BlurMirror
Replies to this thread:

More by BlurMirror
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

Rahuldai
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कथा

[Please view other pages to see the rest of the postings. Total posts: 22]
PAGE: <<  1 2  
[VIEWED 18333 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 01-18-11 10:24 AM     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

कथा

 
आँखामा आँशु राखेर बिक्रान्त कुन्नि के भन्न खोज्दै थियो। उ जाने खुशी त थिदै थियो हामीलाई, तर साथी छुट्टीने दु:ख ले मुटु यसै-यसै पोली राखेको थियो। एअरपोर्ट को त्यो भिड मा मैले उसको आफन्तहरु सब जाना फुलको माला र फुलको गुच्छा लिएर उभिएको देखेँ । बिक्रान्तको आमा हुनु पर्छ जस्तो लाग्यो मलाई। Vik ले पनि उहाँको नजिकै लगेर मेरो साथी, सँगै  engineering  सिद्दाएको भनि मेरो परिचय गरायो र मलाई हेरेर मेरो "मुवा" भनेर चिनायो।  दुई हात जोडेर मैले नमस्ते भने। शायद छोरा जाने दु:खले होला हात जोडेर नमस्कार त फर्काउनु भयो तर एकदम निराश।  शायद मेरो भाव बुझेर होला बिक्रान्त ले सानो स्वर मा म तिर फर्किएर “please don't mind she is really upset about me leaving” भन्यो। मैले पनि टाढा नै बसेर bye भन्ने बिचार गरेँ।

निशान्त र म एउटा कुनामा उभिएर हेरी राख्यौ। निशान्त फोटो खिच्न ब्यस्त भएको बेला मा चाँही मलाई अत्तिनै नरमाइलो लागि हाल्थयो। शायद यत्ति धेरै मान्छेहरु को भिडमा म जम्मा दुई जना लाई मात्र चिन्थे। र Vik बिजी भएको ले होला, म निशान्त लाई मेरो छाया सरी गरेर राख्न खोज्दै थिएँ । निशान्त र बिक्रान्त् मेरो सानो देखीको साथी हरु त हैनन, Engineering पढाई गर्दा, सँगसंगै खाना खाँदा एक प्रकारको आत्मियता बढ्दै गयो। हुन पनि हामी मान्छे को जात कस्तो अचम्म को हुन्छ  है? जो  मान्छे अलिकति मन पर्यो, त्यै मान्छे सँग रत्तिन्छौं। अनि सारा अवगुण बिर्सिएर उस्को गुण समाएर आफ्नो बनाउछौं, अनि उस्को बन्दै पनि जान्छौँ।  हामी चार जना बिच पनि त्यस्तै भयो। एक  बिक्रान्त, दुई  निशान्त अनि तीन अक्षता र अनी म। अक्षतालाई आज निस्पट ज्वरो आएको छ, त्यसैले त्यो आइन एअरपोर्ट। एक  हप्ता भयो, रोएको रोयै गर्छे। हुन पनि हरेक कुरामा बिक्रान्त् लाई  पनि  सोधम,  उसको भ्याउँछ  कि  भ्याउदैन होला? बिक्रान्त् लाई  पनि चिया खाना बोलाऊ, बिक्रान्त् आएन उसको भाग राख्दिम  भन्ने बानी परी सकेको थियो हामीलाई। हुन पनि हाम्रो  साथी बिक्रान्त् आँखामा राखे पनि नबिजाउने मान्छे।  हामी आफ्फै मा busy भयौं नै भने पनि खोजी खोजी हामीलाई "साथी र सामिप्य" को पाठ पढाउन एक हात अघि हुन्थ्यो। तिमीहरुलाई म गए पछी थाहा हुन्छ साथी के हो कस्तो हुन्छ भनेर बारम्बार भन्थ्यो।

आज अक्षता नभएकोले  निशान्त र म पनि धेरै कूरा गरी राखेका थिएनौ।  Vik बिचरा चाँहीँ कहिले परिवार सँग त कहिले हामीसँग कूरा गर्ने कोशीश गरी राखेको थियो। बिच-बिच मा Aki (Akchyata) लाई धेरै आँखा नसुन्नाउनु भनी दिनु भन्दै थियो। म र निशान्त हुन्छ भन्दै  टाउको हल्लाउ थियौ, मनै मनमा सोधे त्यो त रोइदिन्छे, तर मेरो?? मेरो चाँही के नि? म रुन्न भन्दै मा मेरो चाँही चित्त दुख्दैन त? सानै देखि रुन जानिन, शायद नरुने बाचा आमा को पेट मा छदै खाएको जस्तै। मन् मन मा फेरी सोधे अनि म? म? तर बोली नै फुस्कन्दैन थियो।  निशान्तले मेरो हात समाऐेर एउटा गीत गुनगुनायो…” सबै ठिक्कै हुन्छ” र म मूस्कूराएँ ।

मेरो  फोन  बज्यो  Aki calling

: Hey, how are you now?

Aki: (रुन्चे स्वरमा)  ठिकै छु। अहिले ज्वरो  अलि  कम छ  कि  जस्तो  छ। Vik गयो?

:  छैन बाsssss अझै बाँकी घण्टा .. कूरा गर्छौ त्यो सँग?

नाइ त्यसले भन्दिन भनेर थाहा थियो नै, तैपनी जिस्काउन लाई सोधेँ।

Aki:  फुर्सद   तेस्को?  दे न, जाने बेला मा फोन बाट भए पनी bye भन्नु पर्यो। ह्या कस्तो bore, यो ज्वरो पनि अहिले नै आउनु पर्या ?? (फेरी रुन्च्ये स्वर पारी)

अक्षता मेरो बोलिचाली अचम्म को छ, मलाईतँ”  भन्छे उसलाई सधैतिमी”। किन हो कुन्नी मलाई तँ भन्न उती सजिलो लाग्दैन, शायद सानो देखि को बानी ले होला।

:  अब  रुन्छौ भने दिन्न,  तेस्लाई अब एअरपोर्टमा म रुवा-बासी गरेको हेर्न सक्दिन भन्द्याछु, अनि म फकाउन   पनि सक्दिन। 

Aki:      दे  तेस्लाई

Viks:  Hey Aks, कस्तो छौ? 

बाँकी उनिहरु बिच के कुरा भो मैले सुनिन। 

परिवारजनको हुल बिस्तारै काम हुँदै गयो । Vki पनि अब जान्छु भन्दै Suitcase तानेर भित्र Check-in Counter तिर लाग्न थाल्यो। म पनि उस्लाई जाउ भन्न पर्यो भन्ने ठानेर दुई पाइला मात्रै के बढाएकि थिएँ, उस्को ड्राइभर (रत्तन) आएर “मैसाब, एक छिन् कुरीबक्स्योस रे। बाबु फेरी आउछु मर्जि भा छ” भन्यो। सब जना बिक्रन्तलाई बिदाइ दिएर जान थाल्नु भएको थियो। बिक्रन्त को मुआ पनि जाने तर्खरमा लाग्नु भो, देख्नु होला कि नहोला भनेर म अर्को तिर उभिरहेँ अनि उहाँ नै नजिक आएर "बिक्रान्त् गएर के भो त? तिमीहरु त घर आउँदै गर न भन्दै निशान्त तिर हेरेर भन्नु भो। म त पहिले कहिले पनि गएकी नै थिइन, त्यसैले चुपचाप लागि राखेँ। निशान्त ले आन्टी को हात समातेर "मुआ म छदै छु नि, यो केटीहरुलाई घर म लिएर आउंछु। हजुरको हात को फिक्का चिया को मजा लिन" भन्न मात्रै के सिध्याएको के थियो, मैले आन्टीको आँखा रसाएको देखे। त्यसपछी मेरो मन यत्तिकै भरिएर आयो, मैले केही नबोली हात जोडी रहे।

त्यतिकैमा Vik ले “thanks Sara. Here’s your cell” भन्दै मेरो फोन मलाई थमायो। अनि आएर आफ्नो एउटा हात मेरो काँधमा राख्यो। हामीमा कहिले पनि त्यस्तो सामिप्यता त थिएन, म उस्को हात हटाउन पनि सक्थे तर मैले तेसो गरिन। किन हो मलाई उस्को यो अङालो एकदम सरल र आत्मिय लागेको थियो । उस्ले निशान्तलाई काठमाडौं मा छोडेको Textbooks हरु केही दिन पछी मेल गरिदिनु भनेर अरायो। उसैले फेरी बिचमा नै आफ्नै कुरा काटेर भन्न्यो "you guys take care of yourself, myaan!! I am going to miss you all so bad” मैले पनि त्यै मौका मा "so would I, I mean we … " मैले घडी हेर्दै भने।

Me:  When are you checking in?

Vik: Already did. I have connections you see. नेपाल को रमाइलो नै यही है? you have people around, who makes sure everything and anything is possible.                               

Me: Yes, Mr. Big shot.  So when are you going to board the plane?

Vik:  I still have an hour to go before they call my name for the last call.. I already have a boarding card. 

Me:  Boarding pass लिएर तिमी बाहिर? अचम्म मान्दै मैले सोधेँ।

Vik र निशान्त ले एकै स्वर मा भन्न्यो “we have a connection you see.”

हामी एकै स्वरमा हांस्यौ। मेरो हाँसो शायद अली छोटो थियो क्यार Vik ले अगाडि भन्यो “Sara please be grateful that I took all this risk for you” फेरी एक चोटि हांस्यौ। तस्बिर खिच्न माहिर निशान्त smile please भन्दै lens मिलाउदै हाम्रो फोटो खिच्दै थियो।

एयरपोर्ट पुराउन आएका बाँकी सबै जना गैसक्नु भएको ले Vik, निशान्त र म मात्रै बाकी थियौ।

विक्रान्त खुट्टा ले भुई मा केही कोर्दै केलाउँदै थियो, मैले सोधे: “कति घण्टा को flight?” मेरो प्रश्न को कुनै जवाफ नै  आएन, उ  भन्दै  गयो  “मलाई  अहिले  गएर अहिले नै आउन मन भैइसक्यो।“ कहिले Masters सिद्दिन्छ, अनि काम  सुरु  गर्छु। हामी ले जिस्काउने नियत ले अब तिमी फर्कन्दैनौ भन्दै हास्यौ, हामी सब लाई थाहा थियो उसले PhD गर्ने पनि मनसाय बनाइ सकेको थियो। तर कता कता हामी सबलाई विश्वाश थियो, Vik फर्कन्छ भनेर।   

भाई बिपुल को देहन्त पछी Vik एकदम एक्लै भएको थियो। परिवार भन्नु नै हामी चार जना साथीहरु भएको थियौं। राम्रो होस् या नराम्रो, ठीक होस् या गलत, सब ले सब लाई भन्ने गर्थ्यौ, तर घर को कुरा चाँही हामी कसैले कसैलाई धेरै बताऊदैन थियौं। निशान्त को बुवा दुबइ मा chemical engineer हुनुहुन्थ्यो। उ हजूर् आमा, आमा र बहिनी लाई  लिएर जिन्दगी लाई अघि बढाउदै थियो। UN को नयाँ जागिर भएको ले ऊ दङ नै हुन्थ्यो अहिले त। Aki जो child right advocate हुनु पर्थ्यो, परी हालेको खन्डमा एक दुई quatar सिद्दाइ दिन्थी, Vik र निशान्त सँग बसेर। हास्न चाइ बिन्दास हास्थी। म प्राय चुपचाप बस्थे। Aki मलाई चिढाउन सधैं एउटा सम्बोधन गर्थी “बेहेन जि!!”, अरु कुनै कुरा नपाए  पछी  मलाई  "तेरो जिन्दगी … यसरी कुनै हासो बिना सिद्दिनी भो भन्थी" मेरो प्रतिउत्तर उस्को लागि एउटै हुन्थ्यो, "पिक्कड" भनी दिन्थे।

कती कुरामा हामी चार जना एकअर्काको परीपुरक थियौ। कसैको कमजोरीलाई हाम्रो शक्ति भन्थ्यौ, हामी धेरै बेर कमजोरी हामीमा हावी हुन दिन्न थियौं। हरेक दिन एक चोटि भेट्नै  पर्थ्यो। त्यस्तो सामिप्य मा एक जना टाढा हुँदा को खिन्नता ले हामी सबै मा खल्लोपन हुनु  स्वाभाबिक नै थियो। 

To be continued.......

P.S. Thank you for editing the story Comcast

Last edited: 19-Jan-11 09:57 PM

 
Posted on 09-25-13 12:06 PM     [Snapshot: 3123]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 वाह ! मनै कुटुक्क हुने ....सरल शब्दले कोरिएको   ..... निर्मोही समय को कथा .... साझाको खुत्रुके बाट ....लु माथि धकेलें ...
 
- थाहा छैन (थाने)

 
Posted on 09-25-13 12:32 PM     [Snapshot: 3143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 thaney- यो पोष्टलाई माथी धकेलेकोमा धन्यवाद , कथा त पढीसकेको थीएँ तर khaikkhaik को सुझाव पढ्न भ्याएको रहेनछ। I took months to respond here too  , Thanks a lot... and lurmirroe yes the story is nice, tara दोश्रो भागको गतीको सम्वन्धमा खैकेखैके भनेको पनि चित्त वुझ्यो।may be i like build up in stories , त्यो भएर पनि हुन सक्छ। तर कथाकारको आँखा र सोचलाई साधुवाद!!
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
Basnet or Basnyat ??
TPS Re-registration case still pending ..
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
Nas and The Bokas: Coming to a Night Club near you
Will MAGA really start shooting people?
मन भित्र को पत्रै पत्र!
Top 10 Anti-vaxxers Who Got Owned by COVID
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
TPS Work Permit/How long your took?
Breathe in. Breathe out.
3 most corrupt politicians in the world
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
शीर्षक जे पनि हुन सक्छ।
Disinformation for profit - scammers cash in on conspiracy theories
Nas and The Bokas: Coming to a Night Club near you
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters