world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ~~चौतारी - ७५ (हीरक अंक!)~~

[Please view other pages to see the rest of the postings. Total posts: 650]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
[VIEWED 200297 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 33 pages, View Last 20 replies.
Posted on 09-06-07 8:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७५


नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम


--चौतारी - भाग ७५ (हीरक अंक!) --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७५ औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, SurNaTal - सुन्तले, sky - आकासि मैंयाँ, Maverick_-माकुरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 75 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग


चौतारी हीरक अंक

समय पंक्षी हो
खुल्ला यसको बंधन
बाँधेर बाँधिदैन
उड्छ हर प्रहर
दिन रातको
पंख सेतो कालो
चालेर आकाशैमा
उड्छ हर प्रहर


साँच्चै समय यति गतिवान् छ कि हाम्रो प्यारो चौतारीको जन्म भएको पनि दुइ वर्ष भैसकेछ, तर हामीलाइ पत्तै भएन। हाँसो, ठट्टा, कथा, कविता, दोहोरीको भाकामा दुइ वर्ष काटेको हामीलाइ दुइ दिन जस्तै लागिरहेको छ। यो समयमा अनेकौं नयाँ गाम्लेहरूको आगमन भयो, नयाँ मित्रता गाँसिए, पुरानो मित्रता अझ कसिए, चौतारी नितान्त आत्मीय लाग्न थाल्यो।

७ सेप्टेम्बर २००५ बाट शुरू भएर दुइ वर्ष पूरा गरी तीन बर्षमा प्रवेश गरेकोमा चौतारी र चौतारीवासीलाइ धेरै धेरै बधाई!!!

यो अंकमा आफ्ना अमूल्य लेख रचना, कथा, कविता, मुक्तक, कहानी र अनेकौं अरू मौलिक सिर्जना पस्केर चौतारीको जन्मदिन भव्यताकासाथ मनाऔं।

 
Posted on 09-06-07 9:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे प्रिये
******
हे प्रिये सम्झिन्छु म तिमीलाई हरेक साँझहरूमा
डुबिरहन्छु म हरेक पल तिम्रै यादहरूमा
अब त भनिदेउ कि भो भो न आउ अब मेरो सपनिहरूमा
यदी साँचो प्रेम गर्छौ भने आउ अब बाधिदेउ मलाई तिम्रो अङालोहरूमा
 
Posted on 09-06-07 10:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

a ha kasto ramro. Nepali ma kasari lekhne hola? sikaidinu huncha ki? dhandyabad
 
Posted on 09-06-07 10:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

बुर्ता ले नभ्याये पनी सोच्न लागेको छु
भन्न नाआए पनि भन्न खोजिरहेछु।
हिरक महोत्सब मा सबैलाई साथ दिन
नाअैइ नाअैइ पनी कबीता लेख्न लागेको छु||
 
Posted on 09-06-07 10:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छी,
त्यो Roman to Nepali Unicode भन्ने म किलिक गर। लौलौ अरु त तिमीले बुजीहाल्छउ |
 
Posted on 09-06-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nepkanchhi, Roman to Unicode Nepali Converter use garera nepali ma type garna saknu hunchha. Just click on the link located at the bottom of the page.
 
Posted on 09-06-07 10:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे ज्यू,
गज्जबको छ कथा! दामी लाग्यो, अनि आर्या कत्री भइ? चित्रे काकाको माया सुनाइदिनुस् है!
हामी अल्लारेहरूको त्यस्तो दिन कहिले आउने हो खै?

नेप्कान्छी,
मेसेज लेख्ने बक्स माथि *** Use 'Roman to Unicode Nepali Converter' developed by our own Sajha members मा क्लिक गर, अनि अंग्रेजीमा लेख, नेपालीमा कर्भर्ट हुन्छ।

अरू सबै गाम्लेहरूलाइ जदौ!
आफ्नो त केही लेख्नै भ्याएको हैन, के कोसेली टक्याउने म त संकटमा परें, भोलि सम्ममा केही होला कि हेरम्।
 
Posted on 09-06-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामी प्रश्तुति गौतमदाइ।
मुलाई नि छोरी पाउन मुनलाग्यो।

कान्छीलाई चौतारीमा स्वागत छ।
 
Posted on 09-06-07 10:11 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दामि छ गोतामे दाइ कथा । म संग त केही पनि छैन जस्तो छ। के लेख्ने ?
कुनै बेला किलासां सरले पढाउदा आफु कबिता कोरेर बसिन्थ्यो, आजकाल त एक दिन रुगें पनि एउटो कबिता पनि आउदैन होला । तेहि पनि ट्राइ मार्छु लाइभ कबिता ।

खोइ को पो छ र मलाइ याहा सम्झने भनेर
तेइ पनि आउछु मायालु कतै भेट्छु कि भनेर
दिन रात बित्यो हिउद र बर्षा कोहि पनि आएन
उराठ जिबन सधैंनै हिउद बसन्त छाएन

एकान्त ठाउ सुन्य छ संसार कर्कश छिमेक
के छ र ठेगान काहा पुग्ने भोलि जिन्दगि निमेक
न्यास्रो यो दिन हावा छ स्थिर सुर्य छ मलिन
सकाउं कि जिबन गएर अब खोलामा हेलिन

कति पो योनी कति पो जुनी कती पो मरण
पुर्व र पस्चिम उत्तर र दक्षिण कां होला शरण
पाप के होला पुण्य के होला के होला लेखाना
दुइ दिने नाटक कर्कले पानि मृत्यु नै जोखाना

खोइ को पो छ र मलाइ याहा सम्झने भनेर
तेइ पनि आउछु मायालु कतै भेट्छु कि भनेर
दिन रात बित्यो हिउद र बर्षा कोहि पनि आएन
उराठ जिबन सधैंनै हिउद बसन्त छाएन


कता बाट यस्तो स्यान्टी कबिता फुर्यो ? निराश नहुं है ??
 
Posted on 09-06-07 10:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यबाद सबैलाई।
कान्छीलाई स्वागत छ चौतारीमा।

यो भउते फेरि बिग्रिए जस्तो छ!
 
Posted on 09-06-07 10:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुरु गरेको समय ९:४९
पोस्ट गरेको समय १०: ११
तेती नराम्रो त भएन छ ।
 
Posted on 09-06-07 10:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमे त आसु कभी रहेच।।लौलौ कसरी लेख्ने हो एस्तो कुन्नी!
 
Posted on 09-06-07 10:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.बधाई हिरक जयन्तिको!!!


चिहाएर हेरीन्छ.....lol.....साह्रै रमाइलो लाग्छनी.....
 
Posted on 09-06-07 10:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमेको नयाँ टाइटल -- चौतारी आशुकवि!

किष्नेकाले जी,
स्वागत छ चौतारीमा। तपाइलाइ ह्याप्पी बिलेटेड कृष्ण जन्मास्टमी!

माकुरे, भौते, रिठ्ठे र अरू सबैलाइ फेरी नमस्कार!
 
Posted on 09-06-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रेले ठिकै भन्यो आशुकबि नै भइयो । अर्को पटक हासोकबि बन्नु पर्ला । थाकेर हो कि के हो आशकुबिता पो फुर्यो । माकुरेलाइ पनि धन्यबाद छ मेरो ।


लटर पटर कोटा पुर्याए । भउते अब इडिट गर्दै बस्ने हो कि दुइ चार गोला बारुद हान्ने हो ?

Last edited: 06-Sep-07 10:55 PM

 
Posted on 09-06-07 10:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.बिलेटेड कृष्ण जन्मास्टमी...........ha haaaa........................धन्यवाद

....भेतुम्ला नि है सबैलाई शुभरात्री
 
Posted on 09-06-07 10:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यसै बिग्रेको हैन गौतमदाइ। तपाईँको कहानीले यति भावुक बनायो कि नबिग्री सुखै पाइन। सप्रेर प्रतिकृया लेख्दा तपाईँको भावनामा ठेस लाग्छ कि भनेर डर पनि लाग्यो।

कृष्णकाले-जी, किन चियाएर मात्र हेर्नु। मजाले खुलेर आउनुस, चौतारीको एउटा ढुङ्गामा पलेटी मारेर बस्नुस्। आफ्नो गाम-ठामको शैलीमा धक फुकाएर बात मार्नुस्। तपाइँलाई चौतारीमा स्वागत छ।


ल, नमेको नि धमाका गएछ।

Last edited: 06-Sep-07 10:30 PM

 
Posted on 09-06-07 10:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

.धन्यबाद भउते ब्रदर...पलेती मारेर त बस्नै पर्छ बi...नजानिकन बोल्नु भएन धोती फुस्किने डर...भेतुम्ला नि है शुभरात्री
Last edited: 06-Sep-07 10:39 PM

 
Posted on 09-06-07 10:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे दाइ को कथा पढें र बुझें। जिन्दगी लेख्नु भा छ, कथा होइन। आर्याच्यानलाई ठुल्दाईको धेरै धेरै प्यार र अशिर्वाद छ। अनि गोतामे गुरुलाई आरिगातो।
नमे को आशु कबिताले मेरो सबिताको नै छुट्टी भयो।
अब म के लेखुँ, मध्यरातमा? कर्णको रथ झैं जिन्दगीको अप्ठेरो ठाउँमा आएर अड्केको छु। भोली लेखुलाँ भन्दै यो अल्छि शिरोमणी बिदा माग्दछ। तारेमाम्।
 
Posted on 09-06-07 10:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब मैले नि नेपाली मा लेख्न जाने ही हीही सबै जनालाई धन्यवाद।
 
Posted on 09-06-07 10:47 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धन्यवाद भाउते अनी गौतम दाई नै होला है " लोल" औरेजी म हासेको के म
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 365 days
Recommended Popular Threads Controvertial Threads
श्राद्द
TPS Re-registration
सेक्सी कविता - पार्ट २
What are your first memories of when Nepal Television Began?
पाप न साप घोप्टो पारि थाप !!
पुलिसनी संग - आज शनिवार - अन्तिम भाग
निगुरो थाहा छ ??
ChatSansar.com Naya Nepal Chat
Lets play Antakshari...........
What Happened to Dual Citizenship Bill
Basnet or Basnyat ??
Sajha has turned into MAGATs nest
NRN card pros and cons?
मेरो अम्रिका यात्रा -२
TPS Re-registration case still pending ..
Do nepalese really need TPS?
कता जादै छ नेपाली समाज ??
susta manasthiti lai ke bhanchan english ma?
कृष्ण नै अन्तिम सत्य
पुलिसनी संग - आज शुक्रवार - भाग २
Nas and The Bokas: Coming to a Night Club near you
राजदरबार हत्या काण्ड बारे....
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
is Rato Bangala school cheating?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters