[Show all top banners]

बिस्टे
Replies to this thread:

More by बिस्टे
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

keli

Rahuldai
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ** चौतारी १२७ **

[Please view other pages to see the rest of the postings. Total posts: 871]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
[VIEWED 246113 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 44 pages, View Last 20 replies.
Posted on 08-25-08 8:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

~ * चौतारी  १२७ *~


 

हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको १२७ औं संस्करणमा आइपुगेका छौं।अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ।अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।
"जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबी जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ" 

सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, World_map – चित्रे, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Gwanche – ग्वाँचे, Gaalab – गाले, Lootekukur- लुते, Nepalko_chora- नेप्चे, Deep- दीप ज्यो, Hetterika!! - हरि, निसान्त - निसब्रो, निसे, rahulvai - राहुलदाइ, Nepalki_chori - नेप्ची, Madness-मदनवा, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, Serial-लहरे, crazy_love- लप्पू, visitor - बिष्टे, Harka_Bahadur - हर्के , Cheli - चेली ,Norton-नेत्रे,deepika02-दीपीका, Spring-बसन्ती, Euta Nepali-टंके, Rawbee-रबी, location - लोके आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

Meet the world's finest school teachers, unbeatable students, mischievous senior citizens, wildest , vacationing revolutionaries, rethinking moderates, instant dreamerspoets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce contenders, homelanders,
 laa- hoo-rays, all on the stage of Chautari of Sajhaland 
(World's first and finest internet IMPROV in Nepali language)
Running since 7 Sept 2005 in a total of 127 editions.
 
 
Last edited: 27-Aug-08 03:50 PM

 
Posted on 08-25-08 12:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


खोइ ठुल्दाइ, अलि अचम्मैसँग सुस्तायो आज। सबै कामचोरहरु त्यसरी खट्टिएर काम गरिरहेकै होलान् त? थापाथलीतिर भेट्न गएका त होइनन् होला। दीपूले साँच्ची नै भाङ खुवाएकी हो त? कुरो बुझ्न त सार्हो पो पर्‍यो नि हौ।        

 
Posted on 08-25-08 1:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो भने चिप्लु, लहरे को अध्यक्षतामा सुस्तता जाँच बुझ आयोग गठन गर्नु पर्ला जस्तो छ। आँफै गायब छ बौचा। खै महिला समूहलाई नि तीज लाग्या जस्तो छ। गाउंनै सुन्ने पारेर माइत हिंड्ने साइत जुराइदै छन जस्तो छ।

 
Posted on 08-25-08 1:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के काम गर्थे गाम्ले हरु , सबै खाएर उङ्दै होलान नि ।।
 
Posted on 08-25-08 1:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम हर्के,
के अर्दै हो? अचेल कर्णफुसफुस मा नि बात् हुँदैन के भाको?  राधाको   कच् कच् ले बाधा भयो कि?
बल्ल फुर्सद मिल्यो, ओलम्पिक सकियो। भरे देखी गीतान्जली मा आउनु पर्ला।

 
Posted on 08-25-08 1:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबैलाई मेरो पनि नमस्कार है , जिलेबि मिठो छ थोरै थपुम न !

 
Posted on 08-25-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बिष्टेजि लाई बधाई छ

 
Posted on 08-25-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब एक दिन कुरा गर्नु पर्छ , राधाको कच कच , कहिले नसकिने भो दाई , किन यस्ता हुन्छन यि आईमाई हरु मलाई त अचम्म लाग्छ हो ।। अनी दाई खाना भो त , सप्पैले खाएको हो ।। यस्ह्पाली अचम्म नै भो, ओलम्पिक्को एउटा गेम हेरिएन गान्ठे , तिबतीहरुलाई सपोर्ट गरेझै भो मेरो चै ।। 


 
Posted on 08-25-08 1:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

खाना न खाइ त यो फिस्टे शरीर घरबाट निस्कनै मान्दैन। खान खाइ, भाडा माझी , टिरेन चढी आएको अड्डामा।

ओलम्पिक सदा झै सक्दो हेरियो। खेलकूद त पायो भने सबै हेरिन्छ। शायद जिन्दगीमा गुच्चा, तेलकासा, डन्डिबियो, केही पनि खेल्न नपाएको अभागीको फल हो। खेल खेल्ने बेला तेल किन्ने पैसा जोगार गर्न तेल पेल्दै थिएं। बाल्यकाल पुरै गरीबी र अभाव को भेलले बगायो, के खेल खेल्न पाउनु।


 
Posted on 08-25-08 1:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

DBL POSTING

Last edited: 25-Aug-08 01:37 PM

 
Posted on 08-25-08 1:38 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाई लाई नमस्ते गरे है मैले ! आजकल कता फरार हो तँपाई ?कसो बिष्टेजिको छोरोले गर्दा आज चौतारिमा भेटियो
 
Posted on 08-25-08 1:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के छ हजुरहरु सबैको हालखबर?

दोश्रो राउण्ड को नमस्कार, जदौ, तारेमाम सबैलाई


 
Posted on 08-25-08 1:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो चै खासै अभाबमा बाल्यकाल बितेको हैन , फूटबल खेल्थे टोले हरु सँग सानोमा , पछी क्रीकेट खेलियो , हुन त साथी हरु सँग रङसाला गएर स्विम्मिङ पनि नखेलेको त हैन , खेल्न चै खुब खेलियो , तर के भने नि पोख्त चै केही मा हुन सकिएन ।। खै किन हो कुनी ओलम्पिक्को "चार्म" हरार गयो , खाली त्यो पदक तालिका चै बि बि सि न्युज बाट अपडेट गरियो दिन दिनै ।। शायद यो वोर्ल्ड कप एुरो कप हरुले गर्दा होला ओलम्पिक हेर्न तेती जागर चलेन मलाई चै ।।
 
Posted on 08-25-08 1:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

तारेमाम फुच्चे ,
कहाँ फरार हुनु नि यतै चौतारीमा करार मा छु नि। फरार हुने मौका मिले पो ? ( मौका मिले नि जान सकिन्न यो चौतारीको नशा)। बिस्ट्या छोरो ले नि जन्मिदै चौतारी हेरे रे।

अलिकती रि-सोच लाई पनि ट्याम दिनु पर्‍यो, नत्र खैर्‍या सन्तान (शैतान) असत्ती प्रोफेसर ले के खान बस्न दिनु।
 
 


 
Posted on 08-25-08 1:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओ हो फुच्छे जि लु मैले चै त्यो कथा पढे है नयाँ चै , दामी सुरुवात छ अरुनी जावोश चाडै चाडै है ।।
 
Posted on 08-25-08 1:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 08-25-08 1:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त हाल ठीक छ रिठ्ठे हजुरको के छ हाल खबर ।।
 
Posted on 08-25-08 1:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हर्क बहादुर जी, मेरो पनि खबर त ठिकै छ, हाल अली बेहाल छ Bसन्चो भएर ! अनी भुजा ज्युनार भईसक्यो होला !

अरु सबै जाना कता लागिबक्सेछ आज?


 
Posted on 08-25-08 2:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कठै दिउसो भुजा जिउनार गर्न पाये यो हर्के कती खुशी हुँदो हो है , मैले आज गोह्रुको मासु पाउरोटीमा चेपेर खाएको पसल्मा गएर ।।
रिठ्ठे तिमीले के खाएउ आज , म म खाए चै नभन है फेरी ।।
अनी अरु जम्मै खाएर , पचाउन हिंड्न निस्के कि के हो कोइनी छैनन ताअाअाअाअाअा ।


 
Posted on 08-25-08 2:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिलिम ब्रेक जानै लाग्या थिएं, रिट्ठे याद आयो। रिट्ठे संगै उनको घँटी मा इन्फेकशन याद आयो। इन्फेकशन संगै घाँटी दु:खाइ याद आयो। तातो पानी ( नून हालेर ) सुन को चम्चा ले चलाएर बकुल्ला ले झै कुल्ला गर्नु पर्छ, १ दिन २ रात मा काम तमाम हुन्छ।
-डाक्टर ठुलदाइ।

 
Posted on 08-25-08 2:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अहा कती राम्री राम्री है ।।


 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 35 36 37 38 39 40 41 42 43 44 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 7 days
Recommended Popular Threads Controvertial Threads
Travelling to Nepal - TPS AP- PASSPORT
TPS Work Permit/How long your took?
मन भित्र को पत्रै पत्र!
Does the 180 day auto extension apply for TPS?
Another Song Playing In My Mind
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters