Replies to this thread:

What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 --चौतारी ४३--

[Please view other pages to see the rest of the postings. Total posts: 600]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
[VIEWED 136455 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 30 pages, View Last 20 replies.
Posted on 01-22-07 7:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते! सम्पूर्ण पाहुनाहरुलाई हार्दिक स्वागतम्,

                             --चौतारी -- भाग ४३ --


Chautari (Chow-tar-ee) :
(World's first and finest internet IMPROV in Nepali language)

Running for more than 500 days since 7 Sept 2005 with more than 14,500 messages in a total of 42 editions.

Meet the world's finest school teacher, unbeatable students, mischievous senior citizens, wildest dreamers, vacationing revolutionaries,

rethinking moderates, instant poets, gifted story-tellers, pot smokers, alcoholics, workoholics, home-makers, pretty damsels, fierce

contenders, homelanders, laa-hoo-rays, all on the stage of Chautari of Sajhaland.

चौतारी:
(विश्वको प्रथम र अनुपम ईन्टरनेट आशु-नाट्यमञ्च)



हे आगन्तुक महानुभावहरु हो! यो चौतारी भनेको कस्तो भने अनेकन उकाली ओरालीहरु चढ्दै र झर्दै गर्दै अघि सर्दै , हाँसो ठट्टा र खुसी बाँड्दै, र मुक्तक, कविता, गजल, कथा

आदिमा रमाउँदै यस ४३ औं संस्करणमा आइपुगेको ठाउँ हो। अहिले यस चौतारी सिमाना पूर्व मेचीबाट बढेर जापानसम्म पुगेको छ भने पश्चिम महाकालीबाट बढेर अमेरिकासम्म बढेको छ। अत एव, सधैं

घाम लागिरहने पनि यस चौतारीको विशेषता हो। यस्तो चौतारीमा पाल्नुहुने तपाईंहरुलाई कोटी कोटी स्वागत छ।


सधैंका झैं यस संस्करणमा पनि आगन्तुक पाहुनाहरुलाई Nepe – नेपे दाजी, Birkhe_Maila –जिम्माल बूढा, जिम्माल बा, बिर्खे माइल्दाइ, Dada_Giri – दादा, दादा बुरो, Nepesahila – साहिंला, Poonte – पून्टे दाई, पून्टेदा, Kick – काका, GautamB. –गोताएँ, गोतामे ज्यू, Shree5 – सिरे, Bhaute –भउते, भौतेकाजी, Nepalean - नमे, Amazing – झिल्के, Sandhurst_Lahure – लाहुरे जेठा, CaMoFLaGeD – कुम्ले, Miss_me –मास्टर्नी दिदी, मास्टर्नी नानी, मिस्, Pretty – सान्नानी, Uptowngal – ठूल्नानी, ठूली, Tyra –तितौरी, तिरू, Nirman – निरे, Ruina – रूइना, Matrix_rose – पुष्पपुरी, Ocean – मुन्द्रे, Lau_ta_lau – लाले, Bostonian_nepali – बेंसीथाने नेपाली, Sano_kanchha –सान्कान्छा, Ishwor – ईश्वर, Floraj – फुलौरे, ज्योतिष महाराज, World_map – चित्रे, Echoes – धने, Dalli_Resham – डल्ली फुपू, Subha – सुभे, शुभ दिदी, Chipledhunga – चिप्ले, Foe_4_Misty – मिस्टे, Gwanche – ग्वाँचे, Sajha_user – सन्जु, Vata-ta-ta – भट्टे, Gaalab – गाले, Lootekukur- लुते, Sherpini – शेर्पिनी, Ma_chameli – चमेली, Ramkisne – रामकिस्ने, Nepal_ko_chora- नेप्चे, Cerine – सेरू, Yahoooo – यामे, Harke_kailo – काहिंला, Nails- चरिनंग्रे, Bob_dai – बबे दाई, Deep- दीप ज्यो, Gurl_Interrupted - ईन्द्रेणी , Manepaliketa - माने, Kalankisthan - कैले , Hetterika!! - हरितालिका, Regal - राँगे, रिकुटे, Juggy - जग्गे, मरन्च्याँसे - च्याँसे, ratamakai - राते साथै, Kinjalk - किन्जे, निसान्त - निसब्रो, निसे, ज्योत्स्ना - ज्योति, rahulvai - राहुलदाइ, vivsag - भिबे, sunima_sh - सुनिमा, डाँउडर्नी नानी, प्रचण्ड- परसादे, Dumber_Bahadur - डम्बरे आदि चौतारीवासीहरु हार्दिक स्वागत तथा न्यानो अभिवादन टक्र्याउँछौं।

चौतारीमा हेर्न र लेख्न थाले देखि हर दिन नेपालमै बसिरहेको भान भइरहेको छ। आ-आफ्नो ब्यस्तताको बाबजुदपनि सबैजनाले समय निकालेर यहाँ लेख्नुहुन्छ र सबैलाई

आफ्नोपन महसुस गराउनुहुन्छ सायद चौतारीको बिशेषता नै यहि हो।

समाचार
१) चौतारी मेगास्टार गालबको स्वस्थानी कथाले सम्पुर्ण गाम्लेहरुको पाप पखाल्न निकै सहयोग गरिरहेको स-हर्ष जानकारी गराउन चाहन्छौँ।
२) पार्ट टाइम बाचक चित्रेले नि निकै धर्म कमाएको कुरो चौतारी समाचारमा उल्लेख भएको कुरा जानकारी गराउन चाहन्छौँ।
३) राहुलदाईको चिलिम केहि समयलाई सकिएकोले आजकाल अर्कै अर्कै सविता लेख्न थालेको कुरा जानकारी गराउन चाहन्छौँ।
४) चित्रेको कवितालेपनि बिस्तारै बिस्तारै आफ्नो काम गर्न थालेकोपनि अनुमानहरु गर्न थालिएको छ।
५) अस्ट्रिचले खेदाएर भउतेको छुट्टी।



आज सरस्वती पुजाको दिन सबै मिली सरस्वतीको पुजा गरौँ



नेप्चेको कबिता राखौँ न:
तिम्रो साथ पाए मेरा सबै घाउहरु सिउने थिए ।
बिछोडका हरेक पलहरु लाइ एकै घुटमा पिउने थिए।
तिमी केबल क्षण भरको लागी मुस्कुराइ देउ,
सायद त्यही बहानामा दुइ घडी अरु जिउने थिए ।।


लास्टमा, राहुलदाईको यो क्लासिक:
यहाँ मेला छ,यहाँ खेला छ
तरुनी तन्नेरिको भेला छ ।
म:म: खाने भए जाम् गौशाला
नत्र मलाई पनि अबेला छ।


जदौ! यो बिर्खेमाईलाको!!

यो पल्टपनि यहि चौतारी पार्कमा बसौँ है!!

 
Posted on 01-23-07 1:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जपको चौतारि बनायौ कुम्ले! धन्देबात् छ!
जदौ सप्पैलाई!!
लौ ज्वै साप् पनि बुढेसकालमा गजबको कुरोगर्छन्
 
Posted on 01-23-07 2:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यी भट्टे बूडाले पनि नेपाली लेख्न कहिले 'नि नसिक्ने भए! खाली 'कपेर पाष्टिन्छन्' मात्रै। यूनिकोड सिक न बूडा!
 
Posted on 01-23-07 2:28 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Namaste !!
Thanx Cumle for nice chautari ...........!!

यहि बर्ख छिट्टै जोइको पोई भएस् अर्को बर्ख लउना साथ झक्किको छोरोको बाउ भएस मेरो शुभकामना छ! :):)
 
Posted on 01-23-07 2:30 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुरोमनासिब हो
 
Posted on 01-23-07 7:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हे सरस्वती माता ! मलाई पनि बुद्धी देउ
सारा दु खहरु नसकेपनि आँफै लेउ
म त तिम्रो भक्त हु नि, सदा को लागि माता!
आशिश माताको नपाई म कसरी खोलौ भिकारी खाता :D :D

कुम्ले लाइ यो ठुलि को धरै धरै धन्यवाद एती राम्रो चौतारी बनाकोमा । साह्रै राम्रो लाग्यो ।तर मेरो नि एउटा सुचना तास्न पाए हुन्त्यो कि ।
सुचना :
६) हाम्रो गौले कुम्लेको बिहे नि चादो हुदै च।

लु मेरो यो सुचना नि तास।

सधै झै यो थुलि को नमस्कार् च सबै गाम्ले साथिहरुलाइ।
 
Posted on 01-23-07 7:48 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ ठूल्नानी! चिया खायौ?

सोस्तानीको पुन्नेले गर्दा तिम्रो पनि चाँडै ब्या' हुदैछ भन्ने सुन्या थें ठूल्नानी। गर्दोको लागि भनेर मैले एउटा ठू---लो बाटा किनेर राखिसक्या छु। अब यै माघमा त होला नि बिहे?
 
Posted on 01-23-07 8:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

या कुन्देन्दुतुषारहारधवला, या शुभ्रवस्त्रावृता|
या वीणावरदन्डमन्दितकरा, या श्वेत पद्मासना||
या ब्रह्माच्युत शंकर प्रभृतिभिर्देवै सदा वन्दिता|
सा मां पातु सरस्वती भगवती निशेष: जाड्यापहा||

जदौ गोताएँ, ठूली!

ह्याप्पी श्रीपञ्चमी!!
 
Posted on 01-23-07 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते!

कुम्ले घच्चीको बनाएछौ चौतारी। तिम्रो साथी सान्नानीको भलो होस्, प्रगती होस्। :D:D:D

गर्दो गौतम दाइले बाटा दिनि रे ठुलीलाई। ए ठुली चाँदीको भए त ठिक् छ तर त्यो स्टिलको ठाँडो भे त नलिउ है, अहिलेको जमाना मा नि त्यस्तो गर्दो दिन्छन् कहीँ? :P:P :)
 
Posted on 01-23-07 8:13 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थ्यान्क् यु हरी त्यो सरस्वती बन्दनाको लागी।

ह्याप्पी श्रीपञ्चमी!!
 
Posted on 01-23-07 8:23 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चाँदी भन्दा पनि टल्किन्छ के रे सान्नानी त्यो बाटा! अब चाँदीकै बाटा दे'र ठूलीका घराँ चोरका आँखा लाईदिनु छ र? बरु तिम्रो ब्या'मा 'नि ठ्याक्कै तेस्तै बाटा हाल्ने भएं मैले। तिम्रो पनि यै माघमा हो र? खै गाममा त सुनिया छैन। भा' कुरो क्यार्न लुकाको होला, भन्दे त भैहाल्थ्यो!
 
Posted on 01-23-07 8:31 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुम्ले, यो घच्चीको चौतारी बनाकोमा धनेबात !
सबैलाइ ह्याप्पी बसन्त पंचमी !!
 
Posted on 01-23-07 8:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

प्रथमं भारतीमाता द्वितियं च: सरस्वती
तृतियंसारदादेवी चतुर्थं हंसवाहिनी
पञ्चमं तु जगन्माता षष्टं बगेश्वरी तथा:
सप्तमं चैबकौमारी अष्टम् वरदायिनी
नवम् बुद्धिदात्री च: द्शं ब्रह्मचारीणी
एकादश चन्द्रघंटा द्वाद्शम् भुवनेश्वरी
द्वादशै तानि नामानी त्रीसंधंय: पठेन्नेर्:
जिह्वाग्रे: बसते तस्य: ब्रह्मरुपा सरस्वती!!
namaste gare hai sappai lai !

ooops!!क्यार्न होला कुन्नि गौतम बाउ ले पृतीलाइ त्यस्तो भन्ने? ५ वर्ष अघि, उ बेलाँ पृतिलै त्यै के जाति गर्दो दिदा मेरो काना ढुङ्री बेच्या हो । अर्को बनाउन सक्या छैन । फेरि दोहराएर दिने अरे?!! म त सक्दिन है पृती अर्को पल्टि दोहरान् दिन्:P:D
 
Posted on 01-23-07 9:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

उप्प्स् मिसले भन्दिहाल्नुभो, हाम्रो गौतम दाईलाई बिर्सिनि रोग लाग्या छ के फेरि गर्दो दिन्छु भन्छन् भने दिउन् न त तेइ स्टिला ठाँडो नै सहि।
 
Posted on 01-23-07 9:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जदौ!

हे तितरी! खयर भनेको नदी किनारमा पाइनो बलियो काठ हो। यस काठलाई खोपेर दूध दही राख्ने ठेकीहरु बनाइन्छ। ठेकी कुँध्दा खयरको धूलो झर्छ जुन चियाको रङ् जस्तै हुन्छ। तिमीले हिजो त्यही धुलो हालेर रिकुटेलाई चिया पकाइछौ। :)

कुम्लेलाई चौतारी बना'कोमा धन्यवाद छ। यस उपलक्षमा तिम्रै गुणगाणमा स्वस्थानीको अर्को अध्याय। रिसानी माफ होस् । :p

चौतारी स्वस्थानी व्रतकथा - २०
वाचक - गालब

यं ब्रह्मा मरुणेन्द्र रुद्रमरुत --- समर्पयतत्।

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्यमूनि! यता हजार ई-प्रेमिकादेखि आजित भएपछि कुम्लेलाई पनि के गरूँ र कसो गरूँ भयो। उनी बिरक्त भई "राम्री कन्या वर पाउने" उद्वेश्यले श्लेशमान्तक वनको नदीको किनारमा बसी सारा सांसारिक कृयाकलाप बन्द गरी श्रीमहादेवको तपस्या गर्न लागे। यता श्रीमहादेव पनि कान्तिपुरका मानिसहरुको आचरणदेखि आजित भए पनि, अँझै मेरो आरधाना गर्ने भक्त रहेछ भनेर हर्षले गदगद हुनुभयो। र, कुम्लेलाईं मागेको भन्दा बढी वर दिने बिचार गरी उनको ध्यानशक्तिलाई दोब्बर गराई, ध्यानलाई बिथोल्नेहरुबाट सजग रहन सकोस् भनेर ध्यानदृष्टिले बिचार गरी हेर्न सक्ने शक्ति समेत प्रदान गर्नुभयो।

कुम्लेको तपस्याले गर्दा सारा स्वर्गलोग डगमगाउन लाग्यो। यस्तो देखेर देवराज ईन्द्रले एउटी अप्सराकोको रचना गरी भोलिपल्ट बिहानै कुम्लेको ध्यान भङ्ग गर्न श्लेशमान्तक जाने आदेश दिनुभयो। ईन्द्रको यो चाल पहिले नै बुझिसकेका कुम्ले पनि कहिले ती परी आउलिन् र ध्यान भङ्ग गरी विवाह गर्न पाउँला भनेर पर्खेर बस्न लागे।

अर्को विहान कुनै स्त्रीको स्वरबाट मिठो गाना सुनेर आँखा खोल्न लागे। यो विहान कसले गीत गाउँछ भनी हेर्दा आफ्नो अगाडि बत्तीस लक्षणले युक्त भएकी सुन्दरीले "आजारे, आजारे ओ मेरे दिलबर" भन्दै गुनगुनाइ रहेको पाए। "ओहो, ईन्द्रले मेरो लागि यस्ती सुन्दरी परी पठाइदिएछन्" भन्दै हर्षित हुँदै, ध्यान भङ्ग गरी ती युवती छेउ गई "हे कन्या! तिमी को हौ? कहाँबाट आयौ? यस्तो अनकन्टार जंगलमा के गर्दैछौ?" भनेर सोध्न लागे। लामो लामो कपाल भएका साधुबाट यस्तो प्रश्न सुनेर ती कन्या भन्न लागिन् "हे भिक्षु! म कान्तिपुरमा बस्छु। सँधैं कोलहालपूर्ण र व्यस्त दिनहरु बिताउँदा दिक्क लागेर केही दिन भ्याकेसन् लिई अहिले म मेरो ई-ब्वाईफ्रेन्ड निससँग यो वनको बिहार गर्न आएको छु।" तिनीले यस्तो भन्दा भन्दैमा उताबाट चिनेचिनेको स्वर सुनेर हेर्दा निसान्तलाई देखे। निसान्तले ती युवतीलाई "हाई हनी! डन्ट् टक टु दिज् योगीज्। दे आर भेरी स्टिन्की।" भनेर आफूतिर बोलाउन लागे। आफ्नै 'पाट'बाट यस्तो अपमानको बोली सुनेर कुम्ले पनि नसुनेको जस्तो गर्दै "रङ् नम्बर! यो निसेले बरु तपस्या नै नगरी गर्ल् फ्रेन्ड बना'च। आफू त!!! ध्यान पनि भङ्ग गरियो। उफ्!!" भन्दै आफैंलाई धिक्कार्दै ध्यान गरेको ठाउँमा फर्किंन लागे र त्यहाँ श्रीमहादेवलाई खडा भएको देखे।

कुम्लेले यति सजिलै ध्यान तोडेको देखेर महादेव दु:ख मान्दै भन्न लागे "हे भक्त! मैले तिमीलाई जस्तो माया कुनै भक्तलाई गरिन। तिमीलाई ध्यान भङ्ग गर्न खोज्नेहरुको चियो गर्न सकोस् भनेर ध्यानदृष्टिले बिचार गरी हेर्ने शक्ति पनि दिएँ। तर तिमीले ध्यान तोडिदियौ। तर ठिकै छ, एउटा वर माग म पुर्याइदिउँला।" महादेवको यस्तो वचन सुनी कुम्ले पनि भावविभोर भई भन्न लागे "हे करुणाकार! यस्तो ध्यान तोड्ने भक्तलाई पनि वर दिने तपाईं धन्य हुनुहुन्छ। कोटी कोटी नकस्कार छ। मलाई एउटी सुन्दरी दिनुहोस्।" यस्तो सुनेर अलि अचम्मको दृष्टिले हेर्दै महादेवले एउटा वानर सृष्टि गरिदिनुभयो। सुन्दरी मागेकोमा वानर देखेर कुम्ले पनि दुखेसो पोख्दै भन्न लागे "हे ईश्वर! वानर त यो वनभरि छन्। तपाईंसँग त सुन्दरी पो मागेको। यो के गर्नुभयो?" महादेवले पनि स्पष्टिकरण दिंदै "पोथी वानरलाई सुन्दरी भन्छन् नि त मोरा!" भन्दै अन्तर्ध्यान हुनुभयो। कुम्ले किंकर्तव्यविमूढ भएर वानरदेखि डराउँदै भाग्न लाग्दा भए।

दुई घन्टा पछि कुम्लेको ध्यान तोड्न ईन्द्रलोकबाट आएको उच्चस्तरीय टोली तपस्या गर्ने साधुलाई भेटाउन नसकी त्यसै फर्क्यो।

इति श्रीस्कन्धपुराणे केदारखण्य --- सम्बादे विंशोध्याय॥२०॥
उपनयतु मंगल -- ततो जयमुदिरयेत्।
 
Posted on 01-23-07 9:08 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

nice one gals bro :)
 
Posted on 01-23-07 9:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहा गालबले कति हसाउन सक्या? :D :D :D

सुन्दर कन्या माग्नु पर्थ्यो नि कुम्ले साच्चिकै सोझो रेछौ तिमि त बरा। :P:P
 
Posted on 01-23-07 9:16 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नमस्ते गाम्लेहरू!!!

सर्वप्रथम त कुम्लेलाइ यति दामी चौतारी बनाएकोमा धेरै धेरै धन्यवाद। तिम्रो यही फागुनमा बिहे होस्, चाँडै नै छोरीको बाउ बन्न पाओस्। ;)

सरस्वती सुन्दर मूर्ती तिम्रो
कस्तो अहो उज्ज्वल रूप तिम्रो.....

श्री पञ्चमीले सबैलाइ बिद्या, बुध्दी, विवेक र शीप प्रदान गरून्।

गालेको क्लासिक स्वस्थानी गजब गयो। तिम्रो हाँस्यव्यंग्यलाई भैरव अर्यालले त वर्णन गर्न नसक्लान्, म जाबोले कसरी गर्नु! :)

यामे, भट्टे, गोतामे ज्यू, मास्टर्नी दिदी, ठूली, ग्वाँचे, सान्नानी, हरी, सबैलाइ जदौ।

ठूली, मर्निङ्! ;)
 
Posted on 01-23-07 9:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गोतामे के कुरा गेर्नु भाको चौतारी मा त तिरु को बिहेक कुरा चली रा छ फेरी लौ कता बात मेरो बेही को कुरो आयो । सापनामै सोचेको थिन ।

नमस्ते सानानी, मिस्, गालब्, हरि, ग्बचेँ, यामे, चित्रे अन सबै
 
Posted on 01-23-07 9:22 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"हाई हनी! डन्ट् टक टु दिज् योगीज्। दे आर भेरी स्टिन्की।" :D :D
 
Posted on 01-23-07 9:42 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15 16 17 18 19 20 21 22 23 24 25 26 27 28 29 30 NEXT PAGE
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
शीर्षक जे पनि हुन सक्छ।
NRN card pros and cons?
What are your first memories of when Nepal Television Began?
TPS Re-registration
Democrats are so sure Trump will win
TPS Re-registration case still pending ..
Basnet or Basnyat ??
nrn citizenship
Sajha has turned into MAGATs nest
Nas and The Bokas: Coming to a Night Club near you
ChatSansar.com Naya Nepal Chat
डीभी परेन भने खुसि हुनु होस् ! अमेरिकामाधेरै का श्रीमती अर्कैसँग पोइला गएका छन् !
3 most corrupt politicians in the world
अमेरिकामा बस्ने प्राय जस्तो नेपालीहरु सबै मध्यम बर्गीय अथवा माथि (higher than middle class)
if you are in USA illegally and ask for asylum it is legal
Returning to Nepal with us citizenship. Property ownership
Travelling to Nepal - TPS AP- PASSPORT
Top 10 Anti-vaxxers Who Got Owned by COVID
आज बाट तिहारको सेल सकियो
निगुरो थाहा छ ??
Nas and The Bokas: Coming to a Night Club near you
Mr. Dipak Gyawali-ji Talk is Cheap. US sends $ 200 million to Nepal every year.
Harvard Nepali Students Association Blame Israel for hamas terrorist attacks
TPS Update : Jajarkot earthquake
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters