[Show all top banners]

dipika02
Replies to this thread:

More by dipika02
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 पुजा को पूजा

[Please view other pages to see the rest of the postings. Total posts: 59]
PAGE: <<  1 2 3 NEXT PAGE
[VIEWED 22339 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 3 pages, View Last 20 replies.
Posted on 12-31-07 9:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"दिपिका", "दिपिका"--पुजा आँगनमा उभिएर सास नफेरि चिच्याउन थालि। तेस्को बानि नै थ्यो कुरा चैं केहि नहुने आवज नै ठुलो। माथि आएर सानु स्वोरमा बोलाए त हुन्छ नि, त्यैँ आँगनबाट कराउनु पर्थ्यो। अब त टोलमा नचिनेकाहरुले पनि थाहा पाइसकेका थे त्यो घरको छोरी को नाम "दिपिका" भनेर। त्यो र म बच्चा देखिको मिल्ने साथिथ्यौं । चुल्बुलि,केहि कुराको चिन्ता नलिने र नसोचिकन प्याच्च बोल्ने बानि भएकि थि ऊ र उस्को सोँचाइमा जिन्दगी भनेकै मोज मस्ति तेसैले न पढाइको पिरथ्यो न परिवारको चिन्ता। आफु तेस्तो भएपनि साथि चैँ असल थि। मनको सफा र परेको खण्डमा जे गर्न पनि तयार र उस्को तेहि बानि मलाइ मन पर्थ्यो।
"किन मर्न आँटेकी? माथि आ न"--बरन्डामा निस्केर रिसाउदै भने। भित्रबाट आमाको स्वोर सुनियो--"त्यो पुजालाइ त्यसरि नकराउ भनत, मान्छे नै तर्सिने गरेर के-के न भ को जसरि"। उस्ले हातको इशाराले मलाइ तल बोलाइ मैले पनि इशाराले नै पख् भनेर तल ओर्लियँ। नजिकै पुगेपछी उस्ले भनि--"सुन्न म सुन्दरीजल जान लागेको आमालाई त काँ जान्छु भनेको छु है"। "को सँग जान आटिस् अहिले सुन्दरीजल?"--आत्तिएर सोधेँ। "तैले चिनेको छैनस्, मैले चिनेको त तिन दिन मात्रै भो"--अज फुर्ति साथ भन्छे। "सक्दिन म तेरो आमालाइ ढाट्न, अब त अत्ति नै गर्न थालिस्, तिन दिन भेटेको मन्छे सँग सुन्दरीजल सम्म पुग्ने कत्रो आँट बडेको तेरो"--कुनै डर् भर् नभएको तेस्तो कुरा सुनेर म पनि झनक्क भएँ। उ मलाइ फकाउन थालि यो पालि मात्रै हो अनि म जान्न ३ बजे भित्र फर्किन्छु भनेर। उ जान भनेर ठिक्क परिसकेकि थि आखिर मैले रोकेर त्यो के रोकिन्थि? "अनि खोइ त त्यो केटा"--उ एक्लै देखेर सोधेँ। " डेंडेदाईको पसलमा कुरेर बसिराछ, हिंड तलाइ भेटाउछु"--मेरो हात समातेर तान्न थालि। उस्का प्रेमिहरु भेट्दा भेट्दा मै हैरान् भैसकेको थें। अरु भन्दा नि उ त एक दुइ महिना घुमेर छोडिदिन्थि, ति भुतकालका प्रेमिहरु मलाइ पो देख्न नहुने तिम्रो साथिले यस्तो गरी र उस्तो गरी भन्दै कत्तिन मैले नै जा त्यो संग घुम भनेको जसरी। खाइ न पाइ छाला टोपि लाइ चैं मलाइ हुने जहिले। फेरि उता टोलका दाइहरुले देख्लान् भन्ने डर उसैत त्यो पुजाको सँगत कसैलाई मन नपर्ने। "जान्न म यस्तो ताल मा, नुहाउन भनेर कपालमा तेल हालेर बसिराछु"--मैले नजाने बाहना बनाए। "तलाइ किन राम्रो हुनु पर्यो त मेरो केटालाइ भेट्न, हिंड भन्या"--उ जिस्किदै तान्न थालि र म मन नलागि नलागि पनि जानै पर्यो।

अलिकति पर डेडे साहुको पसल अगाडि एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो केटालाइ चिनाउदै भनि--"उ आकाश"। त्यो जगल्टे त हेर्दै गुन्डा जस्तो सुन्दरीजल पुराएपछि पनि फर्काउने हो कि होइन भन्ने शङ्खै लाग्ने। "हाइ म दिपिका"--मन नलागि नलागि आफुलाइ चिनाए। "पुजाले तिमीसँग भेटाउन खोजेको धेरै दिन् भो"--अब पुजा र त्यो भेटेकै जम्मा तिन दिन् भो रे कति धेरै भनेको हो उ नै जानोस तर धोत्रे न धोत्रे अवाज, बरु पहिलेको इन्द्र भनौदो नै गतिलो थ्यो कम्सेकम् आवज् त मिठो थ्यो कि। पुजालाइ अलि यता तान्दै भने--"ल ३ बजे भित्र आइनस् भने चैं तेरो आमालाइ फोन गरिदिन्छु म, यस्तो हेर्दै चोर जस्तो सँग जान आटेकि छे कता बाट पो फेला पार्या हो?", "हुन्छ भन्या" भन्दै दौडि, उस्लाइ मेरो कुराको केहि अशर परेको भए त के?

घर् छिर्ने बित्तिकै आमाले सोध्नु भो--"खोइ पुजा माथि आइन", "अहँ आइन"--छोटो उत्तर दिदै आफ्नु कोठातिर लागेँ। आमा सँग गफ गर्न थालेँ भने फेरि के के सोध्न थाल्नु होला भन्ने डर ले आमाको अगाडि पनि पर्न सकिन। फेरि उता पुजा को आमा र मेरी आमा साथि तेसैले फोनमा कुरा भैरहने, आफुलाइ आपत फेरि उस्कि आमाले फोन गर्नु भयो भने के भन्ने, आफ्नै आमालाई त ढाँटिराछु, उस्कि आमालाइ के सम्झाउने? आमा-आमा साथि भएर पुजालाइ मेरो घरमा आउन कुनै रोकतोक थेन तेसैको भरपुर फाइदा उठाउथि उ पनि। त्यो दिन त फोन को घन्टि बज्नै नहुनि मै दौडिन्थे उठौन पुजा या उस्कै आमा को हो कि भनेर। मेरो ताल देखेर आमा पनि आस्चर्य मान्दै भन्नुभो--"छोरी फोन को घन्टि बज्दैमा तेसरि हाम्फाल्नु त पर्दैन नि, म पनि यहि छु उठाइहाल्छु नि", आफुलाइ पिर परेकै त्यै आमा ले फोन उठाउनु होला भन्ने, आमालाइ के था? आमा ले सुँइको पाउनु भो भने भोलिदेखि आफै माथि शङ्का गर्न के बेर? त्यो दिन त दिनभरि नै डर् लागिरह्यो। फेरि पहिले पहिले त गए पनि त्यै हिरारत्न अथवा गोपि-क्रिष्ण तिरै फिल्म हेर्न जान्थि यो पालि त आँट बढेर सुन्दरीजल सम्म पुगेकिछे त्यो पनि २-३ दिन भेटेको जगल्टे सँग।

घडि हेर्दै थें ३ पनि बज्यो तर पुजाको अत्तोपत्तो थेन न त फोन नै गरेकि थि, फेरि त्यो बेलाँ अहिले जस्तो सबैका हातमा सेल्फोन पनि हुदैनथ्यो। न घरनै पुगि कि जस्तो पनि लाग्यो। त्यो रिसको झोंकमा सोध्न पनि बिर्सेछ मेरो घर छिर्छेस् कि आफ्नै घर जान्छेस् सिदै भनेर। उस्को घरमा फोन गर्दा आइपुगेकि रैनछे र आन्टिले फोन उठाउनु भो भने के भन्ने फेरि। जति समय बड्दै गयो त्यतिनै मन बिथोल्लिन थाल्यो। हेर्दा हेर्दै बाहिर त झमक्कै परिसक्यो, बाबा धरि आइसक्नु भयो घर। मलाइ  हो न हो जगल्टे सँग भागि कि भन्ने शंका पनि लाग्न थाल्यो। ऊ नभाग्लि जस्ति पनि थिन, जे मनमा आयो तेहि गर्थि नसोचिकन। म झन् दोधारमा परेँ। घरमा केहि भनु भने अरु सोधपुछ गर्नु होला भन्ने डर। फेरि एक महिना मात्रै अगाडि त्यस्को एउटा छ्याके सँग म र अर्को साथि पनि गएका थौ दक्षिनकालि त्यो पनि स्कुल छोडि छोडि, त्यो कुर घरमा निस्क्यो भने त रँडाकोनै मच्चिन्छ। त्यसैले केहि नभन्नु मै आफ्नु भलाइ देखेँ। डराइ डराइ तेस्को घरमा फोन गरेँ न घरै गै कि भनेर, धन्न काम गर्ने केटा बले ले उठायो अनि "पुजा छे?" भन्दा "दिपिका दिदिकाँ गैस्याछ" भन्यो। ऊ त घर पनि पुगेकि रैन छे। कता कता दुर्घटनामा पो परिकि भन्ने डर लाग्न थाल्यो। ऊ फेरि म डराउछु भन्ने थाहा भएर भनेको समयमा जहिले फर्किन्थि।

एक्छिन्मा त उस्को आमाको फोन आइहाल्छ, यसै भन्डाफोर हुने उसै भन्डाफोर हुने बरु बाबालाइ भन्छु केहि खोज्ने उपाय त निकाल्नु हुन्छ भनेर बाबा काँ गएँ र पुजा आकश भन्ने सँग गएकि सुन्दरीजल अज सम्म पनि आइन भनिदिये। सधै शान्त शोभावको सानु स्वोरमा बोल्ने बाबा त एक्कसि उर्लिनु भो--" अनि तिमी चैं किन न गा त?, तिमी पनि जानु पर्थ्योनि ककनि ऊ सुन्दरिजल गए, तिमीहरुलाइ बाउ आमाको इज्जतको केहि पिर छ र?" बाबा एक्कसि उर्लिनु भएको देखेर आमापनि "के भो?", "के भो?" भन्दै आउनु भो। "सोध्न उसैलाइ, एउटी गै रे कुन चैँ गुन्डो सँग, नङ र मासु जस्ता थे दुइटी अब अर्कि को पनि के भर ? जान ठिक परेकी छे कि ? " ---- बाबा को म प्रतिको तेत्रो बिस्वास एकपलमै चक्नाचुर भएको देख्दा त चित्त दुखेर आँखाबाट आँशु झर्न थाल्यो। भाइ त म रोएको देखेर के-के न भो भनेर डाँकै छोडेर रुन पो थाल्यो। आमा हत्तनपत्त टोल छिमेकिले सुन्लान् भनेर झ्याल ढोका बन्द गर्न थाल्नु भो। त्यो सबै द्रिश्य हेर्दा त आफैनै त्यो जगल्टे सँग भागेर ३ दिन पछि घर फर्केको हो कि झैँ लाग्यो।

आमाले अलि शान्त भएर सोध्नु भो त्यो जगल्टेको बारेमा आफुलाइ नाम बाहेक केहि थाहा छैन। भेटेकै त्येहि दिन पहिलो चोटि। पुजा र म त्यस्तो मिल्थ्यौं, मेरो कुरा कस्ले पत्त्यौने?  फेरि जानु अगाडि त्यसरि आँगनबाट चिच्याएकि सबैले सुन्याथे। आमाले पुजाको घरमा फोन गरेर आन्टिसँग कुरा गर्नु भो। आन्टि त हामीकैं आउन लाग्नु भो मलाइ केर कार गर्नलाइ। जति बदमासि लुकि लुकि गरे पनि सबैले ज्ञानि छोरी भनिरा आज एक्कसि आफ्नु इज्जत आगोले टिपेको रौं झैँ झ्वार् झ्वार्ति बल्दा त चित्तै दुख्यो। भाइलाई थम्थमाउदै बाहिर हेरिराथेँ पुजा जगल्टेको बाइकबाट मेरो ढोका अगाडि ओर्लिएको भाइले र मैले दुबैले देख्यौँ।

भाई कराइहाल्यो "ऊ पुजा दिदी" भन्दै। बाबा आमा दुबैले ज्यालबाट बाहिर हेर्नु भो।बल्ल राहत मिल्यो केहि भएको रैनछ भनेर। माथि तेत्रो हल्चल मच्चिसक्यो ऊ भने जुत्ता धरि हातमा बोकेर आउदैथि मेरो बाबा आमाले थाहा पाउनु होला भनेर। म दौडिदै भर्याङमै पुगेँ। ऊ मलै देख्ने बित्तिक्कै आत्तिदै "सरि सरि म सबैकुरा डिटेलमा भन्छु तँलाइ अहिले नरिसा है"--- रिसाउने भन्दापनि आफुले तेत्रो कान्ड मच्चाइसकेँ अब उस्लाइ भन्नु त पर्यो। अनि नरम भएर बाबालाई भनिदिएको कुरा भने। ऊ त रातो पिरो हुदै भन्न थालि--"एक छिन कुर्न सकिनस् तेरो बाउलाइ सबै कुरा भट्यौनु पर्थ्यो?", "कुराउने पनि हद हुन्छ, ४-४ घन्टा पनि कसैले कुराउछ त? एक कल फोन नगरिकन"--आफु डर न भर सँग त्यति ढिलो आउछे अझ  तेरो बाउ भन्दा त मैले पनि आँखा देखिन र सन्किएँ। ऊ अलि नरम भएर सोधि--"मेरो घरमा त भनेकि छैनस् नि?" डराइ डराइ मैले भने--"अँह मैले त भनेकि छैन तर आमाले चैँ भन्नु भो?"। ऊ तेहि खङर्याङ् खुङरुङ् भै र तल ऊर्लिन थालि। "काँ जानला तँ?"--मलाइ फेरि त्यै जगल्टे सँग जान पो लागि कि भनेर डर लाग्यो। उस्ले मेरो अनुहार् पनि नहेरि उत्तर दि--"अब आफ्नु घरमा पूजा छ, धूप बत्ति बालिहालिस् तैले, आमा अबिर अक्षता लिएर बसिरनु भा होला जानु परिहाल्यो नि, त पनि आउछेस्कि घन्टी बजाउन?"

---------------------------------------------------------------------------------------------------------------------------------------------

२००७ शालको मेरो अन्तिम कोशेलि,  २००८ शालले सबैको घर आँगनमा खुशि लेरावोस्,  नयाँ नयाँ प्रस्तुतिहरु पढ्न पाइयोस्, येहि मेरो कामना छ हजुरहरुलाइ।

Last edited: 31-Dec-07 09:57 AM

 
Posted on 12-31-07 2:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो"

That's the reason why girls are so far even to talk
Last edited: 31-Dec-07 02:37 PM

 
Posted on 12-31-07 2:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Last edited: 31-Dec-07 02:34 PM

 
Posted on 12-31-07 2:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

amazing,

ए हो तेस्तो झकास लाग्यो, खुशिलाग्यो सुन्दा
होइन ओ होइन सरापेकि त्यसरी सबै कपाल लामो हुने जगल्टे हुन्नन् नि, कोहि कोहि त राम्रा पनि हुन्छन्

harkeDai,

कपाल पाल्ने कि काट्ने सोच्दैमा उमेर जाला नि फेरि

waka,

कस्तो मिठो कबिता, कति ठूलो पुरस्कार दिनु भएको, धन्यबाद

mcmxc,

कस्तो राम्रो तारिफ, ३ चोटि पढे, खुशि लाग्यो

parbatya jyu,

लौ न सुन्न मन लाग्यो पूजाता को बारेमा, मेरै पुजा जस्ति त होइन नि?

kancha,

किन रिसाको तिमी त्यसरी,

 

धन्यबाद

दिपिका

 

 


 

 


 
Posted on 12-31-07 2:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

deepika...umer tannai baaki cha :D...chinta linu pardaina :P...2-4 barsa sochney ajha pani time cha :P

 
Posted on 12-31-07 3:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लोल हर्के!

अब चाइनेजो यस्ता कुरा गर्छौ, त्यो निकनेम रजिस्टर गर्ने बेलाँ किन हर्केको पछाडि 'दाइ' जोड्न पुग्या हो कुन्नि!


 
Posted on 12-31-07 3:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deepika jee,

Sorry I edited that for some reason. She was totally opposite of your Puja so the call was first n last. It would be a nice story for story writer like you but i know nothing to write.

Parbatya


 
Posted on 12-31-07 3:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I have no words to tell how impressive your story was. As usual the most effective part was the presentation.u have great skill to present a simple story in an intersenting way and i love the way u flow the story.For me, no doubt , u r the best story teller in sajha. I thought u were best in 'Bhinaju ko jutta' but this was even better.

Thanks for this nice treat on  New Year.


 
Posted on 12-31-07 8:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau, malai ta testai pony tail badheko, mundri laune ani ali herdaima dui char jana pitne keta man parcha kya. timilai man pardaina, dipika?

pujako po moj raicha hai?

Happy New year 2008 to u and all frens in sajha.


 
Posted on 01-01-08 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

tehi ta bhanya Crazy, yeso mundre ani dui char janaalai uchhalera fyalne bhaye po ghumna ni moj ni, tyo lukhureharu saga ta class ma padhunjel matrai thik ho bahira ta jagalte mundre dada nai chahinchha, la samjhaideu yo Dipika lai.

दिपिका, तिम्रो सरल प्रस्तुती तिम्रो मन जस्तै सफा छन र त्यो प्रस्तुती अनी मन को बर्णन गर्न लायक शब्दहरुको कमि भएको महसुस हुन्छ मलाइ।
तिम्रो आँगनमा म पूजा गर्न चाहन्छु हो हल्ला होइन।  तिमिले न मेरो हरि किर्तन नबुझेर तेस्लाइ खैलिबैलि सोचेउकि?

Last edited: 01-Jan-08 04:07 PM

 
Posted on 01-01-08 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 दिपिका जि, सधैं झैं मिठो लाग्यो तपाईं को यो प्रस्तुती पनि। नयाँ बर्ष फलिफाप होस्, अनी एसै गरी मिठा मिठा प्रस्तुती हरु पढन पाइयोस।

A great story, with good humor! loved reading it.

 


 
Posted on 01-01-08 4:36 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipika Ji, hajurlai nayan barsha ko dherai dherai subhakamana. hajur fulnuhos falnuhos yahi cha mero kaamana

Last edited: 01-Jan-08 05:04 PM

 
Posted on 01-01-08 6:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kancha rose jasari fulne ki balloon jasari fulne feri paatali huda huda ekkasi timro kamana le balloon jasari fulaaidela

ma saga matra kati risaune ta aba timi saga ni risauli ni Dipika ki kaso


 
Posted on 01-01-08 6:33 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kalejo, tyasto risaaune nai gari  kabita nai ta kahan lekheko cha ra  , jasari fule pani Dipika Ji ko nayan barsha ramro hos, timile bhaneko jasto dherai nai paatali hunuhuncha bhane ta balloon jastai fulnubhayo bhane pani farak naparne rahecha
 
Posted on 01-01-08 6:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"एउटा बाइकमा बसिरहेको, दुब्ले खवटे, आँखा पनि राता राता, झुस् झुस् दारि आको, कपाल कुमबाट पनि तल झरेक हेर्दै डरलाग्दो"............

"जगल्टे त हेर्दै गुन्डा जस्तो".................

" धोत्रे न धोत्रे अवाज"......................

*****************************

हेर साथीहो, केटि पट्याउने भनेकै एस्तैले हो। अनि केटिहरु पनि यि ठिटा भने पछि हुरुक्कै। होइनर दीपिका। अ.... कुरो बुझियो। गाली खाइन्छ कि भनेर हो कि पुजालाई तेस्तो भनेको।

अच्म्म छ बा! हामि जस्तो सोझो लाई त कसैले हेरेन।

कथा राम्रो छ। यो कथा real कथा हो। हामिले पनि यस्तो त कति देखियो कति। साच्चीकै यस्तो हुन्छ।


 
Posted on 01-01-08 9:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes Dipika ji,

It was your another beautiful writings. I noticed ur writing arises curiosity to the readers so that they don't feel bored. Sambat haru pani utkrista nai raheko paye. Satyata uti kai jhalkeko mahasus bhayo. Huna ta ma ek sahitya prati ruchi bhako bekti matrai hu, tara tapain ko writings ma ajha sentence haru bibhinna dhanga bata nirman hune ho bhane suun ma sugadha ta pakkai thapine thiyo. It is good to read the sentences with different structure rather than using same lagyo, thalyo, lagthyo ,parthyo and these kind. I love to read ur more articles in the coming days too.

HAPPY NEW YEAR '08

Jay Nepal.


 
Posted on 01-02-08 8:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दिपिका तँपाइलाइ नयाँ बर्षको शुभ-कामना छ। कथा सारै राम्रो लाग्यो। अरु पनि जाओस् है ।


 
Posted on 01-02-08 8:39 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Once again, a simple yet nicely scribed story. I found the subject more soothing than your usual ones. However, I still enjoyed it reading and unlike other times, ended up with happy feelings - not emotional.


 
Posted on 01-02-08 8:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"तलाइ किन राम्रो हुनु पर्यो त मेरो केटालाइ भेट्न, हिंड भन्या"

--"अब आफ्नु घरमा पूजा छ, धूप बत्ति बालिहालिस् तैले, आमा अबिर अक्षता लिएर बसिरनु भा होला जानु परिहाल्यो नि, त पनि आउछेस्कि घन्टी बजाउन?"

ohhooo................heehee simply the best...

haina kasari furcha ho simple ani funny writing..thanks for sharing

 


 
Posted on 01-02-08 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


माइला दाइ र हर्केदाइ,

तेही भनेको माइला दाई, हर्केदाइ कत्तिन न्वारन देखी नाम पछाडि दाई थप्ने अनी कुरा चैं त्यस्तो, अब कपाल काट्ने कि पाल्ने कुरा भाउजु ले भन्नु हुन्छ हर्केदाई बहिनी ले होइन


parbatya jyu,

मलाई त हजुरको पहिले को टिप्पणी कती मन परेकोथ्यो, किन मेट्नु भएको कुन्नु? अनी म पनि राम्रो लेख्ने त कहाँ हो र पर्बत्या ज्यू प्रयास त हो, हजुर पनि त्यहि गर्नुस् न हामी पढिहाल्छौं नि


ktmreality,

हजुरहरुको सदभावना ले गर्दा नै म यो कथा लेख्न सक्षम भएँ, हजुरलाइ यो पनि मन पर्यो भन्ने सुन्दा खुशि लाग्यो


crazy,

भन्ने नै हो भने मान्छे रमाइलो र सफा मन को होस्, मलाई जगल्टे र मुन्द्रे ले फरक चैं पर्दैन यार

kalejo,

तिमीले मलाई हरेक धागोमा साथी मान्यौ, म त त्यो नाताको ईज्जत गर्छु र तिमी बाट पनि त्यही आशा राखेकी छु

अनि त्यसरि आँगनमा मेरो पुजा को जस्तो पूजा गर्ने भएत म घर भित्रै बस्छु


wow neapl jyu,

हजुरलाई पनि मन पर्‍यो भन्ने सुन्दा खुशी लाग्यो, हजुर को पनि नयाँ नयाँ प्रस्तुतिहरु पढ्न पाइयोस

 kancha,

तिमी पनि फल फुल, येहि मेरो कामना तिम्रो लागि पनि

 pops,
सबै केटीहरु जगल्टे कै पछि पनि लाग्दैनन् निकोहि कोहि त डराउछन् पनि त्यस्ताहरु सँग भन्थे। खोइ बुझि साद्धे छैन, बरु हजुरले बुझें भन्नु भयो मलाइ पनि बुझैदिनुस् है

 nepal premi jyu,
हजुरको टिप्पणी म जहिले कुरीरा हुन्छु, हजुर साँच्चो भन्नु हुन्छ त्यसैले, मैले अब अर्को कथा लेखें भने त्यो कुरा को ध्यान पुराउछु है


durgesori,
कथा राम्रो लाग्यो भन्ने सुन्दा धेरै खुशी लाग्यो।

katziman,
हो है मेरो दु:खदायी कथा धेरै नै भए जस्तो लाग्यो मलाई पनिजे होस् हजुरलाई यस्ले चैं मन प्रफुल्ल बनाएछ खुशी लाग्यो

siju jyu,
लेख्दै जाँदा के के फुर्यो के के हेर्नुस् न, जे होस् लेखेको समय खेर गएन त्यहि नै ठूलो पुरस्कार हो नि होइन?

 धन्यबाद्

दिपिका

Last edited: 02-Jan-08 10:25 AM

 
Posted on 01-02-08 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Dipikaji,

Sarai uttam kotiko katha lekhnu bhayo| Aru katha haru pani dherai ramra chhan...tara malai yo katha ko prastuti, bhasa, antya sabai kura dherai nai ramro lagyo....yo kathalai tapainko sabaibhanda ramro srijana bhanda atyukti nahola|

Yestai katha prastoot gardai garnu hos...subhakamana chha.....


 



PAGE: <<  1 2 3 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
TPS Re-registration case still pending ..
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
ढ्याउ गर्दा दसैँको खसी गनाउच
TPS Reregistration and EAD Approval Timeline.......
nrn citizenship
They are openly permitting undocumented immigrants to participate in federal elections in Arizona now.
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Alert: Turbo Cancers: A Rising Global Threat
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters