world_map
Replies to this thread:

More by world_map
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 ##चौतारी ७०##

[Please view other pages to see the rest of the postings. Total posts: 679]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE


[VIEWED 243297 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 34 pages, View Last 20 replies.
Posted on 08-17-07 12:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी - ७०

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम

-चौतारी - भाग ७० --



चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)


हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा आदिमा रमाउँदै अनेकन उकाली ओरालीहरु पार गरेर हामी चौतारीको ७० औं संस्करणमा आइपुगेका छौं। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।



**********************************************************************

'जात,धर्म्,लिंग,राजनिति,भाषा,ब्यक्तिगत रिसइबीमा जस्ता कुरालाइ तिलाञ्जली दिएर मात्रै 'हामी नेपाली' हौ भन्ने र एकआपसमा मित्रभावले रामाइलो गर्न आउनेहरुलाइ चौतारीको बर-पिपल ले हार्दिक स्वागत गर्छ'
**********************************************************************


लौ बसुम यही चौतारीमा


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, Camoflaged – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra – तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha – सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले ,Hetterika!! - हरि, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, Nepalki_chori - नेप्ची, Hi_nanu, dilute - दिले, rajaharischandra - हरिश, chana_tarkari - चने, nvidia - भेडे, nilgiri - निले, chinde - चिन्डे, rpande - पांडे, unfrenrites - फ्यान्टे, npl2us - नेप्ले, thaple - थाप्ले, resaamfiriri - रेस्सम, रामचन्द्रे - रामे, jwai-sap - ज्वाइ, ForEachOther - फरे, IrishSoldier - इरे, khabardar - खैरे, gundrukkojhol - गुन्द्रुके, Manvi - माइली/मुन्नी, Bhunte - भुन्टेदाइ, Durgesori - दुर्गेदिदी, copycat-बिराले, Madness-मदनवा, dhaniyaa-धनिया, downtown guy-दानव, दाने, shabanam - सब्बु, Ritthe - रिठ्ठे, PallaGhareAntare - अन्तरे, parbatya - पर्वते, आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।




Chautari (Chow-tar-ee) :

(World's first and finest internet IMPROV in Nepali language)



Running since 7 Sept 2005 in a total of 70 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens,
wildest dreamers, vacationing revolutionaries, rethinking moderates, instant poets,
gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers,
pretty damsels, fierce contenders, homelanders, laa-hoo-rays,
all on the stage of Chautari of Sajhaland.

*गोताएँदाइकोब्लग

चौतारीवासीहरूको वरियताक्रम:- (source: ठूली)

जेठो = राहुल दा
माइलो = पून्टे दा
साइँलो = चना दा
काइँलो = चिप्ले
ठाइँलो = भौते दा
राइँलो = बिर्खे दा
अन्तरे = अन्तरे
लखन्तरे = हरी
अखन्तरे = कुम्ले दादु
जन्तरे = ग्वाँचे
माटो मन्तरे= दालु(गालब)
पानी मन्तरे = रिठ्ठे
आकाश मन्तरे = नेप्चे
आगो मन्तरे = चित्रे
काँचो = सानो कान्छो



जेठी: नेप्ची दी
माइली: दुर्गी दी
साँहिली: मास्टर्नी दी
काइँली: सुनिमा दी
ठाइँली: सान्नानी
राइँली: सब्बु
अन्तरी: ठूली
कान्छी: तिरू



 
Posted on 08-17-07 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ए थुली, मलाइ चित्रे दाइ भन्दा नि जेठो बनाएर आफु चाइ सुत्न गको?
सपना मा तर्साउन आउ भुत बनेर?

 
Posted on 08-17-07 2:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ओइ नेउचे बाँदर दाइ!
ठूलीले भनेपछि भनी क्या, अब चेन्ज हुँदैन!
 
Posted on 08-17-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चित्रे दाइ,
मलाइ पो दाइ रे।
पाप लाग्ला है, भाइ लाइ दाइ भन्दा।
 
Posted on 08-17-07 2:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

महंकाल भैरब
************
लौ सुन, आज यो ठुल्दाई महांकाल् देबताको कथा भन्छ।
पहिले पहिले धेरै पहिले, लिच्छबी कालको कुराहो यो। उपत्यकामा खडेरी परेछ, धेरै याम सम्म। पनी न पर्ने घाम टन्न।
पानी पार्ने उपाय अनेक् गरे। धेरै गण्यमान्य अनि तान्त्रिकहरु सरसल्लाह हुदां तान्त्रिकका पनि तान्त्रिक जामन: गुभाजुको नेत्रित्वमा ठुलो यज्ञ गर्ने र यज्ञको बलमा पानी पार्न सक्ने बैज्ञानिक आध्यत्मिक आधार देखिएकोले यज्ञ गर्ने निर्णयमा पुगे। यज्ञ सुरु भो, अग्नि दन्के, चारु स्वाहा गरे। सर्प देखि बिच्छि सम्म होमिए। हेर्दा हेर्दै आकाशमा अजङगको कालो मेघ देखा पर्यो। यति बिशाल र सघन बादल कहिलेइ देखिएको थिएन। सब खुशी भए। राजा जनता, वटुक, पण्डित। तर जामन: गुभाजुको अनुहारमा चमक भन्दा ज्यादा चिन्ता देखिए। सहकर्मी तान्त्रिकहरु छक्क परे। यत्रो साधनाको फल, आकाशमा देखिदां पनि जामन गुभाजु हर्षित छैन। सबै तान्त्रिकहरु जामन: गुभाजु भए ठाउंमा गए र जिज्ञासा राखे।
" गुरु देब, यज्ञ सफल भएको मा हजुर खुशी देख्नु हुन्न नि, यसको कुनै कारण छ कि, हामीले त बुझ्न सकेनौ""
जामन: गुभाजुले आफ्नो चिन्ता प्रकट गरे।
" मलाई यो मेघ प्राक्रितिक लागेन, पानीको कुनै अंश देख्दिन"
"कुनै दैबी छल वा पिसाच को संकट हुन सक्छ"
"त्यसैले म त्यो बादललाई धरतीमा झार्न चाहन्छु" "सत्य देख्न चाहन्छु"
जामन गुभाजुको यो तर्क सुने पछि सबैले त्यो रहस्यमय बादलको सत्य तथ्य बुझ्नै पर्ने ठहर गरी, जामन गुभाजुलाई शक्ति प्रयोग गर्न सहमति दिए।
गुभाजुले आफ्नो भए भरको तन्त्र मन्त्र प्रयोग गरी त्यो भिमकाय मेघलाई तारण लगाई झारे। झर्दा त बिशाल कालो रंगको ढुंगा झरे। करीब६ हात लामो, ३ हात चौडा र २ हात उचाइ को ढुङा झरे। घोर अपशकुन। हल्ला खल्ला सरसल्ला धेरै भयो। आकश बाट् बिशाल ढुङगा झरेकोमा। जामन: गुभाजुलाई लाग्यो तारणलागाइ झारेको ढुङगा चानचुने होइन। यो कसैको छद्मभेषी अबतार हुन सक्छ। तारण फुलाकेर, तन्त्रको बलले सही रुपमा प्रकट हुन आग्रह गरे। अचम्म, कालो बर्णको, भिमकाय शरिर भएको, सर्पको माला लगाएको, हातमा पात्र ( गुलपा), गढा, खड्ग बोकेको महांकाल रहेछ।
संसारलाई शत्रुबाट र संकटबाट् बचाउने देबको रुपमा।
त्यो थाहा पाए पछि, जामन: गुभाउजुले आफ्नो अज्ञानताको लागि माफि मागे र देशमा शंकट भएको लेअब देखि यहीँ राज हुन अनेक बिन्ति गरे।
महांकाल् देबताले " मलाई संसार भरिका भक्त र सत्यको रक्षा गर्नु छ त्यसैले एकै ठाउँमा बस्न मिल्दैन , त्यसले वत्स, तिम्रो आग्रहलाई मानेरै म हरेक शनिबार म अबश्य आउंछु । मलाई एउटा मन्दिर बनाएर र मुर्ति पनि राखि देउ, म आएर दर्शन् दिन्छु। "
एक दिनले न पुग्ने गुनासो गरे पछि भगवानले केही सहुलियत दिने निर्णय गर्नु भयो।
"हरेक शनिबार र आउंछु, आउंछु र मंगलबारको दिन पनि अन्य शंकटकालिन काम आइ परेन भने एच्छिकरुपमा आउछु र कान्तिपुर को दुख निबारण गर्न सक्दो मदत गर्छु"।
यति सुनेर जामन: गुभाजु लगायत सबै जनाले महांकाल देबताको जय जयकार् गर्न थाले।
अब त्यो ढुंगारुपी महांकाल खसेको ठाउं यद्यपी देख्न सकिन्छ, ढुँगा सहित। पुरानो बस पार्कबाट पुतली सडक , शंकर देब क्यामपस निस्कने बाटो थाहा नै होला। हो, अलि १सय मिटर जति ( बस पार्क बाट्) गए पछि बाया चुके निवास दाया पुलिस क्लबको गेस्ट हाउस आउछ। त्यहि पुलिस क्लबको पर्खाल मा अलि पर गए पछि शहीद शुक्र माध्यमिक बिद्यालयको सामुन्ने त्यो ढुँगा रुपी असली महांकाल देब देख्नु हुने छ। देखि हाले नमस्ते गरि हाल्नुस्।
हाल त्यो स्थानलाई सुरक्षितरुपमा बार लगाई, माथि सुनको जलप भएको झल्लर राखिएको छ। ( ठुल्दाई नगरपालिकामा काम गर्दाको एक धार्मिक र मार्मिक कामको नमुना)।
त्यसैले ठुलदाईले शनिबार र मंगलबार् बाहेक अरु दिन त्यो महांकाल स्थान( टुंडिखेल-मिलिटरि अस्पताल) मा नमस्ते गर्दैन। देब नै नहुने बेलाढुँगालाई मात्र के नमस्ते गर्नु? होइन र? अस्तु!!!!!!!!!!
 
Posted on 08-17-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ, कथा पस्किनु भएकोमा धन्यवाद। केही प्रश्न गरिहालुँ है।
१: जामन: गुभाजु भन्नाले मुल पुरोहित हो कि केलाई जनाउँछ?
२: तपाईंले कथामा उल्लेख गर्नु भएको ढुङ्गा खसेको ठाउँमा मन्दिर नबनाइ टुँडिखेलमा बास्तबिक मन्दिरको स्थापना गरिएको हो?
३: ढुङ्गा खसेको ठाउँमा चाँही पूजा पाठ आदी कत्तिको हुन्छ?
 
Posted on 08-17-07 3:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चिप्ले, धन्यबाद,धैर्यपूर्बक कथा पढ्नुभएको मा।

: जामन: गुभाजु भन्नाले मुल पुरोहित हो कि केलाई जनाउँछ? जामन: गुभाजु- हरेक युगको प्रतिनिधित्व गर्ने तान्त्रिक हुन्।
२: तपाईंले कथामा उल्लेख गर्नु भएको ढुङ्गा खसेको ठाउँमा मन्दिर नबनाइ टुँडिखेलमा बास्तबिक मन्दिरको स्थापना गरिएको हो? हो, ढुँगा खसेको ठाउँ र मन्दिर छुट्टा छुट्टै ठाउं हुन्। खसि बजार निर ढुँगा खसेको तर के कारणले त्यता मन्दिर न बनाई हाल मन्दिर भएको ठाउँ मा बनाइयो, अनुसन्धान को बिषय भएको छ।

३: ढुङ्गा खसेको ठाउँमा चाँही पूजा पाठ आदी कत्तिको हुन्छ?
यो कथा व तथ्य थाहा हुनेले पूजा गर्ने गरेका छन्, अरुका लागि त केवल ढुँगा मात्र भेअको छ।
 
Posted on 08-17-07 3:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पुन: ऐतिहासिक कथा मार्फत् ग्यान् गुन का कुरा थपिदिनु भएको मा राहुल् भाई भे नि दाई लाई धेरै धेरै सधुबाद्।
 
Posted on 08-17-07 3:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सबै भन्दा पहिला चित्रे लाइ धन्यवाद
ठुल्दाइ ले लेखेको कथा पढेर रमाइलो लाग्यो
अनि त्यो सक्काली मुर्ती को चाँही मत्लब छैन त्यो महान्कल मन्दिर म चाँही किन त्यात्राो रमझम त? पुलिस् मात्रले पूजा गर्छन होला।
अनि ठुल्दाइ ले नगरपालिका को सन्स्कृति बिभाग मा नरेन्द्र मान् श्रेस्ठ संग काम गरेको हो?
 
Posted on 08-17-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते जी, धन्यवाद।
अब त्यो पुलिसलाई नि के थाहा त्यो असली भैरब भनेर। थाहा पाएको भए त पूजा गर्थे होलान। पहिला त झन लावारीश ढुँगा थियो। उखेल्न सकेको भए पुलिसले त्यो जग्गा छोड्थ्यो?
बुझ्नेले पुजेकै छन। बुझ्नेलाई श्रीखण्ड भने जस्तै।
मैले काम गर्दा नरेन्द्र श्रेष्ठ ( इन्जिनियर हो भने) रुसमा पढ्दै थिए। तर ओसी को जागिर चाँही थियो।
मैले छोड्ने छोड्ने ताका इन्जिनियरमा बढुवा भएको थियो। सङै धेरै काम गर्न पाइेन। फेरी त्यतिबेला संस्क्रिती बिभाग भन्ने नै थिएन। जम्मै काम निर्माण बिभागले हेर्थ्यो, संयोग दुर्योग बस त्यतिबेला ( २०४९-५३ ) ठुल्दाइ हाकिम थियो।
 
Posted on 08-17-07 3:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पर्बते जी, धन्यवाद।
अब त्यो पुलिसलाई नि के थाहा त्यो असली भैरब भनेर। थाहा पाएको भए त पूजा गर्थे होलान। पहिला त झन लावारीश ढुँगा थियो। उखेल्न सकेको भए पुलिसले त्यो जग्गा छोड्थ्यो?
बुझ्नेले पुजेकै छन। बुझ्नेलाई श्रीखण्ड भने जस्तै।
मैले काम गर्दा नरेन्द्र श्रेष्ठ ( इन्जिनियर हो भने) रुसमा पढ्दै थिए। तर ओसी को जागिर चाँही थियो।
मैले छोड्ने छोड्ने ताका इन्जिनियरमा बढुवा भएको थियो। सङै धेरै काम गर्न पाइेन। फेरी त्यतिबेला संस्क्रिती बिभाग भन्ने नै थिएन। जम्मै काम निर्माण बिभागले हेर्थ्यो, संयोग दुर्योग बस त्यतिबेला ( २०४९-५३ ) ठुल्दाइ हाकिम थियो।
 
Posted on 08-17-07 3:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइको कथा रमाइलो लाग्यो, त्यसमाथि ठुल्दाइकै ट्रेडमार्क स्टायलको मिश्रणले सुनमाथि सुगन्ध ।

अब किचकन्नेको कथा पनि चाहियो ।
 
Posted on 08-17-07 4:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

त्यसो भए चिनेका हरु धेरै अहिले हाकिम भैसके । 'ठाकुर' (गोप्य नाम्) लाइ चिन्नु हुन्छ होला । त्यती बेला निर्माण बिभाग मा खानेपानी सस्थान बाट 'सेकेन क्लास्' आएर हकिम भएको सुनेको थिए त
 
Posted on 08-17-07 4:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चना दाई तारेमाम न्ही। अब चना दाई अन्त सन्त घुम्ने चौतारीमा १२ बर्ष मा १ चोटि छिर्ने?
किचकन्ने को कथा लेख्न अगाडि नै ठुलीको सातो गयो। अब फेरी अम्रिकामा कहाँ झारफुक गर्ने गुर्जु खोज्न जाने? त्यसइले न लेखेको। अब भ्रमण कार्यक्रम सके सि लेखौला, ठुलीलाई न डराउने जनतर दिनु पर्ला पहिला।
 
Posted on 08-17-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अन्त सन्त हैन ठुल्दाइ परसान्त तिर यस्स घुमेओ नि, हे हे हे, राउँरो लाउछ के तेसको सोर ।

अनि भरमन कैले देखुन कैले सम्न हो ? भरमन तिरा'ट नि चौतारीआँ छिर्न पर्छ है, ठुल्दाइ भएन भने ता सुन्ने सु्न्ने लाउछ । तो चिलगाडिआ टिकेस सिकेस सपै ठिक पारिसको भनेर सुनेकिम के रे ।

यात्रा शुभ रहोस । फलिफाप रहोस के रे ।
 
Posted on 08-17-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाईको कथा सङै मेरो उता बल्खु साखाको टुक्रो पनि जोडि-दिएँ है गाम्ले हरु हो।


विवाह र Criteria:

6th June, 2004.

आफैँले आफैँ सँग लिएको घर जाने अनुमतिले दिनभर उल्लासित् भइरहेँ। बिहान छिट्टै उठें, कपाल् काटें, नुहाई धुवाई गरें, जनै फेरें - फेरें त के भनौं - लाएँ - पहिलाको फ्यालेको त कहिले हो कहिले यादै छैन। १ बजे नेपाली समाजको meeting थियो, त्यस्पछि एकछिन् Lab बसें। ४ बजे Vietnamee हरु सङ फुट्बल् थियो। ३ गोल खाएपछि निस्किएर Airport तिर लागें। मलाई १० जना जती नेपालीको training team लाई receive गरेर Institute को होटेल सम्म पुर्याउनु थियो। पछि हतार हतार Lab पुगें। चुच्ची आएकी छैनन्। गाली गर्दै स्नाक्स् वार् गएँ। सधैको जस्तै दाल्, भात् र रामतोरियाँ को लेदो तरकारी खानलाई ५ मिनेट पनि लागेन। पुन: Lab तिर दौडिएँ। ९ बजीसक्यो, उनी अझै आएकि हैनन्। अब आउन्नन् कि झैँ लागिरहेथ्यो, उनि झुल्किइन् र अर्को २ घन्टा रमाइलो कुराकनी मा हामी हरायौं। मैले उनलाई Hints दिएँ - म आउँदै छु भनेर। उनले बुझिनन्। म Surprise दिन चाहन्छु - बस्।

---------------------------------------------------------------------
मेरो College को एकदम् मिल्ने साथी पनि छ, CHAT ROOM मा। मैले उस्लाई सधै जस्तो जिस्क्याएँ, प्रिया को एउटा साथी को नाम् लिएर। उसले अन्तत: सुइकार् गर्यो, CHAT गर्नको लागी र भन्यो- "Do not take it as a step towards affair and marriage".

मैले भनें - You must have dozens of girls in your contact list, are you gonna marry all of them? अनी हामी हस्यौं - Virtual सन्सारमा।

---------------------------------------------------------------------
धेरै कुरा भयो।
मैले उस्लाई भने - "बिहे गर्ने केटी को बारेमा केहि न्युनतम खाका तयार गरन!"
उस्ले भयो- "मान्छे को पनि मालसामानको जस्तो Specification कसरी बनाउनु?"
मैले ठिकै छ नि त भनेर कुरा मोडें। बिस्तारै उस्ले कस्तो खालको केटी संग उ विबाह गर्न चाहन्छ भनेर बतायो।

मैले अन्तत: एउटा List उस्लाई पठएँ।
"Even if you do not agree, we prepared a minimal criteria for selection:
One with college degree, not at least SLCs
Preferably with some technical skills
No mention about profession
With similar financial status
With similar cultural background
Of course good looking, even if you have not quoted."

उ हाँस्यो, मज्जाले र भन्यो, "तिमि बुढा"।
मैले भने - "उनी मेरो बिचार् मा यो criteria मज्जाले pass गर्छिन्।"

---------------------------------------------------------------------
Love Marriage को त मलाई तेत्ती Idea भएन। तर जवसम्म Arranged Marriage को सवाल् छ आखीर् विवाह:

- हुनु अघिको एउटा मोल्-मोलाई वा नाप-जोख नै हो -

तर तेस्तो मोल्-मोलाई जसमा सिन्दुरको एक् धर्सो पछि कुनै नाफा घाटा को एउटा कण पनि बाँकी हुन्न।

अस्तु!
 
Posted on 08-17-07 4:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



वाह क्या राम्रो कथा रैछ । बल्खु गाममा गइया' थेन, देख्तै देखिन, चौतारीआँ नहाल्या भे त मैले छुटाउनि नै र'छु के रे । सुन्तले दा', आफ्नै अनुभवको परतिलिपि हो ?
 
Posted on 08-17-07 4:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चने जि,
धेरै धेरै धन्यबाद्, मन् पराइदिनु भएकोमा।

भोटा सँगै अनुभव् आउँछ भन्छन्। आफुले नि धेरै भोटा फटाईयो - अब त कपाल् नि फुल्न थाले। अब कथा को कुरा गर्दा, त्यो अफ्नो अरुको सबै को अनुभब् मिस्-मास् भ र आको छ है।

तपाईँको नि Criteria बन्या छ कि छैन्? कुरानी एउटा।
 
Posted on 08-17-07 4:52 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ आज लाई चौतारीबाट बिदा माग्ने बेला भो।
यात्रा को शुभकामनाको लागि धन्यवाद। पुरै एक हफ्ता हो प्रौढ शिक्षा। बिहान ८ देखी बेलुका ९ सम्म। कक्षा कोठा मा नि कम्पुटर होला भन्ने आशमा छु क्या रे। चौतारीमा चियाउन कहाँ छोड्नु? पढ्या जस्तो गर्ने त उहिले इलाहबाद देखी को बानी हो क्या र।
 
Posted on 08-17-07 4:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुभयात्रा!
 
Posted on 08-17-07 4:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हत्तेरि सान बुढाले के गरेको यस्तो दुइ मिनेट भा छैन, your session expired ..... के के जाति आयो। न पोस्ट भैसक्यो कि, फेरि अघि लेखेको कुरा है, डबल पोस्ट भे सरि, कसैले बार डायग्राम बनाउने भे १ माइनस गर्दिनु, क्यार्ने!


चौतरिको ७० औं पाइलामा सबैलाई जदौ।

नया के भन्नु छिर्दा सम्म त पुरानो भैसकेछ, तैपनि चित्रे काकालाइ धन्यबाद, बुढा जति उमेर ढल्दै गयो उति जिम्मेवारि बहन गर्न सक्ने भएछन, धमाधम चौतारिको जग खनिहाल्छन। चित्रे काकाको झरेको दाँत फेरि सप्पै उम्रियुन, जुस मात्रै खाने बुढा बोक्रा समेतको उखु र हड्डि समेतको भेडा चपाउन सक्ने हुन, यसपालि यहि आसिस!

म पनि बुढो भएछु गाँठे, ठ्याक्कै ५० पाइला सँगै हिंडिएछ ऐलेसम्म, नियमित रुपमा २० औँ भागदेखी चौतारी धाउन थालेको। अझै धेरै पाइलाहरुमा गाम्लेहरुको साथ रहनुछ, उमेर ढल्दै गए नि जोस कायमै रहोस।

आजलाइ यत्ति, विकएण्डाँ आउन सकियेला जस्तो छैन, सोमबार भेटुम्ला, दुइ दिनको बिदा स्विक्रीत (kri कसरि लेख्ने हो) गराइपाम्!

रुक स्याक प्याक गर्नु परो, तारेमाम्!
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 31 32 33 34 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
What are your first memories of when Nepal Television Began?
निगुरो थाहा छ ??
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
मन भित्र को पत्रै पत्र!
TPS Work Permit/How long your took?
काेराेना सङ्क्रमणबाट बच्न Immunity बढाउन के के खाने ?How to increase immunity against COVID - 19?
Guess how many vaccines a one year old baby is given
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
emergency donation needed
चितवनको होस्टलमा १३ वर्षीया शालिन पोखरेल झुण्डिएको अवस्था - बलात्कार पछि हत्याको शंका - होस्टेलहरु असुरक्षित
Travelling to Nepal - TPS AP- PASSPORT
Nepali doctors future black or white usa ?
nrn citizenship
Morning dharahara
Another Song Playing In My Mind
TPS Renewal Reregistration
WHAT DO YOU GUYS THINK ABOUT THIS?
हेर अमेरिकामा नेपालीहरुको बेज्जत
Travelling on TPS advance travel document to different country...
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters