BostonKtm
Replies to this thread:

More by BostonKtm
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 चलन चल्तीका केहि नेपाली उखानहरु

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 35183 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, View Last 20 replies.
Posted on 06-07-09 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चलन चल्तीका केहि नेपाली उखानहरु


 चलन चल्तीका केहि नेपाली उखानहरु



  1. अकबरी सुनलाई कसी लगाउँनु पर्दैन।

  2. अर्काको नासो, गला पासो।

  3. अकाशको फल आँखा तरी मर।

  4. अघि बुद्धि आएन पछि रोएर के गर्नु।

  5. अनिकालमा बीउ जोगाउनु, हुलमुलमा जीउ जोगाउनु।

  6. अगुल्टोले हानेको कुकुर बिजुली चम्कँदा तर्सन्छ।

  7. अल्छीलाई बल्छी, मर्दलाई जाल।

  8. अल्छी तिघ्रो स्वादे जिभ्रो।

  9. अनिकाले मानु बाडी चुडी खानु।

  10. आफ्नै छोरी नखरमाउली तन्नेरीलाई दोष।

  11. आफै नमरी स्वर्ग देखिँदैन।

  12. आफ्नो आङ्को भैसी नदेख्ने अर्काको आङ्को जुम्रा देख्ने।

  13. आयुको छोरालाई वायुको के डर।

  14. उसै त सासु सुन लगाएकी।


  15. एउटा थाप्लोमा दुइटा नाम्लो।

  16. ओरालो लागेको घाम, पखाला लागेकी बूढी।

  17. ओरालो लागेको शेरलाई मृगले पनि खेद्छ।

  18. औषधी र अर्ती तीतै हुन्छन्।

  19. कहिले सासुको पालो, कहिले बुहारीको पालो।

  20. काम न धाम पेटभरि माम।

  21. मुलको पानी,कुलकी नानी।

  22. कानु गोरुलाई औशी न पुर्णे।

  23. कि हस्तिनापुरको राज कि चपरिमुनिको बास।

  24. खोला होइन तिर्खा धाउँछ।

  25. खानु न पिनु पुर्पुरोमा चिनु।

  26. खाने मुखलाई जुँगााले छेक्दैन

  27. खुकुरी भन्दा कर्द लाग्ने बावुभन्दा छोरो जान्ने।

  28. गर्नु न बिराउनु के–को डराउनु।

  29. दुखीलाई दिन्छु नभन्नु, बिधवालाई लान्छु नभन्नु।

  30. गाई मारी गधा पोस्ने।

  31. गीत गाउँनेको सुसेलीबाटै थाहा हुन्छ।

  32. गुन्द्रुकलाई पकाउनु पर्दैन।

  33. घर नभएको छोरो र सुत्केरी नभएकी बुहारी।

  34. घर आय कुकुर बलियो।

  35. चीनको राजा भोटको नुन, ज्यानै दिंदानि नदेख्ने गुन।

  36. चोक्टा खान गएकी बूढी झोलमा डुबेर मरी।

  37. छोरो पाउने कहिले कहिले कन्धेनीको सोच।

  38. जस्तो आफू उस्तो च्यापू।

  39. जसको सिङ छैन उसको नाम तिखे।

  40. जस्को तरवार उसैको घरवार।

  41. जस्तालाई तस्तै ढिंडालाई निस्तै।

  42. जहाँ ताल उहीँ पानी।

  43. जसले बोक्छ भारी, खान्छ मेख मारी।

  44. जब हुन्छ राती अनि बुढी ताती।

  45. जाँगर न साँगर खाने बेलामा आँगर।

  46. जुँगो चल्यो कुरा बुझ्यो।

  47. जुवाको धन गन्दै नगन।

  48. जो होचो उसको मुखमा घोचो।

  49. जो अगुवा उही बाटोमा हगुवा।

  50. जोगीको घर सन्नेसी पाहुना।

  51. जति जोगी गाए पनि कानै चिरेका।

  52. जो छ खुनी उसैलाई हुनी, जो छ दानी बिग्रिनी वानी।

  53. टाढाको देउता करेसाको भूत।

  54. ताक परे तिवारी नत्र गोतामे।

  55. ताप्के ताते पो काम हुन्छ बिंड तातेर के काम।

  56. दशा लागेको बेला नभरेको बन्दुक पनि पड्कन्छ।

  57. दूध दिने गाईको, लात्ती पनि सहनु।

  58. धान खाने मुसो चोट पाउँने भ्यागुत्तो।

  59. नदिने सासु बुधवार बार्छिन्।

  60. नमच्चिने पिङ्को सय झड्का।

  61. नाच्न नजान्ने आँगन टेढो।

  62. पशुपतिको जात्रा सिद्राको व्यापार।

  63. बतास नलागि पात हल्लिदैन।

  64. वनको बाघले नखाए नि मनको वाघले खाने।

  65. बारी न बिरुवा नौ मूरी तोरी।

  66. बाहिर बाहिर लोकाचार भित्र भित्र पोका पार।

  67. बिसौलीको जिब्रो फड्कार्नु भन्दा धार्नीको टाउको हल्लाउनु वेस।

  68. बिष नभएको सर्प र ईख नभएको मान्छेले केही गर्न सक्दैन।

  69. भाई फुटे गवाँर लुटे।

  70. भेटी न सेटी बस मरी भेटी।

  71. भोको भन्छ डाडाँवारी खाऊँ अघाएको भन्छ डाँडापारी खाऊँ।

  72. म ताक्छु मूढो बन्चरो ताक्छ घुँडो।

  73. मनको वह कसैलाई नकह।

  74. मर्ने बेलामा हरियो काक्रो।

  75. मह काड्नेले हात चाट्छ।

  76. मर्दाको मलामी जिउँदाको जन्ती।

  77. माछाको बल पानीसम्म।

  78. माछा माछा भ्याकुता।

  79. मुखमा राम–राम बगलिमा छुरा।

  80. मुखमा सरस्वती हुनेको सधै वृहस्पति उदाउँछ।

  81. मेरो गोरुको बार्‍है टक्का।

  82. मोही माग्ने ढुंग्रो लुकाउने।

  83. रातभरि रुघ्यो बुढी जिंउदै।

  84. रातभरि करायो दक्षिणा हरायो।

  85. राम्री तेसै राम्री, नराम्रीलाई ढसक।

  86. राजाको काम कहिले जाला घाम।

  87. लगन पछिको पोते के काम।

  88. लाटो देशमा गाँडो तन्नेरी।

  89. लासामा सुन छ कान बुच्चै।

  90. लाटो खान्छ एक बल्ड्याङ, बाठो खान्छ तीन बल्ड्याङ।

  91. लोहारको सय चोट सुनारको एकै चोट।

  92. साउनमा आँखा फुटेको गाईले सधै हरियो देख्छ।

  93. सासूको माया छोरी छउन्जेल, बुहारीको माया छोरा छउन्जेल।

  94. सोक न सुर्ता भोक न भकारी।

  95. सुख पाए ससुराल जानु दुःख पाए मीत कहाँ जानु

  96. हात्ती आयो हात्ती आयो फुस्सा।

  97. हात्ती उडाउने बतास आयो पिउरी खोज्छेस् राणा।

  98. हातमा पुस्तक मनमा दस थोक।

  99. हुने बिरुवाका चिल्ला पात।

  100. हुनु हार दैव नटार।


जय होस् सबैको।


 
Posted on 11-16-09 3:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Abhagi Hagna Basyo; Tin Bitta Ko Thoso Pasyo!

Talla Ghar Ki Budhi Ko Manaa Jatro Pwal; Mathilla Ghar Ko Bodho Le Ufri Ufri Haal!!! (Dhiki/Dhikari)

Guhu lai chhoyo; Gandha!

Phohor chalayo; Chhitaa!

Tesai ta Buhari; Bhatamas Khayeki!

Haat le diyera Khutta lai dukha! (loan defaulters)

Mukh Hunda Hundai Naak le paani khana hunna!

Chhan Geda Sabai Mera; Chainan Geda Sabai Tedha!

Macchiyo Macchiyo--Thacchiyo!

Rest in the next.

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
Basnet or Basnyat ??
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
nrn citizenship
ढ्याउ गर्दा दसैँको खसी गनाउच
Sajha has turned into MAGATs nest
Doctors dying suddenly or unexpectedly since the rollout of COVID-19 vaccines
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
Send Parcels from USA to Nepal & Worldwide.
Why is every youths leaving Nepal? Why are not youths entering politics and serving the country, starting business etc?
TPS Work Permit/How long your took?
कल्लाई मुर्ख भन्या ?
Morning dharahara
Travelling to Nepal - TPS AP- PASSPORT
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
Travelling on TPS advance travel document to different country...
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Informatica consultancy share
मन भित्र को पत्रै पत्र!
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters