[Show all top banners]

world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 -- चौतारी - ९६ --

[Please view other pages to see the rest of the postings. Total posts: 716]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
[VIEWED 242942 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 36 pages, View Last 20 replies.
Posted on 01-25-08 10:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागत

-- चौतारी -९६  --
चौतारी
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ९६ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ। 


'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'

**********************************************************************



लौ बसुम यही चौतारीमा

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे Serial-लहरे, Nepkanchhi - कान्छि, च्याङ्बा, kali.keti - काली crazy_love - लप्पू, visitor - बिष्टे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं। 
 



Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)

Running since 7 Sept 2005 in a total of 96 editions.


Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.


 
*गोताएँ दाइको ब्लग
*नमेको भेला हुने अड्डा



श्री स्वस्थानी व्रतकथा!


पून्टेदाइको प्यारोडी भौतेकाजीको लागि

आगो ताप्नु मुढाको
लात खानु (पुन्टे) बुढाको

पुन्टे बुढाले भनेको
कि त भिराऽट खस्नु,
कि त सेतीआँ बग्नु,
कि त राँची जानु,
अर्काऽ साली नताक्नु

पोई पनि बन्न सकिन...नि नारण
पुन्ट्या साली पाउन सकिन

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!

हिऊँ प-यो ठकठकी जाडो भो
पुन्टेसंग तर्सि टुप्पी नै ठाडो भो (ठाडो भो)
चौतारीआँ बसेर बेकारै करायो
साली है सित मख परि, मस्कि मस्कि हिंड्ने मेरो रहर कता हरायो।

हाम्रै गामको कुम्लेले बे ग-यो
भान्जी मेरी प्रिटीले नि छोरी पायो
बिर्खेसंग सल्लाह गरुम्, रुप फेर्दै मस्त
हरिसंग गुहार्न जाऊँ, सँधै काममा व्यस्त


पुन्टे बुढाले भनेको
कि त ठक्कर खानु
कि त जोकर बन्नु
कि त अर्कै छान्नु,
नत्र मार खानु

सबको साली उस्तै हुँदैनन्...नि नारण
पु्न्ट्या साली भाग्याँ लेखेनन्।

पुन्टेले साली छोडेनन् कहिले नि
भत्काई दियो मेरो पिलान् जहिले नि! ल्या जा!!


चौतारीका दौंतरीहरू

भ्रातृत्त्व र मित्रता सधैं यसरी नै बाँचिरहोस्
हरेक पाइलामा मीठो सम्झना साँचिरहोस्

गिलासमा सबैको तीनपाने हर हप्ता हाँसिरहोस्
समस्त गाम्लेबीच चौतारीको नाता गाँसिरहोस्!!!

Last edited: 25-Jan-08 10:18 PM

 
Posted on 01-28-08 8:55 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


बिस्ते लु मैलेनी दर्शन गरे है ताअाअाअाअाअाअाअा


 
Posted on 01-28-08 8:57 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिया खायौ, ठुली?
जसले हसाए नि फसाउनेलाई फसाइ सके। तारेमाम्।


चित्रे  रिट्ठे अन्तरे, एका बिहानै ?


हिजो नि बबाल गयो नि मेरो डेरामा। म: म: को बाप खाइयो। बडा मज्जा आयो। बिहान बिहान् देखि खानेकुराको नाम लिएर कसै कसै मा पेटमा गडबड हुन गए छ भने क्षमा प्रार्थि छु। गाम्लेहरुहरुलाई न भनी  बस्न सकिन। जाबो त्यो छुसी म: म: खाएको नि भउते डाका ले फोटु टाँसेर शान दियो त्यो पनि ३६ बर्षे अनुभबीको अगाडी। च्यालेन्ज पनि बराबरी संग गर्नु नि।


 
Posted on 01-28-08 8:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुलि के छ ताअाअा ? आज तरकारी बेच्न जानु छ कि त? कि सरकारी जागिर मात्र? लु मैले नि दर्शन फर्काए, बिस्टे के छ पाट? ठीक ठाक?


 
Posted on 01-28-08 9:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


राहुल दा मैले चिया खाइ सके। अनी हजुरले नि?
रित्थे खै एकचिन पछी थाहा हुन्छ तरकारी बेच्न जानु पेर्ने कि नपेर्ने भनेर।


 
Posted on 01-28-08 9:04 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्शन
केही छैन रिट्ठ्स, सोमबारे आलस्य मात्र हो,

अब दोस्रो कप फ्रेन्च रोस्ट घुट्काएछी अली जागर आउला कि


 
Posted on 01-28-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


त्यही त ठुल्दाइ, जाबो त्यो छुसी म:म खाएको नि कत्रो धाक, पुरै चौतारी नै डग्मगाउने गरी तेइ पनि
तर यो 'डाका' भन्या चाँही के नि ठुल्दाइ? डाँका भन्न खोज्या त होइन नि?


 
Posted on 01-28-08 9:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रिठ्स पाट, के छ? नयाँ खर्कमा त जाडै होला नि!

हे हे! दीप ज्यो, अब तपाइले ततच्वाँक र बुबुच्वाँक हरूको लिस्ट निकाल्नु परो!

बिस्टे, राहुलदाइ, ठूल्स कस्तो बित्यो त विकेन्ड?


 
Posted on 01-28-08 9:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्तरे, ठुलि, चित्रे, ठुल्दाइ,रिट्ठे, दिप ज्यु , मास्टर्नी नानी   र  सम्पूर्ण गाउँलेलाई दर्शन टक्राए । सम्पूर्ण गाउँले को आजको दिन शुभ रहोस् ।  

 
Posted on 01-28-08 9:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब त्यो डाका भन्नाले डाँका भन्दा नि डेन्जर तथा खतरनाक हुन्छ रिट्ठे।
डाका= काइते डाकटर ( इउलिसमा जस्तै उल्टो पढ्नु पर्छ।)

 
Posted on 01-28-08 9:58 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


डाका= काइते डाकटर

बोले तो भउते हैन ठुल्दाइ


 
Posted on 01-28-08 10:11 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Hi,

Let ICE (In case of Emergency) be a nationally recognized name

 
W e all carry our mobile phones with names & numbers stored in its memory but nobody, other than ourselves, knows which of these numbers belong to our closest family or friends.

If we were to be involved in an accident or were taken ill, the people attending us would have our mobile phone but wouldn't know who to call. Yes, there are hundreds of numbers stored but which one is the contact person in case of an emergency? Hence this 'ICE' (In Case of Emergency) Campaign


The concept of 'ICE' is catching on quickly. It is a method of contact during emergency situations. As cell phones are carried by the majority of the population, all you need to do is store the number of a contact person or persons who should be contacted during emergency under the name 'ICE' ( In Case Of Emergency).

The idea was thought up by a paramedic who found that when he went to the scenes of accidents, there were always mobile phones with patients, but they didn't know which number to call. He therefore thought that it would be a good idea if there was a nationally recognized name for this purpose. In an emergency situation, Emergency Service personnel and hospital Staff would be able to quickly contact the right person by simply dialing the number you have stored as 'ICE.'
For more than one contact name simply enter ICE1, ICE2 , ICE3 or ICE Residence, ICE Office or ICE Papa or ICR Mr.......... etc. A great idea that will make a difference!
Let's spread the concept of ICE by storing an ICE number in our Mobile phones today!

Please forward this. It won't take too many 'forwards' before everybody will know about this It really could save your life, or put a loved one's mind at rest .

ICE will speak for you when
you are not able to
--------------
This massage is forwarded to you by :

 



National Telephone Directory


 
Posted on 01-28-08 10:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


जदौ !

क्यार्दै हो गाम्ले'रु?

 
Posted on 01-28-08 10:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


gwache darsan.

 
Posted on 01-28-08 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्कार यो राम्पुद्के को। एसो चौतारी म थकाई मर्न प्एन्छ कि भनेर आएको । चैते भनेर लखत्ने हुन कि गम्ले हरुले


 
Posted on 01-28-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रामपुड्के जी,
चैत्र आउन पुरै दुइ महिना बाकी छ, चैते भन्नलाई। अहिले माघे स्वागत।

 
Posted on 01-28-08 10:21 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ग्वाँचू बाऽऽजेऽऽ! 
म त जरा खोतल्दै हो, तपाइ नि जरै त खोतल्दै होला नि! कि सकियो आजको लागि?
आफ्नो त जरा खासै छैन आज, त्यसैले के खोतलुं के खोतलुं भैराछ।
तपाइले पुराना चौतारीको जरा खोतलेर स्वस्थानीको किताब भेट्टाउनुभा'को थियो क्यारे, राखुम् न अर्को अध्याय!

रामपुड्केलाइ स्वागत!


 
Posted on 01-28-08 10:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


दर्शन ठुलि!
के छ तिम्रो हालखबर, धेरै भो तिमीसँग कुराकानी गर्न नपाएको पनि। अनि खै त ह्यान्सिको कथा?

रामपुड्के जीलाइ स्वागत चौतरिमा! चौतरि त तपाइ हामि सबैको हो नि किन तपाइलाइ लख्त्नु नि तपाइकै चौतरि बाट। बरु नया अौने मान्छेले कथा, कबिता, मुक्तक गजल, चुट्किला, जे भए पनि एउटा टुक्रा सुनाउनु पर्ने नियम थो पैला पैला त। तपाइले चाइ के सुनाउने नि?

 
Posted on 01-28-08 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


ग्वाँचु राम कुइकेल, के छ ब्रो? आज स्वस्थानी खै त? धन्यवाद छ है स्वस्थानी कथाको पुन प्रशारण गर्दिनु भएको मा
रामपुड्के लु चौतारीमा थकाई मार्दा हुन्छ, अनी प्यास लाग्या छ भने पानी नि उ त्यो पल्लो कान्लामा छ एउटा धुङे धारा


 
Posted on 01-28-08 10:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 01-28-08 10:29 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


चित्रे नाती, साउको लागि जरा खोतल्ने काम त सिद्द्यो आजको लागि तर आफ्नो लागि जरा खोतली सक्न अझै केइ घण्टा लाग्छ। तो पोर साल भेट्टाको सोस्थानएे को आजको अध्याय चाइ तिम्रै पर्‍या छ, लौ हात मुख धोइ, हात जोडेर बस है, म आजको चौधौ अध्याय पेस्ट्याउँदैछु।


ठुल्दाइ, तारेमाम! सँचै जुल?


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
is Rato Bangala school cheating?
मेरो अम्रिका यात्रा -२
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
Nas and The Bokas: Coming to a Night Club near you
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters