कताबाट आयौ? नागल्यान्डबाट आयौ कि साझाल्यान्डबाट आयौ? संसारको माया ममता छोडेर आएका जस्ता देखिन्छौ। यो कान्तिपुरमा कान्ति खोज्न आयौ कि शान्ति खोज्न आयौ?" चिलिम तानेर भक्तजनहरुको यस्तो वचन सुनी कुम्लेले भन्न लागे "हे भक्तजन हो! मेरो नाम कुमलबाबा हो र म राम्री कन्याप्राप्तिको लागि तपस्याको गर्न यहाँ आएको थिएँ। कन्या भए मलाई पुग्छ; उसको नाम कान्ति भए पनि हुन्छ, शान्ति भए पनि हुन्छ। माया र ममता भन्ने कन्या भएका भए त झन म किन यहाँ आइरहन्थें र? आज बिहान शिवले मलाई धोका दिएकोले मन पनि शिव बिरुद्द ठुलै क्रान्ति गरुँ जसो भ्रान्ति भइरहेछ। आज बिहानैदेखि मलाई यस मन्दिर वरपरका जनावरले दुख दिंदैछन्। वानरले पनि मलाई झम्टिन खोज्छन्, गाईले पनि हान्न खोज्छन्, साँढेले पनि लखेट्न खोज्छन्। यो मन्दिरमा पशु नै पशु किन छन् मलाई बताऊ।"

कुमलबाबाको यस्तो प्रश्न सुनी सालको पातको सोलीबाट नीलो नीलो धूँवाको मुस्लो तानिरहेका जुँगे मानिसले भन्न लागे "हे बाबा! यस मन्दिरको नाम पशुपतिनाथ हो। पशुपतिको मन्दिरमा पशुहरु अबस्य हुन्छन्, यस कुरामा सन्देह नगर्नुहोला।" यस्तो उत्तरले पनि चित्त नबुझेकोले चिलिम तानेर कुमलबाबाले फेरि सोध्न लागे "हे बाबु हो! त्यो त ठिकै छ। तर, मन्दिर परिसर किन यस्तो फोहोर छ त? बागमत्ती पनि हिलो जस्तै छ, बाटोभरि पनि हिलै। चिप्लिएर हिंड्नै नहुने। बाटोमा कतै गोरुको गोवर, कतै वानरको गोबर, कतै मानवको गोबर। यसको लागि त केही हुन पर्ने हो" भनी सोध्दा ती भक्तले उत्तर दिन लागे "त्यो सरसफाई गर्ने काम 'नगर बिकास'को हो। संस्थाको नाम 'गर विकास' भए काम हुन्थ्यो; 'नगर बिकास' भएपछि के काम होला? खैर, छोडिदिनुहोस्! तपाईं पनि त नक्कली हुनुहुँदो रहेछ। लामो-लामो केशमा जोगीको भेषमा यो गौशाला प्रदेशमा हुनुहुन्छ। बाहिर हेर्दा जोगी तर भित्रचाहिं भोगी। अहिलेका आमा समूहले थाहा पाएमा सबैका सामु माफी मगाउलान्। बरु यो चिलिमले दिमागलाई फिलिम बनाउनुहोस्।"

गाँजा लाग्दै गएपछि भोक पनि बढेर आयो। यही गौशलामा चिलिम तानेर मम र सेकुवा घाँटीमा आउन्जेल खाए पछि अन्न खाएर तपस्यामा बसेदेखि केही पनि खाएका थिएनन्। जंगलमा अलिअलि कन्दमूलहरु फलहार गरेर यतिका दिन बिताइसकेका थिए। अब त्यही पसलमा मम खान जान पर्यो, जुरेली पनि होलिन्। सित्तैमा खुवाउलिन् कि भनेर गौशलाचोकतिर लाग्दा भए। त्यसपछि के भयो भन्ने कुरा अर्को अध्यायमा बताउँला, चिलिम तानेर।


इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे एकविंशोध्याय॥२१॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-25-07 9:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा ग्वाँचे, हो नि सुरुमा त बुढा रिसा'र कस्तो, अबदेखी चिलिम बन्द भन्दै थिए। पछी ठूल्दाई आ'बेलाँ बुढालाई नि तान्न दे'को, झन रिसाईराका, अस्तिनै भन्नु पर्दैन यस्तो दामी चिलिम रे। पछी चैं ग्वाँचेले ल्याईदिने तमाखु भन्दा त यो कति राम्रो कति राम्रो भनेर दँग पर्दैथे। :)
 
Posted on 01-25-07 9:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

:)
नमस्ते ! सबैको नामको अन्तिम मा'ऊ'कार थप्ने चलन आएको रे'च

लौन!! प्रभू! कति ठूलो हुदोरे'छ त्यो के जाति चिलिम भन्ने त ?
 
Posted on 01-25-07 9:27 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लु गालेको स्वस्थानी आएछ।

कन्या भए मलाई पुग्छ; उसको नाम कान्ति भए पनि हुन्छ, शान्ति भए पनि हुन्छ। माया र ममता भन्ने कन्या भएका भए त झन म किन यहाँ आइरहन्थें र? - हा हा हा कुमलबा!
 
Posted on 01-25-07 9:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो प्यारो भुन्तु गाले,

गाले आज तिम्रो स्वस्तनि पधन अपाएर म ब्यकुल् भै राको चु। तिमि किन येस्तो निस्तुरि भै हामिलाइ हेला गरेको। कुम्लु, चित्रु, ग्वचे, हरि सबै तिम्रै स्वस्तनि को प्रतिक्चामा आतुर् आतु भै राका चन्। पिलिज् हामि लाइ येति धरै नतदपाउ। धन्यबाद्

उहि तिम्रो दुखि, तुखु, लुखि
थुलि

ब्यकुल्, आतुर् भनेको के हो? मैले अरुको वोर्द् चोरेको।

कुम्लु हुन्च मालाइ तिमिनि इमेल् गर।

चिप्लु मेरो इमेल् पायो।
 
Posted on 01-25-07 9:32 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

'......संस्थाको नाम 'गर विकास' भए काम हुन्थ्यो; 'नगर बिकास' भएपछि के काम होला? ...'

:) आजको पनि राम्रो गयो स्वसथानि अबत धेरै दिन पनि छैनहोला दिनदिनै लेख्ने गर्नुस है गालजी
 
Posted on 01-25-07 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उफ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ्फ मेरो चिट्ठी अलि ढिलो पुगेछ । धन्यबाद् गाले तिम्रो स्वस्तनि सुनेर म धन्य धन्य भए।
 
Posted on 01-25-07 9:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मनि! यो फटु हेर्न लै कोहि उत्सुक भए जस्तो लाग्दैन मलै त ह्या चौतारियाँ । बरु तिमीलै यस्ता फटु टाँस्न मन भए अर्कोडोरि बाँट ( नरिसाम है)
 
Posted on 01-25-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए मनि! यो फटु हेर्न लै कोहि उत्सुक भए जस्तो लाग्दैन मलै त ह्या चौतारियाँ । बरु तिमीलै यस्ता फटु टाँस्न मन भए अर्कोडोरि बाँट ( नरिसाम है)
ho ho hataam na foto chi. din nai kharab bho
 
Posted on 01-25-07 9:38 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा गाल्स ब्रो, भन्नाले तेसो भएछ कुमलवा लाइ! तेस पछि के भो भन्ने कुरा थाहा पाउन हामि सप्पै जना उत्सुक छौं।

मास्टर्नी दिदी नमस्ते गरें है! तो फोटु टाँस्ने भाइ लाइ नि कुखुरा बनाउन परो कि क्या हो?
 
Posted on 01-25-07 9:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा गालउ!

म धन्य भए बालक तिम्रो स्वस्थानी पढेर। अब जुरेली सङ्ग मेरो पहिले भेट हुनलागे जस्तो छ चौतारीमा, कृपया स-बिस्तार सुनाइदिएर हामी लगायत यस चौतारी जगतका सम्पुर्ण गाउँलेहरुको कल्याण गरिदेउ।:-)

अनि मलाई बानरहरुले ज्वाइँ झैँ सत्कार गरेको कुरो गाउँलेहरुलाई सुनाइदिए, उहाँहरुले पनि तिमीलाई भविस्यमा गरिने सत्कारको बारेमा थाहा पाउनुहुने थियो। तिमी र म त हुनेवाला साडुभाई पर्यौँ नि हैन? :पि

मिसलाई नमस्ते गरेँ है!!
:)
 
Posted on 01-25-07 9:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले साडुभाई भनेको के हो ताआआआआआआअ?
 
Posted on 01-25-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम है गाम्ले जम्मै लाई, मिस् लाई चाँही नमस्ते । गालब गुरु को स्वस्थानी महात्म्य पढियो । ज्ञान्को बत्ती बल्यो । कुमलवा को दुख्, हरे शिब्! एउटै उपाय चिलिम हो ।
कत्रो आधुनिक चिलिम राखेको हो राते, यता तिर सर्काइ देउ न । बडा मज्जा आउछ होला त्यो चिलिम तान्नु, तीन त्रिभुवन देखिन्छ होला। अनि त शन्ति कान्ति, माया ममता सब् फुर्छ।
 
Posted on 01-25-07 9:50 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि तिम्लाइ साढुभाइ भनेको था छैन ?
 
Posted on 01-25-07 9:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइएएएएएएएएएएएएएए माने (manipandey)धरै चुक चुक नगरता । अहिले मिस् लाइ रिस् उत्त्यो भने तिमीलाइ कुखुरा बनाउनु हुन्छ । गुद् बोइ बनेर् बस।
 
Posted on 01-25-07 9:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आँsssssच ठुल्दाइ तारेमाम है, आज त ढिलो भो नि चौतारीआँ झुल्किन !
 
Posted on 01-25-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मणिजी, कृपया यो काम रोक्नुहोला!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
Morning dharahara
nrn citizenship
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Informatica consultancy share
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters